News AND Events

With a team of dedicated anesthesiologists, working in close cohesion with the surgeons; this department takes care of surgical patients with anesthesia needs.

‘ईशान : सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ’

‘ईशान : सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ’

नयाँ भवनमा सरेपछि उपचारका लागि आउने विरामीको संख्या झण्डै दोब्बरले बढ्यो

आज भन्दा २८ वर्ष अघि काठमाडौँको नारायणगोपाल चोकमा सानो भवन भाडामा लिएर सेवा सुरु गरेको ईशान बाल तथा महिला अस्पतालले अहिले आफ्नै लगानीमा तीन तले बेसमेन्ट सहितको आठ तल्ले अत्याधुनिक भवन बनाई सेवा प्रारम्भ गरेको छ । नेपालकै पहिलो निजी बाल अस्पतालको रुपमा परिचित ईशान त्यतिमै सिमित भएन । अहिले ईशानमा महिलाले महिला उपचार सेवालाई समेत संगसंगै अघि बढाएको छ । ईशान अस्पताल हाक्नका लागि नौ सदस्यीय बोर्ड अफ डाइरेक्टर्सले प्राडा रामानन्दनप्रसाद (आरपी) चौधरीलाई कार्यकारी भूमिकामा रहेर काम गर्ने अख्तियारी दिएको छ । नेपाली हेल्थका लागि रामप्रसाद न्यौपानेले उनै डाक्टर चौधरीसंग नयाँ भवनमा सरिसके पछिका सेवामा आएका परिवर्तन, थपिएका सुविधा र भावि योजनाका बारेमा सम्झिप्त कुराकानी गरेका छन् । हेरौँ कुराकानीको सार सम्क्षेप :

ईशानले नयाँ भवनबाट पूर्णरुमा सेवा सुरु गरेको कति भयो ?

ईशान बाल तथा महिला अस्पताल नयाँ भवनमा सरेको करीब ६ महिना भयो । अहिलेको भवन बसुन्धरा चोकमा रहेको पुरानो अस्पताल भवनबाट करीब २५० मिटर उत्तर तर्फ रहेको छ । पहिले भाडाको भवनबाट सेवा दिईरहेका थियौँ तर अहिले हामीले आफै बनाएको तीन तला बेसमेन्ट सहितको आठ तल्ले अत्याधुनिक भवनबाट सेवा दिन थालेका छौँ । नयाँ भवनमा आई नसक्नु भएकाहरुलाई यो पनि जानकारी दिऔँ कि नयाँ अस्पताल भवन वास्तबमै राम्रो छ, बिरामीमैत्री छ, बातावरणमैत्री छ । पहिले र अहिलेको अस्पताल भवन धेरै कुराहरुमा फरक छ ।

फरक भन्नाले ? कस्तो ?

धेरै कुरामा फरक छ । पहिलो कुरा भवनको डिजाइन नै फरक छ । पहिले हामीले एउटा भवनलाई अस्पतालको रुपमा बदल्ने प्रयास गरेका थियौँ ।अहिले डिजाइन नै विश्वस्तरीय अस्पतालको स्वरुप झल्कने र त्यहि स्टान्डर्डको छ । पहिले हामी भाडाको भवनमा थियौँ । त्यसमा अस्पतालको लागि आवश्यक पर्ने पूर्वाधारसहितको डिजाइन नै थिएन । हामीले आफै मिलाएका थियौँ ।  तर अहिले खास अस्पतालका लागि चाहिने डिजाइन नै मिलाएर बनाएका हौँ । नयाँ भवन साढे ६ रोपनी जग्गामा बनाईएको छ ।  भवन बनाउन अस्पतालले आफ्नो सहित बैंकले लगानी त गर्नै पर्‍यो । यी सबै हिसाव गर्दा करीव ६० करोड रुपैयाँ नयाँ भवनका लागि खर्च भएको छ ।

अहिले  ईशान कति शैय्याको अस्पताल हो ?

