बिशेषज्ञको सुझाब, बच्चालाई पिसाबको संक्रमणबाट यसरी बचाउनुस् (भिडियो सहित)
रोग प्रतिरोधात्मक क्षमता कम र सहजै वातवरणमा समायोजन हुन गाह्रो पर्ने भएकाले पनि बच्चाको उमेरलाई संवेदनशील र जटिल उमेरावस्था भनिन्छ । अभिभावकले गर्ने थोरै लाप्रवाहीले पनि बच्चा गम्भीर प्रकृतिका रोगको शिकार हुने गर्दछन । बच्चामा धेरै देखिने समस्या मध्ये एक हो, पिसाबको संक्रमण । बच्चामा पिसाबको संक्रमण हुने कारण ? यसका लक्षण ? र बच्ने उपायबारे ईशान बाल तथा महिला अस्पतालका निर्देशक तथा वरिष्ठ बाल सल्यचिकित्सक डा.आर.पि. चौधरी यसो भन्छन् … पिसाबमा संक्रमण भनेको के हो ? सामान्यतया पिसाब बनाउने, भण्डारण गर्ने तथा शरीरबाट बाहिर निकाल्न मद्दत गर्ने जुनसुकै अंगमा भएको संक्रमणलाई पिसाब संक्रमण भनिन्छ । यसलाई सामान्य भाषामा युटिआई भनिन्छ । बालकको तुलनामा बालिकामा पिसाबको संक्रमण हुने दर बढी पाइन्छ । बच्चाको पिसाब संक्रमण हुने कारणहरु के के हुन् ? बच्चाहरुमा धेरै र पटक पटक देखिने समस्यामध्ये एक पिसाबको संक्रमण पनि हो । पिसाबमा संक्रमण हुने कारण धेरै छन् । विशेषतः ई–कोलाई नामक कीटाणुका कारण पिसाबमा संक्रमण हुन्छ । यसको साथै बालिकाको दिसा धुँदा हात पछाडीबाट अगाडी लानु । २.बालकको लिंगको टुप्पोको मासु पछाडी फर्कीएको हुनु । ३.सरसफाईमा ध्यान नदिनु । ४.पुरुष या महिलाको जस्तो स्पष्ट लिंग नछुटिनु । मिर्गौला, मूत्रवाहिनी, मूत्रथैली तथा मूत्रनलीमा समस्या वा विकृति हुँदा समेत पिसाबको संक्रमण हुन सक्छ । पिसाबमा संक्रमण हुँदा के कस्ता लक्षण देखिन्छन ? पिसावमा संक्रमण हुँदा संक्रमण भएको समय र बच्चाको उमरावस्थाअनुसार लक्षण फरक पर्न सक्छ । १ सानो बच्चाहरु मडारिएर रुने । २ पिसाब पोल्नु,छिटो–छिटो पिसाब फेर्नु ४.पिसाब नियन्त्रण गर्न नसक्नु । ५. ज्वारो आउँनु । ६.पेटमा डल्लाडुल्ली देखिनु,तल्लो पेट र कम्मर दुख्नु । ७.पिसाबबाट गन्ध आउनु । ८.वान्ता हुनु । संक्रमण भएको लामो समय भए पिसाबमा रगत देखिनु आदि । के बच्चाको पिसाबमा संक्रमण हुँनु गम्भीर रोगको लक्षण हो ? पिसाबमा संक्रमण हुँने वित्तिकै मृगौला लगाएतका अंगमा गम्भीर रोग लागि हाल्छ भन्ने हैन् । तर संक्रमणको बेलैमा उपचार गरिएन भने यसले मृगौला फेल हुनेसम्मको अवस्था ल्याउँछ । उपचार गर्न जति ढिला भयो त्यति संक्रमण मूत्रवाहिनी हुँदै मिर्गौला तर्फ जाने गर्छ । मिर्गौला र मूत्रवाहिनीको संक्रमण हुनु भनेको जटिल स्थिति हो । यसको वेलैमा उपचार नगरिए मिर्गौला फेल हुनेदेखि लिएर अन्य अंगमा असर गरि बच्चाको मृत्यु समेत हुने गर्दछ । बच्चाको पिसाबमा संक्रमण देखिए उपचार पद्धति कस्तो छ ? माथिका लक्षण बच्चामा देखापरेमा अभिभावकले बच्चालाई वेलैमा युरोलोजिस्ट चिकित्सककोमा परीक्षण