काठमाडौं, चैत १०, २०८१ – इशान बाल तथा महिला अस्पतालले मानसिक तथा शारीरिक अपांगता भएका बालबालिकाहरूको विशेष उपचारका लागि ‘मल्टी डिसिप्लिनरी क्लिनिक’ सञ्चालनमा ल्याएको छ। शनिबार आयोजित उद्घाटन समारोहमा सम्माननीय महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्री नवल किशोर शाह सुडीज्यूले क्लिनिकको उद्घाटन गर्दै इशान अस्पताललाई आगामी १० वर्षमा देशकै गौरवमय अस्पताल बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो।
इशान बाल तथा महिला अस्पतालले फरक प्रकृतिका स्वास्थ्य समस्याहरूको उपचारमा विशेष ध्यान दिँदै आएको छ। पछिल्ला वर्षहरूमा अपांगता भएका बालबालिकाहरूको उपचार आवश्यकतामा वृद्धि भइरहेको सन्दर्भमा, सरकारी तहमा आवश्यक सुविधा सीमित रहेकाले, हाम्रो अस्पतालले ‘मल्टी डिसिप्लिनरी क्लिनिक’ सञ्चालनमा ल्याएको हो। सम्माननीय मन्त्रीज्यूले यस प्रयासको उच्च मूल्यांकन गर्दै बालबालिकाहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न यस क्लिनिकको स्थापना महत्वपूर्ण भएको बताउनुभयो।
कार्यक्रमका दौरान अस्पतालका सम्माननीय कार्यकारी निर्देशक प्रा. डा. रामानन्द चौधरीज्यूले इशान बाल तथा महिला अस्पतालको सेवालाई विस्तार गर्दै जन्मेदेखि १८ वर्षसम्मका बालबालिकाहरूको सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो। साथै, अस्पतालले महिलाहरूको प्रसूति मात्र नभई सम्पूर्ण स्वास्थ्य समस्याहरूको उपचार सेवा पनि प्रदान गर्दै आइरहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शेरबहादुर बिसीज्यू, निजी अस्पताल संघका सम्माननीय अध्यक्ष डा. पदम बहादुर खडकाज्यू लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
इशान बाल तथा महिला अस्पतालले आगामी दिनहरूमा अझ स्तरीय सेवा विस्तार गर्दै, बालबालिका तथा महिलाहरूको स्वास्थ्य संरक्षणमा निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्दछ।

Ishan Children & Women’s Hospital is thrilled to announce an exclusive offer: 20% off all physiotherapy consultations!
World Physiotherapy Day is celebrated on September 8th each year, highlighting the essential role physiotherapists play in health care. This special day is dedicated to raising awareness about the value of physiotherapy in improving and maintaining the mobility and physical well-being of patients. It also serves as a reminder of the importance of rehabilitation and prevention of injuries through targeted therapy.
Here are some compelling reasons to consider it:
1. Pain Management: Physiotherapy can effectively alleviate pain through various techniques, including manual therapy, exercises, and modalities such as ultrasound and electrical stimulation.
2. Injury Rehabilitation: Whether you’re recovering from surgery or a sports injury, physiotherapy provides a customized recovery plan to help you regain strength and mobility.
3. Improved Mobility: A trained physiotherapist can develop a personalized exercise program that enhances flexibility and range of motion, allowing you to move freely and confidently.
4. Preventive Care: Regular physiotherapy sessions can identify potential issues before they become severe, reducing the risk of future injuries.
5. Posture and Balance: Physiotherapists assess your posture and provide corrective exercises to prevent pain and improve your alignment and stability.
It is a perfect time to take charge of your health and well-being. With our limited-time offer of 20% off physiotherapy consultations, there has never been a better opportunity to experience the transformative benefits of physiotherapy.
Don’t miss out—book your consultation today and celebrate your commitment to health!

Best Physiotherapist In Nepal
ईशान अस्पताल ३०औँ वर्षमा प्रवेश, बाल शल्यक्रियामा निकै सफलता हात पारेको दाबी
(Ishan Children & Women’s Hospital- LokPath News Cover)
ईशान बाल तथा महिला अस्पतालले सेवा दिँदै आएको आज (१० भदौ) २९औँ वर्ष पूरा भएको छ । लामो समयदेखि निरन्तर सेवा दिँदै आइरहेको यस अस्पतालले अस्पतालकै प्रागणमा आज सोमबार विभिन्न कार्यक्रम आयोजना गर्दै अस्पतालको २९औँ वार्षिकोत्सव मनाइरहेको छ ।
यही अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक डा. रामनन्दनप्रसाद चौधरीले यस अस्पतालले बाल शल्यक्रियामा निकै सफलता हात पारेको बताए । उनले स्वदेशबाट मात्र नभएर विदेशबाट समेत आएका बालबालिकाको सफल शल्यक्रिया गरिएको बताए ।

यसका साथै अस्पतालले विभिन्न संघसंस्था, बैंक, इन्स्योरेन्स तथा विद्यालयसँग पनि एमओयू गरी विशेष छुट दिई गुणस्तरीय सेवा प्रदान गर्ने गरेको छ । नेपालकै पहिलो गैरसरकारी बाल अस्पाताल ईशानले बाल, महिला तथा वयष्क स्वास्थ्य क्षेत्रका विभिन्न सेवाहरुमा उल्लेखनीय सुधार तथा थप नयाँ आधुनिक उपकरणहरु उपलब्ध गरी सम्पूर्ण बिरामीहरुलाई अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक र भरपर्दो सेवा सुविधा प्रदान गरिरहेको छ । हाल अस्पतालमा ८७ जना विभिन्न विषयका वरिष्ठ विशेषज्ञहरुसहित बाल रोग, बाल शल्यक्रिया, महिला तथा विभिन्न विषयहरुका super specialty तथा Multispecialty विशेषज्ञ सेवाहरु उपलब्ध पनि छन् ।
We would like to inform the Government Vaccine is provided every Monday and Thursday from 2079/4/16 9am-2pm.
Thank you.
This is to inform that Professor Mandira Shahi, Medical Education Specialist from Department of Medical Education Institute of Medicine is going to conduct a CME on the topic “communication skills for health professional ” at Ishan children and Women’s Hospital Pvt.Ltd.
All the consultants, registrars, medical officers and staffs are invited to participate on the program