ईशान बाल तथा महिला अस्पताल २६ औँ वर्षमा प्रवेश
हेल्थ टिभी अनलाइन \काठमाडौं : निजी क्षेत्रको पहिलो ईशान बाल तथा महिला अस्पताल आज २६ औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसर पारेर अस्पतालले नयाँ बनेको भवनमा मन्दिर स्थापना गरेको छ ।
बालबालिकाको उपचारका लागि सरकारी स्तरको कान्ति बाल अस्पताल मात्र भएका बेला विं सं २०५२ सालको कृष्णअष्टमीको दिनमा बालबालिकाको उपचारमा सबैको पहुँच र उपचार सहज होस भन्ने उद्देस्यले ईशान बाल नर्सिङ होमका नाममा अस्पताल स्थापना भएको थियो । पछि यसको नाम परिवर्तन गरी ईशान बाल तथा महिला अस्पताल राखिएको अस्पतालका कार्यकारी निर्देशक डा आरपी चौधरीले बताए । उनले कोरोना महामारीको संक्रमणको जोखिमका कारण अस्पताल परिसरमा सानो पूजा गर्दै मन्दिर स्थापना गरेर वार्षिकोत्सव मनाएको जनाए ।

डा चौधरीले १५ बेडबाट शुरु भएको अस्पतालले आफना सेवाहरु बिस्तार गर्दै १ सय बेडबाट बालबालिका तथा महिलाको सेवा दिन सुरु गर्ने तयारी गरेको समेत जानकारी दिए । अस्पतालले वर्षेनी ७ सयभन्दा बढी बालबालिकाको जटिल किसिमका शल्यक्रिया गर्दै आएको पनि उनले जिकीर गरे ।
अस्पतालका संस्थापक अध्यक्ष डा नारायण बहादुर थापा थिए । उनको तीन महिनाअघि मात्र निधन भएको थियो ।
Source: https://healthtvonline.com/health-news/2021/08/37449/?fbclid=IwAR3F4XrIzR7Qs0mVzaNtdK5BMfd-qUfe4oRI2Voyz5mPGJAzUaWEafSwmAs
recent news
अन्तर्राष्ट्रिय सम्मेलन लगत्तै संघले गर्यो अन्तर्राष्ट्रिय स्तरको बाल शल्य चिकित्सा सम्वन्धी दुईवटा कार्यशाला
अन्तर्राष्ट्रिय सम्मेलन लगत्तै संघले गर्यो अन्तर्राष्ट्रिय स्तरको बाल शल्य चिकित्सा सम्वन्धी दुईवटा कार्यशाला – Nepali Health
View Moreशिशुको शल्यक्रियाबारे भ्रम र यथार्थ
शिशुको शल्यक्रियाबारे भ्रम र यथार्थ | News from Nepal - Ratopati
View Moreईशान बाल तथा महिला अस्पतालको सञ्चालक समितिमा नौँ जना निर्वाचित
काठमाडौँ, ४ पुस । बसुन्धारास्थित ईशान बाल तथा महिला अस्पताल प्रालिमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । शनिबार सम्पन्न अस्पतालको २७ औँ बार्षिक
View Moreजाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान
जाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान हेल्थ टिप्स प्रा.डा. आरपी चौधरी प्रमुख बाल सर्जन ईशान बाल तथा महिला अस्पताल चिसो बढेसँगै सिजनल फ्लुका बिरामी पनि बढ्न थालेका
View More‘ईशान : सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ’
‘ईशान : सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ’ नयाँ भवनमा सरेपछि उपचारका लागि आउने विरामीको संख्या झण्डै दोब्बरले बढ्यो आज भन्दा २८
View More