



(Ishan Children & Women’s Hospital- Medical Patra News)

जन्माष्टमीको दिन महाराजगञ्जमा १५ शैय्यामा ईशान बाल नर्सिङ होमको रुपमा स्थापित अस्पतालले आफ्नो ३० औँ वार्षिकोत्सव मनाएको हो।
हाल २५ शैय्यामा संचालित अस्पताल बसुन्धरा चोकबाट २५० मिटर उत्तर तर्फ आधुनिक भवनमा सरेर सेवा दिईरहेको छ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा रामनन्दनप्रसाद चौधरी तीन दशक लामो यात्रा गुणस्तरीय तथा सर्वसुलभ सेवाबाट निर्देशित भएको बताए। उनले भने ‘हामीलाई सेवा गर्ने मौका दिनु भयो। हामीलाई विश्वास गर्नु भयो र त आज यो अस्पताल क्वालिटी सर्भिस एट अफोर्टेवल प्राईसको सिद्धान्त अनुरुप सेन्टर अफ एक्सिलेन्सको रुपमा अघि बढी रहेको छ। हामी नेपालमा मेडिकल टुरिजमको सेवालाई अघि बढाउने योजनामा छौँ।’
डा चौधरीले अस्पतालमा अहिले ८७ जना विभिन्न विषयका बरिष्ठ बालरोग विशेषज्ञहरु सहित बाल रोग, बाल शल्यक्रिया, महिला तथा विभिन्न विषयका सुपरस्पेश्यालिटी र मल्टीस्पेश्यालिटी सेवा उपलव्ध भएको जानकारी दिए।
उनले अस्पतालको आकस्मिक विभागमा चौविसै घण्टा एमडी पेडियाट्रिक्स, विशेषज्ञ रजिष्ट्राहरुबाट नवजात तथा बाल रोग, नवजात तथा बाल सर्जरी, महिला तथा प्रसूति, हाडजोर्नी सम्वन्धमा दुर्घटना र ट्रमा सेवासहितका आकस्मिक सेवा उपलव्ध भएको समेत जानकारी दिए।
अस्पतालमा आईसीयू, एचडीयू, प्रत्येक दिन खोप सेवा, पेडियाट्रिक ईको, अल्ट्रासाउण्ड सेवा उपलव्ध रहेको छ भने पेडियाट्रिक बोनम्यारो प्रत्यारोपण र सीटीस्क्यान सेवा पनि छिटै सुरु हुने जानकारी दिए।
(Ishan Children & Women’s Hospital- Kavre Press News)
काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले आफनो २९औं बार्षिकउत्सव सम्पन्न गरेको छ । बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित इशानले आइतबार पत्रकार सम्मेलन गर्दै २९ औ बार्षिकउत्सव मनाइरहँदा विरामीहरु, विरामीका आफन्तजन र जनमानसले अस्पतालका सेवाहरु विश्वास गरी काम गर्ने मौका दिएकोमा धन्यवाद ज्ञापन गरेको छ ।
विस २०५२ सालमा कृष्णाष्टमीका दिन १५ बेडबाट सुरु भएको यस अस्पतालले अहिले आफनो सेवा र क्षेत्र विस्तार गर्दै एक सय बेडको सुविधा सम्पन्न अस्पताल बनाउन सफल भएको अस्पतालका निर्देशक प्राडा रामनन्दन प्रसाद चौधरी प्रेस विज्ञप्ती जारी गर्दै बताए । अस्पतालमा आकस्मिक विभागमा २४ घन्टा नै पेडियाटिक विशेषज्ञ रजिष्टारहरुबाट नवजात तथा बाल रोग, नवजात तथा बाल सर्जरी, महिला तथा प्रशुती हाडजोर्नी सम्बन्धमा सेवाहरु उपलब्ध रहेको डा चौधरीले बताए ।

बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित इशानले आइतबार पत्रकार
उनले अस्पताल आफनै नयाँ सुविधा सम्पन्न अस्पतालमा सरेर समय सापेक्ष सुविधाहरु तथा क्षमता वृद्धि गर्दै नवजात तथा बाल सघन उपचार कक्ष सेवाहरु, एम्बुलेन्स, प्याथोलोजी, अल्टासाउण्ड, एक्स रे, फार्मेसी तथा क्ययान्टेन सेवाहरु विस्तार गर्दै लगेको बनाए । पत्रकार सम्मेलनमा बोल्दै डा चौधरीले अस्पतालमा पटक पटक नवजात तथा बाल शब्लयरोग तथा बाल युरोलोजी सम्बन्धी जडिल भन्दा जटिल शल्यक्रियाहरु भइरहेको जानकारी दिए । अस्पतालको त्यस्तै सह्रायिनक कार्यले गर्दा भारत तथा बंगलाशदेशबाट समेत आएका शच्चाहरुको सफल शल्यक्रिया भएको उनले बताए ।
अस्पतालका निर्देशक प्राडा रामनन्दन प्रसाद चौधरीले अस्पतालले विभिन्न बैंक, इन्सायेरेन्स सहित टोखा तथा बुढानिलिकण्ठ नगरपालिका परिशरका धेरैजसो विद्यालयसँग छुट सेवा उपलब्ध गराउन सम्झौता भएको बताए । सामाजिक उत्तरदायित्व बहन गर्ने हिसावले कतिपय अवस्थामा निशुल्क शेवा पनि दिइदैँ आएको उनले सुनाए । हाल अस्पतालमा ८७ जना विभिन्न बिषयका बरिष्ठ विशेषज्ञ सहित बाल रोग तथा बाल शल्यक्रिया, महिला तथा विभिन्न विषयका सुपर स्पेशिलिष्ट र मलटीस्पेस्लिट विशेषज्ञ सेवाहरु दिइरहेको बताए ।
उनले ईशान अस्पताल अहिले बिरामी र वातावरणमैत्री भएको समेत बताए ।
(Ishan Children & Women’s Hospital- Nepali Health News)

काठमाडौँ, १० भदौ । नेपालकै पहिलो निजी बाल अस्पताल अस्पतालको रुपमा स्थापित ईशान बाल तथा महिला अस्पताल ३० औँ बर्षमा प्रवेश गरेको छ । सो अवसरमा अस्पतालले सोमबार विशेष कार्यक्रमको समेत आयोजना गरेको छ ।
विसं २०५२ साल कृष्ण जन्माष्टमीको दिन काठमाडौँको महाराजगञ्ज चक्रपथमा १५ शैय्यामा ईशान बाल नर्सिङ होमको रुपमा स्थापित यो निजी अस्पताल २०६३ साल पछि २५ शैय्यामा स्तरोन्नती हुनुका साथ बसुन्धरामा स्थानान्तरण भएको थियो । त्यसबेला देखि नै ईशान बाल नर्सिङ होम नाम परिवर्तन भई ईशान बाल तथा महिला अस्पतालको रुपमा रहन गयो । अहिले भने अस्पताल बसुन्धरा चोकबाट २५० मिटर उत्तर तर्फ आफ्नै स्वामित्वको अत्याधुनिक भवनमा सरेर सेवा दिईरहेको छ ।

अस्पतालका निर्देशक प्राडा रामनन्दनप्रसाद चौधरी तीन दशक लामो यात्रा गुणस्तरीय तथा सर्वसुलभ सेवाबाट निर्देशित भएको बताउँछन् । ‘हामीलाई सेवा गर्ने मौका दिनु भयो । हामीलाई विश्वास गर्नु भयो र त आज यो अस्पताल क्वालिटी सर्भिस एट अफोर्टेवल प्राईसको सिद्धान्त अनुरुप सेन्टर अफ एक्सिलेन्सको रुपमा अघि बढी रहेको छ । हामी नेपालमा मेडिकल टुरिजमको सेवालाई अघि बढाउने योजनामा छौँ,’ उनले भने ।
निर्देशक प्राडा चौधरीले अस्पतालमा अहिले ८७ जना विभिन्न विषयका बरिष्ठ बालरोग विशेषज्ञहरु सहित बाल रोग, बाल शल्यक्रिया, महिला तथा विभिन्न विषयका सुपरस्पेश्यालिटी र मल्टीस्पेश्यालिटी सेवा उपलव्ध भएको दावी गरे ।

उनले अस्पतालको आकस्मिक विभागमा चौविसै घण्टा एमडी पेडियाट्रिक्स, विशेषज्ञ रजिष्ट्राहरुबाट नवजात तथा बाल रोग,नवजात तथा बाल सर्जरी, महिला तथा प्रसूति, हाडजोर्नी सम्वन्धमा दुर्घटना र ट्रमा सेवासहितका आकस्मिक सेवा उपलव्ध भएको समेत जानकारी दिए ।
अस्पतालका मुख्य सेवाहरु
निर्देशक डा चौधरीले अस्पतालमा आईसीयू, एचडीयू, प्रत्येक दिन खोप सेवा, पेडियाट्रिक ईको, अल्ट्रासाउण्ड सेवा उपलव्ध भएको बताए । उनले अब चाडैँ नै पेडियाट्रिक बोनम्यारो प्रत्यारोपण र सीटीस्क्यान सेवा पनि सुरु हुने जानकारी दिए ।
उनले सबै उमेरका व्यक्तिका लागि जनरल मेडिसिन, इन्डोस्कोपी, कोल्नोस्कोपी, जनरल एण्ड ग्यास्ट्रो सर्जरी सेवा, हाडजोर्नी, दन्त, छाला तथा यौन रोग, इएनटी, आँखा, फिजियोथेरापी तथा रिहाविटेसन सम्वन्धी सेवा पनि उपलव्ध रहेको बताए । यस्तै निसन्तान क्लिनिक आईभीएफ तथा ब्लड बैंक सेवा पनि उपलव्ध रहेको बताए ।
अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय टोखाबासीलाई विशेष छुट दिनुको साथै विभिन्न स्थानीय टोल समिति र संघ संस्थासंग समेत सहकार्य गर्ने र विशेष छुट दिने गरिएको बताए ।
Ishan Hospital Nepali Health News

१५ शय्याबाट सुरु भएको यस अस्पतालमा अहिले बालबालिका तथा महिला उपचारमा चौबीसै घन्टा आकस्मिक सेवा, जटिल किसिमको शल्यक्रियासहित विशेष सेवा उपलब्ध रहेको र शनिबारसमेत बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा उपलब्ध रहेको जानकारी दिए । टोखा नगरपालिका–५ मा अवस्थित यस अस्पतालले टोखा नगरपालिका–५ का बासिन्दालाई १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । छुट सुविधाका लागि केही असजिलो नहोस् भन्ने हेतुले अस्पतालले त्यहाँका बासिन्दाहरुको लागि छुटसम्बन्धी छुट्टै कार्ड समेत बनाइदिएको डा. चौधरीले बताए ।
यसका साथै अस्पतालले विभिन्न संघसंस्था, बैंक, इन्स्योरेन्स तथा विद्यालयसँग पनि एमओयू गरी विशेष छुट दिई गुणस्तरीय सेवा प्रदान गर्ने गरेको छ । नेपालकै पहिलो गैरसरकारी बाल अस्पाताल ईशानले बाल, महिला तथा वयष्क स्वास्थ्य क्षेत्रका विभिन्न सेवाहरुमा उल्लेखनीय सुधार तथा थप नयाँ आधुनिक उपकरणहरु उपलब्ध गरी सम्पूर्ण बिरामीहरुलाई अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक र भरपर्दो सेवा सुविधा प्रदान गरिरहेको छ । हाल अस्पतालमा ८७ जना विभिन्न विषयका वरिष्ठ विशेषज्ञहरुसहित बाल रोग, बाल शल्यक्रिया, महिला तथा विभिन्न विषयहरुका super specialty तथा Multispecialty विशेषज्ञ सेवाहरु उपलब्ध पनि छन् ।
(Ishan Children & Women’s Hospital- Top Ten Khabar News)
काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले आफनो २९औं बार्षिकउत्सव सम्पन्न गरेको छ । बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित इशानले आइतबार पत्रकार सम्मेलन गर्दै २९ औ बार्षिकउत्सव मनाइरहँदा विरामीहरु, विरामीका आफन्तजन र जनमानसले अस्पतालका सेवाहरु विश्वास गरी काम गर्ने मौका दिएकोमा धन्यवाद ज्ञापन गरेको छ ।
विस २०५२ सालमा कृष्णाष्टमीका दिन १५ बेडबाट सुरु भएको यस अस्पतालले अहिले आफनो सेवा र क्षेत्र विस्तार गर्दै एक सय बेडको सुविधा सम्पन्न अस्पताल बनाउन सफल भएको अस्पतालका निर्देशक प्राडा रामनन्दन प्रसाद चौधरी प्रेस विज्ञप्ती जारी गर्दै बताए । अस्पतालमा आकस्मिक विभागमा २४ घन्टा नै पेडियाटिक विशेषज्ञ रजिष्टारहरुबाट नवजात तथा बाल रोग, नवजात तथा बाल सर्जरी, महिला तथा प्रशुती हाडजोर्नी सम्बन्धमा सेवाहरु उपलब्ध रहेको डा चौधरीले बताए ।

बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित इशानले आइतबार पत्रकार
उनले अस्पताल आफनै नयाँ सुविधा सम्पन्न अस्पतालमा सरेर समय सापेक्ष सुविधाहरु तथा क्षमता वृद्धि गर्दै नवजात तथा बाल सघन उपचार कक्ष सेवाहरु, एम्बुलेन्स, प्याथोलोजी, अल्टासाउण्ड, एक्स रे, फार्मेसी तथा क्ययान्टेन सेवाहरु विस्तार गर्दै लगेको बनाए । पत्रकार सम्मेलनमा बोल्दै डा चौधरीले अस्पतालमा पटक पटक नवजात तथा बाल शब्लयरोग तथा बाल युरोलोजी सम्बन्धी जडिल भन्दा जटिल शल्यक्रियाहरु भइरहेको जानकारी दिए । अस्पतालको त्यस्तै सह्रायिनक कार्यले गर्दा भारत तथा बंगलाशदेशबाट समेत आएका शच्चाहरुको सफल शल्यक्रिया भएको उनले बताए ।
अस्पतालका निर्देशक प्राडा रामनन्दन प्रसाद चौधरीले अस्पतालले विभिन्न बैंक, इन्सायेरेन्स सहित टोखा तथा बुढानिलिकण्ठ नगरपालिका परिशरका धेरैजसो विद्यालयसँग छुट सेवा उपलब्ध गराउन सम्झौता भएको बताए । सामाजिक उत्तरदायित्व बहन गर्ने हिसावले कतिपय अवस्थामा निशुल्क शेवा पनि दिइदैँ आएको उनले सुनाए । हाल अस्पतालमा ८७ जना विभिन्न बिषयका बरिष्ठ विशेषज्ञ सहित बाल रोग तथा बाल शल्यक्रिया, महिला तथा विभिन्न विषयका सुपर स्पेशिलिष्ट र मलटीस्पेस्लिट विशेषज्ञ सेवाहरु दिइरहेको बताए ।
उनले ईशान अस्पताल अहिले बिरामी र वातावरणमैत्री भएको समेत बताए ।

