‘गुणस्तरीय उपचारका लागि प्याथोलोजीलाई मेरुदण्ड मानिन्छ’
प्याथोलोजी भनेको गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिनका लागि अत्यन्त महत्त्वपूर्ण विधा हो, जसमा बिरामीलाई प्रमाणसहितको उपचार प्रदान गरिन्छ। कुनै पनि रोग लाग्यो भनेर मात्र हुँदैन। त्योे प्रमाणित हुनुपर्छ। प्रमाणित गर्ने काम ल्याबमा हुन्छ।
कुनै पनि रोग लागेपछि त्यसको उपचारमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै सही निदान हुनु हो। यदि सही निदान भएको छ भने मात्र त्यसको उपचार सही दिशामा गएको मानिन्छ। बिरामी बिस्तारै निको हुँदै जान्छ। जस्तै कुनै बिरामीलाई क्यान्सर भयो भनेर मात्र हुँदैन त्यो कुन क्यान्सर हो, कुन स्टेजमा छ, निको हुने सम्भावना छ कि छैन, सबै जानकारी हुन जरुरी हुन्छ। यो सबै रिपोर्ट ल्याब टेस्ट गरेपछि मात्र थाहा हुन्छ।
प्याथोलोजीमा बिरामीको ल्याब टेस्ट हुन्छ। यसले रोगको प्रमाणित गर्ने मात्र होइन निगरानी समेत गर्छ। उपचारले निको भइरहेको छ छैन भने पनि यही टेस्ट गरेपछि पत्ता लाग्छ। त्यसैले गुणस्तरीय स्वास्थ्योपचारका लागि प्याथोलोजीलाई मेरुदण्ड मानिन्छ। यो नभएसम्म उपचार सेवा अपूरो हुन्छ।
साधारण भाषामा भन्नुपर्दा हामी बिरामी भएपछि डाक्टरकोमा जान्छौँ। डाक्टरलाई आफ्ना समस्या भन्छौँ। लक्षणका आधारमा डाक्टरले कुनै रोग हुनसक्ने भन्दै सो प्रमाणित गर्नका लागि ल्याबमा केही टेस्ट गर्न लगाउँछन्। साधारणतया ल्याबको रिपोर्ट नआएसम्म खासै कुनै उपचार चलाइँदैन। त्यसैले पनि उपचार सेवामा धेरै चर्चा नहुने भए पनि यो सेवा असाध्यै महत्त्वपूर्ण हुन्छ। जब ल्याबबाट रिपोर्ट आउँछ त्यहीअनुसार मात्र के उपचार गर्ने भन्ने निर्णय डाक्टरले गर्छन्।
आजभोलि भने सर्वसाधारण स्वास्थ्यप्रति केही सचेत हुन थालेका छन्। जसले गर्दा उनीहरू सिधै ल्याबमा आएर ‘मेरो थाइराइड टेस्ट गर्नुपर्यो’ वा ‘सुगर लेबल चेक गर्नुपर्यो’ भन्छन्। यसका लागि डाक्टरले नै टेस्ट गर्नुपर्छ भनेर लेख्नुपर्छ भन्ने छैन। यो रोग लाग्नुअगावै सचेत भएको हो। यसरी पनि गर्न सकिन्छ। तर धेरैजसो भने डाक्टरले नै ‘यो यो टेस्ट गर्ने’ भनेर लेखेर पठाएपछि नै टेस्ट गरिन्छ।
आजभोलि गल्ली गल्लीमा ल्याब सेन्टर खोलिएका छन्। ती सेन्टरको विश्वसनीयताको पनि ख्याल गर्नुपर्छ। जहिले पनि गुणस्तरीय ल्याब सेन्टरमा मात्र जाँच गराउनुपर्छ। रोगको सम्पूर्ण उपचार यसमै निर्भर हुने भएकाले सही ल्याब छनोट गर्नुपर्छ। सरकारले क, ख, ग भनेर स्टयाण्डर्ड नै छुट्याएको छ।
ल्याबमा काम गर्ने जनशक्ति उपकरण, समय वातावारण र बिरामीको मानसिकता धेरै कुराले रिपोर्टमा असर गर्नसक्छ। सकेसम्म आईएसओ प्राप्त ल्याबमा टेस्ट गर्दा नतिजा भरपर्दो आउँछ। यस्ता ल्याबले ‘स्टाण्डर्ड मेन्टेन’ गरेका हुन्छन्। यसका साथै ल्याबमा काम गर्ने जनशक्तिले पनि बिरामीको बारेमा सम्पूर्ण जानकारी लिएर उनीहरूको टेस्ट गर्दा रोग पहिचानमा मद्दत पुग्छ।
