स्तनपान नगराएका बच्चामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ
डा आरपी चौधरी
हरेक वर्ष अगस्ट १ देखि ७ गतेसम्म विश्व स्तनपान सप्ताह मनाउने गरिन्छ । नेपालमा पनि यो सप्ताह विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाउने गरिएको छ । स्तनपानको महत्वकोबारेमा कुरा गर्दा बच्चाका लागि स्तनपान भनेको अमृत समान हो । भर्खर जन्मेको बच्चाले रोग प्रतिरोधी क्षमता आफै विकास गर्न नसक्ने भएकाले पनि ६ महिनासम्म आमाको दूध मात्र खुवाउँदा त्यही आमाको दूधबाट नै बच्चाले रोगसँग लड्ने क्षमता प्राप्त गर्छ । त्यसैले हरेक आमाले आफनो बच्चालाई ६ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्छ । अर्को कुरा आमाको दूधमा प्राकृतिक रुपमै बच्चालाई चाहिने मात्रामा फ्याट, प्रोटिन लगायतका सम्पूर्ण सुक्ष्म तत्वहरु पाइन्छन् जुन अन्य फर्मुला दूधमा पाइँदैन्। त्यसैले पनि आमाले प्रकृतिले नै दिएको र बच्चालाई विभिन्न रोग लाग्नबाट जोगाउनका लागि स्तनपान गराउन आवश्यक छ ।
पछिल्लो समय शहरी क्षेत्रहरुमा केही आमाहरूले शिशुलाई स्तनपान नगराउने वा गराएपनि थप खानेकुरा खुवाउँदा बालबालिकाको स्वास्थ्यमा समस्या देखिने क्रम बढेको पाइन्छ । शरीर बिग्रने डरले पनि आमाहरुले स्तनपान गराउन हिच्किचाएको पाइन्छ । तर यो सरासर भ्रम मात्र हो । कुनै पनि आमाले बच्चालाई स्तनपान गराउँदा शरीर बिग्रने वा स्तन झोलिने समस्या हुँदैन । स्तनपान गराउन छोडेपछि पुन: स्तन आफनो पहिलेकै सेपमा आउँछ । यो प्राकृतिक कुरा हो । तर धेरैले यो कुरा नबुझेको जस्तो लाग्छ ।
उता स्तनपान गराउँदा आमा र बच्चाको सम्बन्ध पनि निकै मजबुत हुने गर्छ । साथै बालबालिकाले आफुलाई सुरक्षित महसुश गर्छन । आमाहरुले के कुरामा ख्याल गर्नुपर्छ भने स्तनपान गर्न पाउनु बच्चाको पनि हक हो । यसले उसलाई भविष्यमा स्वस्थ रहन सहयोग गर्छ । स्तानपान गराएका र नगराएका बच्चाको तुलना गर्ने हो भने स्तनपान नगरेका बच्चाहरुलाई सानो हुँदै बिरामी परिरहने त छँदैछ पछि ठूलो भइसकेपछि पनि रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा छिटै रोगले समात्ने हुन्छ । उनीहरु शारीरिक रुपमा कमजोर हुन्छन्। बच्चालाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुलाई पूर्ण स्तनपान भन्ने गरिन्छ । यो बेला लिटो वा अन्य कुनै पनि दूध खुवाउनुपर्दैन । तर ६ महिनापछि भने आमाको दूधसँगै अन्य खानेकुराहरु पनि खुवाउँदै लैजानुपर्छ । साथै स्तनपान पनि गराउन जरुरी हुन्छ ।
आमाले स्तनपान गराउँदा परिवारमा आर्थिक भार पनि कम हुन्छ । बच्चाका लागि बनाइएको फर्मुला दूध महंगा छन् । यसले यो किनेर खुवाउँदा पैसाको नास त छँदैछ यसले बच्चालाई रोगी समेत बनाइरहेको हुन्छ किन की यस्ता दूधमा चिनीको मात्रा बढी हुने गर्छ । यसले गर्दा बच्चा मोटोपनको शिकार बन्न पुग्छन्।
स्तनपान गराएका आमाहरुमा स्तन क्यान्सरको जोखिम कम हुने कुरा विभिन्न अध्ययनहरुले देखाइसकेका छन्। महिलाले पूर्ण स्तनपान गराउँदा यो समयमा परिवार नियोजनको समेत काम गर्छ । अर्थात गर्भ रहने सम्भावना कम हुन्छ । त्यसैले पनि स्तनपानले बच्चालाई मात्र हैन आमालाई पनि स्वस्थ रहनका लागि सहयोग पुग्ने हुँदा आफनो बच्चाका लागि अमृत सरहको दूध खुवाउन कन्जुस्याइँ नगरौं ।
(डा चौधरी वरिष्ठ बाल रोग विशेषज्ञ तथा ईशान बाल तथा महिला अस्पतालका कार्यकारी निर्देशक हुन्।)
Source- https://healthtvonline.com/health-tips/2021/08/37002/
recent news
Celebrating 3rd World Pediatric Surgery Day: Commitment to Child Surgical Care at Ishan Hospital
Every child deserves safe and timely surgical care.As featured in Aarthik News Nepal, Ishan Children & Women’s Hospital remains dedicated to improving access to life-saving
View MoreIshan Hospital Medical Patra News
ईशान अस्पताल स्थापनाको तीन दशक पुरा (Ishan Children & Women's Hospital- Medical Patra News) काठमाडौं। ईशान बाल तथा महिला अस्पताल स्थापना भएको तीन दशक
View MoreIshan Hospital Kavre Press News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Kavre Press News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले
View MoreIshan Hospital Nepali Health News
नेपालको पहिलो निजी बाल अस्पताल ईशान ३० औँ वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Nepali Health News) काठमाडौँ, १० भदौ । नेपालकै पहिलो निजी
View MoreIshan Hospital Lokpath News
ईशान अस्पताल ३०औँ वर्षमा प्रवेश, बाल शल्यक्रियामा निकै सफलता हात पारेको दाबी (Ishan Children & Women's Hospital- Lokpath News) काठमाडौं । ईशान बाल तथा महिला
View MoreIshan Hospital Top Ten Khabar News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Top Ten Khabar News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला
View MoreIshan Hospital Mahila Swasthya News
ईशान बाल तथा महिला अस्पताल ३० औं वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Mahila Swasthya News) काठमाडौं । बसुन्धरास्थित ईशान बाल तथा महिला
View MoreIshan Hospital Farakpatra News
Ishan Hospital News Cover By Farakpatra ईशान अस्पतालको २९ औं बार्षिकोत्सब सम्पन्न, यसै वर्षंदेखि पेडियाट्रिक बोनम्यारो प्रत्यारोपण र सिटि स्क्यान सेवा सञ्चालनमा आउने १० भदौ
View More