बाल शल्य चिकित्साका अब्बल डा आरपी चौधरी, जो चान्सले हैन् चोइसले बने सर्जन

Ishan hospital – april 19, 2024
News 1

प्राडा आरपी चौधरी बाल शल्य चिकित्साको क्षेत्रमा परिचित नाम हो । त्यसो त उनको पूरा नाम रामनन्दन प्रसाद चौधरी हो । तर उनी चिकित्सा क्षेत्रमा आरपी चौधरीबाटै बढी परिचित छन्। सानैदेखि पढ्नमा अब्बल डा चौधरीलाई डाक्टर बन्छु भन्ने त थियो नै । त्यसमा पनि उनलाई शल्य चिकित्सामा बढी रुचि थियो । उनी चिकित्सकमा पनि सर्जन बन्न चाहन्थे । डा  चौधरी नेपालमा बाल शल्य चिकित्सामा विशेषज्ञता सेवा शुरु र विस्तार गर्ने कामका अगुवा डाक्टर मध्ये एक हुन। कान्ति बाल अस्पतालमा २३ वर्ष काम गरेका उनी २ वर्षअघि कान्तिबाट ‘रिटायर्ड भइ हाल ईशान बाल तथा महिला अस्पतालका मेडिकल डाइरेक्टरको रुपमा कार्यरत छन्। ईशान बाल अस्पताल नीजि क्षेत्रको पहिलो बालबालिकाको अस्पताल हो जुन बाल शल्य चिकित्सामा अब्बल अस्पतालको रुपमा चिनिन्छ ।

बच्चाको सर्जरी निकै चुनौतीपूर्ण रहेको डा चौधरीको भनाई छ । किनकी उनीहरु आफूलाई कहाँ के भएको भन्न सक्दैनन्। चिकित्सकले उनीहरुको लक्षण निदान गरेर आफ्नो ज्ञान, सिप, अनुभव र पढेका आधारमा उपचार शुरु गर्नुपर्ने हुन्छ ।

डा चौधरीले एमबीबीएस साउथ एसियामै नाम चलेको भारतको कलकत्ता यूनिभर्सिटीबाट गरेका हुन्। एमबीबीएसपछि उनले त्यहीं हाउस अफिसरका रुपमा एक वर्ष काम गरे । जसले उनलाई धेरै कुरा सिक्ने अवसर मिल्यो । एमबीबीएस गरेर आएपछि उनलाई मुटुको सर्जन बन्ने चाहना थियो । मानिसको मुटु खोलेर कस्तो हुन्छ भन्ने हेर्न र जान्न चाहन्थे । तर पछि उनको बाटो मोडियो। उनी कलकत्ताबाट फर्केपछि तुरुन्तै लोकसेवा खुलेको थियो त्यहाँ परीक्षा दिए । लोकसेवामा एकैपटकमा उनको नाम निस्कियो र मेडिकल अफिरसको रुपमा कान्ति बाल अस्पतालमा पोस्टिङ भयो । बाल अस्पतालमा काम गर्न जाँदा उनले निर्देशकलाई आफूलाई सर्जरीमा रुचि भएको भन्दै सर्जरी विभागमा राखिदिन आग्रह गरे । निर्देशकले उनको सो आग्रह नमान्ने कुरै थिएन किनकी त्यसबेला धेरै डाक्टर मेडिसिनतर्फ नै काम गर्न चाहन्थे। सर्जरीमा सधैं डाक्टरको कर्मी हुन्थ्यो । उनको फरक रुचि देखेपछि सोही विभागमा राखिदिए निर्देशकले । अब उनको दैनिकी स साना बालबालिकाको रोग पहिचान र शल्यक्रियामा बित्न थाल्यो । बाल अस्पतालमा उनले ४ वर्ष काम गरिसकेका थिए । अब उनको रुचि बालबालिकासँग काम गर्दा गर्दै मुटु सर्जन बन्ने भन्दा पनि नेपालमा बाल सर्जनको बढी आवश्यकता छ भन्ने लाग्न थाल्यो र यसमै इन्जोइ गर्न थालिसकेका थिए । उनको यो भोगाइले बाल रोगको उपचारमा दक्षता मात्रै बढाएन, यसप्रति रुचि पनि जगायो र पेडियाट्रिक सर्जन बन्ने निधो गरे ।

थप पढनुहोस:-

बालबालिकालाई मोटोपनको समस्याबाट कसरी बचाउने ?

सामान्यतयाः कुनैपनि बच्चाको तौल उसको उचाई र उमेरको तुलनामा १० प्रतिशतभन्दा बढी छ भने त्यसलाई बच्चामा भएको मोटोपन भनिन्छ । प्रायजसोः बालबालिकामा मोटोपनको समस्या ५/६ वर्षको उमेरदेखि नै सुरु हुने गरेको पाइन्छ । एक अध्ययनका अनुसार १० देखि १३ वर्षको उमेरबिच मोटोपनको समस्या देखिएको बालबालिकामा वयस्क अवस्थामा पनि मोटोपनको समस्या देखिने सम्भावना ८० प्रतिशत रहन्छ । कुनैपनि मानिसले शरीरको क्षमताभन्दा बढी क्यालोरीको सेवन गर्छ । त्यो खाना शरीरले राम्ररी पचाउन नसक्दा फ्याटको रुपमा शरीरमा जम्मा भएर बस्छ । अनि मोटोपनको समस्याले सताउँछ । पछिल्लो पटक कोरोना महामारीको कारण विभिन्न देशमा लकडाउन घोषणा भएसँगै बालबालिकामा मोटोपनको समस्या एक साझा समस्याको रुपमा देखिएको छ । मोटोपन भएका व्यक्ति तथा बालबालिकामा अन्यको तुलनामा शारीरिक गतिविधि एवं क्रियाकलापमा कम सक्रिय हुन्छन् । जसले गर्दा उनीहरुमा मुटु रोगदेखि कालान्तरमा गएर अन्य दिर्घरोगहरुको सम्भावना उच्च रहन्छ । यी कारण देखिन्छ बालबालिकामा मोटोपन असन्तुलित खानेकुरा डाइटलाई मोटोपनको प्रमुख कारणमध्ये एक मानिन्छ । किनकी बालबालिकाहरु आफूलाई मनपरेको खाना नखाई बस्नै सक्दैनन् । उनीहरु सन्तुलित आहारभन्दा पनि बढी आफूलाई मनपर्ने खानेकुरा जुनसुकै समयमा पनि खान तयार रहन्छन् । यस्तै, उनीहरु खाना, आलु, चिल्लो खानेकुरा, जङ्कफुड एवम् गुलियो खानाहरु बढी रुचाउँछन् । यस्ता बानीले पनि उनीहरुको शारीरिक तौल बढाउनमा मद्धत गर्छ । निस्क्रिय शारीरिक गतिविधि लकडाउनको समयमा अधिकांश बालबालिका एकै कोठा या घरमा सिमित भए । विद्यालय, पार्क, खेलकुद क्षेत्र सबै बन्द र त्यहि माथि पनि एकै घरमा सिमित रहनुपर्दा एक किसिमले उनीहरुको शारीरिक गतिविधि नै ठप्प भएको छ । जसकारण पनि उनीहरुमा मोटोपनको समस्या व्याप्त रुपमा देखिएको छ । अन्य रोगको संक्रमण शरीरमा अन्य केही रोग लागेको बालबालिकामा पनि लक्षण स्वरुप मोटोपनको समस्या देखिन्छ । रोगका कारण हर्माेनको गडबढी हुन गई उनीहरुमा मोटोपनको समस्या देखिने हुन्छ । अल्छीपना केहि बालबालिका अल्छी हुन्छन् । यस्ता बालबालिका आफ्नो लामो समय इलेक्ट्रिक साधन(ग्याजेट÷टेलिभिजन, मोबाइल वा कम्प्युटर)मा व्यस्त हुन रुचाउँछन् । यसले पनि उनीहरुलाई मोटोपनको समस्यातर्फ धकेली रहेको हुन्छ । आणुवांशिक कारण आणुवांशिक समस्या भनेको एक पुस्तामा देखिएको शारीरिक एवम् मानसिक समस्या अर्काे पुस्तामा पनि देखिने समस्या हो । तसर्थ मोटोपनको विभिन्न कारणमध्ये यो पनि एक हो । जसको आमाबाबु मोटा छन भने उनीहरुको सन्तानमा पनि सोहि समस्या देखिने सम्भावना ८० प्रतिशतसम्म रहन्छ । मोटोपनलाई रोक्न के गर्ने ? सन्तुलित आहारको खुवाउने आमाबाबुले बालबालिकाका लागि मिठोभन्दा पनि बढी स्वस्थकर खानामा प्राथमिकता दिनुपर्छ । साथै, बालबालिकालाई अभिभावकले अड्कलेर सन्तुलित खाना प्रदान गर्नुपर्छ । यसका लागि कुनैपनि अभिभावकले बच्चाको तौल र उमेर अनुसार कस्ता खाना कति र कसरी खुवाउने भन्नेबारे सम्बन्धित विज्ञ अर्थात्, पोषणविद्सँग सल्लाह लिनसपर्छ । शारीरिक गतिविधिमा सक्रिय गराउने बच्चालाई मोबाइल तथा कम्प्युटरजस्ता एकै ठाउँमा बसेर खेल्ने सामाग्रीको उपलब्ध गराउनुको सट्टा उनीहरुलाई दौडने, उफ्रिने एवम् पसिना निस्कने जस्ता शारीरिक गतिविधि र खेलकुदमा संलग्न गराउनु पर्छ । जस्तोः साइकल, दौड, नाच, फुटबल आदि । बेरियाट्रिक सर्जरी मोटोपनको समस्या समाधानका लागि अपनाइने विभिन्न उपायमध्ये बेरियाट्रिक सर्जरी पनि एक हो । यसलाई तौल घटाउने शल्यक्रिया पनि भनिन्छ । हामीले खाने खाना निल्ने नली हुँदै सानो आन्द्राको ‘स्टोमेक’ नामक अंगमा गएर बस्छ । सो ‘स्टोमेक’ बढि खाना खाने र मोटा बच्चाका अन्य सामान्यको तुलनामा ठूलो हुन्छ । जसकारण उनीहरु जति खाएपनि नअघाउने हुन्छ । तसर्थ ल्याप्रोस्कोपी विधिद्धारा सो अंगलाई शल्यक्रियाको माध्यमद्धारा सानो बनाइन्छ । त्यसपछि उनीहरुलाई थोरै खाएपनि अघाउने हुन्छ । तसर्थ, यसैलाई नै बेरियाट्रिक सर्जरी भनिन्छ । यसप्रकारको सर्जरीका लागि आवश्यक अवस्थामा मात्रै चिकित्सकले सल्लाह दिने गर्दछ । हर्माेन थेरापी कुनैपनि रोगको उपचार गर्नुपूर्व हामीले सो समस्या के कारणले देखियो भन्ने कुरा पत्ता लगाउनु अत्यावश्यक हुन्छ । तसर्थ, यदि कुनैपनि बालबालिकामा हर्माेन गडबढीका कारण मोटोपनको समस्या देखिएको छ भने यसका लागि चिकित्सकको सल्लाहमा हर्माेन थेरापी पनि गराउन सकिन्छ ।
थप पढनुहोस: https://www.healthaawaj.com/news/29300/?fbclid=IwAR3YSqsLn36rE1jYZ6vOp0dDOjK2q6ul9j7lvb5ojWCtL6JDRtZZYZQy4xQ

बरिष्ठ बाल शल्य चिकित्सक डा. नारायणबहादुर थापाको कोरोना संक्रमणबाट निधन

– नेपाली हेल्थ

Ishan hospital – april 19, 2024

काठमाडौँ, १ मंसिर । कोरोना संक्रमणबाट ईशान बाल तथा महिला अस्पतालका अध्यक्ष एवं बरिष्ठ बाल शल्य चिकित्सक डा नारायणबहादुर थापाको निधन भएको छ ।

८० बर्षीय डा नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा आइतबार राती निधन भएको हो ।

ईशान बाल अस्पतालका निर्देशक डा आरपी चौधरीका अनुसार डा थापालाई दश दिन अघि स्वासप्रस्वासमा कठिनाई भएपछि उपचारका लागि मेडिसिटी लगिएको थियो । ‘ त्यहीँ कोरोना जाँच गर्दा पोजेटिभ देखिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि उनलाई पछिल्लो केही दिन देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर सफल हुनसकेन,’ डा चौधरीले भने ।

पहिले कान्ति बाल अस्पतालको निर्देशक समेत रहेका थापा नेपालमा बाल शल्यक्रिया शुरु गर्ने चिकित्सकमध्यका एक मानिन्छन् । उनी नेप्लीज एसोसिएसन अफ पेडियाटिक सर्जनको निवर्तमान अध्यक्ष समेत हुन् । यस्तै नेपाल बर्न सोसाइटी लगायतका विभिन्न स्वास्थ्य तथा सामाजिक संस्थाहरुमा उनी आवद्ध थिए ।

‘डा थापाको निधनबाट हामीलाई मात्रै होइन देशले नै एक कुशल, अनुभवी बरिष्ठ चिकित्सक गुमाएको छ । हामी सबैका लागि अपुरणीय क्षति पुगेको छ,’ डा चौधरीले भने ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थापाको निधनले देशका लागि अपुरणीय क्षति पुगेको भन्दै दुख व्यक्त गरेको छ ।

कोभिडका कारण नेपाली स्वास्थ्य क्षेत्रले गुमाएका दुई हस्ती

२ मंसिर, काठमाडौं । जनरल मेडिसिनबाट आएर मुटुरोग उपचारमा आधुनिक प्रविधि भित्राउनेमध्येका एक हुन्, प्रा. डा. सुनील झा । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाका अनुसार, प्रविधि नभएको समयदेखि अहिलेसम्म मुटुरोगीको उपचारमा सक्रिय थिए उनी ।

प्रा. डा. झाले ३० वर्ष शिक्षण अस्पतालमा काम गरे । पछिल्लो समय उनी मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत थिए । कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट ६१ वर्षको उमेर निधन भएका डा. झाले नेपाली चिकित्सा क्षेत्रमा प्रविधि भित्र्याउन गरेको प्रयास विशेष रुपमा स्मरणीय छ ।

प्रा. डा. झासंग लामो सहकार्य गरेका वरिष्ठ मुटुरोग विशेषज्ञ अरुण सायमी उनी पहिलो पुस्ताका नेपाली पेसमेकर एक्सपर्ट रहेको बताउँछन् । उनी भन्छन्, ‘उहाँ प्राध्यापन र चिकित्सा दुबैमा अब्बल हुनुहुन्थ्यो ।’

प्रा. डा. झाले मुटु रोगसम्बन्धी किताबसमेत लेखेका छन् । प्रा. डा. सायमीका अनुसार, उनको स्वाभाव पत्रकार बाबु चन्द्रलाल झासँग मिल्थ्यो । पिता झा नेपाल टाइम्स, द कमनर र जनताका प्रकाशक/सम्पादक थिए । पञ्चायतकालमा उनी पत्रिकाकै कारण १७ पटक पक्राउ परेर साढे सात वर्ष जेल बसेका थिए । प्रा. डा. झा पनि इमान–अडानमा बाबुजस्तै दह्रो रहेको डा. सायमी बताउँछन् ।

प्रा. डा. कोइराला, झालाई जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि धैर्यपूर्वक काम गर्ने चिकित्सक मान्छन् । उनका अनुसार, झाले निकै अप्ठ्यारा दिनहरुमा काम गरेर नेपालको उपचार प्रणाली विकासमा महत्वपूर्ण योगदान गरे ।

त्रिवी शिक्षण अस्पतालका प्रा. डा. अभिमन्यु झा उनलाई पद र सुविधाको पछाडि नदौडिने नेपालका एकजना मुर्धन्य मुटुरोग विशेषज्ञको रुपमा सम्झन्छन् । ‘नेपालमा डाक्टर उत्पादनमा पनि उहाँको ठूलो योगदान रह्यो’, प्रा. डा. अभिमन्युले अनलाइनखबरसँग भने, ‘झा सरले पढाएका डाक्टरहरु अहिले देशविदेशमा नाम–दाम कमाइरहेका छन् ।’

कात्तिक दोस्रो साता कोरोना संक्रमण भएका प्रा. डा. झा त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए । उनमा प्लाज्माथेरापी र रेमडिसिभिर चलाइएको थियो । सोमबार बिहान १० बजे उनको निधन भयो ।

कोरोना संक्रमणबाट वरिष्ठ बाल शल्य चिकित्सक नारायणबहादुर थापाको पनि निधन भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर दुई चिकित्सकको निधनबाट नेपालको चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको बताएको छ ।

ईशान बाल तथा महिला अस्पतालका अध्यक्षसमेत रहेका डा. थापा नेपालमा बाल शल्यक्रिया शुरु गर्ने चिकित्सकमध्येका एक मानिन्छन् । नेप्लिज एसोसिएसन अफ पेडियाटिक सर्जनको निवर्तमान अध्यक्ष रहेका उनी नेपाल बर्न सोसाइटीलगायतका स्वास्थ्य तथा सामाजिक संघ–संस्थामा आवद्ध थिए ।

बेलायतमा पेडियायाट्रिक सर्जरी पढेर १० वर्ष उतै काम गरेका उनी वीर अस्पतालमा काम गर्न नेपाल फर्किएका थिए । जापान सरकारको सहयोगमा कान्ति बाल अस्पताल सुरु भएपछि उनी त्यहीँ काम गर्न थाले ।

कान्तिमा डा. थापा र डा. केशरबहादुर राजभण्डारीले शल्यक्रिया विभाग सुरु गरेका थिए । यो जोडीलाई नेपालमा पेडियाट्रिक सर्जरीको पायोनियर मानिन्छ ।

पुराना डाक्टर ध्रुव मुडभरी, डाक्टर थापालाई कान्ति बाल अस्पताललाई माथिल्लो स्तरमा पुर्याउन योगदान गर्ने डाक्टरहरुमध्ये एक मान्छन् । ‘केशर राजभण्डारी र उहाँको कारण कान्तिले फड्को मारेको थियो’ मुडभरी भन्छन्, ‘सरकारी र निजी दुबै क्षेत्रमा उहाँको योगदान अतुलनीय छ।’

डा. राजभण्डारीको २ वर्षअघि निधन भइसकेको छ ।

२०५१ मा सरकारी सेवाबाट अवकाश पाएका डा. थापाले २०५२ सालमा निजी क्षेत्रबाट पहिलो बाल अस्पताल इसान स्थापना गरेका थिए । १५ बेडबाट सुरु भएको अस्पताल अहिले विशिष्ठ बाल अस्पतालको रुपमा संचालित छ ।

‘डा थापाको निधनबाट हामीलाई मात्रै होइन, देशले नै एक कुशल, अनुभवी बरिष्ठ चिकित्सक गुमाएको छ । हामी सबैका लागि अपुरणीय क्षति पुगेको छ,’ ईशान बाल अस्पतालका निर्देशक डा आरपी चौधरी भन्छन् ।

धनकुटामा जन्मिएका डा. थापा भारतको केरलाबाट एमबीबीएस गरेर बेलायतमा पेडियाट्रिक सर्जरी अध्ययन गरेका थिए । ८० वर्षीय थापालाई कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

बच्चाको उपचारमा इसान बाल तथा महिला हस्पिटल नं. १, यस्ता छन् सेवा सुविधा : डा.आर.पी चौधरी

