जाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान
जाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान
हेल्थ टिप्स

चिसो बढेसँगै सिजनल फ्लुका बिरामी पनि बढ्न थालेका छन् । यो समयमा चिसोका कारण बालबालिकाको शरीरको तापक्रम पनि घट्दै जाने हुन्छ । जसका कारण रुघाखोकीजस्ता सामान्यदेखि घातक रोगसमेत लाग्ने जोखिम हुन्छ । मानिसले बच्चालाई न्यानो कपडा लगाइदिए पनि टोपी तथा मोजा लगाउन बिर्सेका हुन्छन् ।
पैताला र टाउको खुला हुँदा त्यहीँबाट शरीरमा चिसो पसेर रुघाखोकी लाग्न सक्ने भएकाले यसतर्फ विशेष ध्यान पुर्याउन जरुरी छ । रुघाखोकी समयमै उपचार गरिएन भने यसले नवजात शिशुलाई थप कमजोर बनाउँछ । बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले फ्लु सर्ने जोखिम पनि ज्यादा रहन्छ ।
फ्लुका लक्षण
– अचानक ज्वरो आउने ।
– नाकबाट पानी बग्ने । रुघाखोकी लाग्ने ।
– छिटोछिटो श्वास फेर्ने, श्वासप्रश्वासमा समस्या
– घ्यारघ्यार हुने ।
– ओठ, जिब्रो निलो भएर जाने ।
– छाला फुट्ने, सुक्खा हुने, चिरिने, एलर्जी हुने ।
– बच्चाले आमाको दूध नखाने, रुने ।
– बान्ता गर्ने ।
कस्ता समस्या देखिन्छ ?
श्वासप्रश्वासमा समस्या
जाडो मौसममा बालबालिकामा श्वासप्रश्वासमा बढी समस्या देखिन्छ । यो समयमा रुघाखोकी लाग्ने, निमोनिया हुनेलगायतका समस्या देखिन्छन् । धुलोधुवाँ, प्रदूषणका कारणले यस्ता समस्या देखिने हुन्छ ।
छालाको समस्या
चिसोमा बालबालिकामा छालाको समस्या बढी देखिन्छ । छाला सुक्खा हुने, फुस्रो हुने, फुट्ने, चिरा पर्ने, एलर्जी हुने हुन्छ ।
अन्य समस्या
चिसो मौसममा न्यानो गराउनका लागि बालबालिकालाई हिटर, दाउरा बाल्ने, हट ब्यागले सेक्ने गरिन्छ । तर, कहिलेकाहीँ तातोले बालबालिकालाई पोल्ने, विपत्ति निम्तिन सक्ने जोखिम हुने भएकाले विशेष सतर्क रहन जरुरी छ ।
के गर्ने ?
– बालबालिकामा समस्या देखिएमा जथाभावी औषधिको प्रयोग नगर्ने ।
– कुनै पनि समस्या देखिएमा हेलचेक्र्याइँ नगर्ने । तुरुन्तै अस्पताल लैजाने ।
– चिसोमा बालबालिकालाई बिहान–बेलुका बाहिर नलैजाने । लिएर जानुपर्दा टाउकोदेखि पैतालासम्म शरीर ढाक्ने कपडा लगाएर न्यानो बनाई लैजाने ।
– खानपिनमा ध्यान दिने । पोषिलो, झोलिलोपदार्थ खुवाउने ।
– भिटामिनयुक्त फलफूल प्रशस्त खुवाउने ।
– सिजनल फ्लुबाट बच्न भ्याक्सिन लगाउने ।
– रुघा लागेको अन्य व्यक्तिबाट बच्ने । प्mलु लागेको व्यक्तिसँगको सम्पर्कले एकअर्कामा सर्न सक्ने सम्भावना हुन्छ ।
– सरसफाइमा ध्यान दिने ।
– चिसोले छाला फुस्रो हुने, फुट्ने, चिरा पर्ने हुँदा मोस्चराइजर क्रिम लगाउने ।
recent news
ईशान बाल तथा महिला अस्पतालको सञ्चालक समितिमा नौँ जना निर्वाचित
काठमाडौँ, ४ पुस । बसुन्धारास्थित ईशान बाल तथा महिला अस्पताल प्रालिमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । शनिबार सम्पन्न अस्पतालको २७ औँ बार्षिक
View Moreजाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान
जाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान हेल्थ टिप्स प्रा.डा. आरपी चौधरी प्रमुख बाल सर्जन ईशान बाल तथा महिला अस्पताल चिसो बढेसँगै सिजनल फ्लुका बिरामी पनि बढ्न थालेका
View More‘ईशान : सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ’
‘ईशान : सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ’ नयाँ भवनमा सरेपछि उपचारका लागि आउने विरामीको संख्या झण्डै दोब्बरले बढ्यो आज भन्दा २८
View Moreईशान बाल तथा महिला अस्पताल २७ औँ वर्षमा प्रवेश : बोनम्यारो ट्रान्सप्लान्टको सेवा दिने तयारीमा (फोटो फिचरसहित)
https://www.farakpatra.com/2022/09/01/24805/?fbclid=IwAR2ioWco9tExDpY8ytdR9sy_HsFLEB4aaW61z2dVfkOr9cCES4kKA-Fa5VE
View Moreविभिन्न व्यक्तिलाई ‘कर्पोरट अनर अवार्ड’ प्रदान
https://www.souryaonline.com/2022/09/489331.html
View More