कोरोना संक्रमित १ वर्षकी बालिकाको ईशान बाल अस्पतालमा सफल शल्यक्रिया
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना भाइरस संक्रमित १ वर्षकी बालिकाको काठमाडौंको बसुन्धरामा रहेको ईशान बाल तथा महिला अस्पतालमा सफल शल्यक्रिया भएको छ । केही दिनदेखि बालिकालाई पेट दुख्ने र लगातार रोइरहने भएपछि उनका बाबुआमाले शनिबार इशान बाल अस्पताल लगेका थिए ।
अस्पतालका निर्देशक एवं वरिष्ठ बाल शल्य चिकित्सक डा आर पी चौधरीले बालिकामा अस्पताल आउने बेलामा सानो आन्द्रा ठूलो आन्द्रामा गई बल्झिन पुगेपछि समस्या भएको बताए । यो समस्यालाई मेडिकल भाषामा ‘इन्टससेप्सन’ भनिन्छ । यस्तो केसमा हामीले इमरजेन्सी रुपमै शल्यक्रिया गर्नुपर्नुपर्ने हुन्छ डा चोधरीले भने ।
त्यसैले ढिला गरेमा बालिकाको ज्यानै जाने अवस्था भएकाले अस्पतालले उनलाई कोरोना रिपोर्ट नकुरेरै सावधानी अपनाउँदै शल्यक्रिया गर्ने निर्णय गरेको उनको भनाई छ । केही घण्टा मात्रै ढिला भएको भए आन्द्रामा प्वाल पर्न गई बालिकाको ज्यानै जान सक्थ्यो डा चौधरीले भने ।
बालिकाको पीसीआरको लागि स्वाब लिएर परीक्षणको लागि भने पठाइएको थियो । शल्यक्रिया सफल भयो तर भोलिपल्ट बालिकाको रिपोर्ट कोरोना पोजेटिभ आएको डा चौधरीले बताए । बालिकालाई कोरोना देखिएपछि सावधानी अपनाएको भए पनि त्यसमा प्रत्यक्ष सलंग्न स्वास्थ्यकर्मीलाई भने अस्पतालमै क्वारेन्टाइनमा राखिएको छ । ५ दिन पुगेपछि परीक्षण गरेर मात्र उनीहरु सेवामा फर्किने अस्पतालले जनाएको छ । उता अस्पतालले बालिकामा कोरोना पोजेटिभ देखिएपछि स्रोत पत्ता लगाउनका लागि आमा बाबुको परीक्षण गर्दा अर्को दिन बाबु आमा दुबै जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जनाएको छ ।
अहिले बालिकाको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज गरेर घर पठाइएको छ ।
recent news
ईशान बाल तथा महिला अस्पतालको सञ्चालक समितिमा नौँ जना निर्वाचित
काठमाडौँ, ४ पुस । बसुन्धारास्थित ईशान बाल तथा महिला अस्पताल प्रालिमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । शनिबार सम्पन्न अस्पतालको २७ औँ बार्षिक
View Moreजाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान
जाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान हेल्थ टिप्स प्रा.डा. आरपी चौधरी प्रमुख बाल सर्जन ईशान बाल तथा महिला अस्पताल चिसो बढेसँगै सिजनल फ्लुका बिरामी पनि बढ्न थालेका
View More‘ईशान : सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ’
‘ईशान : सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ’ नयाँ भवनमा सरेपछि उपचारका लागि आउने विरामीको संख्या झण्डै दोब्बरले बढ्यो आज भन्दा २८
View Moreईशान बाल तथा महिला अस्पताल २७ औँ वर्षमा प्रवेश : बोनम्यारो ट्रान्सप्लान्टको सेवा दिने तयारीमा (फोटो फिचरसहित)
https://www.farakpatra.com/2022/09/01/24805/?fbclid=IwAR2ioWco9tExDpY8ytdR9sy_HsFLEB4aaW61z2dVfkOr9cCES4kKA-Fa5VE
View Moreविभिन्न व्यक्तिलाई ‘कर्पोरट अनर अवार्ड’ प्रदान
https://www.souryaonline.com/2022/09/489331.html
View More