News And Events

With a team of dedicated anesthesiologists, working in close cohesion with the surgeons; this department takes care of surgical patients with anesthesia needs.

ईशान बाल तथा महिला अस्पतालको सञ्चालक समितिमा नौँ जना निर्वाचित

 

Ishan Hospital – April 29, 2026

काठमाडौँ, ४ पुस ।  बसुन्धारास्थित ईशान बाल तथा महिला अस्पताल प्रालिमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ ।

शनिबार सम्पन्न अस्पतालको २७ औँ बार्षिक साधारण तथा सातौ अधिवेशनबाट नौ जना सदस्य सञ्चालक समितिमा निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेहरुमा श्रीमती जन थापा क्षेत्री, डा गिता गुरुङ, डा रामनन्दनप्रसाद चौधरी रहेका छन् । यस्तै प्रविश नरसिंह रायमाझी, निभेषमान श्रेष्ठ, डा मोहनकुमार प्रसाई र डा मिनु चौधरी पनि निर्वाचित भएका छन् । यसैगरी डा राकेशकुमार साह र डा रमेशप्रसाद सिंह पनि निर्वाचित भएका छन् ।

चार वर्षका लागि निर्वाचित अब यिनै सदस्यहरुबाट अध्यक्ष, अस्पताल निर्देशक र अन्य उपसमिति संयोजक चयन हुनेछन् ।  त्यसका लागि अस्पतालले आगामी १० पुसको दिन तोकेको छ ।

विसं २०५२ सालमा स्थापित यस अस्पताल नेपालकै पहिलो निजी बाल अस्पताल हो ।

कुल ७३ जना शेयर सदस्य रहेको यस अस्पतालमा सञ्चालक समितिमा आउनका लागि १६ जनाले उम्मेद्धारी दिएका थिए । तर दुई जनाले आफ्नो उम्मेद्धारी फिर्ता लिएपछि निर्वाचनमा १४ जना होमिएका थिए । त्यसमध्ये अधिकतम भोट ल्याउनेहरु निर्वाचित भएका हुन् ।

Ishan Hospital – April 29, 2026

विसं २०५२ साल कृष्णाष्टमीको दिनमा नेपालको पहिलो गैरसरकारी बाल अस्पतालको रुपमा स्थापित ईशान बाल नर्सिङ् होम प्रा.लि १५ बेडबाट शुरु भई हालको ईशान बाल तथा महिला अस्पताल प्रा.लिको रुपमा सेवा दिदै आएको छ ।

विगत २७ वर्षसम्म भाडाको घरमा उपचार सेवा दिइरहेको ईशानले गत बैशाख २४ देखि आफ्नै अत्याधुनिक भवनबाट सेवा दिईरहेको छ ।

Source : https://www.nepalihealth.com/2022/12/19/73905/?fbclid=IwAR0jmjXxVhhQH6-K75oc-u1bko7-LYautX5lphyd33m0in8klY4b5jBsYGs

 

recent news


department

Celebrating 3rd World Pediatric Surgery Day: Commitment to Child Surgical Care at Ishan Hospital

Every child deserves safe and timely surgical care.As featured in Aarthik News Nepal, Ishan Children & Women’s Hospital remains dedicated to improving access to life-saving

View More
department

Ishan Hospital Medical Patra News

ईशान अस्पताल स्थापनाको तीन दशक पुरा (Ishan Children & Women's Hospital- Medical Patra News)   काठमाडौं। ईशान बाल तथा महिला अस्पताल स्थापना भएको तीन दशक

View More
department

Ishan Hospital Kavre Press News

बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Kavre Press News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले

View More
department

Ishan Hospital Nepali Health News

नेपालको पहिलो निजी बाल अस्पताल ईशान ३० औँ वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Nepali Health News) काठमाडौँ, १० भदौ । नेपालकै पहिलो निजी

View More
department

Ishan Hospital Lokpath News

ईशान अस्पताल ३०औँ वर्षमा प्रवेश, बाल शल्यक्रियामा निकै सफलता हात पारेको दाबी (Ishan Children & Women's Hospital- Lokpath News) काठमाडौं । ईशान बाल तथा महिला

View More
department

Ishan Hospital Top Ten Khabar News

बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Top Ten Khabar News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला

View More
department

Ishan Hospital Mahila Swasthya News

ईशान बाल तथा महिला अस्पताल ३० औं वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Mahila Swasthya News)   काठमाडौं । बसुन्धरास्थित ईशान बाल तथा महिला

View More
department

Ishan Hospital Farakpatra News

Ishan Hospital News Cover By Farakpatra ईशान अस्पतालको २९ औं बार्षिकोत्सब सम्पन्न, यसै वर्षंदेखि पेडियाट्रिक बोनम्यारो प्रत्यारोपण र सिटि स्क्यान सेवा सञ्चालनमा आउने १० भदौ

View More
Quick Enquiry Get an Appointment
Back
WhatsApp
// //