(Ishan Children & Women’s Hospital- Mahila Swasthya News)


१० भदौ काठमाडौं । टोखा ५ मा बसुन्धारामा अवस्थित ईशान बाल तथा महिला अस्पतालले आफ्नो स्थापनाको २९ औँ वार्षिकोत्सव मनाएको छ । आज अस्पताल प्राङगणमा बिहान कृष्ण भगवानको पुजा अर्चनापछि रक्तदान, त्यसपछि पत्रकार भेटघाट, उत्कृष्ट कर्मचारी सम्मान पश्चात सांस्कृतिक कार्यक्रमका साथ वार्षिकोत्सव समापन भएको थियो ।
२०५२ सालमा स्थापना भएको यस अस्पतालले सुरुमा महाराजगञ्ज चोकमा ईशान बाल नर्सिङ्ग होमको रुपमा १५ शैयाको अस्पताल सुरु गरेको थियो । बाल अस्पतालको सफलतापछि त्यसमा महिला सेवा थपि २५ शैयाको अस्पतालमा स्तरोन्नती गर्दै ईशान बाल नर्सिङ्ग तथा प्रसुती गृहको रुपमा गुणस्तरीय तथा सर्बसुलभ सेवाको शुरुवात भएको थियो ।
उक्त अस्पताल २०६३ सालमा बसुन्धारा चोकमा सरी ईशान बाल तथा महिला अस्पतालको नामबाट सेवा शुरु भयो । २०७९ वैशाख २४ गतेबाट टोखा–५ मा रहेको आफ्नै अत्याधुनिक भवनबाट सेवा सुरु गरेको अस्पतालले ५० बेडको मान्यता प्राप्त गरेको छ । आगामी दिनमा १०० बेडको बनाउने योजना अस्पतालले लिएको छ । नयाँ भवन बिरामी तथा वातावरण मैत्री आफ्नै आधुनिक भवनमा हस्पिटालिटिलाई विशेष रुपमा ध्यानमा राखी अन्तराष्ट्रिय मापदण्डको बाल, महिला तथा वयस्क विषयहरुको मल्टि स्पेशलिटी (बहुविशेषता) र सुपरस्पेशलिटी (उत्कृष्ट विशेषता) को सेवाहरु दिईरहेको छ ।
आजको कार्यक्रममा अस्पतालले उत्कृष्ट कर्मचारीहरुलाई नगदसहित सम्मान गरेको छ । आगामी वर्ष उत्कृष्ट पत्रकारलाई समेत सम्मान गर्ने अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रामनन्दन प्रसाद चौधरीले बताएका छन् । कार्यक्रममा कार्यकारी निर्देशक चौधरीले २९ वर्षदेखि अहिलेसम्म विश्वास राखी सेवा गर्ने मौका दिइरहेको विषयमा विशेषज्ञ सेवाहरु, संस्थाले गरिरहेको प्रगति, भविष्यका महत्वकांक्षी योजनाहरुको बारेमा प्रकाश पारेका थिए ।
इशान अस्पतालमा आकस्मिक विभागमा २४ घन्टा नै एमडी पेडियाट्रिक विशेषज्ञ रजिष्ट्रारहरुबाट नवजात तथा बाल रोग, नवजात तथा बाल सर्जरी, महिला तथा प्रसुती, हाडजोर्नी सम्बन्धमा दुर्घटना तथा आघातसम्बन्धी सम्पूर्ण इमरजेन्सि सेवाहरु उपलब्ध हुनुको साथै नवजात तथा बाल सघन उपचार कक्ष सेवाहरु, एम्बुलेन्स, प्याथोलोजी, अल्ट्रासाउन्ड, एक्स–रे, फार्मेसी र गुणस्तरीय क्यान्टिन सेवा पनि रहेको छ ।
अस्पतालमा हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म जेनरल बाल रोग, नवजात शिशु उपचार सेवा, शिशु तथा बाल शल्यव्रिmया र बाल युरोलोजी सेवा, बाल हाडजोर्नी सेवा, स्त्री तथा प्रसुती सेवा प्रदान गर्दै आएको छ । त्यस्तै विशेषज्ञ सेवाहरुमा बाल नाक, कान, घाँटी, बाल आँखा रोग, बाल दन्त रोग सेवा उपचार, बाल हेमाटोलोजी–अनकोलोजी उपचार, बाल ग्यास्ट्रो इन्टेरोलोजी, बाल इन्डोस्कोपी, कोलोनोस्कोपी, बाल न्युरोलोजी, बाल कार्डियोलोजी, बाल एलर्जी, बाल नेफ्रोलाजी, बाल पल्मोनोलोजीको उपचार हुँदै आएको छ ।
अनुभवी तथा वरिष्ठ विशेषज्ञ चिकित्सकहरुबाट हरेक दिन (शनिबार समेत) बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म निम्न सेवाहरु उपलब्ध छन् जसमा: जेनरल बाल रोग, नवजात शिशु उपचार सेवा, शिशु तथा बाल शल्यव्रिmया र बाल युरोलोजी सेवा, बाल हाडजोर्नी सेवा, स्त्री तथा प्रसुती सेवा, विशेषज्ञ सेवाहरुमा: बाल नाक, कान, घाँटी, बाल आँखा रोग, बाल दन्त रोग सेवा उपचार, बाल हेमाटोलोजी–अनकोलोजी उपचार, बाल ग्यास्ट्रो इन्टेरोलोजी, बाल इन्डोस्कोपी, कोलोनोस्कोपी, बाल न्युरोलोजी, बाल कार्डियोलोजी, बाल एलर्जी, बाल नेफ्रोलाजी, बाल पल्मोनोलोजी जस्ता सेवाहरु दिँदै आएको छ ।

त्यस्तै अस्पतालमा आइसियू, (एनआइससियू, पिआइसियू, स्पेशल आइसियू), एचडियू, प्रत्येक दिन खोप सेवा, पेडियाट्रिक इको, अल्ट्रासाउण्ड र छिट्टै पेडियाट्रिक बोनम्यारो प्रत्यारोपण सेवा र सिटि स्क्यान सुविधा सुरु हुन लागेको कार्यक्रमममा जानकारी दिइएको थियो ।
इशानलले फिजियोथेरापी तथा रिहेविलिटेशन सम्बन्धी सेवा, निसन्तान क्लिनिक (आइभिएफ), ब्लड बैंक सेवा उपलब्ध रहेको छ । त्यस्तै पेडियाट्रिक ल्याप्रोस्कोपिक सर्जरी र एडल्ट (वयस्क) ल्याप्रोस्कोपि, गाइनोलोजी एण्ड अब्सट्रेरिक (प्रशुती) ल्याप्रोस्कोपिक सर्जरी पनि भइरहेको छ । यसै वर्षदेखि पेडियाट्रिक तथा वयस्क इन्डोस्कोपी र कोलोनोस्कोपी सेवाहरु पनि सुरु गरिसकेको अस्पतालले जनाएको छ ।
इशानमा हाल ८७ जना विभिन्न बरिष्ठ विशेषज्ञहरुसहित बाल रोग, बाल शल्यक्रिया, महिला तथा विभिन्न विषयहरुका सुपर स्पेशलिटी र मल्टिस्पेशलिटी विशेषज्ञ सेवाहरु समेत उपलब्ध रहेको छ । सिएसआर अन्तर्गत अस्पतालले टोखा वडा नं. ५ का स्थानीयबासीको स्वास्थ्य उपचार सेवामा विशेष छुट दिँदै आएको छ । त्यस्तै विभिन्न सामाजिक संस्था, विद्यालय, बैंक र इन्स्योरेन्ससँग एमओई गरेर विशेष दिँदै आएको छ ।
अस्पताल व्यवस्थापनले इशानलाई “शस्तो मूल्यमा गुणस्तरीय सेवा” को सिद्धान्त अनुरुप यस अस्पताललाई सेन्टर अफ एक्सीलेन्स बनाई नेपालमा मेडिकल टुरिजमको रुपमा परिवर्तन गर्ने योजना बनाएको अस्पतालले आज गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
प्रेस विज्ञप्तिको पूर्णपाठसहित हेर्नुहोस् ।


ईशान बाल तथा महिला अस्पतालको २८ औं साधारणसभा सम्पन्न
https://www.farakpatra.com/2023/12/19/39067/?fbclid=IwAR22O136NVyvhOiU0EEtW9N7nTuuWTtmSZPWbI9IZ8YprQ8LEUWSTcc7NcU
https://www.setopati.com/social/310911
http://healthtodaynepal.com/2023/09/15251/?
https://www.mahilaswasthya.com/detail/14556?fbclid=IwAR31hNS9e-Efxw9a4VxcbYDNruAIJAlRr_0Vv7FpS4OawIC1FEPvFnLBs0c_aem_AW_uWsM_VjU2IfQMwITSroSG9RQE2EiEB7T7F4qJIEm2KR8jDMFgX3r9tHInpYMp12I&mibextid=Zxz2cZ
https://swasthyakhabar.com/story/53110?fbclid=IwAR19FiyVjj6Mc4gHuaTrGKIuuSUnkSYTQDTX7621FOLCu3AqmG0Lq-aboTU
https://swasthyakhabar.com/story/52968?fbclid=IwAR3Qx6zzQpEA2CBSQIS4yBcNdAntsgKxoVnR2c7pXsOBUZvns0CjhvPFW3w
https://www.mahilaswasthya.com/detail/14065
https://www.mahilaswasthya.com/detail/13464?fbclid=IwAR3Xc_Ndnh7bJ1nctG4wfqtIuRQanOnZW8cQqALnepalpI7Xw2AgmiqinO4
https://www.mahilaswasthya.com/detail/13367?fbclid=IwAR1XvnhmsrLPMZ2vKo1xSlw9YzifKe3B42O8EBLrzYa1ImxoD_7tQVLBU34
Prevenar – 13 vaccination is available in Ishan children and Women’s Hospital Pvt.Ltd.

As per the feedback request from the patients .We have revised the rate of OPD.





काठमाडौँ, ४ पुस । बसुन्धारास्थित ईशान बाल तथा महिला अस्पताल प्रालिमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ ।
शनिबार सम्पन्न अस्पतालको २७ औँ बार्षिक साधारण तथा सातौ अधिवेशनबाट नौ जना सदस्य सञ्चालक समितिमा निर्वाचित भएका हुन् ।
निर्वाचित हुनेहरुमा श्रीमती जन थापा क्षेत्री, डा गिता गुरुङ, डा रामनन्दनप्रसाद चौधरी रहेका छन् । यस्तै प्रविश नरसिंह रायमाझी, निभेषमान श्रेष्ठ, डा मोहनकुमार प्रसाई र डा मिनु चौधरी पनि निर्वाचित भएका छन् । यसैगरी डा राकेशकुमार साह र डा रमेशप्रसाद सिंह पनि निर्वाचित भएका छन् ।
चार वर्षका लागि निर्वाचित अब यिनै सदस्यहरुबाट अध्यक्ष, अस्पताल निर्देशक र अन्य उपसमिति संयोजक चयन हुनेछन् । त्यसका लागि अस्पतालले आगामी १० पुसको दिन तोकेको छ ।
विसं २०५२ सालमा स्थापित यस अस्पताल नेपालकै पहिलो निजी बाल अस्पताल हो ।
कुल ७३ जना शेयर सदस्य रहेको यस अस्पतालमा सञ्चालक समितिमा आउनका लागि १६ जनाले उम्मेद्धारी दिएका थिए । तर दुई जनाले आफ्नो उम्मेद्धारी फिर्ता लिएपछि निर्वाचनमा १४ जना होमिएका थिए । त्यसमध्ये अधिकतम भोट ल्याउनेहरु निर्वाचित भएका हुन् ।

विसं २०५२ साल कृष्णाष्टमीको दिनमा नेपालको पहिलो गैरसरकारी बाल अस्पतालको रुपमा स्थापित ईशान बाल नर्सिङ् होम प्रा.लि १५ बेडबाट शुरु भई हालको ईशान बाल तथा महिला अस्पताल प्रा.लिको रुपमा सेवा दिदै आएको छ ।
विगत २७ वर्षसम्म भाडाको घरमा उपचार सेवा दिइरहेको ईशानले गत बैशाख २४ देखि आफ्नै अत्याधुनिक भवनबाट सेवा दिईरहेको छ ।
हेल्थ टिप्स

