जाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान
जाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान
हेल्थ टिप्स
चिसो बढेसँगै सिजनल फ्लुका बिरामी पनि बढ्न थालेका छन् । यो समयमा चिसोका कारण बालबालिकाको शरीरको तापक्रम पनि घट्दै जाने हुन्छ । जसका कारण रुघाखोकीजस्ता सामान्यदेखि घातक रोगसमेत लाग्ने जोखिम हुन्छ । मानिसले बच्चालाई न्यानो कपडा लगाइदिए पनि टोपी तथा मोजा लगाउन बिर्सेका हुन्छन् ।
पैताला र टाउको खुला हुँदा त्यहीँबाट शरीरमा चिसो पसेर रुघाखोकी लाग्न सक्ने भएकाले यसतर्फ विशेष ध्यान पुर्याउन जरुरी छ । रुघाखोकी समयमै उपचार गरिएन भने यसले नवजात शिशुलाई थप कमजोर बनाउँछ । बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले फ्लु सर्ने जोखिम पनि ज्यादा रहन्छ ।
फ्लुका लक्षण
- अचानक ज्वरो आउने ।
- नाकबाट पानी बग्ने । रुघाखोकी लाग्ने ।
- छिटोछिटो श्वास फेर्ने, श्वासप्रश्वासमा समस्या
- घ्यारघ्यार हुने ।
- ओठ, जिब्रो निलो भएर जाने ।
- छाला फुट्ने, सुक्खा हुने, चिरिने, एलर्जी हुने ।
- बच्चाले आमाको दूध नखाने, रुने ।
- बान्ता गर्ने ।
कस्ता समस्या देखिन्छ ?
श्वासप्रश्वासमा समस्या
जाडो मौसममा बालबालिकामा श्वासप्रश्वासमा बढी समस्या देखिन्छ । यो समयमा रुघाखोकी लाग्ने, निमोनिया हुनेलगायतका समस्या देखिन्छन् । धुलोधुवाँ, प्रदूषणका कारणले यस्ता समस्या देखिने हुन्छ ।
छालाको समस्या
चिसोमा बालबालिकामा छालाको समस्या बढी देखिन्छ । छाला सुक्खा हुने, फुस्रो हुने, फुट्ने, चिरा पर्ने, एलर्जी हुने हुन्छ ।
अन्य समस्या
चिसो मौसममा न्यानो गराउनका लागि बालबालिकालाई हिटर, दाउरा बाल्ने, हट ब्यागले सेक्ने गरिन्छ । तर, कहिलेकाहीँ तातोले बालबालिकालाई पोल्ने, विपत्ति निम्तिन सक्ने जोखिम हुने भएकाले विशेष सतर्क रहन जरुरी छ ।
के गर्ने ?
- बालबालिकामा समस्या देखिएमा जथाभावी औषधिको प्रयोग नगर्ने ।
- कुनै पनि समस्या देखिएमा हेलचेक्र्याइँ नगर्ने । तुरुन्तै अस्पताल लैजाने ।
- चिसोमा बालबालिकालाई बिहान–बेलुका बाहिर नलैजाने । लिएर जानुपर्दा टाउकोदेखि पैतालासम्म शरीर ढाक्ने कपडा लगाएर न्यानो बनाई लैजाने ।
- खानपिनमा ध्यान दिने । पोषिलो, झोलिलोपदार्थ खुवाउने ।
- भिटामिनयुक्त फलफूल प्रशस्त खुवाउने ।
- सिजनल फ्लुबाट बच्न भ्याक्सिन लगाउने ।
- रुघा लागेको अन्य व्यक्तिबाट बच्ने । प्mलु लागेको व्यक्तिसँगको सम्पर्कले एकअर्कामा सर्न सक्ने सम्भावना हुन्छ ।
- सरसफाइमा ध्यान दिने ।
- चिसोले छाला फुस्रो हुने, फुट्ने, चिरा पर्ने हुँदा मोस्चराइजर क्रिम लगाउने ।
recent news
Ishan Hospital Medical Patra News
ईशान अस्पताल स्थापनाको तीन दशक पुरा (Ishan Children & Women's Hospital- Medical Patra News) काठमाडौं। ईशान बाल तथा महिला अस्पताल स्थापना भएको तीन दशक
View MoreIshan Hospital Kavre Press News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Kavre Press News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले
View MoreIshan Hospital Nepali Health News
नेपालको पहिलो निजी बाल अस्पताल ईशान ३० औँ वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Nepali Health News) काठमाडौँ, १० भदौ । नेपालकै पहिलो निजी
View MoreIshan Hospital Lokpath News
ईशान अस्पताल ३०औँ वर्षमा प्रवेश, बाल शल्यक्रियामा निकै सफलता हात पारेको दाबी (Ishan Children & Women's Hospital- Lokpath News) काठमाडौं । ईशान बाल तथा महिला
View MoreIshan Hospital Top Ten Khabar News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Top Ten Khabar News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला
View MoreIshan Hospital Mahila Swasthya News
ईशान बाल तथा महिला अस्पताल ३० औं वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Mahila Swasthya News) काठमाडौं । बसुन्धरास्थित ईशान बाल तथा महिला
View MoreIshan Hospital Farakpatra News
Ishan Hospital News Cover By Farakpatra ईशान अस्पतालको २९ औं बार्षिकोत्सब सम्पन्न, यसै वर्षंदेखि पेडियाट्रिक बोनम्यारो प्रत्यारोपण र सिटि स्क्यान सेवा सञ्चालनमा आउने १० भदौ
View Moreनेपालका दुई आँखा रोग विशेषज्ञ महिला सम्मानित
https://healthnewsnepal.com/news/eye-disease-women/
View Moreईशान बाल तथा महिला अस्पताल र स्वास्थ्य क्षेत्रमा मेरो अनुभूति: प्रा.डा. रामनन्दन प्रसाद चौधरी
https://www.swasthyadarpannews.com/news/16984
View More