Ishan Hospital Lokpath News
ईशान अस्पताल ३०औँ वर्षमा प्रवेश, बाल शल्यक्रियामा निकै सफलता हात पारेको दाबी
(Ishan Children & Women’s Hospital- Lokpath News)
काठमाडौं । ईशान बाल तथा महिला अस्पतालले सेवा दिँदै आएको आज (१० भदौ) २९औँ वर्ष पूरा भएको छ । लामो समयदेखि निरन्तर सेवा दिँदै आइरहेको यस अस्पतालले अस्पतालकै प्रागणमा आज सोमबार विभिन्न कार्यक्रम आयोजना गर्दै अस्पतालको २९औँ वार्षिकोत्सव मनाइरहेको छ।
यही अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक डा. रामनन्दनप्रसाद चौधरीले यस अस्पतालले बाल शल्यक्रियामा निकै सफलता हात पारेको बताए । उनले स्वदेशबाट मात्र नभएर विदेशबाट समेत आएका बालबालिकाको सफल शल्यक्रिया गरिएको बताए।

१५ शय्याबाट सुरु भएको यस अस्पतालमा अहिले बालबालिका तथा महिला उपचारमा चौबीसै घन्टा आकस्मिक सेवा, जटिल किसिमको शल्यक्रियासहित विशेष सेवा उपलब्ध रहेको र शनिबारसमेत बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा उपलब्ध रहेको जानकारी दिए । टोखा नगरपालिका–५ मा अवस्थित यस अस्पतालले टोखा नगरपालिका–५ का बासिन्दालाई १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । छुट सुविधाका लागि केही असजिलो नहोस् भन्ने हेतुले अस्पतालले त्यहाँका बासिन्दाहरुको लागि छुटसम्बन्धी छुट्टै कार्ड समेत बनाइदिएको डा. चौधरीले बताए ।
यसका साथै अस्पतालले विभिन्न संघसंस्था, बैंक, इन्स्योरेन्स तथा विद्यालयसँग पनि एमओयू गरी विशेष छुट दिई गुणस्तरीय सेवा प्रदान गर्ने गरेको छ । नेपालकै पहिलो गैरसरकारी बाल अस्पाताल ईशानले बाल, महिला तथा वयष्क स्वास्थ्य क्षेत्रका विभिन्न सेवाहरुमा उल्लेखनीय सुधार तथा थप नयाँ आधुनिक उपकरणहरु उपलब्ध गरी सम्पूर्ण बिरामीहरुलाई अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक र भरपर्दो सेवा सुविधा प्रदान गरिरहेको छ । हाल अस्पतालमा ८७ जना विभिन्न विषयका वरिष्ठ विशेषज्ञहरुसहित बाल रोग, बाल शल्यक्रिया, महिला तथा विभिन्न विषयहरुका super specialty तथा Multispecialty विशेषज्ञ सेवाहरु उपलब्ध पनि छन् ।
recent news
Celebrating 3rd World Pediatric Surgery Day: Commitment to Child Surgical Care at Ishan Hospital
Every child deserves safe and timely surgical care.As featured in Aarthik News Nepal, Ishan Children & Women’s Hospital remains dedicated to improving access to life-saving
View MoreIshan Hospital Medical Patra News
ईशान अस्पताल स्थापनाको तीन दशक पुरा (Ishan Children & Women's Hospital- Medical Patra News) काठमाडौं। ईशान बाल तथा महिला अस्पताल स्थापना भएको तीन दशक
View MoreIshan Hospital Kavre Press News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Kavre Press News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले
View MoreIshan Hospital Nepali Health News
नेपालको पहिलो निजी बाल अस्पताल ईशान ३० औँ वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Nepali Health News) काठमाडौँ, १० भदौ । नेपालकै पहिलो निजी
View MoreIshan Hospital Lokpath News
ईशान अस्पताल ३०औँ वर्षमा प्रवेश, बाल शल्यक्रियामा निकै सफलता हात पारेको दाबी (Ishan Children & Women's Hospital- Lokpath News) काठमाडौं । ईशान बाल तथा महिला
View MoreIshan Hospital Top Ten Khabar News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Top Ten Khabar News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला
View MoreIshan Hospital Mahila Swasthya News
ईशान बाल तथा महिला अस्पताल ३० औं वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Mahila Swasthya News) काठमाडौं । बसुन्धरास्थित ईशान बाल तथा महिला
View MoreIshan Hospital Farakpatra News
Ishan Hospital News Cover By Farakpatra ईशान अस्पतालको २९ औं बार्षिकोत्सब सम्पन्न, यसै वर्षंदेखि पेडियाट्रिक बोनम्यारो प्रत्यारोपण र सिटि स्क्यान सेवा सञ्चालनमा आउने १० भदौ
View More