काठमाडौं – जनकपुरमा जन्मिएका आर पी चौधरी पेशाले डाक्टर हुन । चिकित्सा सेवामा लामो समयसम्म अनुभव बटुलेका उनले विभिन्न देशका कुना कुनामा रहेका बालबालिकाहरुको सल्यक्रिया गदै आएका छन् । अहिले उनी इसान बाल तथा महिला हस्पिटलका कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् । यो क्षेत्रमा निकै लामो अनुभव संगालेका उनै डा.चौधरीसंग अंकुरण खबरका लागि अनिता मगरले गरेको कुराकानीको सम्पादित अंशः लामो समय भयो बाल सल्य चिकित्सकको रुपमा काम गरेको कस्तो अनुभव हुन्छ ? करिब आदि उमेर चिकित्सा सेवामै समर्पित भयो । त्यसमा पनि बाल सल्यक्रिया मेरो रोजाई र रुचीको बिषय हो । सायद यही भएर पनि हुनसक्छ, कत्तिपय अवस्थामा तिता अनुभव हुँदाहुँदै समग्रमा भन्दा यो पेशामा सन्तुष्ट छु । बाल शल्य चिकित्सक भएर मृत्युको मुखमा पुगेका बच्चाहरुलाई बचाउँदा आफु र आफ्नो पेशाप्रति धेरै गौरब लाग्छ । कति वर्षसम्मको सल्यक्रिया बाल सल्यक्रिया अन्तर्गत पर्दछ ? नवजात शिशुदेखि अठार बर्षसम्मका बालबालिकामा गरिने सबैखाले सल्यक्रियालाई बालसल्यक्रिया भनिन्छ । त्यतिमात्र नभएर आमाको गर्भमा रहदा पनि हामीले हेर्छौ । केही समस्याहरु छ भने त्यसमा हामीले जन्मनुभन्दा पहिले नै परामर्श दिन्छौ । बच्चाको अवस्था कस्तो छ । त्यो बच्चालाई जन्माउन मिल्छ कि मिल्दैन रु जन्मिसकेपछि सल्यक्रिया गर्न मिल्छ कि मिल्दैन रु त्यस्तो कुराहरु पनि हामी गर्छौ । तर जन्मनु भन्दा पहिलेनै गर्ने सर्जरीलाई फिटल सर्जरी भनिन्छ । म अमेरिकामा तालिम लिदाखेरी आमाको गर्भलाई खोलेर त्यो सानो बच्चालाई झिक्यो । त्यो बच्चाको सल्यक्रिया गरी फेरि बच्चालाई गर्भमा राखेर सिलाइयो । तर त्यो सुबिधा हाम्रो देशमा छैन् । बाल सल्यक्रियालाई जटिल सल्यक्रिया पनि मानिन्छ ,के कस्तो अवस्थामा सल्यक्रिया गर्नुपर्ने हुनसक्छ ? सबै सल्यक्रिया जटिल हुन्छ भन्ने हैन् । रोगको अवस्थामा निर्भर रहन्छ । यद्यपी बच्चाहरुको शारीरिक बनावट, रोगप्रतिरोधात्मक क्षमता सबै हिसाबले अलि जटिलता हुन्छ । बच्चालाई बाल सल्यचिकित्सकलाई देखाउने बित्तिकै सर्जरी गर्नुपर्छ भन्ने हैन । कतिपय समस्याहरु औषधि खाएर मात्र पनि निको हुनसक्छ । कतिपय केसहरु सल्यक्रिया नै गर्नुपर्ने भए पनि सर्जरी नगरिकनै केही समय पछि आफै ठिक भएर जान्छन । त्यस्तोलाई सर्जरी गर्न पर्दैन । सल्यक्रिया गर्नुपर्ने अवस्थामा पनि कसैलाई तुरुन्त नगरिनहुने हुन्छ त्यसलाई हामी इमेर्जेन्सी भन्छौ जसलाई तत्काल गर्नुपर्ने हुन्छ । जस्तो कि, भख्खरै जन्मेको बच्चाको आन्द्रा निक्लिएको छ भने त्यसलाई तुरुन्तै गर्नुपर्ने हुन्छ । भख्खरै जन्मेको बच्चा छ त्यसको खाने नली र श्वास नली सँगै जोडिएको छ, केटाहरुको अण्डकोष बट्टारिको छ भने त्यस्तो केशलाई तुरुन्तै सल्यक्रिया गर्नुपर्छ । केही समयको ढिलाइले बच्चाको ज्यान नै जान सक्छ । बिरामीलाई निमोनिया, ट्युमर भएको हुन्छ त्यस्तो अवस्था सर्जरी गर्न मिल्दैन् । हामी सबै रोग पत्ता लाएर मात्र अप्रेसन गर्छौ त्यो प्लान अप्रेसनमा पर्छ । केही दिन वा केही महिनासम्म कुर्न मिल्छ त्यसलाई प्लान सर्जरी भन्छौ । बच्चाको सल्यक्रिया गर्दा पनि असफल भएका धेरै घटना बाहिर आउछ । किन यस्तो हुन्छ ? सल्यक्रिया भनेको एउटा टिम वर्क हो । म जतिसुकै अनुभवि र राम्रो बच्चाको शल्य चिकित्सक हुँ भनेर मात्र पनि हुदैन् । त्यसमा बच्चालाई बेहोस गर्ने चिकित्सक पनि त्यतिकै अनुभवि हुनुपर्छ । सल्यक्रिया गर्ने औजारहरु, औषधिको गुणस्तर सबै राम्रो हुनुपर्छ । नर्सहरु पनि उत्तिकै क्षमतावान हुनुपर्छ । सबै कुराको राम्रो प्रवन्ध भए मात्र सल्यक्रिया सफल र प्रभावकारी हुन्छ । हो, बेलाबेलामा यस्ता अप्रिय घटनाहरु बहिर आउने गरेका छन् । कुरा हटाउन हामी सबै सचेत हुनुपर्छ । बच्चाको उपचारको लागि आवश्यक पर्ने यान आइ सि यू ,पि आइ सि यू लगाएतका आवश्यक उपकरण सबै भएका अस्पतालमा सल्यक्रिया गर्दा यस्तो समस्याबाट केहीहदसम्म जोगिन सकिन्छ । यी सबै सुविधा इसान बाल तथा महिला हस्पिटल बसुन्धारामा उपलब्ध छ । बाल सर्जरी भन्ने बित्तिकै आभिभावकहरु डराउने, सर्जरी गर्न नमान्ने हुन्छन् त्यस्तो अवस्थामा के गर्नुहुन्छ ? एकदमै गाह्रो हुन्छ । कुनैपनि आमा बुवा अप्रेसन गर्नुपर्छ भन्ने बित्तिकै राजी हुदैनन् । बच्चाको सर्जनको काम खाली अप्रेसन गर्ने मात्र हैन । हाम्रो दायित्व भनेको बच्चालाई भएको रोगको बारेमा पूर्ण रुपमा अभिभावकलाई मौखिक जानकारी गर्ने, कम्प्यूटरबाट देखाउने, आजकाल त युट्युबबाट देखाउने र उहाँहरुलाई पढ्नुस् भनेर भन्ने हो । त्यसैले जसरी पनि उहाँहरुलाई कन्भिन्स गर्न सक्नुपर्छ । कमियूनिकेसनको महत्व छ त्यो पनि एउटा अनुभवी र राम्रो सर्जन छ भने उहाँहरुलाई बुझाउन सक्छ । त्यो हाम्रो दायित्व हो । तपाइ त लामो समय सरकारी अस्पतालमा काम गरेको चिकित्सक, सरकारी अस्पतालमा राम्रो सेवा पाइदैन भन्ने गुनासो धेरै सुनिन्छ । के साच्चै त्यस्तै हो त ? मैले कान्ति बाल अस्पतालमा धेरै समय काम गरे । बच्चाकै लागि विशेष खोलिएको कान्ति बाल अस्पतालमा विपन्न,असाहय व्यक्ति मात्र कान्तिमा आउछन भन्ने हैन् । सम्पन्नशाली व्यक्तिहरु पनि त्यहाँ उपचारको लागि आउछन् । सरकारी अस्पताल हो समय समयमा केही समस्याहरु आउछन् । चाहेर पनि छिटो गुणस्तरीय सेवा दिन सकिदैन् । तर बिस्तारै सरकारी अस्पतालहरुमा पनि सेवा सुविधा सेवाग्राही मैत्री बन्दै गएका छन् । तपाई इसान बाल तथा महिला हस्पिटलको कार्यकारी निर्देशक हुनुहुन्छ रु यो अस्पतालले के कस्तो सेवा प्रदान गर्दै आएको छ ? इसान बाल तथा महिला हस्पिटलले अहिले २५ औ वर्षमा प्रवेश गरेको छ । सुरुमा इसान बाल नर्सिङहोम भनेर खोलिएको थियो २०५२ सालमा । यो अस्पताल १५ बेडबाट सुरु गरेर २५ बेडसम्म भयो । त्यसपछि आमा सँगसँगै प्रसुति सेवा सुत्केरी सेवा पनि भयो भने राम्रो हुन्छ भनेर बाल नर्सिङहोम तथा महिला प्रसुति गृह भनेर हामीले खोल्यो । त्यसपछि अहिले यो बिल्डिङमा बसेका छौ । भुमम्प पश्चात यो सरकारी स्टेक स्टक्चनले गर्दा यो भवनमा थप सेवा दिन नमिल्ने बेडहरु बढाउन नमिल्ने भएको छ । त्यसैले हामी बाध्य भएर अब आफ्नै बिल्डिङ यसको ठिक २५० मिटर पछाडि आठ तले भवन बनाउन सुरु गरेका छौ । हामीले दिइरहेको सेवामा बाल रोग सम्बन्धि सम्पूर्ण सुविधा छ । बाल नबजात शिशु सेवादेखि लिएर अठार वर्षसम्मको बच्चाको सर्जरी हुन्छ । प्राय जसो इसान बाल तथा महिला अस्पतालमा बच्चाको मात्र नभएर यहाँ २४ सै घण्टा प्रसुति सम्बन्धिको सेवा पनि दिइराखेका छौ । स्त्रीरोगको सेवा पनि वरिष्ठ स्त्रीरोग डक्टरहरुबाट दिएका छौ । हामी कहाँ मल्टिडिसिपेनरीको टिम छ । बच्चामा चोटपटक लाग्ने धेरै हुन्छ सो यहाँ बच्चाको हाड जोर्ने सेवा देखि लिएर छाला तथा यौन रोग सम्वन्धिको सेवा, दन्तसेवा, नाक कान घाटीको सेवा, नसा सम्बन्धिको सेवा पनि हामी दिदै आएका छौ । त्यस्तै भि आर अल्टा«साउण्ड गर्ने फ्यासिलिटि, स्पेसल्ली एक्सरे गर्ने, २४ सै घण्टा प्याथोलोजी सेवा र एकदमै मोर्डन इक्यूमेन्ट सहित नबजात यान आइ सि यू लाई सघन कक्ष उपचार साथै सबै उमेरकालाई होल बडि चेकअपको सुबिधा पनि हामी कहाँ छ । यस अस्पतालले भबिष्यमा के कस्ता सेवा सुविधा बिस्तार गर्ने लक्ष्य राखेको छ ? हाम्रो अस्पतालमा देशैभरबाट बिरामीहरु आउने गर्नुभएको छ । यसको कारण राम्रो सेवा सुविधा नै हो । हामीले समय सापेक्ष सुविधा बिस्तार गर्दै लगेका छौं । नयाँ योजनाहरुमा पेट काटेको अप्रेसन गर्ने डिमान पनि लिएर आउछ । ल्याप्रोस्कोपी सर्जरी , नवजात शिशुको पिसावको बाटोमा पर्दा हुन्छ दुर्विनहरुले गर्न सक्ने यूरो सर्जरी जुन मूत्रसम्वन्धि सर्जरीहरु छ । त्यसमा आधुनिक मेसिनहरु ल्याउने योजना गरिरहेका छौ । त्यस्तै बच्चा नभएका महिलाहरुको लागि आइ भी एफ क्रृतिम तरिकाले बच्चा गर्भमा राख्ने कुराहरुको लागि पनि परामर्श सेवा सुरु गर्ने छौ । यहाँ जति पनि सुबिधाहरु छन त्यसमा अझै थप सुबिधा ल्याउने छौ । अहिले पनि इन्टरनेटबाट हेरेर इन्डिया समेतका मान्छेहरु इसान बाल तथा महिला अस्पतालमा सर्जरी गराउन आएर गएका छन् । त्यसैले हामीले कोसिस गरि रहेका छौ अबको दुई वर्षपछि एउटा मल्टि डिसिपिलीनरी बच्चाको लागि नमुनाको रुपमा राम्रो हस्पिटल बनोस त्यो हामीले चाहाना र योजना राखेका छौ । अन्त्यमा बाल सल्यक्रियाको बारेमा के भन्न चाहनु हुन्छ ? नेपालमा म पहिलो क्वालिफाइड एम एस पेडियट्रिक सर्जन हुँ । अहिले पनि मलाई लाग्छ देशभरीमा बीस बाइस भन्दा बढी बाल सल्य चिकित्सकहरु छैनन्। त्यसमा पनि राम्रो ठाउँबाट टे«निङ लिएको राम्रो अनुभव भएको हुनुपर्छ् । बच्चाको सेवा बच्चाकै हस्पिटलमा बेस्ट हुन्छ । जतिसुकै ठूलो एडलको हस्पिटल छ भने पनि जो बच्चलाई दिन सक्ने सुबिधा बच्चाको हस्पिटलले मात्रै राम्ररी दिन सकिन्छ । त्यसैले यहाँ त्यो सम्वन्धिको सबै सुबिधा इसान बाल तथा महिला हस्पिटलमा छ । कान्तिमा काम गर्दा कति पेडियट्रिक सर्जनहरुले यो नपढ पनि भन्नु भएको थियो । तर मैले समस्यासंग जुध्न सक्ने मानिसनै सफल हुन्छ भनेर यो काम गर्न सक्छु भन्ने चालेन्ज लिए र आज एउटा सफल बाल सल्य चिकित्सकको रुपमा स्थापित भए । यो नै मेरो जीवनको ठुलो खुसी हो ।

Source: https://ankurankhabar.com/2019/09/3691/?fbclid=IwAR0VQeBd-1YUQVIroyYWpRPBwJUSS_sKcaLQzo-FHGSspBW4-vDXHTIVMWw#.XYDd5f-RdNQ.facebook

स्तानपान गराइरहेकी आमामा कोरोना पुष्टि हुन्छ, बच्चामा किन देखिदैन् ? यसो भन्छन् विशेषज्ञ…

अहिले कोरोना भाइरस संक्रमणको दर उच्च छ । यो अन्तर्वार्ता तयार पार्दासम्म नेपालमा कोरोना भाइरसको संक्रमणकै कारण १ हजार १ सय ८ जनाले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या २ लाख नजिक पुगेको छ । कोरोना भाइरसको संक्रमण बच्चाहरुमा पनि देखिएको छ । यही संक्रमणका कारण केही बच्चाको मृत्यु भएको छ । बच्चाहरुमा कोरोना संक्रमण न्युन हुन्छ,संक्रमित भएनी केही हुन्न भन्ने कत्तिपय मानिसको गलत बुझाईका कारण बच्चामा कोरोना भाइरस संक्रमण बढेको पाइन्छ । यो संक्रमणबाट बच्चालाई के कसरी जोगाउने ? संक्रमित बच्चामा पछि केही असर गर्छ की गर्दैन् ? अंकुरण खबरका लागि ईशान बाल तथा महिला अस्पतालका निर्देशक वरिष्ठ बाल सल्यचिकित्सक प्रा.डा.रामनन्दन प्रसाद चौधरी(आरपी) संग गरिएको कुराकानीमा आधारित अंश… बच्चाहरुलाई कोरोना भाइरस संक्रमणबाट कसरी जोगाउने ? विश्वव्यापी महामारीको रुप लिएको भाइरस भएकाले पनि सबै उमेर समुहका मानिसले जोगिन सावधानी अप्नाउनै पर्छ । त्यस माथि बच्चाको उमेर भनेको संवेदनशील उमेर हो । रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ । यसो हुँदा कोरोना संक्रमण हुने संभावना पनि बढी रहन्छ । उनीहरुलाइ रोग केहो, कसरी लाग्छ, कसरी बच्ने थाँहा हुदैन् । यसमा अभिभावकै हात हुन्छ कसरी जोगाने भनेर । अहिले त झन चिसो मौसम सुरु भएको छ । यो मौसममा रुघा खोकी लगाएत सामान्य फ्ल्यूको संक्रमण पनि बढी देखिन्छ । यो भाइरसलाई खेलाची गर्दा ज्याननै जान सक्छ । यस अर्थ निम्न सावधानी अप्नाए बच्चालाई संक्रमणबाट जोगाउन सकिन्छ : संभव भएसम्म बच्चालाई बाहिरी मानिसको सम्पर्कमा जान नदिने । बाहिरबाट आएका मानिसहरुबाट पनि टाडै राख्ने । बाहिरका खानेकुरा खान नदिने । हरिया सागपात, ड्राईफ्रुट्स, दुग्धजन्य पदार्थ, ताजा फलफूल खान दिने । समयसमयमा झोलिलो पदार्थ तातो पानी पिउन दिने । बाहिर पठाउनै परेमा मास्क, पन्जा लगाएत पठाउने । दुरी कायम गर्न लगाउने । खोक्दा र हाच्छ्युँ गर्दा रुमाल अथवा टिस्यु पेपरले नाकमुख छोप्न सिकाउने । सानो बच्चा भए मास्क लगाएर सुरक्षित स्तानपान गराउने । सुरक्षित स्थानमा बिहान घाममा राख्ने, खेल्न लगाउने । कोरोनाका कारण बच्चाहरु घरभित्रै सिमित रहदा टिभी,मोबाइल लगाएतका विद्य्तीय सामग्रीमा बढी समय बिताउने गरेको पाइन्छ, यस्तो बानीले के कस्तो असर गर्ला ? यो अहिले घरघरको समस्या बनेको छ । बालबालिकाहरुको धेरै समय टिभी,मोबाइल ल्यापटपसंग बित्छ । अहिले अनलाइनबाट पठनपाठन हुने भएकाले पनि यस्ता साधानको प्रयोग अपरिहार्य बनेको छ । यद्यपी अधिकाशं समय यस्ता साधनमा बच्चा बुलिदा यसले बच्चाको चौतर्फी विकासमा नकारात्मक प्रभाव पार्दछ । बच्चाहरु बिस्तारै असामाजिक बन्दै जान्छन् । यस अर्थ पनि आवश्यक्ता अनुसार सिमित समय यस्ता साधानको प्रयोग गर्न दिने तर्फ अभिभावक सचेत रहनुपर्छ । कतिपय सन्दर्भमा स्तानपान गराइरहेकी आमा कोरोना संक्रमण देखिदा पनि शिशुमा नदेखिने गरेको छ, के कारणले यस्तो हुन्छ ? संक्रमितको सिंगान, थुक, ¥याल आदिमा भएका किटाणु नाक,मुख हुदै शारीर भित्र प्रवेश गर्दा शिशुमा पनि संक्रमण हुने हो । तर संक्रमित आमा बच्चाबाट टाडै रहने, स्तानपान गराउँदा मास्कको प्रयोग गर्ने, अघिपछि पनि माक्स लगाएर बस्ने, सरसफाई, खानपानमा ध्यान दिए शिशुमा नसर्न पनि सक्छ । कोरोनाबाट बचाउन भन्दै बच्चालाई पटक पटक स्यानिटाइजर लगाउन सिकाइन्छ, के यस्ले बच्चाको छालामा असर गर्छ ? अहिले बजारमा पाइने सबै स्यानिटाइजर गुणस्तरीय छन भन्ने अवस्था छैन् । कम गुणस्तरका या गुणस्तरहीन स्यानिटाइजरको पटक पटकको प्रयोगले बच्चाको मात्र नभएर ठुलो मानिसको छालामा पनि असर गर्न सक्छ । बच्चाको छाला कलिलो, मुलायम हुन्छ । गुणस्तरहीन वा कडा स्यानिटाइजर पटकपटक प्रयोग गर्दा समस्या आउन सक्छ । त्यही भएर स्यानिटाइजर भन्दा साबुन पानीले राम्रोसंग हात धुन सिकाउने गर्नु राम्रो हुन्छ । तपाईहरु सल्य चिकित्सकले संक्रमित व्यक्तिको सल्यक्रिया गर्दा सर्ने संभावना कत्तिको रहन्छ ? यो छिट्टै र सजिलै सर्ने भएकाले नै विश्वभरी नै महामारीको रुप लिएको हो । हामी सल्य चिकित्सकलाई सर्ने संभावना अझ बढी रहन्छ । कुनै अकस्मिक सल्यक्रिया गर्नुपर्ने हुनसक्छ । त्यतीखेर पीसीआर परीक्षणको नतिजा कुर्दा बिरामीको ज्याननै जान पनि सक्छ । हामीले त्यो रिपोर्टको प्रतिक्षा नगरि सल्यक्रिया गर्नुपर्ने हुनसक्छ । कत्ति संक्रमित थाहा भएकाको पनि गर्नुपर्छ । हामीले आवश्यक पर्ने सुरक्षाका सबै कुरा अवलम्वन गर्छैं । एन नाइटफाइभ माक्स, फेसिल, पिपिई लगाएर काम गरिहेका छौं । त्यही भएर संक्रमित हुुनबाट जोगिएका छौ । हाम्रै ईशान अस्पतालमा पनि तीन वटा कोरोनाका केसलाई आकस्मिक शल्यक्रिया गरेका छौं । अस्पताल भित्र सबै सुरक्षित तरिका अप्नाएका छौं । एक पटक कोरोना संक्रमण पुष्टि भएका बालबालिकामा पछिसम्म यसको असर रहिरहन्छ भन्ने त्रास छ नी, के यो सत्य हो ? कोरोना संक्रमण हुनबाट नै बच्नुपर्छ सबै भन्दा पहिला त । यदि भैहाले पनि राम्रो हेरबिचार गर्दा अधिकांशलाई यो निको हुन्छ । एक पटकको संक्रमणले दीर्घकालसम्म अन्य अंगमा पनि असर गर्ने भन्ने कुरा अहिलेसम्म प्रमाणित भएको छैन् । तर एक पटक निको भए पछि पनि आवश्यक सावधानी नप्नाए पुनः संक्रमण हुने संभावना चै रहन्छ ।

Source: https://ankurankhabar.com/2020/11/35845/?fbclid=IwAR3wFt3CGYhyuPudzzqPiJd6Z5mtqYylzC79P7erfLbAdsMRAlqPLXgBsYs

रुचि इन्जिनियरिङ, तर बने डाक्टर: डा. आरपी चौधरी

काठमाडौं, १८ साउन । दृढ इच्छाशक्ति, मिहिनेत, लगनशीलता र धैर्यले जस्तोसुकै कठिन लक्ष्य पनि प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण हुन् प्रा.डा. आरपी चौधरी । ०२३ मा धनुषामा सामान्य परिवारमा जन्मिएका प्रा.डा. चौधरीले चिकित्सक बन्न निकै चुनौती व्यहोर्नुपर्यो । सामान्य किसान परिवारका प्रा.डा. चौधरी विद्यालय तहसम्मको अध्ययन गाउँकै सरकारी विद्यालयबाट गरे । vayoda विद्यालय तहको पढाइलाई प्रा.डा. चौधरी यसरी स्मरण गर्छन्, ‘घरवरिपरि विद्यालय थिएन । घरदेखि ६ किलोमिटर टाढाको विद्यालय जाँदा बीचमा खोला तर्नुपर्थ्यो। पुल थिएन, बगाउने हो कि भन्ने त्रास सधैँ हुन्थ्यो । डर र त्रासमै कक्षा १० सम्म पढियो ।’ यस्तो वातावरणमा पनि उनी कक्षामा सधैँ प्रथम हुन्थे । सोही कारण उनले अभिभावक, विद्यालय र समाजको अपेक्षा पनि पूरा गर्नु थियो । प्रा.डा. चौधरीले ०४० मा एसएलसी सकेका हुन् भने ०४३ मा आइएस्सी । उनको चाहना भने इन्जिनियर बन्ने थियो । तर, परिवारमा कोही पनि डाक्टर नभएकाले बुबाको इच्छा छोरो डाक्टर बनोस् भन्ने थियो । बुबाको इच्छाअनुसार नै प्रा.डा. चौधरी ०४६ मा भारतको आरजीकार मेडिकल कलेज एन्ड हस्पिटल कोलकातामा एमबिबिएस अध्ययनका लागि भर्ना भए । एमबिबिएस गर्दादेखि नै शल्य चिकित्सक बन्ने उनमा इच्छा थियो । उनी एमएस गर्ने नेपालको पहिलो बाल शल्य चिकित्सक हुन् । उनले बंगलादेशको ढाकाबाट बाल शल्य चिकित्सकमा एमएस गरेका हुन् । समाज सेवा, खेलकुद र संगीतमा रुचि भएका प्रा.डा. चौधरीले २३ वर्ष सरकारी चिकित्सकका रूपमा काम गरे । अवकाशपछि हाल ईशान महिला तथा बाल अस्पताल र ग्रान्डी इन्टरनेसनल अस्पतालमा काम गरिरहेका छन् । प्रा.डा. चौधरी सुडी समाजलगायत विभिन्न सामाजिक संघसंस्थामा पनि आबद्ध छन् । हाम्रो डाक्टर म्यागेजिनको डाक्टर फेस

