इशान अस्पताल २८ वर्षमा प्रवेश, बालबालिकाहरुको बोनम्यारो प्रत्यारोपण सेवाको अन्तिम तयारी
शुक्रबार अस्पतालको २७ औँ बार्षिकोत्सवको अवसरमा सो जानकारी गराएको हो।
अस्पतालका निर्देशक प्राडा रामानन्दनप्रसाद (आरपी) चौधरीले बाल उपचारको क्षेत्रमा विशिष्ठ पहिचान बनाएको अस्पतालले नेपालकै लागि नयाँ सेवा थप्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।
उनले भने नेपालमा अहिलेसम्म बालबालिकाहरुको बोनम्यारो ट्रान्सप्लान्ट भएको छैन्। हामीले यो सेवा छिटै नै सुरु गर्दैछौँ। जनशक्ति व्यवस्थापन सँगै आवश्यक उपकरण र पूर्वाधार निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ,।’
नेपालमा युवा तथा प्रौड व्यक्तिको लागि बोनम्यारो प्रत्यारोपण वा निजामति अस्पतालमा मात्र भइरहेको छ । बालबालिकाहरुको लागि बोनम्यारो प्रत्यारोपण गर्न नेपाल बाहीर जानु पर्ने बाध्यता भएको बताए।

अस्पतालले निसन्तान दम्पतीका लागि आईभीएफ सेवा समेत सञ्चालनमा ल्याएको जनाएको छ।
विसं २०५२ साल कृष्ण अष्टमीको दिन १५ शैय्याबाट आफ्नो सेवा सुरु गरेको यो अस्पताल अहिले १०० शैय्या क्षमतामा सञ्चालन भईरहेको छ।
स्थापना देखि अहिलेसम्म भाडाको भवनमा सेवा दिईरहेको यस अस्पतालले अहिले भने बसुन्धरा खोला पुलचोक देखि करीब २५० मिटर उत्तर तर्फ रहेको आफ्नै अत्याधुनिक भवनबाट सेवा दिइरहेको छ।
निर्देशक डा चौधरीले अस्पतालमा २४ घण्टा विशेषज्ञहरु बाल तथा महिला उपचारका लागि आकस्मिक सेवामा रहने बताउँदै आफ्नो अस्पतालले सार्कस्तरको गुणस्तरीय सेवा प्रदान गरिरहेको बताए।
उनले अस्पतालमा विशेषज्ञद्धारा हरेक दिन विहान ७ देखि बेलुका ८ बजेसम्म ओपिडीसंगै इएनटी, बाल आँखा रोग, बाल हेमाटोलोजी, अंकोलोजी, पल्मोनोलोजी, ग्यास्ट्रो इन्टेरोलोजी, बाल न्युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी लगायतका उपचार सेवा नियमित भइरहेको जानकारी दिए।
प्याडियाट्रिक तथा गाइने सँगै अहिले सबै उमेर समूहका व्यक्तिमा जनरल मेडिसिन, जनरल सर्जरी, हाडजोर्नी, दन्त, छाला तथा यौनरोग, नाक कान घाँटी, आँखा, फिजियोथेरापी सेवा समेत उपलव्ध भएको बताए।
उनले अहिले बिभिन्न रोगका ८२ जना विशेषज्ञ डाक्टरहरुले आकस्मिक तथा नियमित सेवा दिएरहेका छन्।
यस्तै २५ वर्ष बढी सेवा गर्ने कर्मचारीहरुलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो।
Source: https://medicalpatra.com
recent news
Celebrating 3rd World Pediatric Surgery Day: Commitment to Child Surgical Care at Ishan Hospital
Every child deserves safe and timely surgical care.As featured in Aarthik News Nepal, Ishan Children & Women’s Hospital remains dedicated to improving access to life-saving
View MoreIshan Hospital Medical Patra News
ईशान अस्पताल स्थापनाको तीन दशक पुरा (Ishan Children & Women's Hospital- Medical Patra News) काठमाडौं। ईशान बाल तथा महिला अस्पताल स्थापना भएको तीन दशक
View MoreIshan Hospital Kavre Press News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Kavre Press News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले
View MoreIshan Hospital Nepali Health News
नेपालको पहिलो निजी बाल अस्पताल ईशान ३० औँ वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Nepali Health News) काठमाडौँ, १० भदौ । नेपालकै पहिलो निजी
View MoreIshan Hospital Lokpath News
ईशान अस्पताल ३०औँ वर्षमा प्रवेश, बाल शल्यक्रियामा निकै सफलता हात पारेको दाबी (Ishan Children & Women's Hospital- Lokpath News) काठमाडौं । ईशान बाल तथा महिला
View MoreIshan Hospital Top Ten Khabar News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Top Ten Khabar News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला
View MoreIshan Hospital Mahila Swasthya News
ईशान बाल तथा महिला अस्पताल ३० औं वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Mahila Swasthya News) काठमाडौं । बसुन्धरास्थित ईशान बाल तथा महिला
View MoreIshan Hospital Farakpatra News
Ishan Hospital News Cover By Farakpatra ईशान अस्पतालको २९ औं बार्षिकोत्सब सम्पन्न, यसै वर्षंदेखि पेडियाट्रिक बोनम्यारो प्रत्यारोपण र सिटि स्क्यान सेवा सञ्चालनमा आउने १० भदौ
View More