गराउनु पर्छ । बच्चालाई आवश्यक जाँच गरी चिकित्सकले पिसाबको नमुना प्रयोगशालामा पठाउँछन् । विशेषगरी, प्रयोगशालामा पिसाबको सामान्य तथा माइक्रोस्कोपिक जाँच र कल्चर गरिन्छ । यसरी गरिएको जाँचबाट पिसाबमा वास्तविक संक्रमणको स्थिति देखिन्छ । त्यस पछि आवश्यक्ता अनुसार उपयुक्त एन्टिबायोटिकको सेन्सिटिभिटी पनि चेक गरिन्छ । पटक–पटक संक्रमण भइराख्ने बच्चाको मूत्र प्रणालीमा पिसाब उल्टो फर्किने समस्या हुने सम्भावना धेरै हुन्छ । यस्तो अवस्थाको सही निदान गर्न एउटा विशेष किसिमको एक्स–रे जाँच गरिन्छ, जसलाई मिक्चुरेटिङ सिस्टोयुरेथ्रोग्राम भनिन्छ । यस्ता परीक्षणबाट आएको रिपोट अनुसार औषधिबाट या सल्यक्रिया के आवश्यक हो, सो गरिन्छ । बच्चालाई पिसाबको संक्रमणबाट बचाउन के गर्ने ? सबै भन्दा राम्रो त संक्रमण हुनै नदिनु हो । तर यदि संक्रमण भैहाल्यो भने पनि माथिका कु्नै पनि लक्षण देखिना साथ विशेषज्ञकोमा परीक्षण गराइहाल्नु पर्छ । सुरुमै यसलाई निराकरण गर्न सकियो भने, यो सामान्य कुरा हो । १.सरसफाईमा विशेष ध्यान दिने । २.पिसाब रोकेर राख्न नलगाउने । ३.प्रत्येकपटक दिशा, पिसाब गरेपछि मूत्र प्रणालीको बाहिरी अंग सानो बच्चा भए अभिभावकले र बच्चा आफै गर्न सक्ने भए राम्ररी सफा गर्न लगाउने । ४.जबर्जस्ती पिसाब रोकेर बस्ने बानी गराउँनु हुदैन् । ५.प्रशस्त मात्रामा शुद्ध पानी पिउँन लगाउने । ६.सानो बच्चामा पिसाब नगरे पनि छिटो छिटो डाइपर परिवर्तन गरिदिने ।
recent news
ईशान बाल तथा महिला अस्पतालको सञ्चालक समितिमा नौँ जना निर्वाचित
काठमाडौँ, ४ पुस । बसुन्धारास्थित ईशान बाल तथा महिला अस्पताल प्रालिमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । शनिबार सम्पन्न अस्पतालको २७ औँ बार्षिक
View Moreजाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान
जाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान हेल्थ टिप्स प्रा.डा. आरपी चौधरी प्रमुख बाल सर्जन ईशान बाल तथा महिला अस्पताल चिसो बढेसँगै सिजनल फ्लुका बिरामी पनि बढ्न थालेका
View More‘ईशान : सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ’
‘ईशान : सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ’ नयाँ भवनमा सरेपछि उपचारका लागि आउने विरामीको संख्या झण्डै दोब्बरले बढ्यो आज भन्दा २८
View Moreईशान बाल तथा महिला अस्पताल २७ औँ वर्षमा प्रवेश : बोनम्यारो ट्रान्सप्लान्टको सेवा दिने तयारीमा (फोटो फिचरसहित)
https://www.farakpatra.com/2022/09/01/24805/?fbclid=IwAR2ioWco9tExDpY8ytdR9sy_HsFLEB4aaW61z2dVfkOr9cCES4kKA-Fa5VE
View Moreविभिन्न व्यक्तिलाई ‘कर्पोरट अनर अवार्ड’ प्रदान
https://www.souryaonline.com/2022/09/489331.html
View More