Source: https://www.hamrodoctornews.com/detail/12923?fbclid=IwAR2ZKPjFEAwcnTo05M0u3qQ5YJP8Ki_RpBRArSUOflU3B3HMN7C7WAS46aU#.XUzNwCW3h3E.twitter

किन बड्दैछ बच्चामा क्यान्सर : बच्चालाई क्यान्सर भएको यसरी थाँहा पाउँनुस्…

अहिले क्यान्सरका बिरामी निकै बढ्दै गएका छन् । वंशाणुगत गुण, अस्वस्थ खानपान तथा विषादी प्रदुषणले बच्चाहरुमा क्यान्सर बढेको देखिन्छ । बच्चामा क्यान्सर हुने कारण, यसका लक्षण र यसबाट बच्न अप्नाउनु पर्ने सावधानीका बारेमा बाल क्यान्सर रोग विशेषज्ञ डा.कैलाश प्रसाद शाहसंग अंकुरण खबरका लागि गरिएको कुराकानीमा अधारित अंश‘ बाल क्यान्सर भनेको के हो ? बच्चाहरुमा हुने क्यान्सरलाई नै बाल क्यान्सर भनिन्छ । पछिल्ला केही वर्ष यता बच्चाहरुमा पनि क्यान्सरको समस्या धेरै देखिन थालेको छ । अझै पनि कत्तिपयको बुझाई छ की क्यान्सर ठुला मानिसमा मात्र देखापर्छ । तर त्यसो हैन् । ठुला मानिसको तुलानामा बच्चालाई हुने क्यान्सरको मामिलामा धेरै सावधानी अपनाउनुपर्छ । किनभने बच्चामा क्यान्सर भएको थाहा पाउन र त्यसको उपचार गर्न तुलानात्मक रुपमा अलि गाह्रो हुन्छ र निको हुने सम्भावना ८० देखि ९० प्रतिशत सम्म हुन्छ । बच्चालाई क्यान्सर हुने कारण : आजकाल विश्वमा बच्चालाई हुने क्यान्सरको दर लगातार बढीरहेको छ । बच्चाहरुलाई क्यान्सर हुने प्रमुख कारण इडियोप्याथी (थाह नपाई हुने क्यान्सर), बंषाणुगत, अस्वस्थ खानपान र विषादी मिसिएको खानेकुरा, विकिरण र भाईरल संक्रमण मुख्य मानिन्छ । बच्चाहरुलाई लाग्ने क्यान्सरका प्रकार : बच्चाहरुलाई हुने क्यान्सरमध्ये सबैभन्दा धेरैलाई ब्लड क्यान्सर हुने गरेको पाइएको छ । रक्षात्मक प्रणालीसँग सम्बन्धित ल्युकेमिया र लिम्फोमाको क्यान्सर पनि बच्चालाई धेरै हुने क्यान्सरमा पर्छन् । शरीरको अंगमा हुने क्यान्सरको कुरा गर्दा ब्रेन ट्युमर, न्युरो ब्लास्टोमा, किड्नी ट्युमर, आँखाको ट्युमर, हड्डीको क्यान्सर, कलेजोको क्यान्सर बढी देखिने गरेको छ । बच्चालाई क्यान्सर भएमा यस्ता लक्षण देखिन्छन् : शरीरको कुनै पनि भागमा कालो दाग धब्बाहरु देखिने । बारम्बार कडा ज्वरो आउने र तौल घट्ने । बिना कारण बच्चा दुई साता भन्दा धेरै बिरामी हुने । शरीरको विभिन्न भागबाट रगत बग्ने । बच्चालाई बारम्बार इन्फेक्सन हुने । खाना नरुच्ने, थकान महशुस हुने । एकाएक चोट लाग्ने वा रक्तश्राव हुने । हड्डी, जोर्नी पिठ्ँयुमा दुखाई हुने । बच्चाको व्यवहार, सन्तुलन र उसको चालमा परिवर्तन आउने । टाउको दुख्ने, वाकवाकी लाग्ने आदि भएमा पनि यो क्यान्सरको लक्षण हुन सक्छ । बच्चाहरुलाई क्यान्सर हुनबाट जोगाउन निम्न सावधानी अप्नाउनु पर्छ : माथिका लक्षण देखिने वित्तिकै चिकित्सककोमा गएर जाँच गराउँनु पर्छ । गर्भवती भएको बेलामा एक्सरे गराउन हुँदैन । परिवार नियोजनका लागि प्रयोग हुने खाने चक्कीहरु सेवन गर्नु हुदैन । किशोरी अवस्थामा प्यापिलोमा भाइरस सम्वन्धी खोप लगाउनु पर्छ । क्यान्सरको बेलैमा उपचार नगरे वा यो क्रोनिक अवस्थामा पुगे यसले मस्तिष्क, मुटु, मृगौला लगाएतका अन्य अंगमा पनि असर गर्न सक्छ । क्यान्सरको उपचार गरेका बालबालिकालाई चिकित्सकले भने बमोजिम निगरानीमा राखिरहनु पर्छ । अहिले नेपालमा पनि बच्चाको क्यान्सरको उपचार गर्ने प्रभावकारी उपकरण,दक्ष चिकित्सकहरु रहेका छन् । क्यान्सरको बेलैमा प्रभावकारी उपचार गरे,चिकित्सकको सुझाब अनुसार अगाडी बढे सामान्य जीवनयापन जीउन सकिन्छ । डा. कैलाश प्रसाद शाह ईशान बाल तथा महिला अस्पतालमा कार्यरत छन् ।

Source: https://ankurankhabar.com/2019/10/5574/?fbclid=IwAR2tQXYFLe4obOmbMU7uNKC_YaaSuJzVxyNXs9vS-d62Y1ucl1qAcuhEerM

बाल अधिकार दिवसका अवसरमा इशान अस्पतालमा चित्रकला प्रतियोगिता

काठमाण्डौं । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा इशान अस्पतालले चित्रकला प्रतियोगिता गरेको छ । प्रतियोगितामा अस्पतालमा उपचाररत ९ जना बालबालिका सहभागि थिए । उपचाररत बालबालिकाले आफ्नो इच्छ्या अनुसार चित्र कोरेका थिए ।


प्रतियोगितामा सहभागि सबै बालबालिकालाई पुरस्कार पनि दिइएको अस्पतालका प्रमुख डा.आर पी चौधरीले जानकारी दिनुभयो । उहाँले बाल अधिकारको कुरा मात्रै गर्नेहरु धेरै भएको तर उनीहरुको विषयमा गम्भिर भएर लाग्ने कमै भएको बताउनुभयो ।

अस्पतालमा उपचाररत बालबालिकालाई कार्यक्रममा समावेश गराएर उनीहरुको अधिकारको सुनिश्चित गर्ने प्रयास गरिएको डा. चौधरीले बताउनुभयो


अस्पतालमा उपचाररत बालबालिकालाई कार्यक्रममा समावेश गराएर उनीहरुको अधिकारको सुनिश्चित गर्ने प्रयास गरिएको डा. चौधरीले बताउनुभयो । भविष्यका कर्णाधार बालबालिकाका बिषय तथा उनीहरुको रुची खास प्राथमिकतामा नपरेको अवस्थामा अस्पतालले बालबालिकाको रुची र क्षमतालाइ प्रोत्साहन गर्ने कोशिश गरेको उहाँको भनाइ छ । डा. चौधरीले बालबालिकाको स्वास्थ्य संगै उनीहरुको रुची र क्षमतालाई अभिभावकले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।


बालबालिकाको स्वास्थ्यको विषयमा लामो समयदेखि काम गर्दै आएको युनिसेफ र विश्व स्वास्थ्य संगठनले पनि बाल अधिकार सुनिश्चित गर्नका लागि उनीहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्ने डा. चौधरीको भनाइ छ ।

के हो बच्चामा हुने लिम्फोमा ? बच्चामा लिम्फोमा भएको कसरी थाँहा पाउँने ?

लिम्फोमाका बारेमा अझै पनि धेरै मानिस अनविज्ञ रहेको पाइन्छ । पछिल्लो समय बच्चाहरुमा लिम्फोमा रोग बढी देखिन थालेको छ । लिम्फोमा गम्भीर प्रकृतिको रोग भएकाले पनि यसको बारेमा जानकार हुनु आवश्यक छ । के हो लिम्फोमा ? बच्चामा यो कसरी लाग्छ ? लक्षण के कस्ता देखापर्छन् ? र बच्न के कस्तो सावधानी अपनाउने ? अंकुरण खबरका लागि बाल रोग,बाल क्यान्सर तथा रक्त रोग विशेषज्ञ डा.प्रकाशनीधि तिवारीसंग गरिएको कुराकानीमा आधारित अंश… लिम्फोमा भनेको के हो ? लिम्फोमा भनेको एक प्रकारको क्यन्सर हो । विशेष गरेर Epstein Barr Virusको संक्रमणबाट ग्रन्थीमा हुने एक प्रकारको क्यान्सरलाई नै लिम्फोमा भनिन्छ । बच्चाहरुमा पनि लिम्फोमा देखिने गरेको पाइन्छ । रोगप्रतिरोधात्मक क्षमता कम भएका विशेषतः ४ वर्षदेखि १२ वर्षका बच्चाहरुमा लिम्फोमा बढी देखिने गरेको पाइन्छ । सामान्यतया हजकिन र नन्हजकिन गरि लिम्फोमा २ प्रकारको हुन्छ लिम्फोमा हुने कारण : लिम्फोमा यही कारणले हुन्छ भन्ने भन्दा पनि जसमा रोगप्रतिरोधात्मक क्षमता कम छ, उसमा यसको संक्रमण हुने संभावना बढी हुन्छ । त्यस पछि वंशाणुगत गुण, एचआइभी एडसको संक्रमण ,गर्भावस्थामा विभिन्न पोषण तत्वको कमी लगाएतका कारणले हुनसक्छ । यसको अलाबा कहिले काँहि कुनै कारण नै थाँहा नहुदै पनि यो देखा पर्न सक्छ । लिम्फोमाका लक्षणहरु : पटक पटक ज्वरो आउने । ज्वरो आए पछि औषधि सेवन गर्दा पनि छिट्टै निको नहुने । एक्कासी तौल घट्ने । खलखली पसिना आउने । शरीरका विभिन्न भागमा गिर्खाहरु आउने । खाना अरुची हुने । नशाहरु सुन्निने । ठुलो मानिसको तुलानामा बच्चामा क्यान्सर लाग्यो भने धेरै छोटो निको हुन्छ । समयमै या पहिलो चरणमै यसको सही उपचार भयो भने यो छोटो समय मै पूर्ण ठीक हुनसक्छ । चकित्सको सल्लाहा बमोजिम भनेको मान्यो साबधानी अप्नायो भने बच्चाले सहज जीवनयापन जीउन सक्छ । यसको बेलैमा उपचार गरिएन भने अन्य अंगमा के कस्तो असर गर्छ ? यसको संक्रमण बढ्दै गयो भने कलेजो,फियो सुन्निने,कहिलेकाही बोन म्यारोमा फैलने,मस्तिष्क या ढाडमा समेत फैलन सक्छ र मृत्युसमेत हुने गर्दछ । यसको उपचार विधि के कस्तो हुन्छ ? लिम्फोमा कुन अवस्थामा पुगेको छ सोही अनुसार यसको उपचार विधि निर्धारण हुन्छ ।पहिलो, दोस्रो चरणमा छ भने करिब तीन हप्ता औषधि चलायो भने पूर्ण ठीक हुन्छ । भने तेस्रो चरणमा छ भने कुनैमा ५ हप्तासम्म पनि चलाउनु पर्ने हुन सक्छ ।चौथो पाचौं चरणमा पुगेको छ भने कडा उपचार गर्नु पर्ने हुन सक्छ यो अवस्थामा पुगेका बिरामी ५० प्रतिशत मात्र बाच्ने संभावना रहन्छ तर जति पछि उपचार गर्यो उती ढीला, अप्ठ्यारो,महंगो पर्न सक्छ र दोहोरीने संभावना पनि बढी रहन्छ । यसबाट बच्न के गनुृपर्छ ? यही कुरामा सावधानी अप्नायो भने यस्तो क्यान्सरबाट बच्न सकिन्छ भन्ने हैन तर यो बाट बच्न गर्भावस्थामा जथाभावी औषधिको सेवन नगर्ने । यदि आफ्ना अग्रज कसैलाई यस्तो समस्या छ भने या माथिका कुनै पनि लक्षण देखियो भने तुरुन्त विशेषज्ञकोमा स्वास्थ परीक्षण गर्नुपर्छ । यसको उपचार महंगो भएकाले पनि पहिलो सुरुवाती चरण वा पहिलो दोस्रो चरणमा हुँदै उपचार गरायो भने पूर्ण निको हुन्छ । (डा.तिवारी ईसान बाल तथा महिला अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

Source: https://ankurankhabar.com/2019/12/8133/?fbclid=IwAR1iSnZwO0E9kZbcHqSQ5M5lJDsfIv68dCtswcQGLX7953crbQPFsTNreHQ

चिसाेबाट यसरी जाेगाउनुस् शिशुलाई

चिसो बढेसँगै बालबालिका बिरामी हुने क्रम पनि बढ्छ । जाडो मौसममा बालबालिकालाई कसरी जोगाउने भन्ने विषयमा इशान बाल तथा महिला अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. सर्वेश कुमार दाससँग गरिएको कुराकानीको अंश:

मंसिर महिनाको उत्तरार्धतिर आइपुग्दा चिसो ह्वात्तै बढेको छ। अत्यधिक चिसो हुने पुस माघ त बाँकी नै छ। जाडोमा विशेषगरी नवजात शिशु र साना साना बालबालिकालाई जोगाउने चुनौती अभिभावकसामु हुन्छ। चिसोयाममा सानो हेलचेक्रयाइँका कारण बालबालिकाको स्वास्थ्यमा ठूलो समस्या आउनसक्छ। उनीहरूलाई न्यानो पार्ने प्रक्रिया नमिल्दा वा बेवास्ताका कारण उनीहरूको शरीरको तापक्रम न्यून हुन पुग्छ। चिसोका कारण उनीहरूलाई ‘हाइपोथर्मिया’ हुन सक्छ। हाइपोथर्मिया भयो भने बच्चाको शरीर छाम्दा चिसो महशुस हुन्छ।

शरीर अत्यधिक चिसो भएकै कारणले गर्दा बच्चाहरूमा इन्फेक्सनको समस्या देखिन्छ। रुघाखोकीदेखि निमोनिया, ब्रोन्काइटिसजस्ता जटिल समस्या आउन सक्छन्। यस्ता समस्याले बालबालिकालाई श्वास फेर्न गाह्रो हुन्छ। चिसोबाट जोगाउन नसक्दा उनीहरूको ओठ र हातगोडा निलो देखिन्छ। खाना खुवाउँदा खान नमान्ने र बान्ता गर्ने गर्छन्।

उपचार

सामान्यतया नवजात शिशुहरूको रोग पत्ता लगाउन कठिन हुन्छ, चिकित्सकहरूलाई। ठूला बच्चाहरूलाई अलि सहज हुन्छ। चिसोबाट उत्पन्न सामान्य समस्या भए ठूला बालबालिकालाई घरमै पनि औषधि दिएर उपचार गर्न सकिन्छ। शिशुमा त्यो सम्भव हुँदैन। अस्पताल नै लग्नुपर्छ। निमोनिया, सेप्सिस इन्फेक्सन र ब्रोन्काइटिसजस्ता समस्या देखिए उनीहरूलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ।

जोगाउने उपाय

नवजात शिशु होस् या अलि ठूला बालबालिका उनीहरूलाई स्वास्थ्यसम्बन्धी समस्याबाट जोगाउने दायित्व र भूमिका आमाबुबाकै हुन्छ। चिसोको सन्दर्भमा पनि शिशुलाई समयमा दूध खुवाउने, सफा राख्ने, न्यानो कपडा लगाइदिने र कोठाको तापक्रम मिलाएर राख्ने जस्ता दायित्व अभिभावककै हुन्। तर न्यानो पार्ने नाममा शिशुलाई बढी कपडा लगाइदिँदा पसिना आउनसक्छ। पसिनाकै कारण चिसाे भएर निमोनिया हुने खतरातर्फ पनि ध्यान दिनुपर्छ।

अलि ठूला बच्चा भए समयमा पौष्टिक खानेकुरा खुवाउने, न्यानो कपडा लगाइदिने र बाहिर चिसोमा खेल्न नदिनेजस्ता काम गर्नुपर्छ।
विशेषगरी नवजात शिशुलाई हेर्न आफन्त र पाहुनाको लर्को लाग्छ। त्यो वेला उनीहरूमा भएको रुघाखोकी जस्ता संक्रमणले बालकलाई नभेटोस् भनेर सतर्कता अपनाउनुपर्छ। बच्चाहरूलाई बाहिर लिएर हिँड्दा विशेषगरी हावाको प्रत्यक्ष प्रभाव पर्नेगरी दुईपाङ्ग्रे सवारीसाधनमा जानुहुँदैन।

नर्सलाई हेर्ने समाजकाे दृष्टिकाेण बदलिएकाे छ’

३० वर्षदेखि नर्सिङ पेशामा रहेकी दिलकुमारी गुरुङ हाल काठमाडौंको ईशान बाल तथा महिला अस्पतालमा मेट्रोन छिन्। उनै नर्स दिलकुमारीका कुरा यो पटकको नर्सका कुरामा–

मैले नर्सिङ पेशा शुरु गरेको ३० वर्षभन्दा बढी भइसकेको छ। नेपाल प्रहरीमा ३० वर्ष सेवा गरी ‘रिटायर्ड’ भएकी हुँ। केही महिनादेखि ईशान बाल तथा महिला अस्पतालमा मेट्रोन छु।

सानै उमेरदेखि अरुको सेवा गर्ने, बिरामी र अशक्तहरूको सेवा गर्ने इच्छा पलाउँथ्यो ममा। कोही दुःखमा परेको मानिस देखे कसरी सेवा गर्ने होला भन्ने कुरा मनमा खेलिरहन्थ्यो। तर कसरी सेवा गर्ने भन्ने कुनै ‘आइडिया’ थिएन।

सानैदेखि देखेको सपना पूरा गर्ने माध्यम मेरै बुबा बन्नुभयो। बुबा भारतीय सेनामा काम गर्नुहुन्थ्यो। म सानै छँदा लडाइँकै क्रममा एकपटक बुबालाई ठूलो चोट लाग्यो। शल्यक्रियापश्चात् पनि निकै महिना अस्पताल बस्नुपर्ने भयो। त्यसबेला अस्पतालमा बस्दा नर्सहरुले गरेको सेवा देखेर बुबालाई छोरीलाई पनि यस्तै बनाउँछु भन्ने सोच आएछ।

पछि उहाँले नै मलाई नर्स पढ्न प्रेरणा दिनुभयो। त्यसैले बुबाकै कारण म आज यो पेशामा छु। बुबाको रोजाइ भए पनि बिस्तारै यो पेशा मेरो पनि रोजाइ बन्दै गयो। यसमै रमाएँ।

पीसीएल लेभलको पढाइ सकेलगत्तै प्रहरी अस्पतालमा नर्स मागेको थियो निवेदन दिएँ। पास पनि भएँ। त्यसबेला अहिले जस्तो धेरै नर्स उत्पादन हुँदैनथे। जागिरका लागि अलि सजिलो नै थियो।

जागिरे त भएँ। प्रहरी अस्पतालमा काम गर्न निकै कठिन हुन्थ्यो। शुरु शुरुमा निकै गाह्रो भयो। संगठनको कडा नियम कानुनमा बाँधिन साह्रै गाह्राे । तर पछि बिस्तारै बानी पर्दै गयो।

अहिले त्यहाँबाट रिटायर्ड भएपछि मैले ईशान बाल अस्पताल रोजेँ। यसको पनि कारण छ। मलाई बच्चाहरूको सेवा गर्न निकै आनन्द लाग्छ। अबको समय बालबालिकाको सेवामा समर्पित गर्ने विचार छ।

यो अस्पताल प्रहरी अस्पतालभन्दा पक्कै धेरै हिसाबमा फरक छ। यहाँ स–साना बालबालिका विभिन्न प्रकारका रोग लिएर आउँछन्। कोही त आफ्नो समस्या समेत भन्न नसक्ने अवस्थाका हुन्छन्।

उनीहरूको लक्षण हेरेर उपचार गर्नुपर्छ। त्यसैले पनि काम एउटै भए पनि तरिका फरक छ। ईशान बच्चाहरुको लागि विशिष्टीकृत अस्पताल हो। यहाँ विशेष उपचार हुन्छ। म अब यी स–साना बालबालिकाको मुहारमा मुस्कान देखेर रमाउन थालेकी छु। यसको छुट्टै सन्तुष्टि छ।

अहिले नर्सिङ क्षेत्रमा धेरै चुनौती छन्। धेरै प्राइभेट अस्पतालले नर्सलाई कम तलब दिएर उनीहरूको श्रमशोषण गरिहेका छन्। बिरामी धेरै नर्स थोरै हुँदा समस्या हुन्छ। अनि गाली नर्सले खानुपर्छ।

यस्ता कुराहरूले अलिकति नरमाइलो त लाग्छ नै, तर समाजमा नर्सलाई हेर्ने दृष्टिकोण भनें बदलिँदै गएको छ। हामीले पढ्ने बेलासम्म धेरैले नर्स बनेकी भनेर कुरा काट्थे। तर अहिले यो सम्मानित पेशा मानिन्छ। यो देखेर मलाई खुशी लाग्छ।

हर्नियाको उपचार जतिसक्दो छिटो गर्नुपर्छ

नवजात शिशुमा कतिपय समस्या जन्मजात देखिन्छन् । कतिपयमा लक्षण गर्भमै पनि देखिन सक्छन् । यदि तपाईंको पहिलो बच्चामा जन्मजात ढाडमा मासुका डल्ला वा पानीका फोका देखिए भने दोस्रो बच्चामा पनि त्यस्ता समस्या देखिने सम्भावना बढी हुन्छ । 