चिसो बढेसँगै सिजनल फ्लुका बिरामी पनि बढ्न थालेका छन् । यो समयमा चिसोका कारण बालबालिकाको शरीरको तापक्रम पनि घट्दै जाने हुन्छ । जसका कारण रुघाखोकीजस्ता सामान्यदेखि घातक रोगसमेत लाग्ने जोखिम हुन्छ । मानिसले बच्चालाई न्यानो कपडा लगाइदिए पनि टोपी तथा मोजा लगाउन बिर्सेका हुन्छन् ।
पैताला र टाउको खुला हुँदा त्यहीँबाट शरीरमा चिसो पसेर रुघाखोकी लाग्न सक्ने भएकाले यसतर्फ विशेष ध्यान पुर्याउन जरुरी छ । रुघाखोकी समयमै उपचार गरिएन भने यसले नवजात शिशुलाई थप कमजोर बनाउँछ । बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले फ्लु सर्ने जोखिम पनि ज्यादा रहन्छ ।
फ्लुका लक्षण
– अचानक ज्वरो आउने ।
– नाकबाट पानी बग्ने । रुघाखोकी लाग्ने ।
– छिटोछिटो श्वास फेर्ने, श्वासप्रश्वासमा समस्या
– घ्यारघ्यार हुने ।
– ओठ, जिब्रो निलो भएर जाने ।
– छाला फुट्ने, सुक्खा हुने, चिरिने, एलर्जी हुने ।
– बच्चाले आमाको दूध नखाने, रुने ।
– बान्ता गर्ने ।
कस्ता समस्या देखिन्छ ?
श्वासप्रश्वासमा समस्या
जाडो मौसममा बालबालिकामा श्वासप्रश्वासमा बढी समस्या देखिन्छ । यो समयमा रुघाखोकी लाग्ने, निमोनिया हुनेलगायतका समस्या देखिन्छन् । धुलोधुवाँ, प्रदूषणका कारणले यस्ता समस्या देखिने हुन्छ ।
छालाको समस्या
चिसोमा बालबालिकामा छालाको समस्या बढी देखिन्छ । छाला सुक्खा हुने, फुस्रो हुने, फुट्ने, चिरा पर्ने, एलर्जी हुने हुन्छ ।
अन्य समस्या
चिसो मौसममा न्यानो गराउनका लागि बालबालिकालाई हिटर, दाउरा बाल्ने, हट ब्यागले सेक्ने गरिन्छ । तर, कहिलेकाहीँ तातोले बालबालिकालाई पोल्ने, विपत्ति निम्तिन सक्ने जोखिम हुने भएकाले विशेष सतर्क रहन जरुरी छ ।
के गर्ने ?
– बालबालिकामा समस्या देखिएमा जथाभावी औषधिको प्रयोग नगर्ने ।
– कुनै पनि समस्या देखिएमा हेलचेक्र्याइँ नगर्ने । तुरुन्तै अस्पताल लैजाने ।
– चिसोमा बालबालिकालाई बिहान–बेलुका बाहिर नलैजाने । लिएर जानुपर्दा टाउकोदेखि पैतालासम्म शरीर ढाक्ने कपडा लगाएर न्यानो बनाई लैजाने ।
– खानपिनमा ध्यान दिने । पोषिलो, झोलिलोपदार्थ खुवाउने ।
– भिटामिनयुक्त फलफूल प्रशस्त खुवाउने ।
– सिजनल फ्लुबाट बच्न भ्याक्सिन लगाउने ।
– रुघा लागेको अन्य व्यक्तिबाट बच्ने । प्mलु लागेको व्यक्तिसँगको सम्पर्कले एकअर्कामा सर्न सक्ने सम्भावना हुन्छ ।
– सरसफाइमा ध्यान दिने ।
– चिसोले छाला फुस्रो हुने, फुट्ने, चिरा पर्ने हुँदा मोस्चराइजर क्रिम लगाउने ।
आज भन्दा २८ वर्ष अघि काठमाडौँको नारायणगोपाल चोकमा सानो भवन भाडामा लिएर सेवा सुरु गरेको ईशान बाल तथा महिला अस्पतालले अहिले आफ्नै लगानीमा तीन तले बेसमेन्ट सहितको आठ तल्ले अत्याधुनिक भवन बनाई सेवा प्रारम्भ गरेको छ । नेपालकै पहिलो निजी बाल अस्पतालको रुपमा परिचित ईशान त्यतिमै सिमित भएन । अहिले ईशानमा महिलाले महिला उपचार सेवालाई समेत संगसंगै अघि बढाएको छ । ईशान अस्पताल हाक्नका लागि नौ सदस्यीय बोर्ड अफ डाइरेक्टर्सले प्राडा रामानन्दनप्रसाद (आरपी) चौधरीलाई कार्यकारी भूमिकामा रहेर काम गर्ने अख्तियारी दिएको छ । नेपाली हेल्थका लागि रामप्रसाद न्यौपानेले उनै डाक्टर चौधरीसंग नयाँ भवनमा सरिसके पछिका सेवामा आएका परिवर्तन, थपिएका सुविधा र भावि योजनाका बारेमा सम्झिप्त कुराकानी गरेका छन् । हेरौँ कुराकानीको सार सम्क्षेप :

ईशानले नयाँ भवनबाट पूर्णरुमा सेवा सुरु गरेको कति भयो ?
ईशान बाल तथा महिला अस्पताल नयाँ भवनमा सरेको करीब ६ महिना भयो । अहिलेको भवन बसुन्धरा चोकमा रहेको पुरानो अस्पताल भवनबाट करीब २५० मिटर उत्तर तर्फ रहेको छ । पहिले भाडाको भवनबाट सेवा दिईरहेका थियौँ तर अहिले हामीले आफै बनाएको तीन तला बेसमेन्ट सहितको आठ तल्ले अत्याधुनिक भवनबाट सेवा दिन थालेका छौँ । नयाँ भवनमा आई नसक्नु भएकाहरुलाई यो पनि जानकारी दिऔँ कि नयाँ अस्पताल भवन वास्तबमै राम्रो छ, बिरामीमैत्री छ, बातावरणमैत्री छ । पहिले र अहिलेको अस्पताल भवन धेरै कुराहरुमा फरक छ ।
फरक भन्नाले ? कस्तो ?
धेरै कुरामा फरक छ । पहिलो कुरा भवनको डिजाइन नै फरक छ । पहिले हामीले एउटा भवनलाई अस्पतालको रुपमा बदल्ने प्रयास गरेका थियौँ ।अहिले डिजाइन नै विश्वस्तरीय अस्पतालको स्वरुप झल्कने र त्यहि स्टान्डर्डको छ । पहिले हामी भाडाको भवनमा थियौँ । त्यसमा अस्पतालको लागि आवश्यक पर्ने पूर्वाधारसहितको डिजाइन नै थिएन । हामीले आफै मिलाएका थियौँ । तर अहिले खास अस्पतालका लागि चाहिने डिजाइन नै मिलाएर बनाएका हौँ । नयाँ भवन साढे ६ रोपनी जग्गामा बनाईएको छ । भवन बनाउन अस्पतालले आफ्नो सहित बैंकले लगानी त गर्नै पर्यो । यी सबै हिसाव गर्दा करीव ६० करोड रुपैयाँ नयाँ भवनका लागि खर्च भएको छ ।
अहिले ईशान कति शैय्याको अस्पताल हो ?
हामीलाई सरकारले ५० शैय्याको अनुमति दिएको छ । अहिले यति नै बेला ८८ शैय्यासम्म राख्ने क्षमता छ । तर हामीले यसलाई थप गरेर सजिलैसंग १०० शैय्यामा सञ्चालन गर्न सक्छौँ । अहिले हामीले १०० शैय्याकै स्विकृति लिने प्रक्रियामा छौँ ।
नयाँ भवनमा सरेपछि उपचार सेवामा पनि फरकपना आएको छ कि ?
भवन परिवर्तन गर्दैमा उपचार पद्धती परिवर्तन हुने भन्ने होईन । उपचार पद्धती भवन अनुसार परिवर्तन हुने होइन उही नै हुन्छ बरु समयक्रममा अपडेट ( पद्धतीमा संसोधन) हुनसक्छ । तर पूर्वाधारमा हुने सुधारले उपचार सेवामा थप सहजता ल्याउन भने सक्छ । जस्तो कि अहिले पहिले भन्दा सुविधा सम्पन्न ओपिडी कक्ष छ । अत्याधुनिक मेसिन जडित शल्यक्रिया कक्ष छ । अस्पतालको स्वरुप र बातावरण नै बालमैत्री बनाइएको छ । फार्मेसी, क्यान्टिन र पार्किङ जस्ता हेर्दा साधारण कुराहरुमा निकै नै फरक पना छ । नयाँ भवनमा यस्ता अरु धेरै सुविधाहरु थपिएका छन् जसले उपचारलाई सहज बनाउँछ ।
सुरुमा ईशान बाल अस्पताल थियो पछि ईशान बालसंगै महिला पनि जोडियो ? किन यस्तो गरियो ?
यहाँहरुलाई थाहा छ । ईशान नेपालकै पहिलो निजी बाल अस्पताल हो । लामो समय बालबालिकाको मात्रै उपचार सेवा गरेपछि पछि महिला पनि थपेका हौँ । बाल तथा महिलाको जो ‘कम्बिनेशन’ छ नि विश्वमै सबैभन्दा राम्रो मानिन्छ । जनरल अस्पतालमा बच्चाको उपचार त्यति राम्रो हुदैन जति बाल अस्पतालमा हुन्छ, बच्चाको केयर बच्चाकै अस्पतालमा राम्रो हुन्छ । आमाको स्वास्थ्यले पनि बच्चामा असर पार्ने हुँदा आमा र बच्चाको सेवा दिने अस्पताल संसारमै सबैभन्दा राम्रो मानिएको हो ।
ईशान विसं २०५२ सालमा बाल अस्पतालको रुपमा स्थापना भएको हो । सुरुमा हामीले ईशान चिल्ड्रेन नर्सिङ होम भनेर खोलेका थियौँ । त्यसपछि ईशान चिल्ड्रेन एण्ड म्याटनिटी नर्सिङ होम भनेर सुरु गर्यौँ । त्यसपछि हामी चक्रपथबाट बसुन्धरा चोकमा सर्यौँ। त्यहाँ करीब १७ बर्ष बिताएर अहिले आफैले बनाएको नयाँ अत्याधुनिक भवनबाट सेवा दिन सफल भएका छौँ ।
नयाँ भवनमा केही त्यस्तो उल्लेखनीय विशेषता छ र ?
अरु भन्दा पनि हाम्रो नयाँ भवन युनिक छ । नेपालका अहिलेसम्म बनेका सञ्चालनमा आएका अस्पतालहरु भन्दा यो अस्पतालको भवन युनिक नै छ । हामीले बिरामीमैत्री (बच्चामैत्री) अस्पताल बनायौँ । आफ्नै भवनमा सरेपछि बाताबरण मैत्री पनि बनाएका छौँ । फोहर व्यवस्थापन देखि मर्चरी रुम सम्मको कुराहरुको व्यवस्थापनको कुरा छ । एक बाँक्यमा भन्नु पर्दा अस्पतालका लागि आवश्यक सबै मापदण्ड पुरा गरेर अझ अन्तराष्ट्रिय स्तरको बनाउने कोशिष गरेका छौँ ।
उपचार सेवामा कसरी सुधार ल्याउदै हुनुहुन्छ ?
बच्चाको उपचार गर्नु ठूलो मान्छेको भन्दा निकै नै फरक र जटिल कुरा हो । किनकी बच्चाहरु बोल्दैन्, कहाँ दुख्यो भन्दैनन् , किन रोएको भनेर थाहा हुँदैन । त्यसैले यो चुनौतिपूर्ण र गाह्रो काम हो । भर्खरै जन्मेको शिशुलाई हातमा समाउन समेत अफ्टेरो लाग्छ, बेहोस बनाएर शल्यक्रिया गर्नु पर्छ । यो आफैमा चुनौतिपूर्ण र गाह्रो काम हो । तर यहि कामलाई ईशानले बितेका २८ बर्षमा सहजताका साथ पुरा गर्दै आयो ।
अर्को कुरा ईशान अब एउटा ‘सुपरस्पेश्यालिटी सर्भिस’ दिने योजनाका साथ अघि बढीरहेको अस्पताल हो । हुन त ‘सुपरस्पेश्यालिटी सर्भिस’ पहिले देखि नै दिदै आएको हो तर अव नयाँ भवनमा आएपछि त्यसको दायरा थप फैलिएको छ । पहिले साँघुरो ठाँउमा खुम्चिएर काम गर्नु पर्ने बाध्यता थियो तर अब यहाँ आएपछि एकदमै प्रश्ट रुपमा क्षमता र सेवा देखाएका छौँ र देखाउँदै छौँ ।
उपचार पद्धतीमा पहिले र अहिले के फरक छ ?
सर्जरी कै कुरा गरौँ न पहिले पेडियाट्रिक सर्जरी भनेपछि धेरैजसो पेट चिरेर नै गर्नु पर्ने अवस्था थियो । तर चिकित्सा विज्ञानमा आएको परिवर्तन संगसंगै अहिले ती सेवाहरु निकै सहज रुपमा दिन सकिने भएको छ । अहिले त्यस्ता सर्जरी सानो प्वाल पारेर गर्न सकिन्छ । हामीले यहाँ नआउँदे पुरानै भवनबाट यस्तो सेवा दिएका थियौ । बच्चाहरुमा मुत्ररोग सम्वन्धी समस्या बढी हुन्छ । हामीहरुले दुरविनको सहायतमा हेरेर पर्दा काट्ने देखि लिएर अरु विभिन्न सर्जरी गर्दै आएका छौँ । यस्ता धेरै सेवाहरु यहाँबाट अत्याधुनिक उपकरण र विज्ञ चिकित्सकहरुबाट हुँदै आएको छ ।

