News AND Events

With a team of dedicated anesthesiologists, working in close cohesion with the surgeons; this department takes care of surgical patients with anesthesia needs.

चिसाेबाट यसरी जाेगाउनुस् शिशुलाई

चिसो बढेसँगै बालबालिका बिरामी हुने क्रम पनि बढ्छ । जाडो मौसममा बालबालिकालाई कसरी जोगाउने भन्ने विषयमा इशान बाल तथा महिला अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. सर्वेश कुमार दाससँग गरिएको कुराकानीको अंश:

मंसिर महिनाको उत्तरार्धतिर आइपुग्दा चिसो ह्वात्तै बढेको छ। अत्यधिक चिसो हुने पुस माघ त बाँकी नै छ। जाडोमा विशेषगरी नवजात शिशु र साना साना बालबालिकालाई जोगाउने चुनौती अभिभावकसामु हुन्छ। चिसोयाममा सानो हेलचेक्रयाइँका कारण बालबालिकाको स्वास्थ्यमा ठूलो समस्या आउनसक्छ। उनीहरूलाई न्यानो पार्ने प्रक्रिया नमिल्दा वा बेवास्ताका कारण उनीहरूको शरीरको तापक्रम न्यून हुन पुग्छ। चिसोका कारण उनीहरूलाई ‘हाइपोथर्मिया’ हुन सक्छ। हाइपोथर्मिया भयो भने बच्चाको शरीर छाम्दा चिसो महशुस हुन्छ।

शरीर अत्यधिक चिसो भएकै कारणले गर्दा बच्चाहरूमा इन्फेक्सनको समस्या देखिन्छ। रुघाखोकीदेखि निमोनिया, ब्रोन्काइटिसजस्ता जटिल समस्या आउन सक्छन्। यस्ता समस्याले बालबालिकालाई श्वास फेर्न गाह्रो हुन्छ। चिसोबाट जोगाउन नसक्दा उनीहरूको ओठ र हातगोडा निलो देखिन्छ। खाना खुवाउँदा खान नमान्ने र बान्ता गर्ने गर्छन्।

उपचार

सामान्यतया नवजात शिशुहरूको रोग पत्ता लगाउन कठिन हुन्छ, चिकित्सकहरूलाई। ठूला बच्चाहरूलाई अलि सहज हुन्छ। चिसोबाट उत्पन्न सामान्य समस्या भए ठूला बालबालिकालाई घरमै पनि औषधि दिएर उपचार गर्न सकिन्छ। शिशुमा त्यो सम्भव हुँदैन। अस्पताल नै लग्नुपर्छ। निमोनिया, सेप्सिस इन्फेक्सन र ब्रोन्काइटिसजस्ता समस्या देखिए उनीहरूलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ।

जोगाउने उपाय

नवजात शिशु होस् या अलि ठूला बालबालिका उनीहरूलाई स्वास्थ्यसम्बन्धी समस्याबाट जोगाउने दायित्व र भूमिका आमाबुबाकै हुन्छ। चिसोको सन्दर्भमा पनि शिशुलाई समयमा दूध खुवाउने, सफा राख्ने, न्यानो कपडा लगाइदिने र कोठाको तापक्रम मिलाएर राख्ने जस्ता दायित्व अभिभावककै हुन्। तर न्यानो पार्ने नाममा शिशुलाई बढी कपडा लगाइदिँदा पसिना आउनसक्छ। पसिनाकै कारण चिसाे भएर निमोनिया हुने खतरातर्फ पनि ध्यान दिनुपर्छ।

अलि ठूला बच्चा भए समयमा पौष्टिक खानेकुरा खुवाउने, न्यानो कपडा लगाइदिने र बाहिर चिसोमा खेल्न नदिनेजस्ता काम गर्नुपर्छ।
विशेषगरी नवजात शिशुलाई हेर्न आफन्त र पाहुनाको लर्को लाग्छ। त्यो वेला उनीहरूमा भएको रुघाखोकी जस्ता संक्रमणले बालकलाई नभेटोस् भनेर सतर्कता अपनाउनुपर्छ। बच्चाहरूलाई बाहिर लिएर हिँड्दा विशेषगरी हावाको प्रत्यक्ष प्रभाव पर्नेगरी दुईपाङ्ग्रे सवारीसाधनमा जानुहुँदैन।

recent news


department

we have change the landline number

014354532 this number have be change to 014954532

View More
department

GREETING CARD AND GIFT FROM USA

MESSAGE: Thank you fro Giving a new life to my son Aayu Simkhada.My Mother heart is and will be always grateful to yours professionalism. From:

View More
department

Happy birthday to Aashish Dahal Daughter

जन्मदिन मा छोरी इशानी लाई शुभकामना दिनु हुने सम्पुर्ण आफन्त,मान्यजन,आदरणीय र मित्र बन्धु हरु मा हार्दिक आभर व्यक्त गर्दै Ishan Hospital" बाट छोरी को सफल

View More
department

चिसाेबाट यसरी जाेगाउनुस् शिशुलाई

चिसो बढेसँगै बालबालिका बिरामी हुने क्रम पनि बढ्छ । जाडो मौसममा बालबालिकालाई कसरी जोगाउने भन्ने विषयमा इशान बाल तथा महिला अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा.

View More
department

लकडाउनका कारण खोप लगाउन नपाएका शिशुलाई के गर्ने?

-आरपी चौधरी सिनियर पेडियाट्रिक सर्जन ईशान महिला तथा बाल अस्पताल । काठमाडौँ – कोभिड-१९ का कारण हाल विश्वमा नै असामान्य स्थितिको सिर्जना भएको छ ।

View More
department

Celebrating 25 year of excellent service

Silver Jubilee यो अस्पतालले २०५२ साल कृष्ण जन्म अष्टमीको दिन शुभारम्भ भई गौरवमय २५ औ बार्षिकोत्सवको सुखद उपलक्ष्यमा यहाँहरुको विश्वास, हौसला, साथ र सेवाको लागि

View More
department

‘रिप्लेसमेन्ट सर्जरी’ पछि छब्बिस बर्षीया महिलाको बन्यो योनिमार्ग

काठमाडौँ, ६ पुस । बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालका चिकित्सकहरुले रिप्लेसमेन्ट सर्जरी गरी एक २६ बर्षिया महिलाको यौनाङ्ग (योनीमार्ग) बनाइदिएका छन् । जन्मजात रुपमा

View More
department

बच्चाको उपचारमा इसान बाल तथा महिला हस्पिटल नं. १, यस्ता छन् सेवा सुविधा : डा.आर.पी चौधरी

काठमाडौं – जनकपुरमा जन्मिएका आर पी चौधरी पेशाले डाक्टर हुन । चिकित्सा सेवामा लामो समयसम्म अनुभव बटुलेका उनले विभिन्न देशका कुना कुनामा रहेका बालबालिकाहरुको सल्यक्रिया

View More
department

बालबालिकाको लागि नशा जस्तै बनेको मोबाइल, टिभीले आँखामा गम्भीर असर, सावधानीपूर्वक प्रयोग गर्न विशेषज्ञको यस्तो छ सुझाव (डा.पञ्यिार ईशान)

कोरोना भाइरसका कारण अहिले विश्वनै त्रसित छ । कोरोनाकै कारण लाखौंले ज्यान गुमाएका छन भने, करोडौं संक्रमित भएका छन् । यसको समाना नेपालले पनि गरिरहेको

View More
Quick Enquiry Get an Appointment