फोलिक एसिड र आइरन गर्भवती हुनुभन्दा पहिला लिएमा दोस्रो बच्चामा ढाडमा कुनै मासुका डल्ला वा पानीका फोका देखिने समस्याबाट जोगाउन सकिन्छ । अन्य विकसित देशमा शिशु जन्मनुभन्दा अगाडि नै समस्या छ कि छैनन् भनेर जाँच गर्दा कुनै समस्या देखिएमा फिट्ल सर्जरी गर्ने चलन छ । जसमा आमाको गर्भमा रहेको भ्रूणको सर्जरी हुन्छ । आमाको गर्भबाट भू्रणलाई बाहिर निकालेर सर्जरी गरी पुनः पाठेघरमा राख्ने गरिन्छ । जुन ल्याप्रोसकोपी सर्जरीबाट पनि गर्न सकिन्छ । तर, नेपालमा त्यो सेवा छैन ।

सरकारी अस्पतालमा कान्ति बाल अस्पतालमा मात्र बालशल्य चिकित्सक (पेडियाट्रिक सर्जन) छन् । निजीमा ईसान बाल तथा महिला अस्पतालमा पनि यसको सुविधा छ ।

कतिपय बच्चा जन्मँदा छोरा हो वा छोरी छुट्याउन गाह्रो हुन्छ । त्यसो हुँदैमा सबै तेस्रो लिङ्गी हुँदैनन् । त्यस्ता बच्चाको पनि उपचार गरेर छोरा–छोरी छुट्याउन सकिन्छ । अर्को बालबालिकामा बढी देखिने समस्या आन्द्रामा नसाको कमी हो ।

दुई साताअघि धरानको बीपी केयर हस्पिटलबाट तीन महिनाको शिशु हाम्रो अस्पतालमा रिफर भएर आएका थिए । शिशुमा जन्मिने बित्तिकै पेट फुल्दै गएर दिसा गर्न नसक्ने समस्या आएको रहेछ । तुरुन्तै अप्रेसन गरेर कोखाबाट दिसा जाने अस्थायी बाटो (कोलोस्टोमी) बनाएको रहेछ । त्यो शिशुको बायोप्सी गरेर हेयौँ । त्यसपछि शिशुको करिब तीन घण्टा लगाएर अप्रेसन गरियो । नसा नभएको स्थानमा अन्य नसा जोडियो । कोखामा बनाएको अस्थायी दिसा जाने प्वाल बन्द गरियो । अप्रेसन सफल पनि भयो । अहिले बच्चा खान दिसा गर्न सक्ने भएको छ ।

सरकारले सातै प्रदेशमा बाल अस्पताल स्थापना गरे बालबालिकाको उपचारका लागि काठमाडौं धाउनु पनि पर्दैनथ्यो । सरकारसँग पैसा नभएर होइन, इच्छाशक्ति र ऐननियमको अभाव छ । एनजीओलाई दिँदा अपेक्षित लाभ लिन सक्ने अवस्था रहँदैन ।

बिरामी बच्चालाई विभिन्न जिल्लाबाट काठमाडौंसम्मै एम्बुलेन्समा ल्याउँदा ज्यानकै जोखिम रहन्छ भने उपचारमा पनि जटिलता आउँछ । एम्बुलेन्समा बालबालिकाका लागि न भेन्टिलेटर राम्रो छ न आईसीयू नै । ती बालबालिकाले अस्पतालसम्म आइपुग्दा निकै कष्ट झेल्नुपर्छ ।

त्यसैगरी वीरगन्जकी तीन वर्षीया बालिकामा हर्नियाको समस्या देखिएपछि तीन साताअघि अभिभावकले यहाँसम्म ल्याएका थिए । उनको उपचारका लागि वीरगन्जको सरकारी अस्पतालमा लगिएको रहेछ । तर, उपचार भएन । तुरुन्तै निजी बाल अस्पताल पनि लगिएछ, त्यहाँ पनि उपचार पाउन नसकेका अभिभावकले पुनः अर्को निजी अस्पताल लगे त्यहाँ झन् बिरामीलाई के भएको हो पत्तै पाएनन् । त्यहाँ उपचार सम्भव नभएपछि चौथो पटकमा यहाँ आएका रहेछन् । हामीले सहज उपचार ग¥यौं । ढिलो भएको भए त्यो बच्चालाई बचाउन त सकिन्थ्यो होला तर त्यसले भविष्यमा अर्कै समस्या निम्त्याउन सक्ने सम्भावना पनि हुन्थ्यो । हर्निया आफैं निको हुने रोग होइन । पछिल्लो समय बालबालिकामा यो समस्या बढी देखिने गरेको पाइन्छ । यसको जति चाँडो उपचार गर्नुपर्ने हुन्छ ।

अप्रेसन गरिएका ९५ प्रतिशत बच्चामा समस्या बल्झिँएको पाइएको छैन, तर नियमित जाँच गराउन भने छाड्नु हुन्न । 

गर्भवती महिलाले चिकित्सकको सल्लाहबिना औषधि लिनु हुँदैन । धूमपान र मद्यपान गर्नुहुँदैन । रेडिएसन विकिरणबाट बच्नुपर्छ । पोसिलो खानेकुरा खानुपर्छ । 

ग्रामीण क्षेत्रका बच्चाहरू अस्पताल ढिलो आइपुग्ने गर्छन् । तर, सहरी क्षेत्रका मानिसहरू बालबालिकामा कुनै समस्या देखिने बित्तिकै तुरुन्तै अस्पताल ल्याउने गरेका छन् । नेपालको कुल जनसङ्ख्याको ४० प्रतिशत हिस्सा १८ वर्षसम्मका बालबालिकाले ओगटेका छन् । तर, ती बालबालिकाहरूको शल्य उपचार गर्ने बालशल्य चिकित्सक निकै कम छन् । भएका पनि काठमाडौं केन्द्रित छन् । 

(डा.चौधरीसँग बाह्रखरीकी सञ्जिता खनालले गरेको कुराकानीमा आधारित)

नर्मल र अप्रेसन गरेर बच्चा जन्माउदाका फाइदा बेफाइदा यस्ता छन् … (भिडियो सहित)

केही वर्ष अघिदेखि नेपालमा सुत्केरी गराउँदा सिजरियन सेक्सन वा सल्यक्रिया गरेर बच्चा जन्माउने प्रचलन बढेको पाइन्छ । किन सामान्य सुत्केरीको सट्टा अप्रेसन गरेर बच्चा निकाल्ने प्रवृति बड्दै छ र सामान्य सुत्केरी र अप्रेसन गरेर बच्चा जन्माउदाका फाइदा बेफाइदाका बारेमा अंकुरण खबरका लागि ईशान बाल तथा महिला अस्पतालमा कार्यरत स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. आशा सिंह यसो भन्छिन् … सामान्य तया सुत्केरी २ विधिबाट गराइन्छ १.सामान्य सुत्केरी । २.अप्रेसन वा सल्यक्रिया गरेर बच्चा निकाल्ने । नेपालमा केही वर्ष अघिसम्म पनि अप्रेसन गरेर बच्चा जन्माउने प्रचलन निकै नै कम थियो । तर पछिल्लो समय भने धेरै गर्भवतीको रोजाई बन्छ अप्रेसन गरेर बच्चा जन्माउने । सामान्य र अप्रेसन गरेर बच्चा जन्माउने दुबै विधिका आ−आफ्नै फाइदा बेफाईदा छन् । गर्भवती र गर्भमा रहेको शिशुको अबस्था आदिको कारणले कस्तो तरिकाले बच्चा जन्माउने भन्ने कुराको निर्धारण गर्छ । सामान्य सुत्केरी गराउने अबस्था : हामी जहिले पनि प्रकृतिको नियमसंगै चल्नुपर्छ । प्रकृतिक नियमसंगै हामी समायोजन हुन सक्यो भने हामीलाई दीर्घकालसम्म धेरै फाइदा हुन्छ । तर जब मानिस प्रकृतिको नियम विपरित कार्यहरु गर्छ वा प्रकृतिलाई आफ्नो हातमा लिन खोज्छ तब त्यँहा क्षणिक राम्रो भए पनि पछि भने केही न केही असर देखिन्छ । सुत्केरी हुने कुरा पनि त्यही हो । सामान्य सुत्केरी प्राकृतिक र परम्परागत विधि हो । यो विधि अनुसार शरीरले सुत्केरी हुने अवश्यक वातावरण सृजना गर्दै पाठेघर खुल्ने र बच्चा जन्मिदाको पीडा आमामा महशुस गराउँछ । यसरी जन्मेका बच्चाहरुमा रोगप्रतिरोधात्मक क्षमता पनि बढी हुन्छ । यस विधिका फाइदा : सामान्य सुत्केरीहुँदा कृत्रिम घाउ हुँदैन । आमा बन्ने क्रममा प्रसब पीडा भए पनि प्रसब पछि पीडा कम हुन्छ ।आमाले बच्चालाई लगत्तै आफ्नो दुध खुवाउन सक्छन् । जुन बच्चाको लागि अमृत सरह हुन्छ । आमा र बच्चाबीचको सम्बन्ध झन घनिष्ठ गराउँछ । तुरुन्तै एकले अर्काको स्पर्श पाउँछन् । थोरै रगत जान्छ । यसमा कुनै भित्रि अङमा क्षति पुग्ने डर हुँदैन । अस्पतालमा धेरै समय बस्नु पर्दैन । तर, यति हुँदाहुदै पनि यस विधिका केही बेफाइदा भने पक्कै छन् । बेफाइदाहरु : कहिलेकाँहि धेरै रगत जाने संभावना रहन्छ । कतिपय अबस्थामा आमा र शिशुको स्वास्थ्यमै समेत खतरा पुग्ने हुन्छ । कहिलेकाँहि लामो समय सुत्केरी व्याथा लाग्दा बच्चा च्यापिएर अक्सिजनको कमी हुने बच्चालाई ब्रुजेल लाग्ने,बच्चाले दिसा खाने डर हुन्छ । महिलामा पछि गएर आंङ खस्ने समस्या पनि देखिनसक्छ । जबरजस्ती साल तान्दा पाठेघर फर्कीन पनि सक्छ । यस्तो अबस्थामा आमाको ज्यानै जाने सम्भावना पनि हुन्छ । बढ्दो प्रविधिको विकाससंगै अप्रेसन गरेर बच्चा जन्माउने विधि पनि नराम्रो होइन् । पहिले पहिले अप्रेसनको सुविधा नभएकै कारण धेरै गर्भवतीको ज्याननै जाने गर्दथो । तर अहिले यस्तो घटना न्यून छ । पहिलेको तुलानामा अहिले अप्रेसन गरेर बच्चा जन्माउन सहज पनि छ । समय पुगि सकेको अबस्थामा आमाको पेट चिरेर बच्चा निकाल्नुलाई अप्रेसन गरेर बच्चा जन्माउने भनिन्छ । अप्रेसन गर्दा पनि पूर्व योजना अनुसार वा आकस्मिक रुपमा अप्रेसन गरेर बच्चा निकालिन्छ । गर्भमा भएको शिशुलाई अप्ठयारो परेको खण्डमा या आमालाई अप्ठ्यारो परेको खण्डमा ,शिशुको मुटुको धड्कन कम वा बढी हुँदा, तौल धेरै हुँदा, प्रसवको समय चाहिने भन्दा बढी भएमा, आमालाई गाह्रो पर्दा वा कुनै जटिल रोग हुँदा आसस्मिक अप्रेसन गरिन्छ । यसका विधिका फाइदा : यसरी बच्चा जन्माउदा आमा र बच्चा दुबैलाई खतरा हुने संभावना कम हुन्छ । गर्भवतीमा प्रसव पीडा कम हुन्छ । बेफाइदा : शल्यक्रिया गरी शिशु निकाल्दा संक्रमण हुने, धेरै रगत जाने, औषधिको एलर्जी हुने, भित्रि अंगमा चोट लाग्ने र बेहोश बनाउँदा समस्या देखिन सक्छ । बढी सयम अस्पताल बस्नुपर्ने हुन्छ । शल्यक्रिया गरेको घाउ निको हुन समय लाग्छ । कतिपयमा सामान्य सुत्केरी हुँदा यौन आनन्दमा कमी आउँछ । सुन्दरतामा कमी आउँछ भन्ने भ्रम पनि छ । तर त्यसो हैन् । बच्चा जन्मे पछि केहि समयमा यौनाङ पूर्णत पहिलेकै रुपमा आउँछ। सकेसम्म समामान्य सुत्केरी गराउन नै जोड दिनुपर्छ । तर यदि स्वास्थको कारणले पनि सल्यक्रिया गनुपर्ने अवस्था आयो भने शल्यक्रियापछि सोही अनुरुपको खानपान र हेरचाहाले मात्र आमालाई छिट्टै सन्चो बनाउँछ । अन्यथा सुत्केरी तंग्रिन धेरै समय लाग्ने गर्छ ।

Source: https://ankurankhabar.com/2019/12/9697/?fbclid=IwAR0Dyui8ySYx7SCbkF3jGYjmexsQytC9pEz2CcchWfOUCQWPHbmvEp-6N7w

स्वस्थ शरीरको लागि भ्याक्सिन अपरिहार्य : अम्बिका थापा

निरन्तरको प्रयास, मिहिनेत र लगाबका कारण नर्सिड क्षेत्रमा चर्चित नाम हो अम्विका थापा । उनले विगत लामो समयदेखि नर्सिड क्षेत्रमा अनुभव बटुलदै आएकी छिन् । उनी अहिले इसान बाल तथा महिला अस्पतालमा कार्यरत छिन् । भ्याक्सिनका क्षेत्रमा अब्बल काम गर्ने नर्स अम्बिका थापासंग अंकुरण खबरको लागि अनिता मगरले गरेको कुराकानी… भ्याक्सिन भनेको के हो ? सामान्य भाषामा भन्दा शरीरमा लाग्ने विभिन्न रोग रोक्नको लागि कुनै विशेष रोगविरुद्ध लगाइने औषधी हो । जस्तैः रेबिज,निमोनिया,दादुरा आदि विरुद्धको खोप या सुई। यो र यसको प्रभावकारीता रोग अनुसार फरक फरक हुन्छन् । जन्मनी वितिकै वा जन्मेको एक घण्टादेखि नमरुञ्जेलसम्मका व्यक्तिलाई आवश्यक्ता अनुसार भ्याक्सिन लगाउन सकिन्छ । भ्याक्सिनले के काम गर्छ ? कुनै कीटाणुले शरीरमा संक्रमण गर्न खोज्यो भने शरीरमा भएको रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउने वा त्यस्ता किटाणु बिरुद्ध लडन सक्ने एन्टिबडी निर्माण गर्छ भ्याक्सिनले । जसका कारण एन्टिबडीले जीवाणुलाई पराजित गर्छ र रोगबाट बचाउँछ । किन आवश्यक छ भ्याक्सिन ? जसरी शरीरलाई खानाको आवश्यक्ता पर्दछ । त्यसैगरि भ्याक्सिनको पनि आवश्यक्ता पर्दर्छ । अहिलेको खानपान,जीवनशैली,वातवरणीय प्रदुषण आदिको कारण पनि स्वस्थ शरीरको लागि भ्याक्सिन अपरिहार्य जस्तै भएको छ । हुन त भ्याक्सिन लगाउने वित्तिकै रोगनै लाग्दैन भन्ने होइन् । भ्याक्सिनले पनि २० देखि ९९ प्रतिशतसम्म काम गर्ने हुन्छ । जस्तैः फ्लु भ्याक्सिन थोरै काम गर्छ भने रेबिजको भ्याक्सिन धेरै । भ्याक्सिनको तापक्रम कसरी सुन्तुलित राख्नुपर्छ ? भ्याक्सिन सञ्चित गर्दा या लगाउँदा आवश्यक मापदण्ड पुरा गर्नु पर्छ । यो सन्तुलनमा राख्नु नै चुनौतीको कुरा हो । यो लगाउदा तापक्रम एकदमै ठिक हुनुपर्छ । मोनीटर २२८ मा राख्नुपर्छ । फ्रिजबाट औषधी निकाली सकेपछि आधा घण्टा बाहिर राखेर मात्र भ्याक्सिन दिने गर्नुपर्छ । सरकारी भ्याक्सिन मात्र होइन प्राइभेट भ्याक्सिन पनि चिसोमा राख्न अति नै महत्वपूर्ण छ । ईसान बाल तथा महिला अस्पतालमा चै यी सबै कुराको गुणस्तरमा ध्यान दिइएको छ । यही भएरनै होला त्यस्तो गुनासो सुन्निने र पछुताउनु पर्ने केही कुरा छैन अहिलेसम्म । भ्याक्सिनको गुणस्तर कायम गर्न कसरी ध्यान दिने ? सबै भन्दा पहिले त डेट हेर्नुपर्छ । मोनीटर र विपीएम खोलेर दुइ तीन दिनसम्म पनि प्रयोग गर्न सकिन्छ । तर डेट लेख्न भुल्नु हुदैन् । र कतिपय विपीएमहरु खोलीएको चार घण्टासम्म मात्र प्रयोग गर्न सकिन्छ । कुनैमा हामीले नै पानी मिसाएर प्रयोग गर्छौ भने कुनै बाहिरबाटै रेडिमेट मिक्स भएर आएको हुन्छ । तर जुनसुकै औषधी भएपनि हामीले खोलीसकेपछि कति घण्टाको लागि हो डेट अनुसार प्रयोग गर्नुपर्छ । बेलाबेला भ्याक्सिनको आवश्यक गुणस्तर नहुँदा लगाउने व्यक्तिको मृत्यु भयो भन्ने सुनिन्छ नि किन होला ? मैले सुरुदेखि नै यो अस्पतालमा काम गर्दै आएकी छु । यहाँ मैले काम गरेको २५ बर्ष भैसकेको छ । तर अहिलेसम्म भ्याक्सिनको गुणस्तरको कमीले कुनैपनि व्यक्तिको मृत्यु भएको छैन । कुनै जिल्लामा त्यस्तो केश होला यस्तो हुनुमा आवश्यक मापदण्ड पुरा नगर्नु, भ्याक्सिन लगाउने व्यक्तिको दक्षता कम हुनु विविध कारण हुनसक्छन् । तर अहिलेसम्म यो अस्पताल र मैले भने त्यस्तो अप्रिय घटना भोग्नु परेको छैन् । तपाई आफ्नो पेशामा कत्तिको सन्तुष्ट हुनुहुन्छ ? म धेरै पहिलादेखि यही पेशामा छु । देशका गरिब निमुखादेखि उच्च ओहोदाका व्यक्तिसम्मलाई मैले भ्याक्सिन लगाउने गरेको छु । लगनशीलता,मिहिनेत र दक्षतालेनलेनै होला धेरै खुसी लाग्छ आफ्नो पेशा प्रति । भ्याक्सिन लगाएकै कारण घातक रोगबाट बचाउन र कत्तिपयलाई मृत्युबाट जोगाउन सक्दा धेरै खुसी र आनन्द मिल्छ । तपाइकै पेशा रोज्नेलाई के छ सुझाब ? जुनसुकै क्षेत्र,पेशामा लाग्दा पनि त्यस समब्धि ज्ञान हासिल गर्नु पर्दछ । त्यसको लागि चाहिने आवश्यक मापदण्ड पुरा गर्नुपर्दछ । काम गर्दै जना नयाँ नयाँ कुरा सिक्ने र सिकाउने कुरा सधै सक्रिय हुनुपर्छ । हाम्रो निकै संवेदनशील पेशा भएकाले पनि यस तर्फ अझै बढी जिम्मेवार दक्ष र सचेत हुन जरुरी छ।

Source: https://ankurankhabar.com/2020/01/10927/?fbclid=IwAR2ZKPjFEAwcnTo05M0u3qQ5YJP8Ki_RpBRArSUOflU3B3HMN7C7WAS46aU

के हो एक्टोपिक प्रेग्नेन्सी ,जसले ज्याननै लिन सक्छ ?

