ढिलो विवाहले ल्याउँदैछ बाँझोपनको समस्या
गर्भनिरोधको कुनै पनि साधन प्रयोग नगरेको र सन्तान प्राप्तिका लागि लगातार एक वर्षसम्म प्रयत्न गर्दा पनि सन्तान भएन भने यस्तो अवस्थालाई बाँझोपन भनिन्छ।
पुरुष तथा महिलामा किन हुन्छ बाँझोपन
अध्ययनअनुसार बाँझोपनको ५० प्रतिशत कारणहरु महिलामा र ५० प्रतिशत नै कारण पुरुषमा पाइएको छ ।महिलामा बाँझोपन आउनुका मुख्य कारणहरुमा डिम्बको विकास समयमै हुन नसक्नु, अनियमित महिनावारी, डिम्बवाहिनी नलीको विकास हुन नसक्नु तथा रोगका कारण साँघुरिनु वा टालिनु हुन् । डिम्बवाहिनी नली बन्द हुनुमा नलीभित्र गाँठाहरु आउनु, टी.बी.लगायत अन्य विभिन्न यौनरोगको संक्रमण पनि हुन सक्छ ।
पुरुषहरुमा बिभिन्न कारणहरुले गर्दा बाँझोपनको समस्या देखिन सक्छ । शुक्रकीटको उत्पादन कम भएमा, वीर्यवाहिनी नलीमा ट्युमर वा यौनरोग संक्रमणका कारण बन्द भएमा सन्तान प्राप्तिमा असर पर्छ । त्यस्तैगरी हर्निया, हाइड्रोसिलको अप्रेसन गरेको अवस्थामा शुक्रवाहिनी नलीमा असर पुग्न सक्छ ।
शरीरको विकास क्रममा पुरुष हर्मोन विकास हुने बेलामा हर्मोन असन्तुलित हुँदा अण्डकोषको विकास हुँदैन । यस्तै आमाको पेटमा हुँदा अण्डकोष शरीरभित्र हुन्छ र जन्मिदा बाहिर आउँछ तर कसैकसैमा बाहिर नआई भित्रै बस्छ र कसैमा आधा भित्र र आधा बाहिर हुन्छ । यस्तो अवस्थामा पनि पुरुष सन्तान उत्पादनका लागि सक्षम हुँदैन ।
बाँझोपन भएको कसरी थाहा पाउने?
२० देखि ३० प्रतिशतमा थाहा नभएका कारणले बाँझोपन हुन्छ। यसमा अन्य थप जाँच गर्नुपर्ने हुन्छ। यसमा क्रोमोजोम हेर्नुपर्ने, अन्य हार्मोनहरूको पनि जाँच गर्नुपर्छ।
यसले कतिपय कारण पत्ता लाग्छ, कतिपय पत्ता लाग्दैन। पत्ता नलाग्ने समस्या भनेको अलिकति श्रीमानको समस्या, अलिकति श्रीमतीको समस्या जुधेर पनि भएको हुन्छ। यस्तो अवस्थामा आकस्मिकरूपमा पछि आफैँ बच्चा हुन पनि सक्छ। तर, लामो समयसम्म पनि कारण थाहा छैन भने कृत्रिम गर्भाधानपछि भने बच्चा हुने सम्भावना बढ्दो हुन्छ। त्यसमा पनि एकैपटकमा सफल नहुन सक्छ कोसिस गरिरहनुपर्छ।
बाझोपन २ प्रकारको हुन्छ,
१) primary infertility : जोडीहरु जो कम्तिमा १ वर्षसम्म गर्भधारण गर्नु भएन भने
२) secondary infertility : १ पटक गर्भवती हुने क्षमता भएको, तर अब असमर्थ छ भने
बाँझोपनको उपचार
पछिल्लो अवस्थामा के कारणले बच्चा नभएको हो, त्यसको जाँच गर्नुपर्ने हुन्छ। र, त्यो थाहा पाएपछि कारण पत्ता लगाएर उपचार गर्नुपर्छ।
शुक्रकीटको खराबी छ भने त्यो बढाउन लाग्ने। बढ्न सकेन भने श्रीमानको शुक्रकीट लिएर कृत्रिम गर्भाधान गर्ने। धेरै नै कम छ भने श्रीमानकै शुक्रकीट लिएर टेस्ट ट्युब बेबी जन्माउन सकिन्छ। श्रीमतीको डिम्ब नै नबन्ने छ भने डिम्ब बन्ने औषधि प्रयोग गरेर बच्चा जन्माउन सकिन्छ।
Source: https://mahilaswasthya.com/detail/6576
recent news
मुख तथा दाँतलाई कसरी स्वस्थ राख्ने
[embed]https://www.youtube.com/watch?v=DKiNb6IqF2M&t=21s[/embed]
View More
छालाको प्रकृति अनुसार क्रीम कसरी छान्ने ?
गर्मी महिनामा धेरै पसिना आउने हुनाले छालामा विभिन्न समस्या उत्पन्न हुने गर्छन् ।जस्तै ब्याक्टेरियाबाट हुने छालाको संक्रमण, भाइरसबाट हुने संक्रमण, फंगस संक्रमण, दाद, चिलाउने, सेतो
View More
ढिलो विवाहले ल्याउँदैछ बाँझोपनको समस्या
गर्भनिरोधको कुनै पनि साधन प्रयोग नगरेको र सन्तान प्राप्तिका लागि लगातार एक वर्षसम्म प्रयत्न गर्दा पनि सन्तान भएन भने यस्तो अवस्थालाई बाँझोपन भनिन्छ। पुरुष तथा
View More
के कोरोना संक्रमित आमाले स्तनपान गराउँदा बच्चामा कोरोना सर्छ ?
नेपालमा कोरोनाको तेस्रो लहर आएसँगै ओमिक्रोन भाइरसको पुष्टि भइसकेको छ । कोरोनाको तेस्रो लहरमा बालबालिकाहरुमा पनि यसको संक्रमणदर उच्च रहेको छ ।दोस्रो लहरमा यदि १०
View More