नर्सलाई हेर्ने समाजकाे दृष्टिकाेण बदलिएकाे छ’
३० वर्षदेखि नर्सिङ पेशामा रहेकी दिलकुमारी गुरुङ हाल काठमाडौंको ईशान बाल तथा महिला अस्पतालमा मेट्रोन छिन्। उनै नर्स दिलकुमारीका कुरा यो पटकको नर्सका कुरामा–
मैले नर्सिङ पेशा शुरु गरेको ३० वर्षभन्दा बढी भइसकेको छ। नेपाल प्रहरीमा ३० वर्ष सेवा गरी ‘रिटायर्ड’ भएकी हुँ। केही महिनादेखि ईशान बाल तथा महिला अस्पतालमा मेट्रोन छु।
सानै उमेरदेखि अरुको सेवा गर्ने, बिरामी र अशक्तहरूको सेवा गर्ने इच्छा पलाउँथ्यो ममा। कोही दुःखमा परेको मानिस देखे कसरी सेवा गर्ने होला भन्ने कुरा मनमा खेलिरहन्थ्यो। तर कसरी सेवा गर्ने भन्ने कुनै ‘आइडिया’ थिएन।
सानैदेखि देखेको सपना पूरा गर्ने माध्यम मेरै बुबा बन्नुभयो। बुबा भारतीय सेनामा काम गर्नुहुन्थ्यो। म सानै छँदा लडाइँकै क्रममा एकपटक बुबालाई ठूलो चोट लाग्यो। शल्यक्रियापश्चात् पनि निकै महिना अस्पताल बस्नुपर्ने भयो। त्यसबेला अस्पतालमा बस्दा नर्सहरुले गरेको सेवा देखेर बुबालाई छोरीलाई पनि यस्तै बनाउँछु भन्ने सोच आएछ।
पछि उहाँले नै मलाई नर्स पढ्न प्रेरणा दिनुभयो। त्यसैले बुबाकै कारण म आज यो पेशामा छु। बुबाको रोजाइ भए पनि बिस्तारै यो पेशा मेरो पनि रोजाइ बन्दै गयो। यसमै रमाएँ।
पीसीएल लेभलको पढाइ सकेलगत्तै प्रहरी अस्पतालमा नर्स मागेको थियो निवेदन दिएँ। पास पनि भएँ। त्यसबेला अहिले जस्तो धेरै नर्स उत्पादन हुँदैनथे। जागिरका लागि अलि सजिलो नै थियो।
जागिरे त भएँ। प्रहरी अस्पतालमा काम गर्न निकै कठिन हुन्थ्यो। शुरु शुरुमा निकै गाह्रो भयो। संगठनको कडा नियम कानुनमा बाँधिन साह्रै गाह्राे । तर पछि बिस्तारै बानी पर्दै गयो।
अहिले त्यहाँबाट रिटायर्ड भएपछि मैले ईशान बाल अस्पताल रोजेँ। यसको पनि कारण छ। मलाई बच्चाहरूको सेवा गर्न निकै आनन्द लाग्छ। अबको समय बालबालिकाको सेवामा समर्पित गर्ने विचार छ।
यो अस्पताल प्रहरी अस्पतालभन्दा पक्कै धेरै हिसाबमा फरक छ। यहाँ स–साना बालबालिका विभिन्न प्रकारका रोग लिएर आउँछन्। कोही त आफ्नो समस्या समेत भन्न नसक्ने अवस्थाका हुन्छन्।
उनीहरूको लक्षण हेरेर उपचार गर्नुपर्छ। त्यसैले पनि काम एउटै भए पनि तरिका फरक छ। ईशान बच्चाहरुको लागि विशिष्टीकृत अस्पताल हो। यहाँ विशेष उपचार हुन्छ। म अब यी स–साना बालबालिकाको मुहारमा मुस्कान देखेर रमाउन थालेकी छु। यसको छुट्टै सन्तुष्टि छ।
अहिले नर्सिङ क्षेत्रमा धेरै चुनौती छन्। धेरै प्राइभेट अस्पतालले नर्सलाई कम तलब दिएर उनीहरूको श्रमशोषण गरिहेका छन्। बिरामी धेरै नर्स थोरै हुँदा समस्या हुन्छ। अनि गाली नर्सले खानुपर्छ।
यस्ता कुराहरूले अलिकति नरमाइलो त लाग्छ नै, तर समाजमा नर्सलाई हेर्ने दृष्टिकोण भनें बदलिँदै गएको छ। हामीले पढ्ने बेलासम्म धेरैले नर्स बनेकी भनेर कुरा काट्थे। तर अहिले यो सम्मानित पेशा मानिन्छ। यो देखेर मलाई खुशी लाग्छ।
recent news
Celebrating 3rd World Pediatric Surgery Day: Commitment to Child Surgical Care at Ishan Hospital
Every child deserves safe and timely surgical care.As featured in Aarthik News Nepal, Ishan Children & Women’s Hospital remains dedicated to improving access to life-saving
View MoreIshan Hospital Medical Patra News
ईशान अस्पताल स्थापनाको तीन दशक पुरा (Ishan Children & Women's Hospital- Medical Patra News) काठमाडौं। ईशान बाल तथा महिला अस्पताल स्थापना भएको तीन दशक
View MoreIshan Hospital Kavre Press News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Kavre Press News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले
View MoreIshan Hospital Nepali Health News
नेपालको पहिलो निजी बाल अस्पताल ईशान ३० औँ वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Nepali Health News) काठमाडौँ, १० भदौ । नेपालकै पहिलो निजी
View MoreIshan Hospital Lokpath News
ईशान अस्पताल ३०औँ वर्षमा प्रवेश, बाल शल्यक्रियामा निकै सफलता हात पारेको दाबी (Ishan Children & Women's Hospital- Lokpath News) काठमाडौं । ईशान बाल तथा महिला
View MoreIshan Hospital Top Ten Khabar News
बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान (Ishan Children & Women's Hospital- Top Ten Khabar News) काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला
View MoreIshan Hospital Mahila Swasthya News
ईशान बाल तथा महिला अस्पताल ३० औं वर्षमा प्रवेश (Ishan Children & Women's Hospital- Mahila Swasthya News) काठमाडौं । बसुन्धरास्थित ईशान बाल तथा महिला
View MoreIshan Hospital Farakpatra News
Ishan Hospital News Cover By Farakpatra ईशान अस्पतालको २९ औं बार्षिकोत्सब सम्पन्न, यसै वर्षंदेखि पेडियाट्रिक बोनम्यारो प्रत्यारोपण र सिटि स्क्यान सेवा सञ्चालनमा आउने १० भदौ
View More