६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं
काठमाडौं—२६ वर्षअघि नेपालका पहिलो बाल रोग शल्य चिकित्सक स्व डा. नारायण थापाको सपना थियो नेपालमा एउटा अन्तर्राष्ट्रियस्तरको बाल रोग अस्पताल बनाउने । त्यही सपनालाई साकार पार्ने उद्देश्यको सुरुवात उनले वि.सं. २०५२ सालमा नेपालमै पहिलोपटक गैर सरकारीस्तरबाट पहिलो बाल अस्पतालको रुपमा १५ बेडको इसान बाल नर्सिङ होम स्थापना गरे । उनको सपना सरकारी तवरमै त्यसमा पनि कान्ति बाल अस्पताललाई नै अन्तर्राष्ट्रियस्तरको सेवा दिने बाल अस्पतालको थियो । तर, उनलाई वि.सं. २०५१ मा कान्तिबाट जबरजस्त बाहिरिनुपर्ने बतावरण बनाइयो । कान्तिबाट बर्हिगमित भएतापनि उनले आफ्नो सपनालाई भने मर्न नदिने अठोट गरे । त्यसैको परिणाम स्वरुप इशान अस्पतालको जन्म भयो । कान्ति बाल अस्पतालबाट आफूलाई बाहिरिन बाध्य पारिएपछि इसान अस्पताल सुरु गरेको उनी बताउँथे । ‘कान्तिलाई नै एउटा अन्तर्राष्ट्रियस्तरको बाल सर्जरीसहितको अस्पताल बनाउने सोच थियो,’ उनले एक भेटमा हेल्थआवाजकर्मीसँग भनेका थिए, ‘मलाई जबजस्त निकालिएपछि इसान सुरु गरेको हुँ । यसलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिने अस्पताल बनाउने मेरो इच्छा हो ।’ विडम्बना डा. थापाले आफूले परिकल्पना गरेको अस्पतालको जग त हाले । तर, संचालन भएको देख्न पाएनन् । टोखा नगरपालिका–५ को श्रीटोलमा ६ रोपनी जग्गामा जग (पहिलो तला) बन्दाबन्दै गत वर्ष ३० कार्तिकमा कोभिड–१९ का कारण उनको मृत्यु भयो । उनको मृत्यु भएपछि उनको सपना पूरा गर्ने जिम्मा संगठनात्मक नेतृत्व (अस्पताल अध्यक्ष) उनकी श्रीमती जन थापाले सम्हालिन भने व्यवस्थापकीय नेतृत्व (अस्पताल निर्देशक) उनैका चेला अर्थात बाल रोग सर्जन प्रा.डा. रामानन्दन प्रसाद (आरपी) चौधरीले लिए । ‘राम्रो बाल अस्पताल बनाउने डा. थापाको ठूलो सपना थियो,’ अध्यक्ष थापाले भनिन्, ‘संरचना करिब–करिब बनिसकेको छ । अब यसले बाल तथा महिला रोग सम्बन्धी अन्तर्राष्ट्रियस्तरको सेवा दिनुपर्छ । अनि उहाँको सपना पूरा हुन्छ ।’ अध्यक्ष थापा आफूले बाध्यात्मक रुपमा नेतृत्व लिनुपर्ने अवस्था आइपरेतापनि अस्पतालका सेयरधनी र चिकित्सकहरुले पनि स्तरीय अस्पतालको सपनालाई आफ्नै ठानेर अगाडि बढेका कारण डा. थापाको सपना साकारको चरणमा पुगेको बताउँछिन् । अस्पतालमा अहिले ७१ जना सेयर धनी रहेका छन् । अस्पतालका निर्देशक डा. चौधरी यही वर्षबाट नयाँ अत्याधुनिक भवनबाट सेवा सुचारु गर्ने बताउँछन् । नयाँ संरचनामा अन्डरग्राउण्ड तीन तला र माथि ५ तला रहेका छन् । प्रशस्त पार्किङ सुविधा रहेको नयाँ संरचनामा बाल र महिला रोग सम्बन्धी सबै उपचार सेवा हुने डा. चौधरी बताउँछन् । ‘बाल तथा स्त्री रोगका सबै सेवा हामी एकै ठाउँबाट दिन्छौं,’ उनी भन्छन्, ‘नयाँ भवनबाट सेवा दिन थालेपछि हामी अन्य सुपरस्पेसलाइज सेवाका साथै आइभिएफ सेवा पनि सुरु गर्ने तयारीमा छौं ।’ ६० करोड बढी लगानी गरेर बनाइएको नयाँ संरचनाबाट सेवा दिनका लागि विभिन्न विधाका ७० ना कन्सल्टेन्ट विशेषज्ञ तयारी अवस्थामा राखिएको छ । नयाँ संरचनामा गएपछि छुट्टैं ब्लड बैंक सेवा, एमआरआई सेवा, सिटी सेवा थपिने छन् भने हाल संचालनमा रहेका ५ पिआईसीयु बढाएर ८ पिआईसीयु र ७ एनआईसीयुबाट १५ पु¥याउने तयारी भएको छ । साथै नयाँ संरचनामा १ सय बेड अस्पताल संचालन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको निर्देशक डा. चौधरीले जानकारी दिए ।
थप पढनुहोस: https://www.healthaawaj.com/news/44759/?fbclid=IwAR3IbGCriqhNiqwrwzaJdgCnloqvP52ZSvOD4nsw33rbzhQtQk3VE7PSHQA
recent news
Celebrating 3rd World Pediatric Surgery Day: Commitment to Child Surgical Care at Ishan Hospital
Every child deserves safe and timely surgical care.As featured in Aarthik News Nepal, Ishan Children & Women’s Hospital remains dedicated to improving access to life-saving
View MoreIshan Hospital Medical Patra News
ईशान अस्पताल स्थापनाको तीन दशक पुरा (Ishan Children & Women's Hospital- Medical Patra News) काठमाडौं। ईशान बाल तथा महिला अस्पताल स्थापना भएको तीन दशक
View MoreIshan Hospital Kavre Press News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Kavre Press News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले
View MoreIshan Hospital Nepali Health News
नेपालको पहिलो निजी बाल अस्पताल ईशान ३० औँ वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Nepali Health News) काठमाडौँ, १० भदौ । नेपालकै पहिलो निजी
View MoreIshan Hospital Lokpath News
ईशान अस्पताल ३०औँ वर्षमा प्रवेश, बाल शल्यक्रियामा निकै सफलता हात पारेको दाबी (Ishan Children & Women's Hospital- Lokpath News) काठमाडौं । ईशान बाल तथा महिला
View MoreIshan Hospital Top Ten Khabar News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Top Ten Khabar News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला
View MoreIshan Hospital Mahila Swasthya News
ईशान बाल तथा महिला अस्पताल ३० औं वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Mahila Swasthya News) काठमाडौं । बसुन्धरास्थित ईशान बाल तथा महिला
View MoreIshan Hospital Farakpatra News
Ishan Hospital News Cover By Farakpatra ईशान अस्पतालको २९ औं बार्षिकोत्सब सम्पन्न, यसै वर्षंदेखि पेडियाट्रिक बोनम्यारो प्रत्यारोपण र सिटि स्क्यान सेवा सञ्चालनमा आउने १० भदौ
View More