अझै पनि धेरै मानिसलाई थाँहा छैन एक्टोपिक प्रेग्नेन्सी अर्थात पाठेघर बाहिर बच्चा बस्ने समस्याको बारेमा । थोरै मात्र असावधानी अप्नाए ज्याननै जान सक्ने यो समस्या पछिल्ला केही वर्षयता निकै बढेको पाइन्छ । के हो एक्टोपिक प्रेग्नेन्सी ? कसरी यस्तो हुन्छ र अप्नाउनुपर्ने साबधानीको बारेमा अंकुरण खबरका लागि स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. माला श्रेष्ठ यसो भन्छिन् … एक्टोपिक प्रेग्नेन्सी भनेको के हो ? एक्टोपिक शब्द भनेकै असामान्य भन्ने हुन्छ । पाठेघरभित्र बच्चा नबसेर बाहिर बस्नुलाई एक्टोपिक प्रेग्नेन्सी भनिन्छ । एक्टोपिक प्रेग्नेन्सीमा ९० प्रतिशतको बच्चा पाठेघरको नली वा ट्युवमा बस्छ । कसैकसैमा पेट भित्र पनि बस्न सक्छ । कस्ता महिलामा यस्तो समस्या बढी आउँछ ? गर्भधारण भैसकेपछि शुक्रकिट पाठेघरको नली हुदै पाठेघर भित्र जान्छ । तर जो महिलामा पाठेघर या यी अंगमा संक्रमण छ भने बाटोमा अबरोध हुन्छ र शुक्रकिट सहजै पाठेघर भित्र छिर्न पाउदैन् । त्यसले गर्दा मुखमा नै बस्छ । विशेषतः १. पाठेघरको पहिला संक्रमण भएर ट्युबमा क्षति भए । २.ट्युब,पेट तथा तल्लो पेटको पहिला शल्यक्रिया भए । ३. बाँझोपनको उपचारबाट गर्भ रहेकोभए । ४.पहिले पनि पाठेघर बाहिर गर्भ रहेको भए । ५. गर्भ निरोधक साधान कपर टीको प्रयोग । ६.ढिलो विवाह गरेका महिलामा यस्तो समस्या बढी हुन्छ । यसका लक्षणहरु के कस्ता देखा पर्छन् : १.महिनावारी रोकिने । २.पेट दुख्ने । ३.योनीबाट रगत जाने । ४. वाकवाक लाग्ने । ५. बेहोस हुने हुन्छ । एक्टोपिक प्रेग्नेन्सी भएको कसरी थाँहा पाउँने ? यस्तो समस्या छ वा छैन भनेर सबै भन्दा पहिला नियमित महिनावारी रोकिने वित्तिकै वा गर्भ रहेको थाँहा पाउने वित्तिकै विशेषज्ञकोमा परीक्षण गराउनु पर्छ । भिडियो एक्सरे गरेर हेरेपछि मात्र यसको एकीन गर्न सकिन्छ । तर धेरै महिलाले पछिसम्म पनि स्वास्थ परीक्षण गरेको पाइदैन् । यो एकदमै गलत कुरा हो । यसले गर्भवतीको ज्याननै जाने खतरा समेत हुनसक्छ । बच्चा रहेको ठाँउ फुट्यो भने के हुन्छ ? बेहोस हुने । कसैलाई चक्कर लाग्ने । बान्ता आउने । बढी ब्लिडिङ भैरहने । प्रेसर कम हुने हुन्छ । यस्तो अवस्थामा समयमै सल्यक्रिया गरिएन भने मृत्यु समेत हुनसक्छ । पटक पटक एक्टोपिक भयो भने बच्चा जन्माउन सकिन्छ की सकिदैन् ? एक्टोपिक भयो भन्दैमा बच्चा नै पाउन सकिँदैन भन्ने होइन । यदि सल्यक्रिया गर्नुपरे पनि एउटा ट्युव हुन्छ । ट्युव र ओभरी दुईवटा हुने भएकाले ट्युव एउटा निकाले पनि बच्चा बस्छ तर चिकित्सकको निगरानीमा रहनुपर्छ। यसको उपचार कसरी गर्ने ? १.गर्भ फुटेको छ भने रगतको व्यवस्था गरी तुरुन्त शल्यक्रिया गर्नुपर्छ । ल्याप्रोस्कोपीको माध्यमबाट पनि गर्न सकिन्छ । २. गर्भ फुटेको छैन भने त्यसको आकार, बिरामीको अवस्था र रिपोर्टहरु हेरेर केही समय पर्खिन पनि सकिन्छ र औषधिबाट पनि गर्न सकिन्छ तर यो भने बिरामीको अवस्थामा भर पर्छ । (डा. श्रेष्ठ ईसान बाल तथा महिला अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

Source: https://ankurankhabar.com/2020/01/11480/?fbclid=IwAR3CtAwk3Ny_NPbSb5h06YNVOn7Gi1CbB7blQpL92LPsDG4VT2ZwTogBkxU

मायोपिया : बालबालिकाको आँखामा हुने समस्या

सूचना प्रविधिको विकाससँगै अचेल मोबाइल, कम्प्युटर र टेलिभिजनको प्रयोग बढेको छ। त्यसैले अहिलेका बालबालिका धेरै समय ‘स्क्रिन’ मा बिताउँछन्। कम्प्युटर मोबाइलले अहिलेका अभिभावकलाई पनि सजिलो बनाइदिएको छ। उनीहरू आफ्ना बच्चालाई भुलाउन यस्तै सामग्रीको भर पर्छन्। टीभी, कम्प्युटर खोलिदियो वा हातमा मोबाइल थामाइदियो, उनीहरू पनि भुलिने, आफ्नो काम पनि सहज रूपमा गर्न पाइने। घरमा रहँदा धेरैजसो समय यस्ता सामग्रीमा भुल्ने कारण उनीहरूमा अन्य समस्याका साथै दृष्टिदोष बढेको छ।

हुन त समयअनुसार हामी प्रविधिको सञ्जालबाट हामी भाग्न सक्दैनौँ, न त केटाकेटीलाई नै दूर राख्न सक्छौँ। प्रविधिबाट टाढा राख्ने हो भने बालबालिका यो प्रतिस्पर्धात्मक युगमा पछाडि पर्छन्। अर्को कुरा अचेल अध्ययन अनुसन्धानका लागि पनि इन्टरनेटको पहुँच अनिवार्यजस्तो भइसक्यो। त्यसैले बालिबालिकालाई कम्प्युटर, मोबाइलजस्ता सामग्रीबाट दूर राख्छु भन्नु असान्दर्भिक हुन्छ। यससँगै बालबालिकामा आएका स्वास्थ्य समस्यालाई पनि नजरअन्दाज गर्न भने सकिँदैन। आँखाको समस्यादेखि बढ्दो निस्क्रियताका कारण मोटोपना र त्यसले भविष्यमा निम्त्याउनसक्ने खतरा भयावह छ। कति देखिइरहेको पनि छ।

यहाँ मैले चर्चा गर्न लागेको विषय हो, मायोपिया। नजिकको अक्षर, चित्र वा कुनै वस्तु राम्रोसँग देख्ने तर टाढाकोलाई धमिलो देख्ने समस्यालाई चिकित्सकीय भाषामा ‘मायोपिया’ भनिन्छ। मायोपिया भएका केटाकेटीले टेलिभिजनमा देखिने दृश्य, कक्षाको ह्वाइट बोर्डमा लेखेको कुरा प्रष्टसँग देख्दैनन्। टाढाको वस्तु वा अक्षर हेर्दा आँखा चिम्म गर्छन्। ह्वाइट बोर्ड हेरेर भन्दा साथीको कपीबाट सार्न थाल्छन्।

कुनै पनि बच्चालाई मायोपिया भयो भन्ने थाहा पाउने शिक्षक हो। बच्चाले यस्तो व्यवहार देखायो भने शिक्षकले तुरुन्त अभिभावकलाई जानकारी दिने व्यवस्था गर्नुपर्छ। अभिभावकले पनि लेख्ने, पढ्ने र टीभी हेर्ने क्रममा बच्चाले कसरी हेर्छ भन्ने कुरामा विचार पुर्याइरहनुपर्छ। यस्तो समस्या भएको थाहा पाउनेवित्तिकै आँखा विशेषज्ञकहाँ लगिहाल्नुपर्छ। आँखा परीक्षण गराई चिकित्सकको सल्लाह लिनुपर्छ।

लक्षण

टाढाको वस्तु हेर्दा जोड दिने

टेलिभिजन हेर्न बस्दा अगाडि सर्ने

दृश्य धमिलो देखिने हुनाले आँखा चिम्सो पार्ने।

उपचार

मायोपिया भएको ठहर भएमा ‘माइनस’ पावरको चश्मा प्रयोग गर्न सकिन्छ। हाइपरमेट्रोपिया (आँखाको बनावट सानो भएर जाने) भएको रहेछ भने ‘प्लस’ पावरको लेन्सले सुधार गर्न सकिन्छ। समस्या ठीकसँग पहिचान गरी चिकित्सकको सल्लाहअनुसार उपयुक्त लेन्स भएको चश्मा लगाउनुपर्छ।

बच्ने उपाय

मोबाइल, ल्यापटप आदि हेर्दा वा पढ्दा निश्चित दूरीमा राख्न आवश्यक छ। वेलावेला आँखालाई आराम दिन पनि जरुरी छ। कोठामा उज्यालो भएको ठाउँमा बसेर पढ्ने, टेलिभिजन निश्चित दूरीमा बसेर हेर्ने, स्क्रिन चलाउन (हेर्न) निश्चित समय छुट्याउने गर्नाले आँखामा यस्तो समस्या आउँदैन। आँखा स्वस्थ राख्न भिटामिन ‘ए’युक्त खानेकुरा प्रशस्त खानुपर्छ। साथै समयमा समयमा आँखाको परीक्षण पनि गराउनुपर्छ।

आँखारोग विशेषज्ञ डा चौधरी बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालमा कार्यरत छिन्।

‘गुणस्तरीय उपचारका लागि प्याथोलोजीलाई मेरुदण्ड मानिन्छ’

प्याथोलोजी भनेको गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिनका लागि अत्यन्त महत्त्वपूर्ण विधा हो, जसमा बिरामीलाई प्रमाणसहितको उपचार प्रदान गरिन्छ। कुनै पनि रोग लाग्यो भनेर मात्र हुँदैन। त्योे प्रमाणित हुनुपर्छ। प्रमाणित गर्ने काम ल्याबमा हुन्छ।

कुनै पनि रोग लागेपछि त्यसको उपचारमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै सही निदान हुनु हो। यदि सही निदान भएको छ भने मात्र त्यसको उपचार सही दिशामा गएको मानिन्छ। बिरामी बिस्तारै निको हुँदै जान्छ। जस्तै कुनै बिरामीलाई क्यान्सर भयो भनेर मात्र हुँदैन त्यो कुन क्यान्सर हो, कुन स्टेजमा छ, निको हुने सम्भावना छ कि छैन, सबै जानकारी हुन जरुरी हुन्छ। यो सबै रिपोर्ट ल्याब टेस्ट गरेपछि मात्र थाहा हुन्छ।

प्याथोलोजीमा बिरामीको ल्याब टेस्ट हुन्छ। यसले रोगको प्रमाणित गर्ने मात्र होइन निगरानी समेत गर्छ। उपचारले निको भइरहेको छ छैन भने पनि यही टेस्ट गरेपछि पत्ता लाग्छ। त्यसैले गुणस्तरीय स्वास्थ्योपचारका लागि प्याथोलोजीलाई मेरुदण्ड मानिन्छ। यो नभएसम्म उपचार सेवा अपूरो हुन्छ।

साधारण भाषामा भन्नुपर्दा हामी बिरामी भएपछि डाक्टरकोमा जान्छौँ। डाक्टरलाई आफ्ना समस्या भन्छौँ। लक्षणका आधारमा डाक्टरले कुनै रोग हुनसक्ने भन्दै सो प्रमाणित गर्नका लागि ल्याबमा केही टेस्ट गर्न लगाउँछन्। साधारणतया ल्याबको रिपोर्ट नआएसम्म खासै कुनै उपचार चलाइँदैन। त्यसैले पनि उपचार सेवामा धेरै चर्चा नहुने भए पनि यो सेवा असाध्यै महत्त्वपूर्ण हुन्छ। जब ल्याबबाट रिपोर्ट आउँछ त्यहीअनुसार मात्र के उपचार गर्ने भन्ने निर्णय डाक्टरले गर्छन्।

आजभोलि भने सर्वसाधारण स्वास्थ्यप्रति केही सचेत हुन थालेका छन्। जसले गर्दा उनीहरू सिधै ल्याबमा आएर ‘मेरो थाइराइड टेस्ट गर्नुपर्यो’ वा ‘सुगर लेबल चेक गर्नुपर्यो’ भन्छन्। यसका लागि डाक्टरले नै टेस्ट गर्नुपर्छ भनेर लेख्नुपर्छ भन्ने छैन। यो रोग लाग्नुअगावै सचेत भएको हो। यसरी पनि गर्न सकिन्छ। तर धेरैजसो भने डाक्टरले नै ‘यो यो टेस्ट गर्ने’ भनेर लेखेर पठाएपछि नै टेस्ट गरिन्छ।

आजभोलि गल्ली गल्लीमा ल्याब सेन्टर खोलिएका छन्। ती सेन्टरको विश्वसनीयताको पनि ख्याल गर्नुपर्छ। जहिले पनि गुणस्तरीय ल्याब सेन्टरमा मात्र जाँच गराउनुपर्छ। रोगको सम्पूर्ण उपचार यसमै निर्भर हुने भएकाले सही ल्याब छनोट गर्नुपर्छ। सरकारले क, ख, ग भनेर स्टयाण्डर्ड नै छुट्याएको छ।

ल्याबमा काम गर्ने जनशक्ति उपकरण, समय वातावारण र बिरामीको मानसिकता धेरै कुराले रिपोर्टमा असर गर्नसक्छ। सकेसम्म आईएसओ प्राप्त ल्याबमा टेस्ट गर्दा नतिजा भरपर्दो आउँछ। यस्ता ल्याबले ‘स्टाण्डर्ड मेन्टेन’ गरेका हुन्छन्। यसका साथै ल्याबमा काम गर्ने जनशक्तिले पनि बिरामीको बारेमा सम्पूर्ण जानकारी लिएर उनीहरूको टेस्ट गर्दा रोग पहिचानमा मद्दत पुग्छ।

कहिलेकाहीँ ल्याबैपिच्छे बिरामीको रिपोर्ट फरक फरक रिपोर्ट आउने कुराको प्रसंग पनि आउने गर्छ। रिपोर्ट फरक आउनुमा धेरै कुराले निर्धारण गरेकाे हुन्छ। यो कुरा हामीले बिरामीलाई बुझाउन जरुरी हुन्छ। सानासाना कुराले पनि रिपोर्टमा फरक पर्न सक्छ। बिजुलीको भोल्टेज कम भयो भने पनि रिपोर्ट फरक पर्नसक्छ।

कुन स्ट्याण्डर्डको ल्याब हो, कस्ता जनशक्ति छन्, त्यसमा प्रयोग हुने ‘रिएजेन्ट’ कस्तो छ लगायत कुराले रिपोर्ट फरक पर्छ। त्यसैले मैले टेस्ट गरेँ भनेर ढुक्क हुनुअघि म सही ल्याबमा आइपुगेँ कि पुगिनँ भन्ने विचार पुर्याउन आवश्यक छ। नेपालमा पनि धमाधम स्ट्याण्डर्ड ल्याब सेन्टरहरू खुलिरहेका छन्। यसरी सुविधासम्पन्न ल्याब खुल्नु भनेको प्रमाणसहितको उपचार सेवामा टेवा पुग्नु हो।

‘घर फर्किँदै गर्दा बिरामीको ओठमा देखिने हाँसोले पेशाप्रति गर्व लाग्छ’

६ वर्षदेखि नर्सिङ पेशामा रहेकी पाल्पाकी सुमना ढुङ्गाना हाल काठमाडौंको बसुन्धरास्थित ईशान अस्पतालमा कार्यरत छिन्। एनआईसीयूमा सिनियर स्टाफ नर्स उनै सुमनाका कुरा यो पटकको नर्सका कुरामा।

पाल्पाको पोखराचोक मेरो जन्मथलो। सानोमा पढाइ राम्रै थियो। २०६२ सालमा स्थानीय विष्णु माध्यमिक विद्यालयबाट एसएलसी दिएँँ। त्यो समयमा एसएलसी सकेपछि आर्ट वा कमर्स पढ्ने लहर थियो। राम्रो नम्बर आएकाहरू साइन्स पढ्थे। साथीहरूको सल्लाहमा मैले भने कमर्स ज्वइन गरेँ। कमर्स पढेपछि बैंकिङ क्षेत्रमा राम्रो रोजगारी पाइन्छ भन्ने थियो। कहिले पढाइ सकेर आफ्नै खुट्टामा उभिने होला भन्ने भावना मनमा आइरहन्थ्यो।

हाम्रो परिवारमा ठूली दिदी नर्स हुनुहुन्थ्यो। कमर्स पढ्दापढ्दै एकाएक नर्सिङ पढ्ने सोच आयो। उहाँकै प्रेरणाले मैले नर्सिङ पढ्न थालेँ। सन् २०१० मा काठमाडौंको जोरपाटीस्थित स्तुपा कलेजबाट पढाइ शुरु गरेँ। तीनवर्षे पीसीएल कोर्स सकेर वुटवलको गौतम बुद्ध अस्पतालमा काम गर्न थालेँ। हामी पनि नयाँ, अस्पताल पनि नयाँ, उपपकरण, औजार सबै नयाँ। फेरि मन परेको पेशा। काम गर्न अत्यन्तै जाँगर लाग्थ्यो। कलेजमा पढेका कुरा ‘फिल्ड’ मा कसरी प्रयोग गर्ने होला भन्ने लाग्थ्यो।

त्यहाँ सीसीयू विभागमा कार्यरत थिएँ। सीसीयूमा हार्ट अट्याक, एन्जाइना कार्डियाक डिस्राइमियालगायत हृदयरोगसम्बन्धी बिरामी हुन्छन्। उनीहरूको निरन्तर अनुगमन र उपचार आवश्यक पर्छ। म सिक्दै पनि थिएँ। मभन्दा अग्रज दिदीहरूको सहयोग पनि हुन्थ्यो। सबै कुरा अनुकुल हुँदाहुँदै पनि हावापानीका कारणले मलाई त्यो ठाउँ मलाई प्रतिकुल भयो। तै पनि त्यहाँ दुई वर्ष बसेर काठमाडौं फर्किएँ।

सन् २०१७ मा ईशान अस्पताल आइपुगेँ। एनआईसीयू विभागमा विशेषगरी इन्फेक्सन, निमोनिया, घाँटीमा प्वाल परेकाो, सेप्सिस डाइरिया जस्ता समस्या भएका बालबालिकालाई राखिन्छ। यसलाई नवजात शिशुको ‘इनटेन्सिव केयर नर्सरी’ पनि भनिन्छ।

अस्पतालमा डाक्टर र नर्सको सहकार्यबाट मात्रै बिरामीको सहज रूपमा उपचार हुन्छ। ऊ स्वस्थ भएर घर फर्किन्छ। डाक्टर नर्सबीच अलिकति मात्रै पनि ‘मिसअण्डरस्याण्ड’ हुँदा बिरामीको उपचारमा गम्भीर असर पर्न सक्छ। डाक्टरले दिएको निर्देशनलाई ध्यानमा राखी बिरामीको अवस्था हेर्दै हामीले उनीहरूको केयर गर्नुपर्छ। यो कुरामा म ज्यादै सचेत छु।

सेवामा लाग्दा बिरामी र उनीहरूको परिवारबाट पाइने माया धन्यवाद नै मेरो सम्पत्ति हो। केही केहीलाई छाडेर उहाँहरूले पारिवारिक माया दिनुहुन्छ। हुन पनि बिरामी र उनका परिवारका लागि अस्पताल केही दिनको घरजस्तै नै हुन्छ। अनि हामी घरका सदस्य। सदस्यबीच माया ममता रहे न घरको शोभा हुने हो। बिरामी निको भएर घर लैजान पाउँदा अभिभावक वा परिवार जति खुशी हुन्छन्, त्यो भन्दा कम खुशी हुँदैनौँ हामी पनि। अस्पतालबाट फर्किँदै गर्दा बिरामीको ओठमा देखिने हाँसोले मलाई यो पेशामा लागेकोप्रति सन्तुष्टि दिन्छ। गर्वले छाती फुल्छ।

पहिले पहिले नर्सलाई हेर्ने समाजको दृष्किोण त्यति राम्रो थिएन। अभिभावकले ‘छोरी नर्सिङ पढ्दैछे’ वा ‘नर्स छे’ भन्दा छिमेकीले ‘बिग्रिछ’ भन्ने प्रतिक्रिया दिन्थे। तर आज त्यो अवस्था छैन। अहिले सम्मानित पेशाको रूपमा गनिन्छ। हुन त हाम्रो पेशामा पनि विभिन्न किसिमका विकृति र चुनौती नभएका होइन् तर मानिसको जीवन बचाउने पेशामा लागेको भन्न पाउँदा गर्व महशुस हुन्छ।

Ishan hospital – april 19, 2024

आमाकाे दूध शिशुका लागि अमृतसमान

नवजात शिशुको खाना भनेको नै आमाको दूध हो। शिशु जन्मेको कम्तीमा एक घण्टाभित्र स्तनपान गराउनुपर्छ। जन्मेदेखि ६ महिनासम्म उसलाई आमाको दूधबाहेक अरु खानेकुरा आवश्यक पर्दैन। पानी खुवाउनु पर्दैन। खाना र पानी दुवैको काम आमाको दूधले गर्छ। ६ महिनापछि मात्र विस्तारै अन्य खानेकुरा खुवाउन सकिन्छ।

अचेल कामकाजी धेरै महिलाले आफ्नो बच्चालाई पर्याप्त स्तनपान नगराउने गरेको पाइन्छ। सौन्दर्य बिग्रिनेलगायत विभिन्न भ्रमले स्तनपान नगराउने महिलाको संख्या पनि बढेको छ। आमा घरमा नहुँदा बच्चालाई गाईको दूध वा ल्याक्टोजेनजस्ता दूध खुवाउने चलन छ,  धेरै महिलामा पहिलो सन्तान हुँदा स्तनपान कसरी गराउने भन्ने ज्ञान हुँदैन। त्यसैले उनीहरुले सही तरीकाले स्तनपान गराउँदैनन्। यी कारणले बच्चाको स्वास्थ्यमा गम्भीर असर पार्छ।

बच्चालाई स्तनपान गराउँदा कुन आमा कस्तो आसनमा बसेकी छिन् भन्ने कुराले पनि अर्थ राख्छ। बच्चाको टाउको र शरीर एउटै लाइनमा भई बच्चालाई आमातर्फ फर्काई  शरीरमा टाँसेको हुनुपर्छ। बच्चालाई दूध खुवाउँदा सर्वप्रथम शिशुको मुखमा ध्यान दिनु आवश्यक छ। बच्चाको मुख राम्रोसँग खोलिदिनुपर्छ। बच्चाको तल्लो ओठ बाहिर फर्केको र चिउँडोले आमाको स्तनको भाग छोएको हुनुपर्छ। स्तनपान गर्दा मुण्टो (निपल) पूरा बच्चाको मुख भित्र पसेको हुनुपर्छ। र यसलाई आमा र शिशुबीचको राम्रो सम्पर्क भनिन्छ। आमा र बच्चाबीच सम्पर्क राम्रो हुन आसन पनि सही हुनुपर्छ।

स्तनपानले बच्चाको वृद्धिविकासमा पनि ठूलो भूमिका खेल्छ। बच्चाले आमाको दूधमार्फत कार्बोहाइड्रेट, प्रोटिन र भिटामिन सही तरिकाले पाउँछ। स्तनपानले शिशुको स्वास्थ्य मात्र राम्रो गर्ने नभई सौन्दर्यसमेत वृद्धि गराउँछ। स्तनपान गरेको बच्चाको मानसिक विकास पनि चाँडो हुन्छ। आमाको स्तनपान नगराई बोतलमार्फत खुवाइने अन्य दूध वा खाद्य पदार्थको प्रयोगले बच्चाको राम्रो विकास हुन सक्दैन।

आमाकाे दूध खान नपाउँदा झाडापखालालगायत समस्याले बच्चा मृत्युको मुखमा पनि पुग्न सक्छ स्तनपान गराइएका बच्चामा श्वासप्रश्वाससम्बन्धी रोग र एलर्जी हुने र अन्य किटाणुहरूको संक्रमण हुने सम्भावना कम हुन्छ। त्यसैले बच्चाका लागि आमाको दूध अमृतसमान भनिएकाे हो।

प्रदूषणबाट बच्नुस्, फोक्सो जोगाउनुस्

विशेषगरी राजधानी काठमाडौंमा वर्षौँदेखि विकास निर्माणका काम अलपत्र छन्। शहरका ठूलादेखि भित्री बाटोहरू बिग्रेका छन्। एकपटक गाडी गुड्दा मात्रै पनि धुवाँको कुहिरीमण्डल हुन्छ। प्रत्येक वर्ष हजारौँको संख्यामा गाडी थपिँदा शहरका साँघुरा बन्दैछन्। बाटो बन्न वर्षौँ लाग्ने कारण उत्पन्न हुने धुलोको समस्या त छँदैछ,पुराना गाडीहरूले फ्याँक्ने धुवाँ पनि व्यहोर्नुपर्ने अवस्था छ।

