बच्चालाई जथाभावी औषधि खुवाउँदा मिर्गौला बिग्रन सक्छ (भिडियोसहित)
डा. मो. फिरोज अंजुम
सामान्यतया धेरैले मिर्गौला रोग बुढेसकालमा अर्थात उमेर अलि बढी भइसकेपछि लाग्ने रोग हो भनेर बुझ्ने गर्छन्। तर मिर्गौलाको रोग जोकोहीलाई र जुनसुकै उमेरमा पनि हुनसक्छ भन्ने कुरा बुझ्न जरुरी छ । पछिल्लो समय उमेर भएकालाई मात्र हैन् बच्चा उमेरमै मिर्गौलामा समस्या भएका बालबालिका अस्पताल आउने क्रम बढेको छ । हुनत नेपालमा कति बालबालिकामा मिर्गौलाको समस्या छ भन्ने एकिन तथ्यांक छैन् तर पनि पाटन अस्पतालमा आउने बच्चाहरुलाई लिएर अध्ययन गर्दा ४ देखि ६ प्रतिशत बालबालिकामा मिर्गौलाको कुनै न कुनै समस्या भएको देखिएको छ । यसले पनि के आंकलन गर्न सकिन्छ भने बालबालिकामा मिर्गौलामा समस्या उच्च छ तर सबैले सही र समयमै उपचार भने पाउन सकिरहेका छैनन्। बच्चाको मिर्गौला जोगाउनका लागि बाबु आमाले बच्चा सानै हुँदादेखि विशेष ख्यान गर्नुपर्ने हुन्छ ।
खासगरी बच्चाको मिर्गौला बिगार्ने पहिलो कारण भनेको बारम्बार पिसाबमा संक्रमण हुनु हो । यसरी संक्रमण हुँदा बच्चालाई ज्वरो आउने, पेट दुख्ने, छिटो छिटो पिसाब आउने, वान्ता हुने हुनसक्छ । यो समस्यालाई सामान्य ठानेर धेरैले औषधि पसलबाट औषधि किनेर ल्याएर खुवाउने गरेको पाइन्छ । यसरी संक्रमणबारे सचेत नहुँदा हरेक पटक यस्तै औषधि खुवाउँदा अन्तत: बच्चाको मिर्गौाला फेल गराउनसक्छ । त्यसैले बच्चालाई माथि उल्लेख गरिएका लक्षण देखिएमा कतै मिर्गौलाको समस्या त हैन भनेर बुझ्न जरुरी हुन्छ ।
बच्चाको मिर्गौालामा समस्या गराउने अर्को कारण भनेको ‘अब्स्ट्रक्टिभ यूरोप्याथी’ हो । यसमा बच्चाको मिर्गौलादेखि पिसाब नलीसम्म केही ब्लक हुनसक्छ । यसरी ब्लक हुँदा पिसाब राम्ररी नहुने, भए पनि थोपा थोपा गरेर आउने समस्या हुनसक्छ । यसमा पेट फुल्न थाल्छ । यसले समयमै उपचार नपाउँदा मिर्गौला फेल सम्म गराउनसक्छ ।
त्यसैगरी नेफ्रोटिक सिन्ड्रोमको समस्याले पनि बच्चाको मिर्गौला बिग्रन सक्छ । यसमा पिसाब कम हुनु, जीउ सुन्निनु, ज्वरो आउनु जस्ता समस्या हुनसक्छन्। यसलाई पनि समयमै उपचार गरेर ठीक पार्न सकिन्छ । माथिका यी समस्यामा ख्याल गरिएन भने मिर्गौला फेल हुनपुग्छ । मिर्गौला एकपटक फेल भइसकेपछि यसको दुईवटा मात्र उपचारको विकल्प छन्। डायलाइसि र मिर्गौला प्रत्यारोपण। दुवै विधि अत्यन्त झन्झटिलो र महंगो छन्। अहिले त नेपालमा बच्चाको मिर्गौलासम्बन्धी रोगमै विशेषज्ञता गरेर डाक्टर आएका छन्। उनीहरुसँग परामर्श गर्न सकिन्छ ।
Source :- https://healthtvonline.com/thoughts/2021/04/35021/?fbclid=IwAR1L-aHE–cm1Wwm1pMpblgtKln3BJQQhZYB8fETiglGvYDrXYySJJfS5mY
recent news
Celebrating 3rd World Pediatric Surgery Day: Commitment to Child Surgical Care at Ishan Hospital
Every child deserves safe and timely surgical care.As featured in Aarthik News Nepal, Ishan Children & Women’s Hospital remains dedicated to improving access to life-saving
View MoreIshan Hospital Medical Patra News
ईशान अस्पताल स्थापनाको तीन दशक पुरा (Ishan Children & Women's Hospital- Medical Patra News) काठमाडौं। ईशान बाल तथा महिला अस्पताल स्थापना भएको तीन दशक
View MoreIshan Hospital Kavre Press News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Kavre Press News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले
View MoreIshan Hospital Nepali Health News
नेपालको पहिलो निजी बाल अस्पताल ईशान ३० औँ वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Nepali Health News) काठमाडौँ, १० भदौ । नेपालकै पहिलो निजी
View MoreIshan Hospital Lokpath News
ईशान अस्पताल ३०औँ वर्षमा प्रवेश, बाल शल्यक्रियामा निकै सफलता हात पारेको दाबी (Ishan Children & Women's Hospital- Lokpath News) काठमाडौं । ईशान बाल तथा महिला
View MoreIshan Hospital Top Ten Khabar News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Top Ten Khabar News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला
View MoreIshan Hospital Mahila Swasthya News
ईशान बाल तथा महिला अस्पताल ३० औं वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Mahila Swasthya News) काठमाडौं । बसुन्धरास्थित ईशान बाल तथा महिला
View MoreIshan Hospital Farakpatra News
Ishan Hospital News Cover By Farakpatra ईशान अस्पतालको २९ औं बार्षिकोत्सब सम्पन्न, यसै वर्षंदेखि पेडियाट्रिक बोनम्यारो प्रत्यारोपण र सिटि स्क्यान सेवा सञ्चालनमा आउने १० भदौ
View More