कहिलेकाहीँ ल्याबैपिच्छे बिरामीको रिपोर्ट फरक फरक रिपोर्ट आउने कुराको प्रसंग पनि आउने गर्छ। रिपोर्ट फरक आउनुमा धेरै कुराले निर्धारण गरेकाे हुन्छ। यो कुरा हामीले बिरामीलाई बुझाउन जरुरी हुन्छ। सानासाना कुराले पनि रिपोर्टमा फरक पर्न सक्छ। बिजुलीको भोल्टेज कम भयो भने पनि रिपोर्ट फरक पर्नसक्छ।
कुन स्ट्याण्डर्डको ल्याब हो, कस्ता जनशक्ति छन्, त्यसमा प्रयोग हुने ‘रिएजेन्ट’ कस्तो छ लगायत कुराले रिपोर्ट फरक पर्छ। त्यसैले मैले टेस्ट गरेँ भनेर ढुक्क हुनुअघि म सही ल्याबमा आइपुगेँ कि पुगिनँ भन्ने विचार पुर्याउन आवश्यक छ। नेपालमा पनि धमाधम स्ट्याण्डर्ड ल्याब सेन्टरहरू खुलिरहेका छन्। यसरी सुविधासम्पन्न ल्याब खुल्नु भनेको प्रमाणसहितको उपचार सेवामा टेवा पुग्नु हो।
recent news
Celebrating 3rd World Pediatric Surgery Day: Commitment to Child Surgical Care at Ishan Hospital
Every child deserves safe and timely surgical care.As featured in Aarthik News Nepal, Ishan Children & Women’s Hospital remains dedicated to improving access to life-saving
View MoreIshan Hospital Medical Patra News
ईशान अस्पताल स्थापनाको तीन दशक पुरा (Ishan Children & Women's Hospital- Medical Patra News) काठमाडौं। ईशान बाल तथा महिला अस्पताल स्थापना भएको तीन दशक
View MoreIshan Hospital Kavre Press News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Kavre Press News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले
View MoreIshan Hospital Nepali Health News
नेपालको पहिलो निजी बाल अस्पताल ईशान ३० औँ वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Nepali Health News) काठमाडौँ, १० भदौ । नेपालकै पहिलो निजी
View MoreIshan Hospital Lokpath News
ईशान अस्पताल ३०औँ वर्षमा प्रवेश, बाल शल्यक्रियामा निकै सफलता हात पारेको दाबी (Ishan Children & Women's Hospital- Lokpath News) काठमाडौं । ईशान बाल तथा महिला
View MoreIshan Hospital Top Ten Khabar News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Top Ten Khabar News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला
View MoreIshan Hospital Mahila Swasthya News
ईशान बाल तथा महिला अस्पताल ३० औं वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Mahila Swasthya News) काठमाडौं । बसुन्धरास्थित ईशान बाल तथा महिला
View MoreIshan Hospital Farakpatra News
Ishan Hospital News Cover By Farakpatra ईशान अस्पतालको २९ औं बार्षिकोत्सब सम्पन्न, यसै वर्षंदेखि पेडियाट्रिक बोनम्यारो प्रत्यारोपण र सिटि स्क्यान सेवा सञ्चालनमा आउने १० भदौ
View More