सडकको धुलोधुवाँ र कलकारखानाले फ्याँक्ने धुवाँका कारण शहरको वातावरण प्रदूषित भइरहेको छ। त्यसमाथि सडकका छेउछाउ रहेका सबै रुख पनि काटिएको छ। न रुखबिरुवा लगाउन पहल गरिन्छ न त लगाउने ठाउँ नै छ। यस्तो धेरै प्रदूषण फैलिने ठाउँको सडकको मध्यभाग तथा फुटपाथमा लगाइएका स–साना रुखले के धान्थे। यसको प्रत्यक्ष मारमा परेका छौँ, शहरमा बसोबास गर्ने तपाईँ–हामी।

धुलोधुवाँ प्रदूषणबाट प्रत्यक्ष असर पर्ने भनेको श्वासप्रश्वास प्रणालीमा हो। प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी विभिन्न समस्या उत्पन्न हुन्छन्। शहरमा उत्पन्न हुने प्रदूषणको कुरा त छँदैछ, गाउँघरतिर दाउरामा खाना पकाउँदा उत्पन्न हुने धुवाँले पनि समस्या निम्त्याउँछ। धूमपान गर्नु र गर्नेको नजिक बस्नु पनि झन् धेरै घातक हो श्वासप्रश्वास प्रणलीका लागि।

क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) फोक्सो सम्बन्धी रोग हो। यो समस्या विशेषगरी ‘स्मोकरहरू’मा देखिन्छ। यस्तै धुवाँधुलोमा रहेर काम गर्ने मजदुर, ट्राफिक प्रहरी र दाउरामा खाना पकाउनेहरूमा यो समस्या आउँछ। प्रदूषणका कारण श्वास फेर्ने नलीमा धुवाँधुलोका कण जम्छ। फलस्वरूप श्वासनली साँघुरो भएर श्वास फेर्न कठिनाइ हुन्छ।

धुलोधुवाँको प्रदूषणले सबैलाई असर गर्छ। त्यसमा पनि विशेषगरी बालबालिका र वृद्धवृद्धालाई अझ धेरै। इम्युनिटी पावर भएकाहरूमा यी समस्या तत्काल नदेखिए पनि दीर्घकालीन असर पर्न सक्छ। प्रदूषणका कारण क्यान्सरसम्म हुने सम्भावना हुन्छ। धूमपान गर्नेहरू त फोक्सोको क्यान्सरको जोखिममा रहन्छन्।

बच्ने उपाय

फोक्सो मानवशरीरको संवेदनशील अंगमध्ये एक हो। प्रदूषणले श्वासप्रश्वास नली र फोक्सोमाअसर पुर्याउने भएकाले यसबाट जोगिन आफैँ सचेत रहनुपर्छ।

धुवाँधुलोको प्रदूषणबाट बच्न सडक निर्माणको कामलाई तिव्रता दिनुपर्छ। लामो समय चलेका र अत्यधिक धुवाँ फ्याँक्ने सवारीसाधन विस्थापन गर्नुपर्छ। सडक वा भवन निर्माणको काम विशेषगरी राति मात्र गर्ने व्यवस्था गर्नुपर्छ। सवैसाधारणले पनि शहरमा हिँड्दा धुलोधुवाँबाट बच्न गुणस्तरीय मास्क लगाउनुपर्छ।

धूमपान नगर्ने मात्र होइन, गरेको ठाउँमा नै नबस्ने बानी गर्नुपर्छ। दाउरा वा गुइँठाबाट खाना पकाउनेहरूले घरभित्र धुवाँ नगुम्सिनेगरी बाहिर जाने व्यवस्था मिलाउनुपर्छ।

बिशेषज्ञको सुझाब, बच्चालाई पिसाबको संक्रमणबाट यसरी बचाउनुस् (भिडियो सहित)

रोग प्रतिरोधात्मक क्षमता कम र सहजै वातवरणमा समायोजन हुन गाह्रो पर्ने भएकाले पनि बच्चाको उमेरलाई संवेदनशील र जटिल उमेरावस्था भनिन्छ । अभिभावकले गर्ने थोरै लाप्रवाहीले पनि बच्चा गम्भीर प्रकृतिका रोगको शिकार हुने गर्दछन । बच्चामा धेरै देखिने समस्या मध्ये एक हो, पिसाबको संक्रमण । बच्चामा पिसाबको संक्रमण हुने कारण ? यसका लक्षण ? र बच्ने उपायबारे ईशान बाल तथा महिला अस्पतालका निर्देशक तथा वरिष्ठ बाल सल्यचिकित्सक डा.आर.पि. चौधरी यसो भन्छन् … पिसाबमा संक्रमण भनेको के हो ? सामान्यतया पिसाब बनाउने, भण्डारण गर्ने तथा शरीरबाट बाहिर निकाल्न मद्दत गर्ने जुनसुकै अंगमा भएको संक्रमणलाई पिसाब संक्रमण भनिन्छ । यसलाई सामान्य भाषामा युटिआई भनिन्छ । बालकको तुलनामा बालिकामा पिसाबको संक्रमण हुने दर बढी पाइन्छ । बच्चाको पिसाब संक्रमण हुने कारणहरु के के हुन् ? बच्चाहरुमा धेरै र पटक पटक देखिने समस्यामध्ये एक पिसाबको संक्रमण पनि हो । पिसाबमा संक्रमण हुने कारण धेरै छन् । विशेषतः ई–कोलाई नामक कीटाणुका कारण पिसाबमा संक्रमण हुन्छ । यसको साथै बालिकाको दिसा धुँदा हात पछाडीबाट अगाडी लानु । २.बालकको लिंगको टुप्पोको मासु पछाडी फर्कीएको हुनु । ३.सरसफाईमा ध्यान नदिनु । ४.पुरुष या महिलाको जस्तो स्पष्ट लिंग नछुटिनु । मिर्गौला, मूत्रवाहिनी, मूत्रथैली तथा मूत्रनलीमा समस्या वा विकृति हुँदा समेत पिसाबको संक्रमण हुन सक्छ । पिसाबमा संक्रमण हुँदा के कस्ता लक्षण देखिन्छन ? पिसावमा संक्रमण हुँदा संक्रमण भएको समय र बच्चाको उमरावस्थाअनुसार लक्षण फरक पर्न सक्छ । १ सानो बच्चाहरु मडारिएर रुने । २ पिसाब पोल्नु,छिटो–छिटो पिसाब फेर्नु ४.पिसाब नियन्त्रण गर्न नसक्नु । ५. ज्वारो आउँनु । ६.पेटमा डल्लाडुल्ली देखिनु,तल्लो पेट र कम्मर दुख्नु । ७.पिसाबबाट गन्ध आउनु । ८.वान्ता हुनु । संक्रमण भएको लामो समय भए पिसाबमा रगत देखिनु आदि । के बच्चाको पिसाबमा संक्रमण हुँनु गम्भीर रोगको लक्षण हो ? पिसाबमा संक्रमण हुँने वित्तिकै मृगौला लगाएतका अंगमा गम्भीर रोग लागि हाल्छ भन्ने हैन् । तर संक्रमणको बेलैमा उपचार गरिएन भने यसले मृगौला फेल हुनेसम्मको अवस्था ल्याउँछ । उपचार गर्न जति ढिला भयो त्यति संक्रमण मूत्रवाहिनी हुँदै मिर्गौला तर्फ जाने गर्छ । मिर्गौला र मूत्रवाहिनीको संक्रमण हुनु भनेको जटिल स्थिति हो । यसको वेलैमा उपचार नगरिए मिर्गौला फेल हुनेदेखि लिएर अन्य अंगमा असर गरि बच्चाको मृत्यु समेत हुने गर्दछ । बच्चाको पिसाबमा संक्रमण देखिए उपचार पद्धति कस्तो छ ? माथिका लक्षण बच्चामा देखापरेमा अभिभावकले बच्चालाई वेलैमा युरोलोजिस्ट चिकित्सककोमा परीक्षण गराउनु पर्छ । बच्चालाई आवश्यक जाँच गरी चिकित्सकले पिसाबको नमुना प्रयोगशालामा पठाउँछन् । विशेषगरी, प्रयोगशालामा पिसाबको सामान्य तथा माइक्रोस्कोपिक जाँच र कल्चर गरिन्छ । यसरी गरिएको जाँचबाट पिसाबमा वास्तविक संक्रमणको स्थिति देखिन्छ । त्यस पछि आवश्यक्ता अनुसार उपयुक्त एन्टिबायोटिकको सेन्सिटिभिटी पनि चेक गरिन्छ । पटक–पटक संक्रमण भइराख्ने बच्चाको मूत्र प्रणालीमा पिसाब उल्टो फर्किने समस्या हुने सम्भावना धेरै हुन्छ । यस्तो अवस्थाको सही निदान गर्न एउटा विशेष किसिमको एक्स–रे जाँच गरिन्छ, जसलाई मिक्चुरेटिङ सिस्टोयुरेथ्रोग्राम भनिन्छ । यस्ता परीक्षणबाट आएको रिपोट अनुसार औषधिबाट या सल्यक्रिया के आवश्यक हो, सो गरिन्छ । बच्चालाई पिसाबको संक्रमणबाट बचाउन के गर्ने ? सबै भन्दा राम्रो त संक्रमण हुनै नदिनु हो । तर यदि संक्रमण भैहाल्यो भने पनि माथिका कु्नै पनि लक्षण देखिना साथ विशेषज्ञकोमा परीक्षण गराइहाल्नु पर्छ । सुरुमै यसलाई निराकरण गर्न सकियो भने, यो सामान्य कुरा हो । १.सरसफाईमा विशेष ध्यान दिने । २.पिसाब रोकेर राख्न नलगाउने । ३.प्रत्येकपटक दिशा, पिसाब गरेपछि मूत्र प्रणालीको बाहिरी अंग सानो बच्चा भए अभिभावकले र बच्चा आफै गर्न सक्ने भए राम्ररी सफा गर्न लगाउने । ४.जबर्जस्ती पिसाब रोकेर बस्ने बानी गराउँनु हुदैन् । ५.प्रशस्त मात्रामा शुद्ध पानी पिउँन लगाउने । ६.सानो बच्चामा पिसाब नगरे पनि छिटो छिटो डाइपर परिवर्तन गरिदिने ।

Source: https://ankurankhabar.com/2020/03/15401/?fbclid=IwAR1P6-yBfCGyyFhhzNK0JUweoV08kkmHbLpbHx6UEMyO8YeWhws5gPN3Pd8

‘बिरामीको यस्तो व्यवहारले कहिलेकाँही त दिक्क लाग्छ’

बिबिशा तामाङ हाल काठमाडौंको बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालमा अप्रेसन थिएटरमा स्टाफ नर्सका रूपमा कार्यरत छिन्। उनै बिबिसाका कुरा यो पटककाे नर्सका कुरामा।

सानैदेखि मानिसको सेवा गर्ने, दुःखीहरूलाई सहयोग गर्ने कुरामा चासो लाग्थ्यो। स्कुलमा पढ्दादेखि नै नर्स बन्ने इच्छा थियो। सन् २०१२ मा धनकुटास्थित युरिका स्कुलबाट एसएलसी गरेपछि बीपी कोइराला इन्सिच्युट अफ हेल्थ साइन्समा पढ्न थालेँ। परिवारका कुनै पनि सदस्य ‘यो क्षेत्रमा नभएकाले नर्सिङमा लागेर गल्ती त गरिनँ’ भन्ने लाग्थ्यो, कहिलेकाहीँ। तर मानवसेवाको काममा लाग्ने विषय छानेको भनेर खुशी नै हुन्थेँ।

नर्सिङ पढ्दाको एउटा घटना कहिल्यै बिर्सिन्नँ। ‘बाइपोलर डिसअर्डर साइक्लोजी’ समस्या भएको एक बिरामी थिए। रोगका कारण होला, उनी समय–समयमा फरक–फरक व्यवहार देखाउँथे। हामी पढ्दै थियौँ। यस्तो देखैकै थिएनौँ। अप्ठ्यारो लाग्थ्यो। उनको समस्या नबुझेर हप्काउँथ्यौँ पनि। उनी हामीले गरेको व्यवहार डाक्टरलाई सुनाएर दुःखी हुने गर्दा रहेछन्। हामीलाई उनको केयर गर्न गाह्रो भइरहेको थियो। तर डाक्टरहरूले ‘उहाँसँग राम्रोसँग प्रस्तुत हुनु, उनको समस्या यस्तो हो, यस्तो समस्या भएकाले यस्तै व्यवहार देखाउँछन्’, भन्ने सल्लाह दिन्थे।

२०१५ मा पढाइ सकेपछि अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा ९ महिना काम गरे। त्यसपछि म ईशान बाल तथा महिला अस्पतालमा कार्यरत छु। हामीकहाँ विशेषगरी महिला र बालबालिका विभिन्न समस्या लिएर आउँछन्। पहिले पोस्ट अपरेटिभ विभागमा कार्यरत थिएँ। हाल अप्रेसन थिएटरमा छु। अस्पतालमा भर्ना भएका निकै जटिल समस्या भएकालाई म कार्यरत कक्षमा अप्रसेन गरिन्छ। अप्रेसनपछि उनीहरूको अस्पताल बसाइ लामो हुने भएकाले बिरामी र उनीहरूको परिवारसँग ‘अट्याचमेण्ट’ हुन्छ। हामी परिवारका सदस्यझैँ बन्छौँ।

अस्पतालमा भर्ना भएका कतिपय बिरामी र तिनका परिवारले ‘पैसा तिरेकै छौँ, त्यसैले नर्सले घरको पर्सनल असिस्टेन्टले जस्तै व्यवहार गर्नुपर्छ’ भन्ने सोच राखेका हुन्छन्। नर्सलाई दुःख दिनुपर्छ भन्ने सोचका हुन्छन्। कहिलेकाँही यस्ता घटनाले बेकारमा यस्तो पेशामा लागेछुजस्तो हुन्छ। बिरामी मात्र होइन कुनै कुनै नर्स पनि खराब प्रवृत्तिका हुन्छन्। उनीहरू आफूलाई बढी जान्नेसुन्ने, ठूलो भएको देखाउन खोज्छन्। यो दुवै प्रवृत्ति खराब हो।

डाक्टर होस् वा नर्स दुवैको उद्देश्य भनेको बिरामीको उपचार गरी उनीहरूको मुहारमा खुशी ल्याउनु हो। डाक्टर र नर्स दुवैले आआफ्नो भूमिक ठीकसँग निर्वाह गरे भने समस्या आउँदैन। दुवैबीच सहकार्य जरुरी हुन्छ। एकअर्कालाई सानो देखाउने, एकअर्काको कार्यमा हस्तक्षेप गर्दा समस्या आउने हो। पाँच वर्षको अवधिमा मैलै कहिल्यै यस्तो भोग्नुपरेको छैन।

यो पेशामा लाग्छु भनेर पढ्न थाल्दा होस् वा अहिले काम गर्दा नै, मलाई परिवारको ठूलो सहयोग छ। परिवारका सदस्यहरूको साथ नपाएको भए सायद यो पेशामा लाग्न सकिँदैनथ्यो होला। पहिले पहिले नर्सलाई हेर्ने दृष्टिकोण राम्रो थिएन। अहिले नर्सिङको क्षेत्र निकै फराकिलो बनेको छ। यो सम्मानित पेशा हो भन्ने सबैले बुझ्न थालेका छन्। मानवसेवा गर्ने र धेरैलाई जीवन दिने कार्यमा सहभागी हुने पेशामा लागेकोमा मलाई गर्व महशुस हुन्छ।

कान पाक्ने समस्याबाट जोगिन यसो गर्नुस्…

धेरै व्यक्तिमा कानको समस्या हुन्छ । कानका समस्यामा पनि अधिकांशमा कान पाक्ने वा दुख्ने समस्या हुन्छ । बच्चाहरुमा कान पाक्ने समस्या अझ बढी देखिन्छ । के कारणले कान पाक्छ र कसरी बच्ने ? अंकुरण खबरका लागि वरिष्ठ नाक,कान,घाँटी रोग विशेषज्ञ डा. भक्त बहादुर सिंहसंग अनिता मगरले गरेको कुराकानी … कान शरिरको महत्वपूर्ण अंग हो । टाउको मुनी दुबै साइडमा रहेको कानले सुन्नका साथै सौन्दर्य पनि थपेको हुन्छ । कानमा लाग्ने रोग हेर्दा साधारण लागेपनि समयमै उपचार भएन भने अन्य अंगमा पनि असर पर्न सक्छ । कानमा देखिने समस्या मध्ये सबैभन्दा धेरै देखिने समस्या भनेकै कान पाक्ने समस्या हो । जुनसुकै लिङ्ग, उमेर समुहका मानिसमा यो समस्या देखिन सक्छ । र पनि तुलानात्कम रुपमा बच्चाहरुमा यो समस्या बढी देखिन्छ । कान पाक्ने रोग के हो ? कानको बनावट हेरेर कानलाई तीन भाग (बाहिरी, मध्य र भित्री) मा विभाजन गरिएको हुन्छ । जसमध्ये मध्य भागमा विभिन्न कारण संक्रमण हुँदा पिप जम्छ । जमेको पिपले कानको जाली प्वाल पारेर बाहिर निस्कन्छ जसलाई कान पाकेको भनिन्छ । बच्चाहरुमा किन बढी कान पाक्छ ? घाँटी र कान जोड्ने नसा एउटै हुन्छ । यस्तो नसा वा नली बच्चाहरुमा सिधा हुन्छ भने उमेर बढेसँगै प्रौढहरुमा यस्तो नसा टेडो हुन्छ । जसका कारण बच्चाहरुमा घाँटीको संक्रमण हुनेबित्तिकै सिधै कानमा असर पर्दछ र छिट्टै पाक्छ । प्रौढहरुमा रोग प्रतिरोधात्मक क्षमता बढी र नसा टेडो हुने भएकाले संक्रमण कम हुन्छ । यसको साथ साथै अन्य कारणहरु यस्ता छन् … १. बच्चालाई सुतेर दुध खुवाउँदा कानमा पर्दा । २. फोहोर पानीमा पौडी खेल्दा वा नुहाउँदा । ३. दुर्घटना, झगडा वा कानमा असर पुग्ने गरी कानको जाली फुट्दा । ४. टंसिलको समस्या हुँदा । ५. लामो समय रुघा–खोकी लाग्दा कानमा प्रेसर पर्ने गरी सिँ सिँ गर्दा । ६. कानेगुजी झिक्न वा फोहोर सफा गर्न धेरैले सिन्का, प्वाँख, सलाईको काँटी जस्ता सामानले कान कोट्याउने गर्छन् । यसले कानको जालीमा असर गर्नुका साथै विभिन्न संक्रमण देखापर्छ जसले गर्दा कान पाक्छ । कान पाक्दा कस्ता लक्षण देखिन्छन् ? १. ज्वरो आउने २. कानबाट पिप बग्ने । ३. कान दुख्ने । ४. कान पाकेको लामो समय भए बिस्तारै कान कम सुन्ने, मुख बाङ्गो हुने । ५. कान वरीपरी घाँउ हुँने । ६ .दुखाईको कारण बच्चाहरु रुने,खाना नखाने,नसुत्ने । कान पाक्दा कसरी श्रवण शक्ति कम हुन्छ ? लगातार कान पाक्दा कान डम्म हुनुका साथै दुख्ने गर्दछ । कानमा पिप बगिरहँदा कानको भित्री भागमा समेत संक्रमण हुन्छ । कानको जाली नै प्वाल पर्ने भएकाले कम सुन्ने वा सुन्दै नसुन्ने पनि हुनसक्छ । कान पाक्नबाट बच्न के गर्ने ? १. दुध चुसाउँदा बच्चाको कानमा दुध परेको छ कि भनेर याद गर्ने । २. रुघा लाग्दा बेस्सरी सिँ सिँ नगर्ने । ३. नुहाउँदा वा पौडी खेल्दा कपासमा भ्यासलिन लगाएर कानमा राख्ने । ४. कानमा तेल नहाल्ने । ५. जथाभावी औषधीको प्रयोग नगर्ने । ६. जथाभावी जे पायो त्यहीले कान नकोट्याउने। ७. कानको सफाईको लागि कम मोटाईको पातलो कपास भएको चिम्टीको प्रयोग गर्ने । ८. कान सफा गर्दा ईयरबडले सफा नगर्ने यसले कानेगुजीलाई अझै भित्र धकेल्न मदत गर्छ । ९. कानमा सरसफाईमा विशेष ध्यान दिने । यदि कानमा समस्या आइहाले तत्काल चिकित्सकको सल्लाह बमोजिम औषधी सेवन गर्नु पर्छ ।

Source: https://ankurankhabar.com/2020/03/16175/?fbclid=IwAR0TUnM5WnS51nykv5naLuCwrR7qBl_pBJVq9whKIOF3mP9unnB6AJoo1ik

ईशान बाल अस्पतालमा गरियो जन्मिँदै आन्द्रा बाहिर भएको शिशुको जटिल शल्यक्रिया

कल्पना आचार्य \काठमाडौं:  कोरोनाका कारण देश लकडाउन छ। शहर सुनसान छ । यातायात,व्यापार, व्यवसाय, कलेज, विश्वविद्यालय बजार सबै ठप्प छ । अस्पतालमा पनि आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । यही लकडाउनका बेला ईशान बाल तथा महिला अस्पतालमा एक नवजात शिशुको जटिल शल्यक्रिया गरी बचाइएको छ । जन्मदैं आन्द्रा बाहिर भएका धादिङका शिशुको शल्यक्रिया गरेर बचाइएको हो ।

हिजो मंगलबार बिहान जन्मिएका शिशुको जन्मिदै पेटमा प्वाल परेर आन्द्रा बाहिर निस्केको थियो । अस्पतालले तुरुन्त काठमाडौं लैजान भने पनि धादिङको विकट गाउँका उनलाई लकडाउनका कारण जन्मेको १४ घण्टापछि काठमाडौको ईशान अस्पताल ल्याइएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक एवं वरिष्ठ बाल शल्य चिकित्सक डा आर पी चौधरीले लकडाउनका कारण शिशु ढिला गरी अस्पताल आएको तर शल्यक्रिया भने सफल भएको बताए । उनले भने, ‘यस्तो केसमा शिशुलाई जति छिटो शल्यक्रिया गर्न सकियो त्यति नै शल्यक्रिया सफल हुन्छ । तर लकडाउनका कारण उहाँहरु आउन ढिला भयो तर पनि हामीले बच्चाको शल्यक्रिया गरेर आन्द्रा भित्र राख्न सफल भएका छौं।’ तर उनले अझै बच्चालाई केही दिन अस्पतालमै राख्न पर्ने बताए।

बाहिर निस्किएको आन्द्रा फुलिएको हुनाले एउटा शल्यक्रियामा सबै एकैपटक भित्र राख्न नसकिने र केही दिनपछि अर्को शल्यक्रिया गरेर बाँकी आन्द्रा भित्र राखिनेछ उनले भने । यस्तो समस्या १० लाख शिशुमा एक जनालाई हुने डा चौधरी बताउँछन्।

लकडाउनका कारण खोप लगाउन नपाएका शिशुलाई के गर्ने?

