बाल शल्य चिकित्साका अब्बल डा आरपी चौधरी, जो चान्सले हैन् चोइसले बने सर्जन

प्राडा आरपी चौधरी बाल शल्य चिकित्साको क्षेत्रमा परिचित नाम हो । त्यसो त उनको पूरा नाम रामनन्दन प्रसाद चौधरी हो । तर उनी चिकित्सा क्षेत्रमा आरपी चौधरीबाटै बढी परिचित छन्। सानैदेखि पढ्नमा अब्बल डा चौधरीलाई डाक्टर बन्छु भन्ने त थियो नै । त्यसमा पनि उनलाई शल्य चिकित्सामा बढी रुचि थियो । उनी चिकित्सकमा पनि सर्जन बन्न चाहन्थे । डा चौधरी नेपालमा बाल शल्य चिकित्सामा विशेषज्ञता सेवा शुरु र विस्तार गर्ने कामका अगुवा डाक्टर मध्ये एक हुन। कान्ति बाल अस्पतालमा २३ वर्ष काम गरेका उनी २ वर्षअघि कान्तिबाट ‘रिटायर्ड भइ हाल ईशान बाल तथा महिला अस्पतालका मेडिकल डाइरेक्टरको रुपमा कार्यरत छन्। ईशान बाल अस्पताल नीजि क्षेत्रको पहिलो बालबालिकाको अस्पताल हो जुन बाल शल्य चिकित्सामा अब्बल अस्पतालको रुपमा चिनिन्छ ।
बच्चाको सर्जरी निकै चुनौतीपूर्ण रहेको डा चौधरीको भनाई छ । किनकी उनीहरु आफूलाई कहाँ के भएको भन्न सक्दैनन्। चिकित्सकले उनीहरुको लक्षण निदान गरेर आफ्नो ज्ञान, सिप, अनुभव र पढेका आधारमा उपचार शुरु गर्नुपर्ने हुन्छ ।
डा चौधरीले एमबीबीएस साउथ एसियामै नाम चलेको भारतको कलकत्ता यूनिभर्सिटीबाट गरेका हुन्। एमबीबीएसपछि उनले त्यहीं हाउस अफिसरका रुपमा एक वर्ष काम गरे । जसले उनलाई धेरै कुरा सिक्ने अवसर मिल्यो । एमबीबीएस गरेर आएपछि उनलाई मुटुको सर्जन बन्ने चाहना थियो । मानिसको मुटु खोलेर कस्तो हुन्छ भन्ने हेर्न र जान्न चाहन्थे । तर पछि उनको बाटो मोडियो। उनी कलकत्ताबाट फर्केपछि तुरुन्तै लोकसेवा खुलेको थियो त्यहाँ परीक्षा दिए । लोकसेवामा एकैपटकमा उनको नाम निस्कियो र मेडिकल अफिरसको रुपमा कान्ति बाल अस्पतालमा पोस्टिङ भयो । बाल अस्पतालमा काम गर्न जाँदा उनले निर्देशकलाई आफूलाई सर्जरीमा रुचि भएको भन्दै सर्जरी विभागमा राखिदिन आग्रह गरे । निर्देशकले उनको सो आग्रह नमान्ने कुरै थिएन किनकी त्यसबेला धेरै डाक्टर मेडिसिनतर्फ नै काम गर्न चाहन्थे। सर्जरीमा सधैं डाक्टरको कर्मी हुन्थ्यो । उनको फरक रुचि देखेपछि सोही विभागमा राखिदिए निर्देशकले । अब उनको दैनिकी स साना बालबालिकाको रोग पहिचान र शल्यक्रियामा बित्न थाल्यो । बाल अस्पतालमा उनले ४ वर्ष काम गरिसकेका थिए । अब उनको रुचि बालबालिकासँग काम गर्दा गर्दै मुटु सर्जन बन्ने भन्दा पनि नेपालमा बाल सर्जनको बढी आवश्यकता छ भन्ने लाग्न थाल्यो र यसमै इन्जोइ गर्न थालिसकेका थिए । उनको यो भोगाइले बाल रोगको उपचारमा दक्षता मात्रै बढाएन, यसप्रति रुचि पनि जगायो र पेडियाट्रिक सर्जन बन्ने निधो गरे ।
थप पढनुहोस:-
recent news
ईशान बाल तथा महिला अस्पतालको सञ्चालक समितिमा नौँ जना निर्वाचित
काठमाडौँ, ४ पुस । बसुन्धारास्थित ईशान बाल तथा महिला अस्पताल प्रालिमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । शनिबार सम्पन्न अस्पतालको २७ औँ बार्षिक
View Moreजाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान
जाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान हेल्थ टिप्स प्रा.डा. आरपी चौधरी प्रमुख बाल सर्जन ईशान बाल तथा महिला अस्पताल चिसो बढेसँगै सिजनल फ्लुका बिरामी पनि बढ्न थालेका
View More‘ईशान : सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ’
‘ईशान : सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ’ नयाँ भवनमा सरेपछि उपचारका लागि आउने विरामीको संख्या झण्डै दोब्बरले बढ्यो आज भन्दा २८
View Moreईशान बाल तथा महिला अस्पताल २७ औँ वर्षमा प्रवेश : बोनम्यारो ट्रान्सप्लान्टको सेवा दिने तयारीमा (फोटो फिचरसहित)
https://www.farakpatra.com/2022/09/01/24805/?fbclid=IwAR2ioWco9tExDpY8ytdR9sy_HsFLEB4aaW61z2dVfkOr9cCES4kKA-Fa5VE
View Moreविभिन्न व्यक्तिलाई ‘कर्पोरट अनर अवार्ड’ प्रदान
https://www.souryaonline.com/2022/09/489331.html
View More