ईशान बाल अस्पतालमा गरियो जन्मिँदै आन्द्रा बाहिर भएको शिशुको जटिल शल्यक्रिया
कल्पना आचार्य \काठमाडौं: कोरोनाका कारण देश लकडाउन छ। शहर सुनसान छ । यातायात,व्यापार, व्यवसाय, कलेज, विश्वविद्यालय बजार सबै ठप्प छ । अस्पतालमा पनि आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । यही लकडाउनका बेला ईशान बाल तथा महिला अस्पतालमा एक नवजात शिशुको जटिल शल्यक्रिया गरी बचाइएको छ । जन्मदैं आन्द्रा बाहिर भएका धादिङका शिशुको शल्यक्रिया गरेर बचाइएको हो ।
हिजो मंगलबार बिहान जन्मिएका शिशुको जन्मिदै पेटमा प्वाल परेर आन्द्रा बाहिर निस्केको थियो । अस्पतालले तुरुन्त काठमाडौं लैजान भने पनि धादिङको विकट गाउँका उनलाई लकडाउनका कारण जन्मेको १४ घण्टापछि काठमाडौको ईशान अस्पताल ल्याइएको थियो ।
अस्पतालका कार्यकारी निर्देशक एवं वरिष्ठ बाल शल्य चिकित्सक डा आर पी चौधरीले लकडाउनका कारण शिशु ढिला गरी अस्पताल आएको तर शल्यक्रिया भने सफल भएको बताए । उनले भने, ‘यस्तो केसमा शिशुलाई जति छिटो शल्यक्रिया गर्न सकियो त्यति नै शल्यक्रिया सफल हुन्छ । तर लकडाउनका कारण उहाँहरु आउन ढिला भयो तर पनि हामीले बच्चाको शल्यक्रिया गरेर आन्द्रा भित्र राख्न सफल भएका छौं।’ तर उनले अझै बच्चालाई केही दिन अस्पतालमै राख्न पर्ने बताए।
बाहिर निस्किएको आन्द्रा फुलिएको हुनाले एउटा शल्यक्रियामा सबै एकैपटक भित्र राख्न नसकिने र केही दिनपछि अर्को शल्यक्रिया गरेर बाँकी आन्द्रा भित्र राखिनेछ उनले भने । यस्तो समस्या १० लाख शिशुमा एक जनालाई हुने डा चौधरी बताउँछन्।
recent news
ईशान बाल तथा महिला अस्पतालको सञ्चालक समितिमा नौँ जना निर्वाचित
काठमाडौँ, ४ पुस । बसुन्धारास्थित ईशान बाल तथा महिला अस्पताल प्रालिमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । शनिबार सम्पन्न अस्पतालको २७ औँ बार्षिक
View Moreजाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान
जाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान हेल्थ टिप्स प्रा.डा. आरपी चौधरी प्रमुख बाल सर्जन ईशान बाल तथा महिला अस्पताल चिसो बढेसँगै सिजनल फ्लुका बिरामी पनि बढ्न थालेका
View More‘ईशान : सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ’
‘ईशान : सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ’ नयाँ भवनमा सरेपछि उपचारका लागि आउने विरामीको संख्या झण्डै दोब्बरले बढ्यो आज भन्दा २८
View Moreईशान बाल तथा महिला अस्पताल २७ औँ वर्षमा प्रवेश : बोनम्यारो ट्रान्सप्लान्टको सेवा दिने तयारीमा (फोटो फिचरसहित)
https://www.farakpatra.com/2022/09/01/24805/?fbclid=IwAR2ioWco9tExDpY8ytdR9sy_HsFLEB4aaW61z2dVfkOr9cCES4kKA-Fa5VE
View Moreविभिन्न व्यक्तिलाई ‘कर्पोरट अनर अवार्ड’ प्रदान
https://www.souryaonline.com/2022/09/489331.html
View More