आरपी चौधरी सिनियर पेडियाट्रिक सर्जन ईशान महिला तथा बाल अस्पताल । काठमाडौँ – कोभिड-१९ का कारण हाल विश्वमा नै असामान्य स्थितिको सिर्जना भएको छ । यस्तो अवस्थामा संसारभर नै अनिवार्य रुपमा हुनुपर्ने कतिपय कार्यहरु समेत पुर्ण हुन नसकेकोे अवस्था हामीमाझ यथावत् नै छ । नेपाल पनि हाल यसै अवस्थाबाट गुज्रिरहेको देशमध्ये एक हो । यसैगरी यस परिस्थितिको प्रभाव शिशु स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै परेको छ । सामान्यतयाः कुनै पनि शिशु जन्मिएपश्चात् पन्ध्र महिनाको अवधिभित्र अनिवार्य रुपमा उनलाई १२ वटासम्म खोप दिनुपर्दछ । खोपको माध्यमबाट स्वस्थ्य रहि शिशुमा रोगसँग लड्न सक्ने क्षमताको विकास हुन्छ । यस अर्थमा भन्ने हो भने निश्चित अवधिमा लगाइनुपर्ने प्रत्येक खोपले शिशुको स्वास्थ्यमा विशेष महत्व राख्दछ । त्यसैले प्रत्येक शिशुलाई अनिवार्य रुपमा खोपको पुर्ण मात्रा दिइनु पर्दछ । तर, हाल ‘कोभिड-१९’को महामारी फैलिएसँगै सम्पूर्ण देश नै लकडाउनका कारण प्रभावित बनेकोले अधिकांश अस्पतालले आकस्मिक सेवाबाहेकका अन्य सेवाहरु अनिश्चित अवधिको लागि बन्द गरेको छ । यस्तो अवस्थामा के गर्ने? यो अधिकांश अभिभावकको जिज्ञासा एवं चिन्ताको विषय हुन सक्छ । हामीले के बुझ्नुपर्छ भने खोप लगाउन पर्ने निश्चित समयभन्दा केहि समय पर गएमा अथवा तोकिएको समयमा शिशुलाई खोप लगाउन असम्भव हुँदा केहि पछि धकेलिएको खण्डमा त्यसले शिशुमा खासै केहि नकरात्मक प्रभाव पार्दैन । तर, हामी के कुरामा निश्चित हुनुपर्छ भने समयमा नै लगाउन नपाइएका खोपहरु शिशुलाई उपयुक्त समय मिलाएर पछि क्रमिक तथा अनिवार्य रुपमा दिइनुपर्छ । यस अर्थमा भन्नुपर्दा, ६ हप्ताको उमेरमा लगाउनुपर्ने खोप शिशुमा लकडाउनका कारण केहि ढिलो भएतापनि पछि खोप दिन सुरु गरेदेखि आवश्यक तथा निश्चित समयको ग्यापपछि अन्य खोपहरु क्रमिक रुपमा दिइनु पर्छ । र, शिशुको निम्ति यो अत्यावश्यक पनि छ । विकल्प देशमा जारी भएको यस लकडाउन अनिश्चित भएकाले यो अझ लामो समयसम्म लम्बिन सक्ने सम्भावना उत्तिकै रहेको छ । तसर्थ यस्तो अवस्थामा शिशुमा खोप लगाउनमा धेरै ढिलो हुन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । जसले गर्दा शिशुमा विभिन्न समस्याहरु देखा पर्न सक्छ । तसर्थ शिशुमा यस्तो समस्या देखा नपरोस् भन्नका निम्ति त्यस्तो समयमा भने हामीले विकल्पको रुपमा अन्य उपाय पनि अपनाउन सकिन्छ । यसका निम्ति प्रत्येक अभिभावकले आफ्ना समस्याबारे सम्बन्धित अस्पतालमा सम्पर्क गर्नुपर्दछ । हामीले अस्पतालको तर्फबाट केसम्म प्रयास गर्न सकिन्छ, भने खोप लगाउन बाँकी भएका प्रत्येक शिशुका अभिभावकका सम्पर्क नम्बर लिने र शिशुको खोपको समय आएपछि अस्पतालमा भीडभाड नहोस् भन्नका लागि उचित समयतालिका मिलाएर एक एक गर्दै अभिभावकलाई खोपको निम्ति अस्पताल आउन जानकारी दिन सकिन्छ । यस्तै, अभिभावकले पनि आफ्ना शिशुको खोपको समय आएपछि सम्बन्धित अस्पतालाई सम्पर्क गरी उपयुक्त समय मिलाएर शिशु लिएर खोपको निम्ति अस्पताल जान पनि सकिन्छ । यसबाट शिशु सुरक्षित रहन्छ नै सँगै समयमै खोप लगाउनबाट कुनै शिशु पनि वञ्चित हुँदैन । सरकारी अस्पतालहरुमा सम्भव नभएतापनि केहि समययता हामी ईशान अस्पताल परिवारले पनि यसै विधिलाई अपनाइरहेका छौं । हामीले यहाँबाट सेवा लिने प्रत्येक अभिभावका सम्पर्क नम्बर लिएका छौ । उपयुक्त समय तालिका हेरेर अभिभावकलाई खोपका निम्ति आफ्ना शिशु ल्याउन आग्रह गरिरहेका छौ । र, यसरी हामीले खोपका सेवाहरु प्रदान गरिराखेका पनि छौ । यसका साथै लकडाउन लामो समयसम्म लम्बिएको खण्डमा अभिभावक तथा अस्पतालले मात्र नभई सरकारले यस विषयमा पनि विशेष ध्यान दिन आवश्यक रहेको देखिन्छ । प्रस्तुतिः सृजना मगर
थप पढनुहोस: https://www.healthaawaj.com/primary-health/13521/?fbclid=IwAR2yZsXDSRDwsPQlAMYqRCyFRAeQe2Qf5nwfzApr79UbHHwJOg2qiJ671_4

बालबालिकाको लागि नशा जस्तै बनेको मोबाइल, टिभीले आँखामा गम्भीर असर, सावधानीपूर्वक प्रयोग गर्न विशेषज्ञको यस्तो छ सुझाव…

कोरोना भाइरसका कारण अहिले विश्वनै त्रसित छ । कोरोनाकै कारण लाखौंले ज्यान गुमाएका छन भने, करोडौं संक्रमित भएका छन् । यसको समाना नेपालले पनि गरिरहेको छ । कोरोनाबाट बच्न भन्दै नेपालमा गत चैतदेखि जारी लकडाउनले उद्योग,कलकारखाना, शिक्षा लगाएत व्यापार व्यावसाय बन्द हुँदा मानिस घरमै बसका छन् । अहिलेको अवस्थामा धेरैले सूचनाका लागि होस् या मनोरञ्जनको लागि घरमा समय विताउने सबै भन्दा सहज माध्यमको रुपमा मोबाइल, आइप्याड, ल्याप्टप,टिभी लगाएत विद्यु्तीय माध्यमलाई प्रयोग गरेका छन् । विद्यालय बन्द हुँदा अहिले बालबालिकाको सबै भन्दा बढी समय वित्ने गरेको छ, मोबाइल,आइप्याड,ल्याप्टप र टिभीमा । अभिभावकको व्यस्तता तथा लाप्रवाही र विद्यालयहरुले सञ्चालन गरेका अनलाइन कक्षाका कारण पनि बच्चाहरुले यस्ता कुरामा बढी समय विताउने गरेको पाइन्छ । तर यसले बच्चाको स्वास्थ्य, त्यस माथि पनि आँखामा गम्भीर असर पार्दै गएको छ । लगातार यस्ता सामग्री हेर्दा बच्चाको आँखामा के कस्तो असर पर्छ ? बच्चाको आँखामा समस्या आएको कसरी थाँहा पाउने ? यसबाट कसरी जोगाउने ?तथा बच्चाको आँखा स्वस्थ राख्न के कस्तो सावधानी अप्नाउनु पर्छ ? अंकुरण खबरका लागि वरिष्ठ आँखा रोग विशेषज्ञ डा.पारस पञ्जियारसंग गरेको कुराकानीमा आधारित अंश … अहिलेका अधिकांश बालबालिकालाई मोबाइल, आइप्याड, ल्याप्टप,टिभी अम्मल जस्तै बनेका छन् । त्यस माथि पनि कोरोनाको यो विषम परिस्थितिमा यी साधानको लगातारको प्रयोगले बच्चाहरुको आँखामा त दीर्घकालसम्म गम्भीर प्रकारका असर परेको छ नै मष्तिस्क, शारीरिक विकास र वृद्धिमा पनि धेरै असर गरेको छ । बच्चालाई अम्मली बनाउने कुरामा पनि अभिभावकै कमोजी रहेको पाइन्छ । बच्चाको आँखामा समस्या आउदा यस्ता लक्षण देखिन्छन् : आँखा धेरै झिम्काउने वा धेरै माँड्ने आँसु झर्ने टाडाको कुरा प्रष्ट नदेख्ने । मोबाइल वा टिभी धेरै नजिकबाट हेर्ने थोरै परको बस्तु हेर्दा आँखा सानो पारेर वा घाँटी खुँम्चाएर हेर्ने । टाउको दुख्ने । विशेषतः लामो समय मोबाइल, आइप्याड, ल्याप्टप,टिभी हेर्दा बच्चाको आँखामा यस्ता असर पर्न सक्छ : सामान्य अवस्थामा प्रतिमिनेट बच्चाले १४-१५ पटक आँखा झिम्काउछन् । यसो गर्दा आँखा सुख्खा हुन पाउदैन् । तर लामो समय यस्ता कुरा हेर्दा वा आँखा नझिम्काई हेर्दा आँखा सुख्खा भई दृष्टिदोष (रिफ्राक्टिभ एरर) को समस्या हुने । आँखा सुख्खा हुने । आँखा बिझाउने । मधुरो देख्ने । आँखाको अगाडी कालो देख्ने । बच्चाको आँखा कलिलो भएकाले पुरै सेपमा नबसेकाले पछि झनै समस्या आउने हुन्छ । तौल बढ्ने । बच्चाहरु मोबाइल बिना एक ठाँउमा शान्तले नबस्ने । बिना मोबाइल सुस्त जस्तो बन्ने । पढाइ, लेखाइमा ध्यान नदिने । बढी रिसाउने । एक्लोपना मनपराउने बानी बस्दै जानसक्छ । यस्ता असर दीर्घकालसम्मका लागि निकै घातक कुरा हो । आँखामा यस्तो समस्या आउन नदिन के गर्ने ? सबै भन्दा पहिला त यस्तो समस्याबाट बचाउन मोबाइल, आइप्याड,भिडियो गेम, ल्याप्टप,टिभी नहेर्नीनै हो । तर अहिलेको युगमा मोबाइल, आइप्याड,भिडियो गेम, ल्याप्टप,टिभी बिना बच्चाको समय अनुकुल ज्ञान, र मनोरञ्जनको साधानमा कमी हुन सक्छ । यस अर्थ पनि बच्चालाई मोबाइल, आइप्याड,भिडियो गेम, ल्याप्टप,टिभी प्रयोग गर्न त दिनु पर्छ तर सिमित समय र सावधानी अप्नाउदै । यसो गर्नाले बच्चाको आँखालाई स्वस्थ राख्न सकिन्छ : लगातार बढीमा १ डेड घण्टा भन्दा बढी यी साधानको प्रयोग गर्न नदिने । मोबाइल,आइप्याड,ल्याप्टप हेर्दा कम्तीमा १ फिट दुरी कायम गर्ने । त्यस्तै कम्प्यूटर हेर्दा २ फिट र टिभी हेर्दा १० फिट दुरी कामय गर्नु राम्रो हुन्छ । बच्चालाई यस्ता सामग्री चलाउदा अध्यारोमा नभै प्रशस्त उज्यालो भएको ठाउँमा चलाउन दिने । कम्तीमा ३० मिनेटमा एक छिन ब्रेक गर्दै चलाउने । सिधा घामको प्रकाश आँखामा नपारी घाममा लगेर खेलाउने वा बच्चासंग बस्ने । खुल्ला स्थान वा अझ हरियाली भएको ठाँउमा सकेसम्म दिनको १ दुई घण्टा खेलाउने यसो गर्दा बच्चाको आँखालाई मात्र नभएर पुरै शरीरलाई फाइदा पुग्छ । यसको साथै स्वस्थकर खानपान जीवन शैली अप्नाई बच्चा जन्मेको ३ महिना भित्र कम्तिमा एकपटक,त्यस पछि ३ वर्ष भित्र र पछि ६-६ महिनामा बच्चाको आँखा नीयमित परीक्षण गराउनु पर्छ । यदि बच्चाको आँखामा अन्य समस्या भए चिकित्सकको सल्लाहा बामोजिम जुनसुकै बेला परीक्षण गराउनु पर्छ । (डा.पञ्यिार ईशान बाल तथा महिला अस्पतालमा कार्यरत छन्)

Source: https://ankurankhabar.com/2020/08/29141/?fbclid=IwAR19S5JrCLkMWspOILGjMzBgS7pgCi6Qqjm9vJo66r4NYMg-Cd85u1nuEio

शुभकामना दिनु

जन्मदिन मा छोरी इशानी लाई शुभकामना दिनु हुने सम्पुर्ण आफन्त,मान्यजन,आदरणीय र मित्र बन्धु हरु मा हार्दिक आभर व्यक्त गर्दै Ishan Hospital” बाट छोरी को सफल उपचार भएकोेले hospital को सम्मान स्वरुप छोरी को नामकरण पनि “इशानी” राखिएको हो ।

कोरोना संक्रमित १ वर्षकी बालिकाको ईशान बाल अस्पतालमा सफल शल्यक्रिया

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना भाइरस संक्रमित १ वर्षकी बालिकाको काठमाडौंको बसुन्धरामा रहेको ईशान बाल तथा महिला अस्पतालमा सफल शल्यक्रिया भएको छ । केही दिनदेखि बालिकालाई पेट दुख्ने र लगातार रोइरहने भएपछि उनका बाबुआमाले शनिबार इशान बाल अस्पताल लगेका थिए ।

अस्पतालका निर्देशक एवं वरिष्ठ बाल शल्य चिकित्सक डा आर पी चौधरीले बालिकामा अस्पताल आउने बेलामा सानो आन्द्रा ठूलो आन्द्रामा गई बल्झिन पुगेपछि समस्या भएको बताए । यो समस्यालाई मेडिकल भाषामा ‘इन्टससेप्सन’ भनिन्छ । यस्तो केसमा हामीले इमरजेन्सी रुपमै शल्यक्रिया गर्नुपर्नुपर्ने हुन्छ डा चोधरीले भने ।

त्यसैले ढिला गरेमा बालिकाको ज्यानै जाने अवस्था भएकाले अस्पतालले उनलाई कोरोना रिपोर्ट नकुरेरै सावधानी अपनाउँदै शल्यक्रिया गर्ने निर्णय गरेको उनको भनाई छ । केही घण्टा मात्रै ढिला भएको भए आन्द्रामा प्वाल पर्न गई बालिकाको ज्यानै जान सक्थ्यो डा चौधरीले भने ।

बालिकाको पीसीआरको लागि स्वाब लिएर परीक्षणको लागि भने पठाइएको थियो । शल्यक्रिया सफल भयो तर भोलिपल्ट बालिकाको रिपोर्ट कोरोना पोजेटिभ आएको डा चौधरीले बताए । बालिकालाई कोरोना देखिएपछि सावधानी अपनाएको भए पनि त्यसमा प्रत्यक्ष सलंग्न स्वास्थ्यकर्मीलाई भने अस्पतालमै क्वारेन्टाइनमा राखिएको छ । ५ दिन पुगेपछि परीक्षण गरेर मात्र उनीहरु सेवामा फर्किने अस्पतालले जनाएको छ । उता अस्पतालले बालिकामा कोरोना पोजेटिभ देखिएपछि स्रोत पत्ता लगाउनका लागि आमा बाबुको परीक्षण गर्दा अर्को दिन बाबु आमा दुबै जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जनाएको छ ।

अहिले बालिकाको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज गरेर घर पठाइएको छ ।

बच्चाको आँखामा यस्ता लक्षण देखिन्छ ! कतै क्यान्सर (रेटिनो ब्लास्टोमा) त भएको छैन्…

पछिल्लो समय जुनसुकै क्यान्सरका बिरामी बढेको पाइन्छ । त्यसमा बच्चाको आँखाको क्यान्सर हुने क्रम पनि बढ्दो छ । बच्चाको आँखामा क्यान्सर भएको थाँहा पाउन सकिन्छ । तर अभिभावकको चेतना कम र बेवास्ताक कारण बच्चाको आँखामा क्यान्सर भई मृत्यु समेत हुनसक्छ । बच्चाको आँखामा क्यान्सर किन हुन्छ ? कसरी थाँहा पाउने ? अंकुरण खबरका लागि आँखा रोग विशेषज्ञ डा.पारस पंजियार यस्तो सुझाव दिन्छन् …. क्यान्सर प्राणघातक रोग हो । तर क्यान्सर सम्वन्धि जुन जनधारणा छ, यो धेरै जटिल,महंगो ,निकै नहुने आदि त्यसो भने हैन् । बेलैमा क्यान्सरको सही उपचार ग¥यो भने यो पूर्ण निको हुने,छिट्टै निको हुने र आवश्यक सावधानी अप्नाए पुनः नदोहोरीने रोग पनि हो । बच्चाको आँखामा लाग्ने क्यान्सर (रेटिनो ब्लास्टोमा) के हो ? धेरैलाई अझै पनि थाँहा छैन बच्चाको आँखामा क्यान्सर हुन्छ । यद्यपी पछिल्लो समय बच्चाको आँखाका क्यान्सर हुने क्रम पनि बढी देखिएको छ । रेटिनो ब्लास्टोमा बच्चाको आँखामा लाग्ने क्यान्सर हो । यो विशेषतः ५ वर्ष भन्दा मुनिका बच्चा देखापर्छ । केही लक्षण देखिए पनि ख्यालनै नगर्दा थाँहै नपाई रेटिनो ब्लास्टोमाले बच्चाको ज्याननै लिन सक्दछ । यो निकै छोटो समयमा फैलिने गर्छ । के कारणले हुन्छ बच्चाको आँखामा क्यान्सर ? रेटिनो ब्लास्टोमा वंशाणुगत कारणले हुने गर्छ । आमा बुवा या अग्रज कसैमा यस्तो रोग भए बच्चामा देखिन सक्छ । साथै पहिलो बच्चामा रेटिनो ब्लास्टोमा भए अर्को बच्चा जन्मदा उसमा २५ देखि ३३ प्रतिशत हुने संभावना रहन्छ । यो केही बच्चामा एक आँखामा हुन्छ भने कोहीमा दुवै आँखामा समेत हुन सक्छ । यसका लक्षणहरु के के हुन ? १.आँखाको कालो भागको बीचमा सेतो दाग देखिनु । २.फोटो खिच्दा वा लाइट पर्दा सेतो दाग टल्किनु । ३.आँखा रातो हुनु । ४.आँखा असामान्य वा डेडो हुनु । ५.आँशु आइराख्नु,दुख्नु । ६.दुष्टि कम हुनु,हिडडुल गर्दा ठोक्की रहनु ७.सेतो दाग विस्तारै फैलदै जानु । ८.अलि लामो समय भए आँखमा मासुको डल्ला पलाउनु र विस्तारै आँखा बाहिरै निस्कने समेत हुन सक्छ । कसरी फैलिन्छ आँखाको क्यान्सर र बच्चाको मृत्यु हुन्छ ? यो बच्चा जन्मनि बितैकै पनि देखिन सक्छ वा हुर्कदै गर्दा विस्तारै पनि देखिन सक्छ । मूख्यतः आँखाको नानीमा देखिने सेतो दाग विस्तारै ठुलो हुदैं जान्छ । आँखाको नशा मस्तिष्कसंग जोडिएकाले मस्तिष्क फोक्सो, कलेजो हुँदै हाडमा फैलिन्छ र बच्चाको मृत्यु हुन्छ । तर सुरुवाती चरणमै उपचार गराए पूर्ण निको हुन्छ । जति पछि भयो यति उपचार गर्दा पनि निको नहुन सक्छ । उपचार पद्धति : सुरुमा शंका लाग्ने वित्तिकै सिटीस्क्यान वा एमआरआई गरिन्छ । त्यस पछि कुन चरणमा क्यान्सर पुगेको छ त्यही अनुसार उपचार पद्धति अबलम्वन गरिन्छ । बच्न के गर्ने ? अपवाद बाहेक वंशाणुगत कारणले लाग्ने भएकाले पहिले कसैलाई लागेको छ भने सम्वन्धित चिकित्सकसंग परामर्शमा रहनु पर्छ । बच्चा जन्मिएको एक महिनाभित्रै आँखाको परीक्षण गराउनु पर्छ । त्यस पछि पनि तीन–तीन महिनाको अवधिमा आँखाको परीक्षण गराउनु पर्छ । यदि पहिले अग्रज कसैलाई छैन भने पनि बच्चाको नियमित आँखा जाँच गराउँदा यो रोग लागे सुरुमै जानकार भई उपचार गर्न सकिन्छ । यसको साथै गर्भअवस्था देखिनै सन्तुलित स्वस्थकर खाना,शारीरिक व्यायम,नियमित स्वास्थ परीक्षण गर्नाले अन्य रोगबाट पनि बच्न सकिन्छ । (डा.पंजियार ईशान बाल तथा महिला अस्पतालमा कार्यरत छन्)

