६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं
काठमाडौं—२६ वर्षअघि नेपालका पहिलो बाल रोग शल्य चिकित्सक स्व डा. नारायण थापाको सपना थियो नेपालमा एउटा अन्तर्राष्ट्रियस्तरको बाल रोग अस्पताल बनाउने । त्यही सपनालाई साकार पार्ने उद्देश्यको सुरुवात उनले वि.सं. २०५२ सालमा नेपालमै पहिलोपटक गैर सरकारीस्तरबाट पहिलो बाल अस्पतालको रुपमा १५ बेडको इसान बाल नर्सिङ होम स्थापना गरे । उनको सपना सरकारी तवरमै त्यसमा पनि कान्ति बाल अस्पताललाई नै अन्तर्राष्ट्रियस्तरको सेवा दिने बाल अस्पतालको थियो । तर, उनलाई वि.सं. २०५१ मा कान्तिबाट जबरजस्त बाहिरिनुपर्ने बतावरण बनाइयो । कान्तिबाट बर्हिगमित भएतापनि उनले आफ्नो सपनालाई भने मर्न नदिने अठोट गरे । त्यसैको परिणाम स्वरुप इशान अस्पतालको जन्म भयो । कान्ति बाल अस्पतालबाट आफूलाई बाहिरिन बाध्य पारिएपछि इसान अस्पताल सुरु गरेको उनी बताउँथे । ‘कान्तिलाई नै एउटा अन्तर्राष्ट्रियस्तरको बाल सर्जरीसहितको अस्पताल बनाउने सोच थियो,’ उनले एक भेटमा हेल्थआवाजकर्मीसँग भनेका थिए, ‘मलाई जबजस्त निकालिएपछि इसान सुरु गरेको हुँ । यसलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिने अस्पताल बनाउने मेरो इच्छा हो ।’ विडम्बना डा. थापाले आफूले परिकल्पना गरेको अस्पतालको जग त हाले । तर, संचालन भएको देख्न पाएनन् । टोखा नगरपालिका–५ को श्रीटोलमा ६ रोपनी जग्गामा जग (पहिलो तला) बन्दाबन्दै गत वर्ष ३० कार्तिकमा कोभिड–१९ का कारण उनको मृत्यु भयो । उनको मृत्यु भएपछि उनको सपना पूरा गर्ने जिम्मा संगठनात्मक नेतृत्व (अस्पताल अध्यक्ष) उनकी श्रीमती जन थापाले सम्हालिन भने व्यवस्थापकीय नेतृत्व (अस्पताल निर्देशक) उनैका चेला अर्थात बाल रोग सर्जन प्रा.डा. रामानन्दन प्रसाद (आरपी) चौधरीले लिए । ‘राम्रो बाल अस्पताल बनाउने डा. थापाको ठूलो सपना थियो,’ अध्यक्ष थापाले भनिन्, ‘संरचना करिब–करिब बनिसकेको छ । अब यसले बाल तथा महिला रोग सम्बन्धी अन्तर्राष्ट्रियस्तरको सेवा दिनुपर्छ । अनि उहाँको सपना पूरा हुन्छ ।’ अध्यक्ष थापा आफूले बाध्यात्मक रुपमा नेतृत्व लिनुपर्ने अवस्था आइपरेतापनि अस्पतालका सेयरधनी र चिकित्सकहरुले पनि स्तरीय अस्पतालको सपनालाई आफ्नै ठानेर अगाडि बढेका कारण डा. थापाको सपना साकारको चरणमा पुगेको बताउँछिन् । अस्पतालमा अहिले ७१ जना सेयर धनी रहेका छन् । अस्पतालका निर्देशक डा. चौधरी यही वर्षबाट नयाँ अत्याधुनिक भवनबाट सेवा सुचारु गर्ने बताउँछन् । नयाँ संरचनामा अन्डरग्राउण्ड तीन तला र माथि ५ तला रहेका छन् । प्रशस्त पार्किङ सुविधा रहेको नयाँ संरचनामा बाल र महिला रोग सम्बन्धी सबै उपचार सेवा हुने डा. चौधरी बताउँछन् । ‘बाल तथा स्त्री रोगका सबै सेवा हामी एकै ठाउँबाट दिन्छौं,’ उनी भन्छन्, ‘नयाँ भवनबाट सेवा दिन थालेपछि हामी अन्य सुपरस्पेसलाइज सेवाका साथै आइभिएफ सेवा पनि सुरु गर्ने तयारीमा छौं ।’ ६० करोड बढी लगानी गरेर बनाइएको नयाँ संरचनाबाट सेवा दिनका लागि विभिन्न विधाका ७० ना कन्सल्टेन्ट विशेषज्ञ तयारी अवस्थामा राखिएको छ । नयाँ संरचनामा गएपछि छुट्टैं ब्लड बैंक सेवा, एमआरआई सेवा, सिटी सेवा थपिने छन् भने हाल संचालनमा रहेका ५ पिआईसीयु बढाएर ८ पिआईसीयु र ७ एनआईसीयुबाट १५ पु¥याउने तयारी भएको छ । साथै नयाँ संरचनामा १ सय बेड अस्पताल संचालन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको निर्देशक डा. चौधरीले जानकारी दिए ।
थप पढनुहोस: https://www.healthaawaj.com/news/44759/?fbclid=IwAR3IbGCriqhNiqwrwzaJdgCnloqvP52ZSvOD4nsw33rbzhQtQk3VE7PSHQA
recent news
भर्खरै जन्मिएको शिशु स्वस्थ छ भनेर कसरी थाहा पाउने ? आमा वा अभिभावकले के कुरामा ध्यान दिने ?
https://www.nepalihealth.com/2023/05/22/77349/
View MorePrevenar – 13 Vaccination
Prevenar - 13 vaccination is available in Ishan children and Women's Hospital Pvt.Ltd.
View Moreस्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.को गौरबमय आठों बार्षिकोत्सवको अवसरमा आयोजित “स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड -२०८० ” बाट वरिष्ठ वाल शल्य चिकित्सक को रुपमा महत्वपूर्ण योगदान को उच्च मुल्यांकन गर्दै पूर्व उपप्रधानमन्त्री माननीय श्री प्रकाशमान सिंह ज्यु द्वारा सम्मानित हुनुभएको मा यस अस्पतालका निर्देशक श्री डा.रामनन्दन प्रसाद चौधरी ज्यु लाई हार्दिक बधाई दिन चाहन्छौं। इशान अस्पताल परिवार
View MoreAbout New Revised OPD Charges Of Ishan Hospital
As per the feedback request from the patients .We have revised the rate of OPD.
View MoreInformation Regarding Vaccination Of Children By Dr. Chhering Yonzon Lama ( Paediatric, Gastroenterologist )
https://youtu.be/-oFaJMjx9zY
View Moreअन्तर्राष्ट्रिय सम्मेलन लगत्तै संघले गर्यो अन्तर्राष्ट्रिय स्तरको बाल शल्य चिकित्सा सम्वन्धी दुईवटा कार्यशाला
अन्तर्राष्ट्रिय सम्मेलन लगत्तै संघले गर्यो अन्तर्राष्ट्रिय स्तरको बाल शल्य चिकित्सा सम्वन्धी दुईवटा कार्यशाला – Nepali Health
View Moreशिशुको शल्यक्रियाबारे भ्रम र यथार्थ
शिशुको शल्यक्रियाबारे भ्रम र यथार्थ | News from Nepal - Ratopati
View More