यहाँ आफै पनि बाल शल्यचिकित्सक ? कति वर्षसम्मको शिशुहरुको शल्यक्रिया हुन्छ यहाँ ?
हामी न्युन्याटल सर्जरी भन्दछौँ, जन्मदेखी २८ दिनसम्मको शिशु । यी उमेर समूहका बच्चाहरुको सर्जरी सबैभन्दा चुनौतीपूर्ण मानिन्छ । तर हामीले यहाँ गर्दै आएका छौँ । कहिलेकाँही जन्मेको एक दुई घण्टामै शल्यक्रिया गर्नुपर्ने हुन्छ । कोही जन्मजात समस्या हुन्छ । कोहीमा जन्मने वित्तिकै समस्या देखा पर्न थाल्दछ । दुई केजी तीन केजीको बच्चा जो काखमै लिन डर लाग्छ भने त्यस्तो बच्चालाई शल्यक्रिया गर्नु पर्ने हुन्छ । यसैले यो जटिल र चुनौतीपूर्ण हो भनेका हौँ । त्यसैले यो टीमवर्क हो । हामीले सेवा दिन सकेका छौँ । यो सेवा दिनका लागि एनेस्थेसिया देखि नर्सिङ स्टाफको भूमिका निकै नै महत्वपूर्ण छ ।
कतिपय बच्चाहरुको शल्यक्रिया कक्षमा लैजाँदा त्यहाँको तापक्रम नमिलेर पनि शल्यक्रिया गर्दा गर्दै मृत्यु हुन्छ भनिन्छ नि ?
ठिक भन्नु भयो । बच्चाको शल्यक्रिया गर्नका लागि पहिले अप्रेसन थिएटरको ‘टेम्प्रेचर मेन्टेन’ हुनुपर्दछ । बच्चालाई धेरै चिसो भयो भने पनि चिसोले त्यो बच्चा मर्न सक्छ । गर्मी बढी भयो भने पनि समस्या हुनसक्छ । त्यसैले हामीले मोडुलर थेटर प्रयोगमा ल्याएका छौँ । बालमैत्री तापक्रम र बातानुकुल भएको ओटीबाट हामीले सेवा दिदै आएका छौ । अप्रेसन पछिको पोष्ट अपरेटिभ वार्ड पनि निकै नै महत्वपूर्ण हुन्छ । आईसीयू, एनआईसीयू, पेडियाट्रिक युनिटहरु पनि राम्रो हुनुपर्छ । एक केजीको शिशुलाई आईसीयूमा पनि राख्न सकिदैन । उसलाई इन्कुभेसनमा राख्नु पर्छ, यस्तो सुविधा धेरै ठाँउमा अभाव हुन्छ । हामीले यी कुराहरुलाई बिचार गरेका छौँ ।
फेरी सर्जरीकै कुरा, नेपालमा बच्चाको सर्जरी गर्ने डाक्टर निकै कम छन् भनिन्छ नि हो ?
हो । पहिले पहिले एडल्टको सर्जरी गर्नेले नै पेडियाट्रिक सर्जरी गर्दथे । तर अब त्यो जमाना हराईसक्यो । नेप्लीज एसोसिएसन अफ पेडियाट्रिक सर्जनको म अध्यक्ष पनि हुँ । हाम्रो संस्थामा १९ / २० जना आवद्ध हुनुहुन्छ । उपत्यका बाहिर ४/५ जना हुनुहुन्छ । तीन करोड चानचुन जनसंख्यामा ४० प्रतिशत बालबालिका तथा किशोरअवस्थामा हुने भन्दो रहेछ । जन्मेदेखि १८ बर्ष उमेर समूहका पेडियाट्रिक र एडोलोसेन्समा आउँदछन् । यो हिसावले २५ जना सर्जन त केही पनि होइन । त्यसमा पनि अर्को बिडम्बना के छ भने २५ जनामा १८/२० जना काठमाडौँमै होलान । काठमाडोँ बाहिर कहाँ कहाँ छन् भनेर औलामा गन्न सकिन्छ । तपाईँलाई भनु अहिले धरान, बीरगञ्ज, पाल्पा र नेपालगञ्जमा मात्रै पेडियाट्रिक सर्जन रहेका छन् ।
बच्चाहरु हुने सर्जरीमा सबैभन्दा बढी कुन समस्यामा हुन्छ ?
पेडियाट्रिक सर्जरीमा आएको मध्ये ४० प्रतिशत समस्या पेडियाट्रिक युरोलोजीको हुन्छ । अर्थात मुत्ररोग सम्वन्धी । मिर्गौलामा पानी जम्नु, पिसाव थैलोमा समस्या हुनु, पिसावको थैलो खुल्ला हुनु, पिसावको प्वाल मुनि वा माथि हुनु, जन्मदा खेरी नै छोरा वा छोरी पहिचान नहुने डीएसटी, पिसावको बाटोमा पर्दा हुनु, पिसावमा इन्फेक्सन हुनु, मिर्गौलाको ट्युमरहरु, सबै पेडियाट्रिक युरोलोजीमा पर्दछन्। यस्तै पेडियाट्रिक मेडिसिनमा पनि हामी सुपर स्पेश्यालिटी सर्भिस पुरा गर्दै आएका छौँ । बच्चाको मुटु सम्वन्धी (पेडियाट्रिक कार्डियोलोजी), आन्द्रा सम्वन्धी (ग्यास्ट्रो इन्टेरोलोजी) बाल क्यान्सर सम्वन्धी (पेडियाट्रिक हेमाटोलोजी अंकोलोजी), नसा सम्वन्धी (पेडियाट्रिक न्युरोलोजी), मिर्गौला सम्वन्धी (पेडियाट्रिक नेफ्रोलोजी), इन्डोक्राइनोलोजीहरुको सेवा पनि उपलव्ध छ । नयाँ भवनमा आएपछि यी सेवाहरुलाई अझ व्यवस्थित ढंगले सञ्चालन गरेका छौँ । पच्चिस बर्ष अघिको कुरा सम्झने हो भने त्यसबेला एमबीबीएस गरेको डाक्टरले टाउको देखि खुट्टासम्मको सबै उपचार गर्ने गर्दथ्यो । अहिले सुपरस्पेशलाइज्ड कन्सेप्टमा गईसकेपछि त्यो फरक फरक हुँदो रहेछ ।
अस्पताल सेवा कसरी व्यवस्थित गरिएको छ ?
नेपालको एउटा मात्रै यो अस्पताल होला जो चाहि विहान ७ सात बजे देखि बेलुका आठ बजेसम्म आइतबार देखि शनिबारसम्म नै बरिष्ठ बालरोग विशेषज्ञ तथा बाल शल्य चिकित्सकहरुद्धारा पेडियाट्रिक ओपिडीको सेवा दिईरहका छौँ । अर्को इमरजेन्सीमा पनि दैनिक २४ घण्टा बरिष्ठ बालरोग विशेषज्ञद्धारा नै सेवा दिईएको छ । अरु थुप्रै अस्पताल मैले देखेको छु जहाँ इमरजेन्सी डिपार्टमेन्ट मेडिकल अफिसरहरुले मात्रै सम्हाल्नुपर्ने बाध्यता छ । तर हामीकहाँ इमरजेन्सीमा चौविसै घण्टा विशेषज्ञ खटिएको हुनुहुन्छ ।
बच्चाहरुको लागि खोप पनि महत्वपूर्ण हुन्छ । यहाँ खोपको सुविधा छ ?
खोप सुविधा छ नि । नयाँ भवनमा आईसकेपछि खोपलाई पनि व्यवस्थित र विस्तार गरेका छौँ । हामीकहाँ सातामा सातै दिन खोप सञ्चालन हुन्छ । तर सरकारी खोप सातामा दुई दिन सोमबार र शुक्रबार दिने गरेका छौँ । सरकारी खोप लिनका लागि पैसा तिर्नु पर्दैन । निशुल्क हो ।
पैसा तिरेर लगाउन सकिने थुप्रा खोपहरु छन् । हामीकहाँ पनि पैसा तिरेर लगाउन सकिने निमोनिया, टाइफाइड, इन्फुल्एन्जा, हेपाटाइटिसको बिरुद्धको खोप उपलव्ध छ । अब पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपीभी पनि ल्याउने तयारीमा छौँ । यस्तै विदेश जाने बच्चाहरु र बयस्कहरुका लागि चिकेनपक्स तथा मिजल्सको खोपहरु पनि दिने गरेका छौँ ।
प्याथोलोजी तर्फ के के सुधार भएको छ ?
प्याथोलोजी विभाग पनि कायापलट भएको छ । पहिले पुरानो भवनमा कोठा साँघुरो हुँदा निकै नै अफ्टेरो भएको थियो । बढी जाँचहरु बाहिर पठाउनु पर्दथ्यो तर अहिले यहाँ आएपछि मेसिन र जनशक्ति थप गरेर त्यसलाई यहिबाट उपलव्ध हुने बनाएका छौँ । अहिले ९५ प्रतिशत प्रयोगशाला सेवा आफ्नै ल्यावबाट दिएका छौँ ।
रेडियोलोजी सेवा अन्तरगर्त बच्चाको एक्सरे सेवा पनि सञ्चालनमा छ । धेरै ठाँउमा रातीमा यो सेवा हुँदैन भनेर फर्काउने गरेको म आफैले देखेको छु । तर हामीले बच्चाको सम्वेदनशीलतालाई हेरेर त्यो सेवा चौविसै घण्टा दिईरहेका छौँ । भिडियो एक्सरे सेवा विहान ७ देखि बेलुका ७ बजेसम्म उपलव्ध छ ।
रातीमा इमरजेन्सी परेमा अनकलमार्फत बोलाएर गर्ने गरेका छौँ । म्याटानिटीको सेवा नयाँ भवनमा आएपछि डब्लुएचओ स्टान्डर्डको लेबर रुम बनाएको छौँ । अहिले डेलिभरीको लागि कम्प्लेक्स नै तयार गरेका छौँ । पेन भएर आउँदा अलग्गै रुम छ । सुत्केरी हुँदा अलग्गै रुम छ । सुत्केरी भएपछि अलग्गै रुम छ । प्राय अस्पतालमा अचेल शल्यक्रिया नै गर्ने गरेको सुनेका छौँ । तर हामीले नर्मल डेलिभरीलाई प्राथमिकता दिएका छौँ । हामीकहाँ नर्मल डेलिभरी ८० प्रतिशत र सिएस २० प्रतिशत रहेको छ ।
यहाँ सरेपछि हामीले गाइने सर्जरीमा फोकस गरेका छौँ । पाठेघरको ट्युमर, सेतोपानी बग्ने लगायतको सेवा दिईरहेका छौँ । यस्तै ल्याप्रोस्कोपी सर्जरी सुरु गरेका छौँ । निसन्तानको लागि लागि के कारणले व्लक भएको हो भनेर दुरविनबाट हेर्ने प्रविधि स्टेरोसकोपी पनि ल्याईसकेका छौँ ।
मल्टीस्पेश्यालिटीको कुरा गरौँ । सुत्केरीको अहिले महिलाहरुको लागि पनि एउटा बेड आईसीयू छुट्याएका छौँ ।
पेडियाट्रिक पल्मोनोलोजिष्ट फोक्सो सम्वन्धी उपचार गर्ने चिकित्सक पनि हामीसंग हुनुहुन्छ । अहिले डीएम एमसीएच गरेका डाक्टरहरु पनि हामीकहा हुनुहुन्छ । यसले गर्दा समग्रमा धेरै खर्च गरी सुविधासाथ उपचार गराउन चाहनेका लागि क्याविनहरुको व्यवस्था छ । फाइवस्टार जस्तो छ ।
धेरै जसो निजी अस्पतालहरुमा सेवा महंगो हुँदा न्युन आय भएका बर्गका बिरामीले सेवा लिन सक्दैनन् । ईशानमा पनि त त्यहि होला ?
त्यस्तो पनि होइन । अरु अस्पतालको कुरा गर्न चाहन्न । तर हामीकहाँ न्युन मध्यम आय भएका व्यक्तिले पनि सेवा लिन सक्छन् । न्युन तथा मध्यम आय भएकाहरुका लागि जनरल वार्डहरु पनि उपलव्ध छ । प्रसूतिका लागि पनि जनरल वार्ड छुट्याएका छौँ । अर्को पैसाकै कारणले यहाँबाट उपचार नगरी फर्कनु पर्दैन । हामीले सकेसम्म सहयोग गर्छौ नै । विपन्नहरुलाई दश प्रतिशत शैय्या छुट्याउन पर्छ हामीले त्यो पनि गरेका छौँ । त्यस अन्तरगर्त पनि नसर्ने मान्छेलाई पनि छ । तर न्युन आय भएका व्यक्तिहरु यहाँ छिर्नुहुन्न । हामीले अस्पतालमा पार्किगको पनि व्यवस्था मिलाएका छौँ । निशुल्क पार्किगको सुविधा गरेका छौँ । ट्रमा सर्भिसको लागि हामीले अर्थोपेडिक टिम पनि चौविस घण्टाकै लागि तयारी अवस्था रहेका छ ।
हाम्रो स्लोगन नै छ नि ‘क्वालिटी सर्भिस फर एर्फोटेवल प्राईस’ । ईशान सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ । सक्नेसंग लिने र नसक्नेलाई दिने विश्वव्यापी मान्यता हो । हामी पनि त्यसमा प्रप्ट छौँ ।
मलाई यो पनि थाहा छ कि कतिपय अस्पतालले राती ८ बजेपछि अप्रेसन भयो भने ५० प्रतिशत थपेर लिगिदिन्छ । तर हामीले यस्तो गरेका छैनौँ । क्याविनमा बस्नेलाई अप्रेसन चार्ज ५० प्रतिशत महंगो हुन्छ, हामीले त्यो पनि गरेका छैनौँ । हामी सेवा र नाफासंगै उघ्रेको पैसाले केही किनौला नि । त्यसैले फेरी पनि भन्छु पैसा नभएकै कारण अस्पताल आएको बिरामी उपचार नगरी फर्कनु पर्दैन । नसक्ने विरामी छ र अरु ठाँउबाट सेवाबाट बन्चित भएको अवस्था छ भने ईशान अस्पताल आउनुस हामी सेवा दिन तयार छौँ ।

नयाँ भवनमा सरेपछि बिरामीसंख्या बढेको छ कि उस्तै छ वा घट्यो ?
नयाँ भवनमा सरेपछि भर्ना भएका बिरामीको संख्या ५० प्रतिशतले बढेको छ । ओपिडीमा १०० प्रतिशतले बढेको छ ।
अस्पतालको व्यवस्थापन कसरी अघि बढेको छ ?
स्थापनाकाल देखि नै यो अस्पतालको नेतृत्व बरिष्ठ बालरोग विशेषज्ञ डा नारायणबहादुर थापाले गर्दै आउनु भएको थियो । कोभिडका बेला उहाँका दुखद देहावसान भयो । त्यसपछि सो जिम्मेवारी उहाँकै धर्मपत्नी जन थापाले सम्हाल्दै आउनु भएको छ । अस्पतालमा अध्यक्ष सहित नौँ जनाको बोर्ड छ । तर अस्पताल लगानी गर्ने करीव ७० जना शेयरहोल्डर हुनुहुन्छ । त्यसमा करीब ९५ प्रतिशत चिकित्सा क्षेत्रका व्यक्तित्वहरु हुनुहुन्छ । यसैले पनि ईशानले बिरामीको उपचार र सेवामा बढी सम्वेदनशील छ ।
अस्पतालको व्यवस्थापनमा कसरी अघि बढेको छ ?
स्थापनाकाल देखि नै यो अस्पतालको नेतृत्व बरिष्ठ बालरोग विशेषज्ञ डा नारायणबहादुर थापाले गर्दै आउनु भएको थियो । कोभिडका बेला उहाँका दुखद देहावसान भयो । त्यसपछि सो जिम्मेवारी उहाँकै धर्मपत्नी जन थापाले सम्हाल्दै आउनु भएको छ । अस्पतालमा अध्यक्ष सहित नौँ जनाको बोर्ड छ । तर अस्पताल लगानी गर्ने करीव ७० जना शेयरहोल्डर हुनुहुन्छ । त्यसमा करीब ९५ प्रतिशत चिकित्सा क्षेत्रका व्यक्तित्वहरु हुनुहुन्छ । यसैले पनि ईशानले बिरामीको उपचार र सेवामा बढी सम्वेदनशील छ ।




https://www.farakpatra.com/2022/09/01/24805/?fbclid=IwAR2ioWco9tExDpY8ytdR9sy_HsFLEB4aaW61z2dVfkOr9cCES4kKA-Fa5VE