Source: https://ankurankhabar.com/2020/10/34227/?fbclid=IwAR0wL_t8Uk78MZAN-QpSqQOALTCroCjwdOl0VsHXlNDTppFX-xQ-Cvr3NwY

चिसाेबाट यसरी जाेगाउनुस् शिशुलाई

चिसो बढेसँगै बालबालिका बिरामी हुने क्रम पनि बढ्छ । जाडो मौसममा बालबालिकालाई कसरी जोगाउने भन्ने विषयमा इशान बाल तथा महिला अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. सर्वेश कुमार दाससँग गरिएको कुराकानीको अंश:

मंसिर महिनाको उत्तरार्धतिर आइपुग्दा चिसो ह्वात्तै बढेको छ। अत्यधिक चिसो हुने पुस माघ त बाँकी नै छ। जाडोमा विशेषगरी नवजात शिशु र साना साना बालबालिकालाई जोगाउने चुनौती अभिभावकसामु हुन्छ। चिसोयाममा सानो हेलचेक्रयाइँका कारण बालबालिकाको स्वास्थ्यमा ठूलो समस्या आउनसक्छ। उनीहरूलाई न्यानो पार्ने प्रक्रिया नमिल्दा वा बेवास्ताका कारण उनीहरूको शरीरको तापक्रम न्यून हुन पुग्छ। चिसोका कारण उनीहरूलाई ‘हाइपोथर्मिया’ हुन सक्छ। हाइपोथर्मिया भयो भने बच्चाको शरीर छाम्दा चिसो महशुस हुन्छ।

शरीर अत्यधिक चिसो भएकै कारणले गर्दा बच्चाहरूमा इन्फेक्सनको समस्या देखिन्छ। रुघाखोकीदेखि निमोनिया, ब्रोन्काइटिसजस्ता जटिल समस्या आउन सक्छन्। यस्ता समस्याले बालबालिकालाई श्वास फेर्न गाह्रो हुन्छ। चिसोबाट जोगाउन नसक्दा उनीहरूको ओठ र हातगोडा निलो देखिन्छ। खाना खुवाउँदा खान नमान्ने र बान्ता गर्ने गर्छन्।

उपचार

सामान्यतया नवजात शिशुहरूको रोग पत्ता लगाउन कठिन हुन्छ, चिकित्सकहरूलाई। ठूला बच्चाहरूलाई अलि सहज हुन्छ। चिसोबाट उत्पन्न सामान्य समस्या भए ठूला बालबालिकालाई घरमै पनि औषधि दिएर उपचार गर्न सकिन्छ। शिशुमा त्यो सम्भव हुँदैन। अस्पताल नै लग्नुपर्छ। निमोनिया, सेप्सिस इन्फेक्सन र ब्रोन्काइटिसजस्ता समस्या देखिए उनीहरूलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ।

जोगाउने उपाय

नवजात शिशु होस् या अलि ठूला बालबालिका उनीहरूलाई स्वास्थ्यसम्बन्धी समस्याबाट जोगाउने दायित्व र भूमिका आमाबुबाकै हुन्छ। चिसोको सन्दर्भमा पनि शिशुलाई समयमा दूध खुवाउने, सफा राख्ने, न्यानो कपडा लगाइदिने र कोठाको तापक्रम मिलाएर राख्ने जस्ता दायित्व अभिभावककै हुन्। तर न्यानो पार्ने नाममा शिशुलाई बढी कपडा लगाइदिँदा पसिना आउनसक्छ। पसिनाकै कारण चिसाे भएर निमोनिया हुने खतरातर्फ पनि ध्यान दिनुपर्छ।

अलि ठूला बच्चा भए समयमा पौष्टिक खानेकुरा खुवाउने, न्यानो कपडा लगाइदिने र बाहिर चिसोमा खेल्न नदिनेजस्ता काम गर्नुपर्छ।
विशेषगरी नवजात शिशुलाई हेर्न आफन्त र पाहुनाको लर्को लाग्छ। त्यो वेला उनीहरूमा भएको रुघाखोकी जस्ता संक्रमणले बालकलाई नभेटोस् भनेर सतर्कता अपनाउनुपर्छ। बच्चाहरूलाई बाहिर लिएर हिँड्दा विशेषगरी हावाको प्रत्यक्ष प्रभाव पर्नेगरी दुईपाङ्ग्रे सवारीसाधनमा जानुहुँदैन।

‘बालबालिका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन्’

बाल स्वास्थ्य क्षेत्रमा परिचित र सम्मानित नाम हो, प्रा. डा. रामनन्दन प्रसाद चौधरी (आरपी) । लामो समय कान्ति बाल अस्पतालमा रहेर बाल स्वास्थ्य क्षेत्रमा काम गरेका प्रा.डा चौधरी हाल ईशान बाल तथा महिला अस्पतालका निर्देशकको जिम्मेवारीमा छन् । ईशान बाल तथा महिला अस्पताललाई नेपालको उत्कृष्ट बाल तथा महिला अस्पतालको रुपमा बिकास गर्ने उद्देश्यका साथ क्रियाशिल छन् उनी । प्रा.डा चौधरीसँग कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीमा बालबालिकाको स्वास्थ्य अवस्था, संक्रमण जोखिम र रोकथामका उपया बारेमा कुराकानी गरेका छौं । यसैगरी बालबालिका र महिलाको उपचारमा ईशान बाल तथा महिला अस्पतालबाट उपलब्ध सेवा सुबिधाको बारेमा पनि संवाद गरेका छौं । संवादको सम्पादित अंश :

यो कोराना भाइरस (कोभिड–१९) महामारीको समयमा बालबालिकाको अवस्था कस्तो छ ?
– अहिले कोभिड–१९ सातौं महिना चलिरहेको छ । कोभिड–१९ को मुख्य प्रभावित समूह बालबच्चा र ज्येष्ठ नागरिकहरु रहेका छन् । बच्चाहरुको कुरा गर्दा सुरुमा केही हुन्न भन्ने गलत बुझाई थियो । तर नेपालको ‘डाटा’ हेर्दा नवजात शिशुहरुमा समेत संक्रमण भएको छ । हाम्रो यहि अस्पतालमै हामीले कोभिड–१९ संक्रमण भएको तीन बच्चाको अप्रेसन पनि गरेका छौं । ठूलाको तुलनामा बच्चाहरुमा अलि फरक पर्छ । हामीले हात धुने गरौं, मास्कको प्रयोग गरौं, सामजिक दूरी कायम गरौं भनेर हुँदैन । बुझ्ने बच्चा भए ठिकै हुन्छ, तर नबुझ्ने बच्चाहरुलाई गाह्रो पर्छ ।

यता ६ महिनादेखि स्कुल पनि बन्द हुँदा साथीहरुबाट टाढिएका छन् । यसले मानसिक रुपमा पनि असर पारिरहेको छ । आमा बुबालाई म अनुरोध गर्न चाहन्छु, ‘स्कुल नखुलेको अवस्थामा, साथीभाइसँग बञ्चित भएको अवस्थामा बच्चाहरुलाई अलि बढी ध्यान दिनुहोस्, बच्चाको मानसिक स्वास्थ्यमा ध्यान दिनुहोस्, अलि धेरै समय बिताउनुहोस ।’ नवजात शिशुहरुमा ६ महिनासम्म रोगसँग लड्न सक्ने क्षमताको विकास भइसकेको हुँदैन । ६ महिनासम्म आमाको दूधबाट गएको एन्टिबडीजले संक्रमण बच्न सकिन्छ ।

महामारीको यो समय बालबालिकामा कस्तो असर परिरहेको छ, उनीहरुलाई जोगाउन के गर्नुपर्छ ? उनीहरुलाई कोभिड–१९ बाट बचाउन के–के गर्नुपर्छ ?
नवजात शिशुका लागि गर्भावस्थामै आमा संक्रमित भए प्रसुतीमा विशेष ध्यान राख्नु पर्छ । जहाँ चाहीं आमा र बच्चा दुबैलाई स्याहार गर्न सकिन्छ । प्रसुती पश्चात बच्चालाई संक्रमण भएको छ कि छैन भनेर परीक्षण गरिन्छ । आमालाई पोजिटिभ छ र बच्चालाई छैन भने दूरी कायम गरेर दूध खुवाउन मिल्छ । ६ महिनासम्म आमाकै दूधबाट रोग प्रतिरोधात्मक क्षमता प्राप्त हुने गर्दछ । आमा संक्रमित भए पनि नवजात शिशुलाई आमाले सावधानी अपनाएर दूध खुवाउन मिल्छ । यदि ठूलो बच्चाहरु भए अंगालोमा लिने, म्वाई खाने जस्ता क्रियाकलापबाट जोगाउनु पर्छ । मास्क लगाउने गर्नुपर्छ ।

महामारीका बीच ईशान बाल तथा महिला अस्पतालमा बिरामीहरु आउने दर कतिको छ ?
– २०५२ सालमा स्थापना भएको यो अस्पताल २५ औं वर्षमा प्रवेश गरेको छ । यो नेपालको पहिलो प्राइभेट बाल अस्पताल हो । यहाँ देशभरका विरामीहरु आउने गर्छ । काठमाडौंमा कोरोना संक्रमण बढिरहेका बेला विरामीको संख्या धेरै नै घटेको छ । आउट प्यासेन्ट डिर्पाटमेन्टमा अहिले १० देखि १५ प्रतिशत मात्र आइरहेका छन् । इन्डोरमा १० देखि २० प्रतिशत मात्रै विरामी भर्ना गरिहेको छौं र उपचार गरिहेको छौं ।

अस्पतालबाट कोरोना सर्न सक्छ भनेर अहिले मान्छेहरु अस्पताल जान डराइरहेको अवस्था छ, अझ महिला तथा बालबालिकाहरुको स्वास्थ्य संवेदनशिल हुन्छ, उनीहरुलाई सुरक्षित हिसावमा उपचार गर्न कस्तो प्रकारका सुरक्षा विधिहरु अपनाइ रहनु भएको छ ?
– अस्पतालमा कोरोना भनेपछि डराउनु स्वाभाविक हो । तर, हाम्रो अस्पतालले नेपालमा कोरोना देखिएदेखि नै दैनिकरुपमा अस्पतालले अपनाउनु पर्ने सम्पूर्ण सावधानी अपनाएको छौं । हामीले साबुन पानीको व्यवस्था गरेको छौं । साबुनपानी प्रयोग नगर्नेहरुका लागि ह्याण्ड सेनिटाइजर व्यवस्था गरेका छौं । अनिवार्यरुपमा अस्पताल आउनेहरुका लागि मास्क लगाउनु पर्ने व्यवस्था गरेका छौं । हाम्रो हयुनसिसमा आउने सम्पूर्ण विरामी, डाक्टर, कर्मचारीहरुले पिपिई लगाइरहेका छन् । जति पनि सावधानी अपनाउनु पर्ने हो त्यो अपनाइरहेको छौं ।

म बाल चिकित्सक भएको हिसाबले हेर्दा शल्यक्रियामा अझै सावधानी अपनाउनु पर्ने देखेको छु । बिरामीलाई बेहोस पार्दा बेहोस गर्ने डाक्टरहरु संक्रमित हुने सम्भावना हुन्छ । त्यसैले डाक्टरहरुले एन नाइटफाइभ माक्स, फेसिल, पिपिई लगाएर काम गरिहेको छौं । हामीले तीन वटा कोभिड–१९ केसलाई पनि आकस्मिक शल्यक्रिया गरेका छौं । एउटा केशलाई एक हप्ता पछि कोरोना नेगेटिभ देखिए पनि शल्यक्रिया गरेका छौं । डाक्टरहरु अप्रेसन पछि बिरामीलाई राखिने वार्डहरुमा पनि पिपिई लगाएर नै राउण्डअप गर्नु हुन्छ । अहिले स्वास्थ्यकर्मी धेरै संक्रमित भइरहेको अवस्थामा सम्पूर्ण सावधानीहरु अपनाएको छौं ।

Ishan hospital – april 19, 2024
प्रा. डा. रामनन्दन प्रसाद चौधरी (आरपी)

यो अस्पतालमा कोरोना संक्रमण नभएको व्यक्ति आएर, फर्केर जाँदा संक्रमित नभई जान्छन् भनेर ढुक्कका साथ भन्न सक्नु हुन्छ ?
हामीले जुन हिसाबले गार्डदेखि स्वास्थ्यका कर्मचारीसम्म जुन किसिमको सावधानी लिएका छौं, त्यस अनुसार भन्न सक्छौं, ‘हाम्रा स्वास्थ्यकर्मीका कारण उहाँहरुलाई कोभिड–१९ संक्रमण हुने अवस्था छैन ।’ तर अस्पतालमा आउने व्यक्तिहरु बाहिर जानुहुन्छ, सपिङ गर्न जानुहुन्छ, क्यान्टिनमा जाँदा उहाँले युनिभर्सल सावधानीहरु लिइरहेको हुनुपर्छ । हाम्रो तर्फबाट संक्रमण हुने अवस्था छैन ।

.यो अस्पताल अरु भन्दा के फरक छ ? र कस्तो सेवा सुविधा उपलब्ध गराइरहेको छ ?
हामीले कोभिड–१९ को कारण सिल्भर जुब्ली मनाउन पाएका छैनौं । नेपालको पहिलो प्राइभेट बाल अस्पताल हो । नेपालको रिफ्रेरल बाल अस्पतालको रुपमा विकास भइसकेको छ । मेचीदेखि महाकालीसम्मका महिला प्रसुतीका लागि आउनु हुन्छ । शुरुमा १५ बेडबाट बाल अस्पताल शुरु भयो । त्यसको दुई–तीन वर्षपछि महिला तथा प्रसुती सेवा शुरु भयो । अहिले मल्टिमेशिनरी एप्रोचमा गएका छौं । यहाँ चाहिने नाक, कान, घाँटी, छाला, हड्डी, प्याथोलोजी सबै सुविधा छ । यहाँ होलेस्टिक सुविधा छ । विरामी आएपछि एउटा रोग उपचार यहाँ गर्ने र अर्को रोग अर्को ठाउँमा उपचार गर्न जान पर्दैन ।

२५ वर्ष प्रवेश गरेपछि सुपर स्पेशिलेटी सेवामा पुगिसकेको छौं । बच्चाको झाडा पखाला र निमोनियाको मात्र होइन, मुटु, मृगौला, आन्द्रासम्बन्धी सबै किसिमको उपचारहरु प्रदान गर्दै आइरहेको छौं । नेपालमा प्रिरिडियक सर्जरीको कुरा गर्दा सबैले थाहा पाएको अरु ठाउँमा नभएको सर्जरीहरु पनि यहाँ हुन्छ । भारतबाट विरामीहरु आएर उपचार गराएर फर्किएका छन । प्रिरिडियक सर्जरीहरु भर्खर जन्मेको बच्चादेखि लिएर १८ वर्षेसम्मको जटिल भन्दा जटिल सर्जरीहरु यहाँ गर्छाै । अरुको भन्दा पनि पक्कै फरक छ ।
कोभिड–१९ को समयमा सरकारी अस्पतालमा पनि खोप अभाव भइरहेका बेला हामी सात महिना, हप्ता दिने दुई वटा खोप हामी दिइरहेकै थियौं । यो पनि एउटा कुरा हो । अर्को कुरा आकस्मिक कक्षमा २४ सै घण्टा बालरोग विशेषज्ञ उपलब्ध हुनुहुन्छ । नेपालको कुनै अस्पतालमा २४ सै घण्टा विशेषज्ञबाट सेवा दिने छैनन् ।

Ishan hospital – april 19, 2024

सरकारले प्रत्येक स्थानीय तहहरुमा निःशुल्क खोपहरु दिइरहेको हुन्छ । यहाँ दिने खोपहरु कसरी दिनुहुन्छ ? तपाईहरुले दिने खोपहरुमा कुन कुनमा शुल्क लाग्छ, कुनमा लाग्दैन ?
खोपको कुरा गर्दा हामीले झनै सेवा विस्तार गरेका छौं । सरकारी खोपहरु आइतबार र बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म दिने गर्छौ । सरकारी खोप निःशुल्क दिने भनेकाले हामीले पनि निःशुल्क दिन्छौं । टेक्निकल सिरिन्जहरुको लिन्छौं । खोपको पैसा लाग्दैन । सरकारी खोपहरु विभागबाटै लिएर कार्ड बनाछौं । सम्पर्क नम्बर लिन्छौं । उहाँलाई खोप लिने बेलामा सम्पर्क पनि गर्छौ ।
त्यो बाहेक आइतबारदेखि शुक्रबारसम्म सम्पूर्ण खोपहरु दिने गर्छौ । नेपालमा उपलब्ध भएको सस्तो भन्दा सस्तो, महँगो भन्दा महँगो खोपहरु उपलब्ध गराउँछौं । खोपका लागि ट्रेनिङ लिएका स्टाफहरु हुनुहुन्छ । २५ वर्ष बण्ी अनुभव भएका भ्याक्सिलेटरहरु हुनुहुन्छ ।

खोप दिंदा तपाईहरुको जनशक्ति र मेसिनहरु प्रयोग हुन्छ, त्यसको पैसा लिनुहुन्छ ? एउटा बच्चालाई नियमित सम्पूर्ण खोपहरु पुरा गर्न निजी अस्पतालमा कति खर्च गर्नुपर्छ ?
ठयाक्कै भन्न चाहीं डाटा नै निकाल्नु पर्छ । विभिन्न प्रकारको खोपहरु छन् । त्यसमा धेरै विकल्पहरु छन् । त्यो खोपहरु सबैले लिनुपर्छ भन्ने हुँदैन । खोप लिने समय पनि हुन्छ । कुनै एक वर्षसम्म, कुनै २ बर्षसम्म । कुनै ९ वर्षसम्म दिने एउटा सरभाईभ क्यान्सर नहुने भ्याक्सिनहरु पनि छ । हामीले स्डान्र्ड भ्याक्सिनहरु कोल्ड चेन्ज भन्छ । कोल्ड चेन्ज गर्न जरुरी छ । भ्याक्सिन भनेको खाली पैसा खर्च गरेर कोल्ड चेन्ज भएको छैन भने निःशुल्क दिए पनि तापक्रम व्यवस्थापन नगरे काम लाग्दैन् । यी कुराहरु पनि हामी व्यवस्थापन गरेका छौं ।

शहरमा एक गर्भवती महिला नियमित चिकित्सकसँग सल्लाह र सुझावमा बसेका हुन्छन्, तर गाउँबाट आउने विरामी जो चिकित्सक, नियमित परीक्षण नगराई एकै पटक बच्चा जन्माउन आउने महिलाले यहाँ सुविधा पाउँछन् कि पाउँदैनन् ?

सरकारी अस्पतालले पनि नियमित चेक गराएको छैन भने लिन मान्दैन । यदि बाहिरबाट आउनु भएको छ कोभिड–१९ को केश बाहेकका नियमित चेकअप नगराएकालाई पनि सुविधा दिएका छौं ।


कुनै दुर्गम स्थानबाट कोही प्रसुती गराउन आए भने फर्किदासम्म निजी अस्पतालमा कति खर्च गर्नुपर्छ ?
सामान्य केस छ, ब्लड प्रेसर छैन, डाइभिटिज छैन । कुनै समस्या छैन भने २०–२५ हजारमा प्रसुती हुन्छ । तर सामान्य छैन भने सिजर गर्न पर्ने, आइसियुमा राख्नुपर्ने, एनआइसियुमा राख्नुपर्ने भयो भने त्यसै अनुसार खर्च लाग्छ । सिजर गर्दा ६०–७० हजार जति लाग्छ । हामीसँग सबै भन्दा पुरानो सघन उपचार कक्ष पनि छ ।

एउटा स्वस्थ बच्चा कति कति समयमा अस्पताल वा चिकित्सकलाई देखाउन आवश्यक छ ?
जन्मिसकेपछि बच्चालाई नियमित चेकअप गराउनुपर्छ । यति भन्ने छैन । दुई–तीन महिनामा देखाए हुन्छ । विदेशमा नियमित चेकअप नै गराउने गर्छन् । यदि बच्चा जन्माउने तर्खरमा हुनुहुन्छ भने नेपालमा पनि शिक्षित आमा बुबाहरुले चेकअप गराउन थालेका छन् । भ्रुण अवस्थादेखि पाठेघरमा ग्रन्थी बन्ने बेला हुन्छ । त्यो बेला अल्कोहलहरु नखाने, सिटी स्क्यानहरु नगर्दा हुन्छ भने नगर्ने । त्यस्तै डाक्टहरु सल्लाह औषधिहरु खाँदा चिकित्सकको सल्लाह बमोजिम मात्र खाने गर्नुपर्छ । त्यो बेला नै सबैभन्दा धेरै समस्यहरु हुँदा हुने हो ।


एक महिनादेखि तीन महिनासम्म चेकअप गरेर अल्ट्रासाउण्ड गराइ राख्दा बच्चा सामान्य छ कि छैन थाहा हुन्छ । केही समस्या छ भने सर्जिकल गर्नुपर्ने भयो भने बाल रोग विशेषज्ञलाई देखाउन सकिन्छ । छैन भने अरु डाक्टरहरुलाई पनि देखाएर गर्न सकिन्छ । प्रसुतीको जति समय नजिक हुँदै जान्छ रेगुलर चेकअप गरेर बच्चालाई कहाँ जन्माउने निर्णय गर्नुपर्छ । काठमाडौंमा भए बच्चालाई समस्या छैन । पेरीफेरीमै प्रसुती गराउँदा हुन्छ । तर, यदि बच्चालाई समस्या भए राम्रो अस्पतालमा लानुपर्छ ।

कोभिड–१९ को कारण हामीहरु दिनहुँ अप्ठयारो अवस्थामा जाँदैछौ । अब यस अवस्थामा सुत्केरी आमा र बच्चाले के सावधानी अपनाउनु पर्छ ?
म बालरोग विशेषज्ञ भएको हिसाबले के भन्न चाहन्छु भने आमा र बच्चाका अभिभावकलाई हिँउद महिनामा चिसोबाट जोगाउनु पर्छ । रेगुलर चेकअप गराउनु पर्छ । मास्क लगाउने । हात धुने । दूरी कायम गर्ने महत्वपूर्ण विषय हुन् । यी सावधानी अपनाउनु पर्छ । दशैमा गाउँ जाँदा र आउँदा झनै संक्रमित हुने डर हुन्छ, यस्तो कुरामा विशेष सावधानी र सतर्कता अपनाउनु पर्छ ।

Quick Enquiry Get an Appointment
revised