ढिलो विवाहले ल्याउँदैछ बाँझोपनको समस्या
गर्भनिरोधको कुनै पनि साधन प्रयोग नगरेको र सन्तान प्राप्तिका लागि लगातार एक वर्षसम्म प्रयत्न गर्दा पनि सन्तान भएन भने यस्तो अवस्थालाई बाँझोपन भनिन्छ।
पुरुष तथा महिलामा किन हुन्छ बाँझोपन
अध्ययनअनुसार बाँझोपनको ५० प्रतिशत कारणहरु महिलामा र ५० प्रतिशत नै कारण पुरुषमा पाइएको छ ।महिलामा बाँझोपन आउनुका मुख्य कारणहरुमा डिम्बको विकास समयमै हुन नसक्नु, अनियमित महिनावारी, डिम्बवाहिनी नलीको विकास हुन नसक्नु तथा रोगका कारण साँघुरिनु वा टालिनु हुन् । डिम्बवाहिनी नली बन्द हुनुमा नलीभित्र गाँठाहरु आउनु, टी.बी.लगायत अन्य विभिन्न यौनरोगको संक्रमण पनि हुन सक्छ ।
पुरुषहरुमा बिभिन्न कारणहरुले गर्दा बाँझोपनको समस्या देखिन सक्छ । शुक्रकीटको उत्पादन कम भएमा, वीर्यवाहिनी नलीमा ट्युमर वा यौनरोग संक्रमणका कारण बन्द भएमा सन्तान प्राप्तिमा असर पर्छ । त्यस्तैगरी हर्निया, हाइड्रोसिलको अप्रेसन गरेको अवस्थामा शुक्रवाहिनी नलीमा असर पुग्न सक्छ ।
शरीरको विकास क्रममा पुरुष हर्मोन विकास हुने बेलामा हर्मोन असन्तुलित हुँदा अण्डकोषको विकास हुँदैन । यस्तै आमाको पेटमा हुँदा अण्डकोष शरीरभित्र हुन्छ र जन्मिदा बाहिर आउँछ तर कसैकसैमा बाहिर नआई भित्रै बस्छ र कसैमा आधा भित्र र आधा बाहिर हुन्छ । यस्तो अवस्थामा पनि पुरुष सन्तान उत्पादनका लागि सक्षम हुँदैन ।
बाँझोपन भएको कसरी थाहा पाउने?
२० देखि ३० प्रतिशतमा थाहा नभएका कारणले बाँझोपन हुन्छ। यसमा अन्य थप जाँच गर्नुपर्ने हुन्छ। यसमा क्रोमोजोम हेर्नुपर्ने, अन्य हार्मोनहरूको पनि जाँच गर्नुपर्छ।
यसले कतिपय कारण पत्ता लाग्छ, कतिपय पत्ता लाग्दैन। पत्ता नलाग्ने समस्या भनेको अलिकति श्रीमानको समस्या, अलिकति श्रीमतीको समस्या जुधेर पनि भएको हुन्छ। यस्तो अवस्थामा आकस्मिकरूपमा पछि आफैँ बच्चा हुन पनि सक्छ। तर, लामो समयसम्म पनि कारण थाहा छैन भने कृत्रिम गर्भाधानपछि भने बच्चा हुने सम्भावना बढ्दो हुन्छ। त्यसमा पनि एकैपटकमा सफल नहुन सक्छ कोसिस गरिरहनुपर्छ।
बाझोपन २ प्रकारको हुन्छ,
१) primary infertility : जोडीहरु जो कम्तिमा १ वर्षसम्म गर्भधारण गर्नु भएन भने
२) secondary infertility : १ पटक गर्भवती हुने क्षमता भएको, तर अब असमर्थ छ भने
बाँझोपनको उपचार
पछिल्लो अवस्थामा के कारणले बच्चा नभएको हो, त्यसको जाँच गर्नुपर्ने हुन्छ। र, त्यो थाहा पाएपछि कारण पत्ता लगाएर उपचार गर्नुपर्छ।
शुक्रकीटको खराबी छ भने त्यो बढाउन लाग्ने। बढ्न सकेन भने श्रीमानको शुक्रकीट लिएर कृत्रिम गर्भाधान गर्ने। धेरै नै कम छ भने श्रीमानकै शुक्रकीट लिएर टेस्ट ट्युब बेबी जन्माउन सकिन्छ। श्रीमतीको डिम्ब नै नबन्ने छ भने डिम्ब बन्ने औषधि प्रयोग गरेर बच्चा जन्माउन सकिन्छ।
Source: https://mahilaswasthya.com/detail/6576
recent news
Celebrating 3rd World Pediatric Surgery Day: Commitment to Child Surgical Care at Ishan Hospital
Every child deserves safe and timely surgical care.As featured in Aarthik News Nepal, Ishan Children & Women’s Hospital remains dedicated to improving access to life-saving
View MoreIshan Hospital Medical Patra News
ईशान अस्पताल स्थापनाको तीन दशक पुरा (Ishan Children & Women's Hospital- Medical Patra News) काठमाडौं। ईशान बाल तथा महिला अस्पताल स्थापना भएको तीन दशक
View MoreIshan Hospital Kavre Press News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Kavre Press News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले
View MoreIshan Hospital Nepali Health News
नेपालको पहिलो निजी बाल अस्पताल ईशान ३० औँ वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Nepali Health News) काठमाडौँ, १० भदौ । नेपालकै पहिलो निजी
View MoreIshan Hospital Lokpath News
ईशान अस्पताल ३०औँ वर्षमा प्रवेश, बाल शल्यक्रियामा निकै सफलता हात पारेको दाबी (Ishan Children & Women's Hospital- Lokpath News) काठमाडौं । ईशान बाल तथा महिला
View MoreIshan Hospital Top Ten Khabar News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Top Ten Khabar News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला
View MoreIshan Hospital Mahila Swasthya News
ईशान बाल तथा महिला अस्पताल ३० औं वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Mahila Swasthya News) काठमाडौं । बसुन्धरास्थित ईशान बाल तथा महिला
View MoreIshan Hospital Farakpatra News
Ishan Hospital News Cover By Farakpatra ईशान अस्पतालको २९ औं बार्षिकोत्सब सम्पन्न, यसै वर्षंदेखि पेडियाट्रिक बोनम्यारो प्रत्यारोपण र सिटि स्क्यान सेवा सञ्चालनमा आउने १० भदौ
View More