काठमाडौं – ईशान बाल तथा महिला अस्पतालले बालबालिकाहरूको लागि बोन म्यारो ट्रान्सप्लान्ट (रक्त मासी प्रत्यारोपण) गर्ने तयारी थालेको छ । नेपालमा हाल सम्म ‘डेडिकेटेड पेडियाट्रिक वोन म्यारो ट्रान्सप्लान्ट सेन्टर’ छैन ।
‘अस्पतालले २–३ महिना भित्रै बालबालिकाको लागि रक्त मासी प्रत्यारोपण सेवा उपलब्ध गराउने छ । हामीले उपकरणको अर्डर गरि सकेका छौं, निकट भविष्य मै बोन म्यारो ट्रान्सप्लान्ट शुरु हुने छ’, अस्पतालको २७ औं वार्षिकोत्सवको अवसरमा निर्देशक प्रा.डा.रामनन्दन प्रसाद चौधरीले नेपालहेल्थप्रेसडटकम सँग भने–‘यो सेवा दिन हामी अस्पतालमा ब्लड बैक, ट्रान्सप्लान्ट युनिट लगायतका विभिन्न पूर्वाधारहरू खडा गरिरहेका छौं ।’
रगत क्यान्सर, थालसेमिया, ए–प्लास्टिक एनिमिया लगायतका स्वास्थ्य समस्या भएका बालबालिकाको लागि दुईतीन महिना भित्रै बोन म्यारो ट्रन्स प्लान्ट सेवा शुरु हुने पेडियाट्रिक हेमाटोअंकोलजिष्ट एवं पेडियाट्रिक वोन म्यारो ट्रान्सप्लान्ट स्पेसलिष्ट डा.सुधिर सापकोटाले बताए ।
हाल सम्म नेपालमा ‘डेडिकेटेड पेडियाट्रिक वोन म्यारो ट्रान्सप्लान्ट सेन्टर’ नरहेको जनाउदै डा.सापकोटा आर्थिक रूपले सबल रहेका वर्षेनी १५ देखी २० जना बालबालिकाका अभिभावक प्रत्यारोपण को लागि भारत जाने गरेको बताउँछन ।
भारतमा भने बिरामीहरूको ‘म्याच ट्रान्सप्लान्ट’, करिव ४० लाख नेपाली रुपियाँमा र ‘हेप्लो आइडेन्टिकल ट्रान्सप्लान्ट’ करिव ५६ लाख नेपाली रुपियाँ मा हुने गरे पनि मुलुक मै यो प्रत्यारोपण गर्दा १५ देखी २० लाख नेपालीमा हुन सक्ने डा.सापकोटा बताउँछन । मुलुकमा सरदर बर्षेनी एक सय जना बालबालिकालाई वोन म्यारो ट्रान्सप्लान्ट आवश्यक हुने गरेको प्रारम्भिक आकलन छ ।
प्रत्यारोपण गर्दा सफलताको दर ‘म्याच ट्रान्सप्लान्टमा ८५ देखि ९० प्रतिशत र ‘हेप्लो आइडेन्टिकल ट्रान्सप्लान्ट’मा ८० देखी ८५ प्रतिशत सम्म देखिने गरिएको छ ।
स्वास्थ्य समस्या भएका बालबालिका लाइ रक्त मासी प्रत्यारोपण गर्ने टिममा विभिन्न विशेषज्ञहरूको सहभागिता रहने बाल क्यान्सर रोग विशेषज्ञ डा.कैलाश प्रसाद साहले बताए ।
नेपालको पहिलो १५ शय्या क्षमताको गैर सरकारी वाल अस्पताल ईशान ले हाल ८८ शय्या सहित आफ्नो भवनमा सेवा दिई रहेको छ । यसलाई एक सय शय्या मा विस्तार गरिने लक्ष्य समेत छ ।
Source:https://www.nepalhealthpress.com/

काठमाडौँ, ३ भदौ । बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले बच्चाहरुको बोनम्यारो प्रत्यारोपण गर्ने भएको छ । शुक्रबार अस्पतालको २७ औँ बार्षिकोत्सबको अवसरमा सो जानकारी दिइएको हो ।
नेपालमा अहिलेसम्म बालबालिकाहरुमा बोनम्यारो प्रत्यारोपण सुरु भएको छैन् ।
अस्पतालका निर्देशक प्राडा रामानन्दनप्रसाद (आरपी) चौधरीले बाल उपचारको क्षेत्रमा विशिष्ठ पहिचान बनाएको अस्पतालले नेपालकै लागि नयाँ सेवा थप्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
‘नेपालमा अहिलेसम्म बालबालिकाहरुको बोनम्यारो ट्रान्सप्लान्ट भएको छैन् । हामीले यो सेवा छिटै नै सुरु गर्दैछौँ । अहिले जनशक्ति व्यवस्थापन लगभग भइसकेको छ । आवश्यक उपकरण र पूर्वाधार निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ,’ उनले भने ।
नेपालमा बोनम्यारो प्रत्यारोपण अहिले सरकारी स्तरको सिभिल अस्पतालमा भइरहेको छ । तर त्यहाँ युवा तथा प्रौड व्यक्तिको लागि सेवा उपलव्ध छ । बालबालिकाहरुको लागि अहिलेसम्म सो सेवा नेपालमा नभएको डा चौधरीको दावी छ ।
विसं २०५२ साल कृष्ण अष्टमीको दिन १५ शैय्याबाट आफ्नो सेवा सुरु गरेको यो अस्पताल अहिले १०० शैय्या क्षमतामा सञ्चालन भईरहेको छ ।
स्थापना देखि अहिलेसम्म भाडाको भवनमा सेवा दिईरहेको यस अस्पतालले अहिले भने बसुन्धरा खोला पुलचोक देखि करीब २५० मिटर उत्तर तर्फ रहेको आफ्नै अत्याधुनिक भवनबाट सेवा प्रारम्भ गरेको छ ।
निर्देशक डा चौधरीले अस्पतालमा २४ घण्टा विशेषज्ञहरु बाल तथा महिला उपचारका लागि आकस्मिक सेवामा रहने बताउँदै आफ्नो अस्पतालले सार्कस्तरको गुणस्तरीय सेवा प्रदान गरिरहेको दावी गरे ।
उनले अस्पतालमा विशेषज्ञद्धारा हरेक दिन विहान ७ देखि बेलुका ८ बजेसम्म ओपिडीसंगै इएनटी, बाल आँखा रोग, बाल हेमाटोलोजी, अंकोलोजी, पल्मोनोलोजी, ग्यास्ट्रो इन्टेरोलोजी, बाल न्युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी लगायतका उपचार हुने बताए ।
यस्तै सबै उमेर समूहका व्यक्तिमा जनरल मेडिसिन, जनरल सर्जरी, हाडजोर्नी, दन्त छाला तथा यौनरोग, नाक कान घाँटी, आँखा, फिजियोथेरापी सेवा समेत उपलव्ध भएको बताए । सेवाका लागि अस्पतालमा अहिले ८२ जना विशेषज्ञ डाक्टरहरु कार्यरत रहेको जानकारी दिए ।
त्यसो त अस्पतालले निसन्तान दम्पतीका लागि आईभीएफ सेवा समेत सञ्चालनमा ल्याएको जनाएको छ । यस्तै प्रयोगशाला परीक्षण समेत नियमित सञ्चालन भइरहेको छ । सीटीस्क्यान सेवा निकट भविस्यमै आउने डा चौधरीले बताए ।
बार्षिककोत्सवको अवसरमा शुक्रबार अस्पतालका संस्थापक अध्यक्ष डा नारायणबहादुर थापाको शालिकको अनावरण गरिएको छ । यस्तै २५ वर्ष बढी सेवा गर्ने कर्मचारीहरुलाई कदरपत्रद्धारा सम्मान गरिएको छ । समारोहको अध्यक्षता अस्पतालका अध्यक्ष जन थापाले गरेकी थिईन ।
Source:https://www.nepalihealth.com/
बोनम्यारो ट्रान्सप्लान्टको सेवा दिने तयारीमा ईशान बाल तथा महिला अस्पताल
काठमाडौं । ईशान बाल तथा महिला अस्पताल आफ्नो स्थापनाको २७ औ बर्ष पुरा गरेको छ । भाद्र ३ गते स्थापना दिवसको अवसर अस्पतालका संस्थापक अध्यक्ष डा. नारायण बहादुर थापाको शालिकको समेत अनाबरण गरिएको छ । अस्पताल संञ्चालक समितिका अध्यक्ष जन थापाको सभापतित्वमा भएको कार्यक्रमा अस्पतालमा रहेर २५ बर्ष सम्म सेवा दिईरहेका चिकित्सक तथा कमचारीलाई सम्मान गरेको छ ।
वि.सं. २०५२ सालमा १५ बेडबाट सथपित अस्पताल यसअघि ५० बेडबाट सेवा दिँदै आएको थियो । नेपालको पहिलो गैरसरकारी बाल अस्पताल ईशानले स्थापना कालदेखि नै बाल तथा महिला स्वास्थ्य क्षेत्रमा निरन्तर गुणस्तरीय सेवा दिर्दैँ आएको अस्पतालका निर्देशक प्रा.डा.रामनन्दन प्रसाद चौधरीले बताए । लिगल खबर सँग बोल्दै डा. चौधरीले भने भारतको एपोलो अस्पतालमा असफल भएका जटिल किसिमका शल्यक्रियाहरुलाई समेत सफल पारेका छौँ ।

ईसान मध्यम वर्गिय नागरिकहरुका लागि उपचार गर्ने अस्पताल हो । अस्पतालमा बालबालिकाहरुका लागि २४ सै घण्टा ट्रमा सर्भिस दिईरहेको छ । विगत २७ वर्षदेखि बसुन्धारा चोकबाट सेवा दिदैं आइरहेको अस्पतालले टोखा नगरपालिका वडा नं. ५ को श्रीटोलमा ६ रोपनी जग्गामा बनेको अत्याधुनिक भवनबाट आफ्नो सेवा दिन गरेको पनि तीन महिना बढी भईसकेको छ । अहिले अस्पतालमा १०० शैयाको क्षमता रहेको छ । गत वैशाख २४ गतेदेखि ८ तल्लाको नयाँ भवनबाट आधुनिक, गुणस्तरीय र अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गरिरहेको छ ।
अस्पतालमा बालबालिकाका लागि प्ले ग्राउण्डको समेत व्यवस्था सो नयाँ भवन बुटिक शैली, वातावरण मैत्री र बालमैत्री वातावरणको स्वरुपमा निर्माण भएको उनले जानकारी दिए । प्रशस्त पार्किङ सुविधा रहेको नयाँ संरचनामा बाल र महिला रोग सम्बन्धी सबै उपचार सेवा दिदै आएको छ । छिटै ब्लड बैंक सेवा शुरु गर्ने योजना रहेको अस्पतालमा एमआरआई सेवा, सिटी सेवा पिआईसीयु एनआईसीयु लगयातको सुबिधा छन् । ईशान बाल तथा महिला अस्पतालले टोखा वडा नं. ५ का स्थानीय बासिन्दाको स्वास्थ्य उपचारमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । निःसन्तान दम्पतीको लागि आईभिएफ सेवा पनि सुरु गरिएको छ । बालबालिकादेखि सबै उमेर समूहका व्यक्तिलाई फिजियोथेरापीको पनि व्यवस्था गरिएको छ । आँखा, नाक, कान तथा घाँटीसम्बन्धी स्वास्थ्य समस्याको उपचार सेवा पनि अस्पताले गदै आएको छ ।
उचित मुल्यमै पेडियाट्रिक रजिष्ट्रारहरुबाट २४ सैं घन्टा गुणस्तरीय आकस्मिक बाल, महिला तथा प्रसुती सेवा दिदैँ आएको ईशानमा एम्बुलेन्स, प्याथोलोजी, एक्स–रे, फार्मेसीलगायतका सेवाहरु उपलब्ध छन् । अनुभबी तथा बरिष्ठ बाल रोग बिशेषज्ञहरुबाट हरेक दिन बिहान ७ बजे देखि बेलुका ८ बजे सम्म ओ.पि.डि सेवा उपलब्ध गराउदै आएको अस्पतालका निर्देशक चौधरीले बताए ।
अस्पतालले निकट भबिश्यमै ब्लड बैक र बोनम्यारो ट्रान्सप्लान्टको सेवा शुरु गर्ने तयारी गरेको डा.चौधरीले बताए । अपाङ मैत्री शौचालय समेत रहेको अस्पतालमा अहिले दैनिक २५० ओपीडि र ५० जति इमेरजेन्सी केस आउने गरेका छन् ।
Source: https://www.legalkhabar.com/
शुक्रबार अस्पतालको २७ औँ बार्षिकोत्सवको अवसरमा सो जानकारी गराएको हो।
अस्पतालका निर्देशक प्राडा रामानन्दनप्रसाद (आरपी) चौधरीले बाल उपचारको क्षेत्रमा विशिष्ठ पहिचान बनाएको अस्पतालले नेपालकै लागि नयाँ सेवा थप्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।
उनले भने नेपालमा अहिलेसम्म बालबालिकाहरुको बोनम्यारो ट्रान्सप्लान्ट भएको छैन्। हामीले यो सेवा छिटै नै सुरु गर्दैछौँ। जनशक्ति व्यवस्थापन सँगै आवश्यक उपकरण र पूर्वाधार निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ,।’
नेपालमा युवा तथा प्रौड व्यक्तिको लागि बोनम्यारो प्रत्यारोपण वा निजामति अस्पतालमा मात्र भइरहेको छ । बालबालिकाहरुको लागि बोनम्यारो प्रत्यारोपण गर्न नेपाल बाहीर जानु पर्ने बाध्यता भएको बताए।

