मायोपिया : बालबालिकाको आँखामा हुने समस्या
सूचना प्रविधिको विकाससँगै अचेल मोबाइल, कम्प्युटर र टेलिभिजनको प्रयोग बढेको छ। त्यसैले अहिलेका बालबालिका धेरै समय ‘स्क्रिन’ मा बिताउँछन्। कम्प्युटर मोबाइलले अहिलेका अभिभावकलाई पनि सजिलो बनाइदिएको छ। उनीहरू आफ्ना बच्चालाई भुलाउन यस्तै सामग्रीको भर पर्छन्। टीभी, कम्प्युटर खोलिदियो वा हातमा मोबाइल थामाइदियो, उनीहरू पनि भुलिने, आफ्नो काम पनि सहज रूपमा गर्न पाइने। घरमा रहँदा धेरैजसो समय यस्ता सामग्रीमा भुल्ने कारण उनीहरूमा अन्य समस्याका साथै दृष्टिदोष बढेको छ।
हुन त समयअनुसार हामी प्रविधिको सञ्जालबाट हामी भाग्न सक्दैनौँ, न त केटाकेटीलाई नै दूर राख्न सक्छौँ। प्रविधिबाट टाढा राख्ने हो भने बालबालिका यो प्रतिस्पर्धात्मक युगमा पछाडि पर्छन्। अर्को कुरा अचेल अध्ययन अनुसन्धानका लागि पनि इन्टरनेटको पहुँच अनिवार्यजस्तो भइसक्यो। त्यसैले बालिबालिकालाई कम्प्युटर, मोबाइलजस्ता सामग्रीबाट दूर राख्छु भन्नु असान्दर्भिक हुन्छ। यससँगै बालबालिकामा आएका स्वास्थ्य समस्यालाई पनि नजरअन्दाज गर्न भने सकिँदैन। आँखाको समस्यादेखि बढ्दो निस्क्रियताका कारण मोटोपना र त्यसले भविष्यमा निम्त्याउनसक्ने खतरा भयावह छ। कति देखिइरहेको पनि छ।
यहाँ मैले चर्चा गर्न लागेको विषय हो, मायोपिया। नजिकको अक्षर, चित्र वा कुनै वस्तु राम्रोसँग देख्ने तर टाढाकोलाई धमिलो देख्ने समस्यालाई चिकित्सकीय भाषामा ‘मायोपिया’ भनिन्छ। मायोपिया भएका केटाकेटीले टेलिभिजनमा देखिने दृश्य, कक्षाको ह्वाइट बोर्डमा लेखेको कुरा प्रष्टसँग देख्दैनन्। टाढाको वस्तु वा अक्षर हेर्दा आँखा चिम्म गर्छन्। ह्वाइट बोर्ड हेरेर भन्दा साथीको कपीबाट सार्न थाल्छन्।
कुनै पनि बच्चालाई मायोपिया भयो भन्ने थाहा पाउने शिक्षक हो। बच्चाले यस्तो व्यवहार देखायो भने शिक्षकले तुरुन्त अभिभावकलाई जानकारी दिने व्यवस्था गर्नुपर्छ। अभिभावकले पनि लेख्ने, पढ्ने र टीभी हेर्ने क्रममा बच्चाले कसरी हेर्छ भन्ने कुरामा विचार पुर्याइरहनुपर्छ। यस्तो समस्या भएको थाहा पाउनेवित्तिकै आँखा विशेषज्ञकहाँ लगिहाल्नुपर्छ। आँखा परीक्षण गराई चिकित्सकको सल्लाह लिनुपर्छ।
लक्षण
टाढाको वस्तु हेर्दा जोड दिने
टेलिभिजन हेर्न बस्दा अगाडि सर्ने
दृश्य धमिलो देखिने हुनाले आँखा चिम्सो पार्ने।
उपचार
मायोपिया भएको ठहर भएमा ‘माइनस’ पावरको चश्मा प्रयोग गर्न सकिन्छ। हाइपरमेट्रोपिया (आँखाको बनावट सानो भएर जाने) भएको रहेछ भने ‘प्लस’ पावरको लेन्सले सुधार गर्न सकिन्छ। समस्या ठीकसँग पहिचान गरी चिकित्सकको सल्लाहअनुसार उपयुक्त लेन्स भएको चश्मा लगाउनुपर्छ।
बच्ने उपाय
मोबाइल, ल्यापटप आदि हेर्दा वा पढ्दा निश्चित दूरीमा राख्न आवश्यक छ। वेलावेला आँखालाई आराम दिन पनि जरुरी छ। कोठामा उज्यालो भएको ठाउँमा बसेर पढ्ने, टेलिभिजन निश्चित दूरीमा बसेर हेर्ने, स्क्रिन चलाउन (हेर्न) निश्चित समय छुट्याउने गर्नाले आँखामा यस्तो समस्या आउँदैन। आँखा स्वस्थ राख्न भिटामिन ‘ए’युक्त खानेकुरा प्रशस्त खानुपर्छ। साथै समयमा समयमा आँखाको परीक्षण पनि गराउनुपर्छ।
आँखारोग विशेषज्ञ डा चौधरी बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालमा कार्यरत छिन्।
recent news
Celebrating 3rd World Pediatric Surgery Day: Commitment to Child Surgical Care at Ishan Hospital
Every child deserves safe and timely surgical care.As featured in Aarthik News Nepal, Ishan Children & Women’s Hospital remains dedicated to improving access to life-saving
View MoreIshan Hospital Medical Patra News
ईशान अस्पताल स्थापनाको तीन दशक पुरा (Ishan Children & Women's Hospital- Medical Patra News) काठमाडौं। ईशान बाल तथा महिला अस्पताल स्थापना भएको तीन दशक
View MoreIshan Hospital Kavre Press News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Kavre Press News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले
View MoreIshan Hospital Nepali Health News
नेपालको पहिलो निजी बाल अस्पताल ईशान ३० औँ वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Nepali Health News) काठमाडौँ, १० भदौ । नेपालकै पहिलो निजी
View MoreIshan Hospital Lokpath News
ईशान अस्पताल ३०औँ वर्षमा प्रवेश, बाल शल्यक्रियामा निकै सफलता हात पारेको दाबी (Ishan Children & Women's Hospital- Lokpath News) काठमाडौं । ईशान बाल तथा महिला
View MoreIshan Hospital Top Ten Khabar News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Top Ten Khabar News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला
View MoreIshan Hospital Mahila Swasthya News
ईशान बाल तथा महिला अस्पताल ३० औं वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Mahila Swasthya News) काठमाडौं । बसुन्धरास्थित ईशान बाल तथा महिला
View MoreIshan Hospital Farakpatra News
Ishan Hospital News Cover By Farakpatra ईशान अस्पतालको २९ औं बार्षिकोत्सब सम्पन्न, यसै वर्षंदेखि पेडियाट्रिक बोनम्यारो प्रत्यारोपण र सिटि स्क्यान सेवा सञ्चालनमा आउने १० भदौ
View More