अस्पतालले निसन्तान दम्पतीका लागि आईभीएफ सेवा समेत सञ्चालनमा ल्याएको जनाएको छ।
विसं २०५२ साल कृष्ण अष्टमीको दिन १५ शैय्याबाट आफ्नो सेवा सुरु गरेको यो अस्पताल अहिले १०० शैय्या क्षमतामा सञ्चालन भईरहेको छ।
स्थापना देखि अहिलेसम्म भाडाको भवनमा सेवा दिईरहेको यस अस्पतालले अहिले भने बसुन्धरा खोला पुलचोक देखि करीब २५० मिटर उत्तर तर्फ रहेको आफ्नै अत्याधुनिक भवनबाट सेवा दिइरहेको छ।
निर्देशक डा चौधरीले अस्पतालमा २४ घण्टा विशेषज्ञहरु बाल तथा महिला उपचारका लागि आकस्मिक सेवामा रहने बताउँदै आफ्नो अस्पतालले सार्कस्तरको गुणस्तरीय सेवा प्रदान गरिरहेको बताए।
उनले अस्पतालमा विशेषज्ञद्धारा हरेक दिन विहान ७ देखि बेलुका ८ बजेसम्म ओपिडीसंगै इएनटी, बाल आँखा रोग, बाल हेमाटोलोजी, अंकोलोजी, पल्मोनोलोजी, ग्यास्ट्रो इन्टेरोलोजी, बाल न्युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी लगायतका उपचार सेवा नियमित भइरहेको जानकारी दिए।
प्याडियाट्रिक तथा गाइने सँगै अहिले सबै उमेर समूहका व्यक्तिमा जनरल मेडिसिन, जनरल सर्जरी, हाडजोर्नी, दन्त, छाला तथा यौनरोग, नाक कान घाँटी, आँखा, फिजियोथेरापी सेवा समेत उपलव्ध भएको बताए।
उनले अहिले बिभिन्न रोगका ८२ जना विशेषज्ञ डाक्टरहरुले आकस्मिक तथा नियमित सेवा दिएरहेका छन्।
यस्तै २५ वर्ष बढी सेवा गर्ने कर्मचारीहरुलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो।
Source: https://medicalpatra.com

Stackholders Workshop



गर्मी महिनामा धेरै पसिना आउने हुनाले छालामा विभिन्न समस्या उत्पन्न हुने गर्छन् ।जस्तै ब्याक्टेरियाबाट हुने छालाको संक्रमण, भाइरसबाट हुने संक्रमण, फंगस संक्रमण, दाद, चिलाउने, सेतो दाग, ठेउला, लुतो आदिको समस्या यो मौसममा बढी हुन्छ। छालामा समस्या आउन नदिनका लागि सकेसम्म शरीरलाई सुक्खा राख्ने गर्नुपर्छ ।
झरी परेको बेलामा भिजिने सम्भावना बढी हुन्छ । त्यसैले भिजेको वा चिसो भएको लुगा लगाएर लामो समय बस्नु हुँदैन । जुत्ता लगाउनेहरुले दिनभरि लगाएको लगायै गरेर बफाउनु हुँदैन । बेलाबेला जुत्ता खोलेर हावा पस्न दिनुपर्छ । पसिना आइरहने ठाउँमा पाउडरको प्रयोग गर्नु उत्तम हुन्छ।
Source:https://mahilaswasthya.com/detail/7071
गर्भनिरोधको कुनै पनि साधन प्रयोग नगरेको र सन्तान प्राप्तिका लागि लगातार एक वर्षसम्म प्रयत्न गर्दा पनि सन्तान भएन भने यस्तो अवस्थालाई बाँझोपन भनिन्छ।
पुरुष तथा महिलामा किन हुन्छ बाँझोपन
अध्ययनअनुसार बाँझोपनको ५० प्रतिशत कारणहरु महिलामा र ५० प्रतिशत नै कारण पुरुषमा पाइएको छ ।महिलामा बाँझोपन आउनुका मुख्य कारणहरुमा डिम्बको विकास समयमै हुन नसक्नु, अनियमित महिनावारी, डिम्बवाहिनी नलीको विकास हुन नसक्नु तथा रोगका कारण साँघुरिनु वा टालिनु हुन् । डिम्बवाहिनी नली बन्द हुनुमा नलीभित्र गाँठाहरु आउनु, टी.बी.लगायत अन्य विभिन्न यौनरोगको संक्रमण पनि हुन सक्छ ।
पुरुषहरुमा बिभिन्न कारणहरुले गर्दा बाँझोपनको समस्या देखिन सक्छ । शुक्रकीटको उत्पादन कम भएमा, वीर्यवाहिनी नलीमा ट्युमर वा यौनरोग संक्रमणका कारण बन्द भएमा सन्तान प्राप्तिमा असर पर्छ । त्यस्तैगरी हर्निया, हाइड्रोसिलको अप्रेसन गरेको अवस्थामा शुक्रवाहिनी नलीमा असर पुग्न सक्छ ।
शरीरको विकास क्रममा पुरुष हर्मोन विकास हुने बेलामा हर्मोन असन्तुलित हुँदा अण्डकोषको विकास हुँदैन । यस्तै आमाको पेटमा हुँदा अण्डकोष शरीरभित्र हुन्छ र जन्मिदा बाहिर आउँछ तर कसैकसैमा बाहिर नआई भित्रै बस्छ र कसैमा आधा भित्र र आधा बाहिर हुन्छ । यस्तो अवस्थामा पनि पुरुष सन्तान उत्पादनका लागि सक्षम हुँदैन ।
बाँझोपन भएको कसरी थाहा पाउने?
२० देखि ३० प्रतिशतमा थाहा नभएका कारणले बाँझोपन हुन्छ। यसमा अन्य थप जाँच गर्नुपर्ने हुन्छ। यसमा क्रोमोजोम हेर्नुपर्ने, अन्य हार्मोनहरूको पनि जाँच गर्नुपर्छ।
यसले कतिपय कारण पत्ता लाग्छ, कतिपय पत्ता लाग्दैन। पत्ता नलाग्ने समस्या भनेको अलिकति श्रीमानको समस्या, अलिकति श्रीमतीको समस्या जुधेर पनि भएको हुन्छ। यस्तो अवस्थामा आकस्मिकरूपमा पछि आफैँ बच्चा हुन पनि सक्छ। तर, लामो समयसम्म पनि कारण थाहा छैन भने कृत्रिम गर्भाधानपछि भने बच्चा हुने सम्भावना बढ्दो हुन्छ। त्यसमा पनि एकैपटकमा सफल नहुन सक्छ कोसिस गरिरहनुपर्छ।
बाझोपन २ प्रकारको हुन्छ,
१) primary infertility : जोडीहरु जो कम्तिमा १ वर्षसम्म गर्भधारण गर्नु भएन भने
२) secondary infertility : १ पटक गर्भवती हुने क्षमता भएको, तर अब असमर्थ छ भने
बाँझोपनको उपचार
पछिल्लो अवस्थामा के कारणले बच्चा नभएको हो, त्यसको जाँच गर्नुपर्ने हुन्छ। र, त्यो थाहा पाएपछि कारण पत्ता लगाएर उपचार गर्नुपर्छ।
शुक्रकीटको खराबी छ भने त्यो बढाउन लाग्ने। बढ्न सकेन भने श्रीमानको शुक्रकीट लिएर कृत्रिम गर्भाधान गर्ने। धेरै नै कम छ भने श्रीमानकै शुक्रकीट लिएर टेस्ट ट्युब बेबी जन्माउन सकिन्छ। श्रीमतीको डिम्ब नै नबन्ने छ भने डिम्ब बन्ने औषधि प्रयोग गरेर बच्चा जन्माउन सकिन्छ।
Source: https://mahilaswasthya.com/detail/6576








नेपालमा कोरोनाको तेस्रो लहर आएसँगै ओमिक्रोन भाइरसको पुष्टि भइसकेको छ । कोरोनाको तेस्रो लहरमा बालबालिकाहरुमा पनि यसको संक्रमणदर उच्च रहेको छ ।दोस्रो लहरमा यदि १० बालबालिका कोरोना संक्रमित हुन्र्थे भने अहिले त्यो संख्या बढेर ६० पुगेको छ।
बालबालिकाहरुलाई खोप कार्यक्रमले कभरेज नगरेको अवस्थामा कोरोना संक्रमणको उच्च जोखिममा बालबालिका रहेका छन् ।फ्रन्टलाइनमा बसेर काम गर्नेहरु तथा ६० वर्षमाथि उमेर समूहलाई समेत बुस्टर डोज दिइसकेको अवस्थामा कोरोना संक्रमणको उच्च जोखिममा बालबालिका छन् भन्न सकिन्छ ।
१२ वर्ष भन्दा कम उमेरका बालबालिका लक्षित कुनै पनि खोप कार्यक्रम नेपालमा आइसकेको छैन । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लक्षित खोप कार्यक्रम आएपनि त्यसले सबै बालबालिकालाई अहिलेसम्म पनि समेट्न सकेको छैन ।
१२ देखि १७ वर्ष उमेर समूहका सम्पूर्ण बालबालिकाहरु खोप कार्यक्रममा समेटिन नसक्नु तथा १२ वर्ष भन्दा कम उमेर समूहका बालबालिका लक्षित खोप कार्यक्रम नै नहुनुले बालबालिका कोरोना संक्रमणको उच्च जोखिम छन् भन्न सकिन्छ । उनीहरु अभिभावकबाट नै कोरोना सर्ने जोखिममा रहेका छन् । कोरोना संक्रमित बालबालिकाहरुमा घाँटी खस्खस्याउने,रुघाखोकी लाग्ने,ज्वरो आउने,टाउको तथा जीउ दुख्ने लगायतका लक्षणहरु देखा पर्न सक्छन् ।
ठूलो बच्चाहरुले आफ्नो समस्या बताउन सक्ने भएकोले उनीहरुको उपचारमा केही सहज भए पनि सानो बच्चाहरुले आफ्नो समस्या बताउन नसक्ने भएकोले उनीहरुको उपचारमा केही कठिन अवस्था पनि आउन सक्छ । इशान बाल तथा महिला अस्पतालमा शल्यक्रियाका लागि आएका कतिपय बालबालिकाहरुमा कोरोनाको कुनै पनि लक्षण देखा नपरे पनि पिसिआर परीक्षणको क्रममा बालबालिकाहरुमा कोरोना पोजेटिभ आउने गरेको छ ।
कतिपय बालबालिकामा आरडीटी परीक्षणमा नेगेटिभ आएपनि पिसिआर परीक्षणमा पोजेटिभ आउने गरेका छन् । कोरोना संक्रमित अवस्थामा स्तनपान गरिहँदा पनि उक्त आमाबाट बच्चाहरुमा कोरोना सर्र्दैन । स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गर्दै स्तनपान गरेको अवस्थामा भने उक्त आमाबाट बच्चामा कोरोना सर्दैन ।
यदि आमा कोरोना संक्रमित छ भने स्तपानको समयमा स्वास्थ्य मापदण्डको पालना गर्ने तथा अन्य समयमा बच्चालाई आमाबाट टाढा राख्ने गरेमा बालबालिकालाई कोरोना संक्रमण हुनबाट जोगाउन सकिन्छ । कोरोनाका साथै बालबालिकामा अहिले देखिएको मुख्य समस्या भनेको रुघाखोकी नै हो । अरु समस्या भएका बिरामीहरु धेरै अस्पताल आउने गरेका छैनन् ।
अहिले सिजनल फ्लुको समस्या पनि धेरै बच्चाहरुमा देखिन्छ । सिजनल फ्लु र कोरोना संक्रमण भएका बच्चामा देखिने लक्षण उस्तै हुन्छ । इशान बाल अस्पताल भएकाले बच्चा मात्रै नभएर अभिभावक पनि सँगै आउने गर्छन् । त्यसैले कसैमा लक्षण मिल्दोजुल्दो समस्या छ भने उसलाई पीसीआर गरेपछि मात्रै पत्ता लगाउने गरिन्छ।
Source://https://mahilaswasthya.com
काठमाडौं, ०२ माघ २०७८
बसुन्धरा स्थित ईशान बाल तथा महिला अस्पतालमा दोस्रो पटक १३ बर्षकी सोनी कुमार पटेलको प्यान्क्रियाजको सफल शल्यक्रिया भएको छ।
पटेलको जटिल शल्यक्रिया गर्न करिब ७ घण्टा लागेको र ७ दिनमा सकुशल डिस्चार्ज गरिएको छ।
नानीको शुरुमा नेपाल मेडिकल कलेजमा उनी १० दिन सम्म भर्ना भएर प्राथमिक उपचार भएको थियो ।
ईशान बाल तथा महिला अस्पतालले थप जाचँ गरेपछि यस्तो रोगको लक्षण देखापरेको अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. रामानन्दन प्रसाद चौधरीले बताए।
डा. चौधरीका अनुसार यस्तो किसिमको रोग ( Pancreatic Head Tumor ) बच्चामा निकै कम र ठुलो मान्छेमा बढी हुने गरेको छ। नानीको यस जटिल र ज्यान जोखिम सफल शल्यक्रिया पश्चात उहाँको समस्त परिवार खुसी भएका छन्।
यो रोग बच्चामा ४० लाखमा १ जना भन्दा कममा हुन्छ। उहाँको इन्डोस्कोपी बाट गरिने भिडियो एक्सरे पनि गरिएको थियो।
उहाँलाई एक महिना देखि निक्कै नै पेट दुख्ने, वान्ता हुने र खाना नरुच्ने जस्ता समस्याबाट पीडित थिइन।
प्रा. डा. रामानन्दन प्रसाद चौधरीको नेतृत्वमा डा. राकेश कुमार शाह, डा. सन्जय कुमार शाह, डा. अकानन्द शाह,
बेहोस गर्ने डा. किरण मगर सहित अप्रेसन थ्रेटर र पि. आई.सि.युका नर्सहरु मिलेर सफल शल्यक्रिया गरेको थियो।
source:https://healthnewsnepal.com
Jan-17 तारिख 01:04 बेलुका • आज
हालै मात्र ईशन बाल तथा महिला अस्पताल बसुन्धराले चमत्कारको काम गरेको छ । यस अस्पतालले जटिल र दुर्लभ मानिने “Pancreatic head tumor” साधारण भाषामा भन्दा पेट भित्र ‘Pancreas’ भन्ने ग्रन्थिमाको ‘Head’ मा ‘Tumor’ को शल्यक्रिया गर्न सफल भएको छ ।
सर्लाहीकी १३ बर्षीय बालिका सोनी पटेलको १ महिना देखि निकै पेट दुख्ने वान्ता हुने खाना नरुच्ने समस्या भयपछि परिवारले अस्पताल पुर्याएको थियो १० दिन सम्म नेपाल मेडिकल कलेजमा उपचार गर्दा समेत रोग पत्ता नलागेपछि सोनी पटेल का पिताले बिरगंजमा रहेका आफ्नो आफन्तलाई समस्या सुनायको र आफन्तले ईशन बाल तथा महिला अस्पताल बसुन्धरामा जान सल्लाह दिय बमोजिम उक्त अस्पतालमा गएका थिय , अस्पतालले थप जाच गरेपछि उक्त रोगको बारेमा पत्ता लगाएको थियो।
अस्पतालका कार्यकारी निर्देशक समेत रहेका बरिष्ठ प्राध्यापक डाक्टर रमानन्दन प्रसाद चौधरीको नेत्रित्तोमा अनुसन्धान भयको उक्त ‘Tumor’ बिश्वमै ४० लाख मध्ये १ जना लाइ हुन सक्ने दुर्लभ किसिमको समस्या भयकाले चुनौतीका बिच पनि उपचार गरियको थियो, समयमै सर्जरी गर्न अस्पताल आएकोले उपचार सफल भएको हो, हामीले बिरामीको परिवारलाई यस्तो रोग छ, जटिल सल्यक्रिया हुन सक्ने बतायका थियौ, उनले बताय।
उक्त्त सल्यक्रियामा प्रा. डा. रमानन्दन प्रसाद चौधरीको नेत्रोत्तोमा डा. राकेश कुमार शाह, डा. संजय कुमार साह, डा. आकाशनन्द शाह, बेहोस गर्ने डा. किरण मगर सहित अपरेशन थियटर र पी. आई. सी. यु का नर्स सहितको जम्बू टोलि उपचारमा खटिएको थियो, उक्त्त बिरामीलाई सल्यक्रियाको ७ दिन पछि सकुसल डिस्चार्ज गरेको र बिरामीलाई फल्लोअफ पनि गरिरहेको बरिष्ठ प्राध्यापक डाक्टर रमानन्दन प्रसाद चौधरीले बताउनुभयो ।
यस्तो जटिल किसिमको समस्या नेपालकै लागि पहिलो भएपनि ईशन बाल तथा महिला अस्पतालका प्रा. डा. रमानन्दनको लागो दोस्रो हो, उनकै नेत्रित्तोमा ६ बर्ष अगाडी पनि उक्त्त अस्पतालमै भारतबाट आएको बिरामी लाई पनि तेहि समस्याको सफल उपचार गरेका थिय । उनि कान्ति बाल अस्पतालमा बिगत ३० बर्ष देखि कार्यरत थिय भने ईशान बाल तथा महिला अस्पतालमा कार्यकारी निर्देशक समेत छन् , उनको काम नेपालकै स्वास्थ क्षेत्रमै उलेखनीय रहेको छ ।
Source:https://www.thelifestylenepal.com/detail/generalnews/2577
काठमाडौं । ईशान बाल तथा महिला अस्पतालमा दुर्लभ मानिने प्याङक्रियाजको हेड सर्जरी सफलतापूर्वक गरिएको छ।
सर्लाही घर भएकी १३ वर्षीया सोनी कुमारी पटेलको जटिल किसिमको ट्युमरको शल्यक्रिया गरिएको अस्पतालले पत्रकार सम्मेलन मार्फत् जानकारी दिएको छ ।
बालिकालाई निक्कै पेट दुख्ने, वान्ता हुने तथा खाना नरुच्ने समस्या भएपछि उनका बुबा छोटेलालले उनलाई नजिकैको औषधि पसलमा गएर औषधि किनेर खुवाए । उनलाई निको भएन,त्यसपश्चात् नजिकैको स्वास्थ्य संस्थामा गएर जाँच गराएपछि उनलाई बाल सर्जरीको चिकित्सकलाई भेट्न सल्लाह दिइयो । उपचारको क्रममा ईशान बाल तथा महिला अस्पतालमा आएपछि इन्डोस्कोपी तथा भिडियो एक्सरे पश्चात् उनको समस्याको पहिचान भएको थियो ।
समस्याको पहिचानपश्चात् डा.आरपी चौधरीको नेतृत्वमा डा. राकेश कुमार शाह,डा.सञ्जय कुमार शाह,डा.अकानन्द शाह,तथा डा.किरण मगरको टोलीले उनको सफल शल्यक्रिया गरेको थियो । उक्त शल्यक्रियालाई ह्वििपल प्रोसिडुयर भनिन्छ ।
शल्यक्रियाको क्रममा आन्द्राको केही भाग पित थैली,पित्त नली र ट्युमर भएको प्याङक्रियाजको भागलाई काटेर फालिएको डा.आरपी चौधरीले बताए । उक्त ट्युमर पेटको र आन्द्राको रगतको ठूला ठूला नसाहरुसँग टासिएको थियो । यस्तो प्रकारको शल्यक्रिया ईशान बाल अस्पतालले गरेको यो दोस्रो पटक हो ।
Source:https://mahilaswasthya.com
काठमाडौं, २५ पुष २०७८
ईसान बाल तथा महिला अस्पताल २६ औं वर्ष पार गरेर २७ औं वर्षमा प्रवेश गरेको छ।
२६ औं साधारण सभामा अस्पतालका निर्देशक डा. आर. पि. चौधरीले टोखा नगरपालिका ५ श्रीटोलमा आफ्नै भवनमा निर्माण सम्पन्न भएको भवनबाट छिट्टै सेवा सुरु गर्ने जानकारी दिए । बिगत २६ बर्षदेखि बसुन्धराबाट स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको अस्पताल अब १०० शैयाको हुने डा. चौधरीले बताए ।
सुरुमा १५ शैयाबाट सुरु भएको यो अस्पतालले बालबालिका र महिला उपचारका क्षेत्रमा चौबिसै घण्टा आकस्मिक सेवा, जटिल किसिमका शल्यक्रिया सहित विशेषज्ञ सेवा उपलब्ध रहेको डा. चौधरीले बताए।
नेपालको पहिलो गैरसरकारी इसान बाल तथा नर्सिङ होम वि.स २०५२ साल कृष्णाष्टमीको दिन शुरु भएको थियो।
यस अस्पतालले नवजात तथा बाल शल्य चिकित्सकको क्षेत्रमा नेपालमा ख्याति प्राप्त गरेको अवस्थामा SAARC स्तरको गुणस्तरीय सेवा प्रदान गरिरहेको छ।
शनिबार सम्पन्न अस्पतालको २६ औँ बार्षिक साधारण सभामा अस्पतालका अध्यक्ष जन थापाले अस्पतालको सेवा र क्षमता थप विस्तार गर्ने बताएकी छन् ।
‘ईशानको अहिले पनि छुट्टै पहिचान छ तर समयानुकुल यसको सेवा र क्षमता विस्तार गर्नुपर्ने छ । यस अस्पतालमा ७१ जना शेयर धनी रहेका छन्।
Source:https://healthnewsnepal.com/news/child-women-hospital
काठमाडौं—२६ वर्षअघि नेपालका पहिलो बाल रोग शल्य चिकित्सक स्व डा. नारायण थापाको सपना थियो नेपालमा एउटा अन्तर्राष्ट्रियस्तरको बाल रोग अस्पताल बनाउने । त्यही सपनालाई साकार पार्ने उद्देश्यको सुरुवात उनले वि.सं. २०५२ सालमा नेपालमै पहिलोपटक गैर सरकारीस्तरबाट पहिलो बाल अस्पतालको रुपमा १५ बेडको इसान बाल नर्सिङ होम स्थापना गरे । उनको सपना सरकारी तवरमै त्यसमा पनि कान्ति बाल अस्पताललाई नै अन्तर्राष्ट्रियस्तरको सेवा दिने बाल अस्पतालको थियो । तर, उनलाई वि.सं. २०५१ मा कान्तिबाट जबरजस्त बाहिरिनुपर्ने बतावरण बनाइयो । कान्तिबाट बर्हिगमित भएतापनि उनले आफ्नो सपनालाई भने मर्न नदिने अठोट गरे । त्यसैको परिणाम स्वरुप इशान अस्पतालको जन्म भयो । कान्ति बाल अस्पतालबाट आफूलाई बाहिरिन बाध्य पारिएपछि इसान अस्पताल सुरु गरेको उनी बताउँथे । ‘कान्तिलाई नै एउटा अन्तर्राष्ट्रियस्तरको बाल सर्जरीसहितको अस्पताल बनाउने सोच थियो,’ उनले एक भेटमा हेल्थआवाजकर्मीसँग भनेका थिए, ‘मलाई जबजस्त निकालिएपछि इसान सुरु गरेको हुँ । यसलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिने अस्पताल बनाउने मेरो इच्छा हो ।’ विडम्बना डा. थापाले आफूले परिकल्पना गरेको अस्पतालको जग त हाले । तर, संचालन भएको देख्न पाएनन् । टोखा नगरपालिका–५ को श्रीटोलमा ६ रोपनी जग्गामा जग (पहिलो तला) बन्दाबन्दै गत वर्ष ३० कार्तिकमा कोभिड–१९ का कारण उनको मृत्यु भयो । उनको मृत्यु भएपछि उनको सपना पूरा गर्ने जिम्मा संगठनात्मक नेतृत्व (अस्पताल अध्यक्ष) उनकी श्रीमती जन थापाले सम्हालिन भने व्यवस्थापकीय नेतृत्व (अस्पताल निर्देशक) उनैका चेला अर्थात बाल रोग सर्जन प्रा.डा. रामानन्दन प्रसाद (आरपी) चौधरीले लिए । ‘राम्रो बाल अस्पताल बनाउने डा. थापाको ठूलो सपना थियो,’ अध्यक्ष थापाले भनिन्, ‘संरचना करिब–करिब बनिसकेको छ । अब यसले बाल तथा महिला रोग सम्बन्धी अन्तर्राष्ट्रियस्तरको सेवा दिनुपर्छ । अनि उहाँको सपना पूरा हुन्छ ।’ अध्यक्ष थापा आफूले बाध्यात्मक रुपमा नेतृत्व लिनुपर्ने अवस्था आइपरेतापनि अस्पतालका सेयरधनी र चिकित्सकहरुले पनि स्तरीय अस्पतालको सपनालाई आफ्नै ठानेर अगाडि बढेका कारण डा. थापाको सपना साकारको चरणमा पुगेको बताउँछिन् । अस्पतालमा अहिले ७१ जना सेयर धनी रहेका छन् । अस्पतालका निर्देशक डा. चौधरी यही वर्षबाट नयाँ अत्याधुनिक भवनबाट सेवा सुचारु गर्ने बताउँछन् । नयाँ संरचनामा अन्डरग्राउण्ड तीन तला र माथि ५ तला रहेका छन् । प्रशस्त पार्किङ सुविधा रहेको नयाँ संरचनामा बाल र महिला रोग सम्बन्धी सबै उपचार सेवा हुने डा. चौधरी बताउँछन् । ‘बाल तथा स्त्री रोगका सबै सेवा हामी एकै ठाउँबाट दिन्छौं,’ उनी भन्छन्, ‘नयाँ भवनबाट सेवा दिन थालेपछि हामी अन्य सुपरस्पेसलाइज सेवाका साथै आइभिएफ सेवा पनि सुरु गर्ने तयारीमा छौं ।’ ६० करोड बढी लगानी गरेर बनाइएको नयाँ संरचनाबाट सेवा दिनका लागि विभिन्न विधाका ७० ना कन्सल्टेन्ट विशेषज्ञ तयारी अवस्थामा राखिएको छ । नयाँ संरचनामा गएपछि छुट्टैं ब्लड बैंक सेवा, एमआरआई सेवा, सिटी सेवा थपिने छन् भने हाल संचालनमा रहेका ५ पिआईसीयु बढाएर ८ पिआईसीयु र ७ एनआईसीयुबाट १५ पु¥याउने तयारी भएको छ । साथै नयाँ संरचनामा १ सय बेड अस्पताल संचालन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको निर्देशक डा. चौधरीले जानकारी दिए ।
थप पढनुहोस: https://www.healthaawaj.com/news/44759/?fbclid=IwAR3IbGCriqhNiqwrwzaJdgCnloqvP52ZSvOD4nsw33rbzhQtQk3VE7PSHQA






काठमाडौं । काठमाडौंको बसुन्धरामा रहेको इशान बाल अस्पतालले ६० करोडको लगानीमा अत्याधुनिक भवन निर्माण गरिरहेको छ । नेपालमा बाल तथा महिला स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको इशान बाल तथा महिला अस्पताल गैर सरकारी अस्पताल हो ।
Suchana Mantralaya
बाल तथा महिला स्वास्थ्यको क्षेत्रमा आफ्नो भिन्नै पहिचान बनाउन सफल यस अस्पताल बाल शल्यक्रियाको क्षेत्रमा अन्र्तराष्टिय स्तरमा नै आफ्नो पहिचान बनाउन सफल छ । बालबालिकाको उपचारका लागि सरकारी स्तरको कान्ति बाल अस्पताल मात्र भएका बेला विं सं २०५२ सालको कृष्णअष्टमीको दिनमा बालबालिकाको उपचारमा सबैको पहुँच र उपचार सहज होस भन्ने उद्देस्यले ईशान बाल नर्सिङ होमका नाममा अस्पताल स्थापना भएको थियो ।
२ जना चिकित्सकबाट सुरुवात भएको अस्पतालमा हाल ४७ बरिष्ट विशेषज्ञसहित बालरोग उपचारसम्बन्धी विशिष्ठिकृत सेवा पिआसियु, एनआइसियुसहित २४ सै घण्टा सेवा प्रदान गर्दै आएको छ ।नीजि क्षेत्रबाट पहिलो एक मात्र बाल अस्पतालको रुपमा रहेको इशानले बालबालिका तथा स्त्री तथा प्रसुति रोगसम्बन्धी सम्पुर्ण स्वास्थ उपचार सेवा प्रदान गदै आएको छ । अस्पतालले सम्पन्न वर्गका लागि मात्रै नभई विपन्न वर्गलाई पनि गुणस्तरीय तथा सर्वसुलभ उपचार सेवा प्रदान गर्दे आइरहेको छ ।
६० करोड बढी लगानी गरेर बनाइएको नयाँ संरचनाबाट सेवा दिनका लागि विभिन्न विधाका ७० ना कन्सल्टेन्ट विशेषज्ञ तयारी अवस्थामा राखिएको छ। नयाँ संरचनामा गएपछि छुट्टैं ब्लड बैंक सेवा, एमआरआई सेवा, सिटी सेवा थपिने छन् भने हाल संचालनमा रहेका ५ पिआईसीयु बढाएर ८ पिआईसीयु र ७ एनआईसीयुबाट १५ पु¥याउने तयारी भएको अस्पतालका निर्देशक डाक्टर आरपी चौधरीले बताए। साथै नयाँ संरचनामा १ सय बेड अस्पताल संचालन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको निर्देशक डा.चौधरीले जानकारी दिए।
Source:https://mahilaswasthya.com/detail/5702
Flu vaccine available at Ishan Bal Tatha Mahila Aspatal.
For further details contact at telephone no. 4954537, 4981962, 4380524, 4959560Thank you.

“Stop pneumonia/ Every Breath Counts”
Pneumonia is the single biggest infectious killer of adults and children – claiming the lives of 2.5 million, including 672,000 children, in 2019.
Deaths from COVID-19 will add two million more in 2020, bringing the total to more than four million. No other infection causes anywhere near this burden of death.






नेपालमा कोरोनाभाइरसको प्रकोप बढ्दै जाँदा सङ्क्रमित हुने बालबालिकाको सङ्ख्यामा वृद्धि देखिएको छ। चिकित्सकहरूले कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरले पहिलेभन्दा तुलनात्मक रूपमा बालबालिकालाई बढी प्रभाव पारिरहेको बताएका छन्।
वयस्क व्यक्तिहरूको तुलनामा बालबालिकाको कोभिड १९ परीक्षण कम भएको हुँदा सङ्क्रमित बालबालिकाको सङ्ख्या अझ बढी हुन सक्ने ठानिएको छ।
बालबालिकालाई बचाउनका लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका अभिभावकको हुन्छ। बालबालिकासँगै रहने अभिभावकले सतर्कता अपनाउनुपर्छ।
सोही सन्दर्भमा काठमाडौंको बसुन्धरामास्थित ईशान बाल तथा महिला अस्पतालमा कार्यरत अस्पतालका निर्देशक प्रा डा आरपी चौधरी सँग बालबालिकामा कोभिड संक्रमण भएको कसरी थाहा पाउने भन्ने बारेमा लिएको भिडियो
SOURCE:- https://mahilaswasthya.com/detail/4017
हेल्थ टिभी अनलाइन \काठमाडौं : निजी क्षेत्रको पहिलो ईशान बाल तथा महिला अस्पताल आज २६ औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसर पारेर अस्पतालले नयाँ बनेको भवनमा मन्दिर स्थापना गरेको छ ।
बालबालिकाको उपचारका लागि सरकारी स्तरको कान्ति बाल अस्पताल मात्र भएका बेला विं सं २०५२ सालको कृष्णअष्टमीको दिनमा बालबालिकाको उपचारमा सबैको पहुँच र उपचार सहज होस भन्ने उद्देस्यले ईशान बाल नर्सिङ होमका नाममा अस्पताल स्थापना भएको थियो । पछि यसको नाम परिवर्तन गरी ईशान बाल तथा महिला अस्पताल राखिएको अस्पतालका कार्यकारी निर्देशक डा आरपी चौधरीले बताए । उनले कोरोना महामारीको संक्रमणको जोखिमका कारण अस्पताल परिसरमा सानो पूजा गर्दै मन्दिर स्थापना गरेर वार्षिकोत्सव मनाएको जनाए ।

डा चौधरीले १५ बेडबाट शुरु भएको अस्पतालले आफना सेवाहरु बिस्तार गर्दै १ सय बेडबाट बालबालिका तथा महिलाको सेवा दिन सुरु गर्ने तयारी गरेको समेत जानकारी दिए । अस्पतालले वर्षेनी ७ सयभन्दा बढी बालबालिकाको जटिल किसिमका शल्यक्रिया गर्दै आएको पनि उनले जिकीर गरे ।
अस्पतालका संस्थापक अध्यक्ष डा नारायण बहादुर थापा थिए । उनको तीन महिनाअघि मात्र निधन भएको थियो ।
Source: https://healthtvonline.com/health-news/2021/08/37449/?fbclid=IwAR3F4XrIzR7Qs0mVzaNtdK5BMfd-qUfe4oRI2Voyz5mPGJAzUaWEafSwmAs
काठमाडौं । टाेखा ५ बसुन्धरा अवस्थित ईशान बाल तथा महिला अस्पतालले वार्षिक उत्सव मनाएकाे छ । ईशान बाल तथा महिला अस्पतालको स्थापना वि.स. २०५२ सालमा कृष्ण अष्टमीको दिन भएकाे हाे ।
यस अस्पतालका निर्देशक वरिष्ठ बाल शल्य चिकित्सक डा.आरपी चाैधरीले वार्षिक उत्सव मनाउदै ” यहाहरुकाेे साथ, सहयोग र हाैसलाका साथै यहाहरुकाे सेवामा समर्पित रहन इश्वरले सदैव प्रेरणा प्रदान गरुन” भनेका छन् ।
लामो समय कान्ति बाल अस्पतालमा रहेर बाल स्वास्थ्य क्षेत्रमा काम गरेका डा.चौधरी हाल ईशान बाल तथा महिला अस्पतालका निर्देशक छन् ।
डा.चाैधरी ईशान बाल तथा महिला अस्पताललाई नेपालको उत्कृष्ट बाल तथा महिला अस्पतालको रुपमा बिकास गर्ने उद्देश्यका साथ अगाडी बढेका छन् ।
Source: https://www.sanjalkhabar.com/news/13054?fbclid=IwAR2_g5Y7QN3ntlD9MzmsolQxiQ-fcI9cNMF5uP8UlqPgsmzgyZ9iL0uC3UU





काठमाडौंको बसुन्धरामास्थित ईशान बाल तथा महिला अस्पतालले आफ्नो २६ औ वार्षिकउत्सब सम्पन्न गरेको छ । ईशान बाल नर्सिङ होमले २०५२ सालमा तत्कालीन अध्यक्ष डा नारायण बहादुर थापाले श्रीकृष्ण जन्माष्टमीको दिन पारेर नेपालको पहिलो प्राइबेट अस्पातलको सुरुवात गरेको हो ।
प्रत्यक बर्ष श्रीकृष्ण जन्माष्टमीको दिन पारेर ईशान बाल तथा महिला अस्पतालले आफ्नो वार्षिकउत्सब मनाउने गरेको छ ।
कोरोना संक्रमणको कारण औचारिक कार्यक्रम नगरी अस्पातलमा कार्यरत स्टाप र सम्बन्धित ब्यतिहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको ईशान बाल तथा महिला अस्पतालका निर्देशक प्राडा आरपी चौधरीले जानकारी दिनुभयो ।
पछिलो समयमा ईशान बाल तथा महिला अस्पतालले बालबालिकाका लागि भेन्टिलेटरसहितको कोभिड आइसोलेसन वार्ड सञ्चालनमा गरेको छ ।
बालबालिकामा कोरोना संक्रमण बढी देखिन थालेपछि अस्पतालमा कोभिड वार्ड सञ्चालनमा ल्याएको हो अस्पतालका निर्देशक प्राडा आरपी चौधरीका अनुसार ‘सम्भवत निजी क्षेत्रमा हामी नै पहिलो अस्पताल हौंला यसरी बालबालिकाका लागि कोभिड वार्ड छुट्याएर उपचार सुरु गर्ने ।’ आफ्नो अस्पतालमा आउने बालिबालिकामा कोरोना संक्रमण देखिंदा कहाँ पठाउने भन्ने ठूलो चिन्ता हुने र त्यसले अभिभावक र बिरामी बच्चा दुबैमा अप्ठेरो परेको देखेर आफूहरुले बच्चाको उपचारमा सहज होस भनेर कोभिड वार्ड सुरु गरेको डा चौधरीको भनाई छ ।
अस्पातलले अहिलेलाई ८ बेडको आइसोलेसन वार्ड २ वटा भेन्टिलेटरसहितको सेवा सुरु गरेको छ । कोभिड वार्ड बनेदेखि धेरै जना संक्रमित बच्चाले सेवा लिएर निको भएर घर गइसकेको बताए।
आइसोलेसन वार्डमा काम गर्ने सफाइकर्मीदेखि, डाक्टर, स्वास्थ्यकर्मी सबै अलग्गै भएको समेत उनले जानकारी दिए । अस्पतालको छेटौं तल्लामा कोभिड संक्रमित बालबालिका मात्र हेर्ने गरी वार्ड छुट्याइएको छ ।
Source:- https://mahilaswasthya.com/detail/3711?fbclid=IwAR3rb7CrxuX3KajThtsKop20-q9A88U0so9dh42B4vikZaJwi_AXBVKu1XA

डा आरपी चौधरी
हरेक वर्ष अगस्ट १ देखि ७ गतेसम्म विश्व स्तनपान सप्ताह मनाउने गरिन्छ । नेपालमा पनि यो सप्ताह विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाउने गरिएको छ । स्तनपानको महत्वकोबारेमा कुरा गर्दा बच्चाका लागि स्तनपान भनेको अमृत समान हो । भर्खर जन्मेको बच्चाले रोग प्रतिरोधी क्षमता आफै विकास गर्न नसक्ने भएकाले पनि ६ महिनासम्म आमाको दूध मात्र खुवाउँदा त्यही आमाको दूधबाट नै बच्चाले रोगसँग लड्ने क्षमता प्राप्त गर्छ । त्यसैले हरेक आमाले आफनो बच्चालाई ६ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्छ । अर्को कुरा आमाको दूधमा प्राकृतिक रुपमै बच्चालाई चाहिने मात्रामा फ्याट, प्रोटिन लगायतका सम्पूर्ण सुक्ष्म तत्वहरु पाइन्छन् जुन अन्य फर्मुला दूधमा पाइँदैन्। त्यसैले पनि आमाले प्रकृतिले नै दिएको र बच्चालाई विभिन्न रोग लाग्नबाट जोगाउनका लागि स्तनपान गराउन आवश्यक छ ।
पछिल्लो समय शहरी क्षेत्रहरुमा केही आमाहरूले शिशुलाई स्तनपान नगराउने वा गराएपनि थप खानेकुरा खुवाउँदा बालबालिकाको स्वास्थ्यमा समस्या देखिने क्रम बढेको पाइन्छ । शरीर बिग्रने डरले पनि आमाहरुले स्तनपान गराउन हिच्किचाएको पाइन्छ । तर यो सरासर भ्रम मात्र हो । कुनै पनि आमाले बच्चालाई स्तनपान गराउँदा शरीर बिग्रने वा स्तन झोलिने समस्या हुँदैन । स्तनपान गराउन छोडेपछि पुन: स्तन आफनो पहिलेकै सेपमा आउँछ । यो प्राकृतिक कुरा हो । तर धेरैले यो कुरा नबुझेको जस्तो लाग्छ ।
उता स्तनपान गराउँदा आमा र बच्चाको सम्बन्ध पनि निकै मजबुत हुने गर्छ । साथै बालबालिकाले आफुलाई सुरक्षित महसुश गर्छन । आमाहरुले के कुरामा ख्याल गर्नुपर्छ भने स्तनपान गर्न पाउनु बच्चाको पनि हक हो । यसले उसलाई भविष्यमा स्वस्थ रहन सहयोग गर्छ । स्तानपान गराएका र नगराएका बच्चाको तुलना गर्ने हो भने स्तनपान नगरेका बच्चाहरुलाई सानो हुँदै बिरामी परिरहने त छँदैछ पछि ठूलो भइसकेपछि पनि रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा छिटै रोगले समात्ने हुन्छ । उनीहरु शारीरिक रुपमा कमजोर हुन्छन्। बच्चालाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुलाई पूर्ण स्तनपान भन्ने गरिन्छ । यो बेला लिटो वा अन्य कुनै पनि दूध खुवाउनुपर्दैन । तर ६ महिनापछि भने आमाको दूधसँगै अन्य खानेकुराहरु पनि खुवाउँदै लैजानुपर्छ । साथै स्तनपान पनि गराउन जरुरी हुन्छ ।
आमाले स्तनपान गराउँदा परिवारमा आर्थिक भार पनि कम हुन्छ । बच्चाका लागि बनाइएको फर्मुला दूध महंगा छन् । यसले यो किनेर खुवाउँदा पैसाको नास त छँदैछ यसले बच्चालाई रोगी समेत बनाइरहेको हुन्छ किन की यस्ता दूधमा चिनीको मात्रा बढी हुने गर्छ । यसले गर्दा बच्चा मोटोपनको शिकार बन्न पुग्छन्।
स्तनपान गराएका आमाहरुमा स्तन क्यान्सरको जोखिम कम हुने कुरा विभिन्न अध्ययनहरुले देखाइसकेका छन्। महिलाले पूर्ण स्तनपान गराउँदा यो समयमा परिवार नियोजनको समेत काम गर्छ । अर्थात गर्भ रहने सम्भावना कम हुन्छ । त्यसैले पनि स्तनपानले बच्चालाई मात्र हैन आमालाई पनि स्वस्थ रहनका लागि सहयोग पुग्ने हुँदा आफनो बच्चाका लागि अमृत सरहको दूध खुवाउन कन्जुस्याइँ नगरौं ।
(डा चौधरी वरिष्ठ बाल रोग विशेषज्ञ तथा ईशान बाल तथा महिला अस्पतालका कार्यकारी निर्देशक हुन्।)
Source- https://healthtvonline.com/health-tips/2021/08/37002/