हामीलाई सरकारले ५० शैय्याको अनुमति दिएको छ । अहिले यति नै बेला ८८ शैय्यासम्म राख्ने क्षमता छ । तर हामीले यसलाई थप गरेर  सजिलैसंग १०० शैय्यामा सञ्चालन गर्न सक्छौँ । अहिले हामीले १०० शैय्याकै स्विकृति लिने प्रक्रियामा छौँ ।

नयाँ भवनमा सरेपछि उपचार सेवामा पनि फरकपना आएको छ कि ?

भवन परिवर्तन गर्दैमा उपचार पद्धती परिवर्तन हुने भन्ने होईन । उपचार पद्धती भवन अनुसार परिवर्तन हुने होइन उही नै हुन्छ बरु समयक्रममा अपडेट ( पद्धतीमा संसोधन) हुनसक्छ ।  तर पूर्वाधारमा हुने सुधारले उपचार सेवामा थप सहजता ल्याउन भने सक्छ । जस्तो कि अहिले पहिले भन्दा सुविधा सम्पन्न ओपिडी कक्ष छ । अत्याधुनिक मेसिन जडित शल्यक्रिया कक्ष छ । अस्पतालको स्वरुप र बातावरण नै बालमैत्री बनाइएको छ । फार्मेसी, क्यान्टिन र पार्किङ जस्ता हेर्दा साधारण कुराहरुमा निकै नै फरक पना छ । नयाँ भवनमा यस्ता अरु धेरै सुविधाहरु थपिएका छन् जसले उपचारलाई सहज बनाउँछ ।

सुरुमा ईशान बाल अस्पताल थियो पछि ईशान बालसंगै महिला पनि जोडियो ? किन यस्तो गरियो ?

यहाँहरुलाई थाहा छ । ईशान नेपालकै पहिलो निजी बाल अस्पताल हो । लामो समय बालबालिकाको मात्रै उपचार सेवा गरेपछि पछि महिला पनि थपेका हौँ । बाल तथा महिलाको जो ‘कम्बिनेशन’ छ नि विश्वमै सबैभन्दा राम्रो मानिन्छ । जनरल अस्पतालमा बच्चाको उपचार त्यति राम्रो हुदैन जति बाल अस्पतालमा हुन्छ, बच्चाको केयर बच्चाकै अस्पतालमा राम्रो हुन्छ । आमाको स्वास्थ्यले पनि बच्चामा असर पार्ने हुँदा आमा र बच्चाको सेवा दिने अस्पताल संसारमै सबैभन्दा राम्रो मानिएको हो ।

ईशान विसं २०५२ सालमा बाल अस्पतालको रुपमा स्थापना भएको हो । सुरुमा हामीले ईशान चिल्ड्रेन नर्सिङ होम भनेर खोलेका थियौँ । त्यसपछि ईशान चिल्ड्रेन एण्ड म्याटनिटी नर्सिङ होम भनेर सुरु गर्‍यौँ । त्यसपछि हामी चक्रपथबाट बसुन्धरा चोकमा सर्‍यौँ। त्यहाँ करीब १७ बर्ष बिताएर अहिले आफैले बनाएको नयाँ अत्याधुनिक भवनबाट सेवा दिन सफल भएका छौँ ।

नयाँ भवनमा केही त्यस्तो उल्लेखनीय विशेषता छ र ?

अरु भन्दा पनि हाम्रो नयाँ भवन युनिक छ । नेपालका अहिलेसम्म बनेका सञ्चालनमा आएका अस्पतालहरु भन्दा यो अस्पतालको भवन युनिक नै छ । हामीले बिरामीमैत्री (बच्चामैत्री) अस्पताल बनायौँ । आफ्नै भवनमा सरेपछि बाताबरण मैत्री पनि बनाएका छौँ । फोहर व्यवस्थापन देखि मर्चरी रुम सम्मको कुराहरुको व्यवस्थापनको कुरा छ । एक बाँक्यमा भन्नु पर्दा अस्पतालका लागि आवश्यक सबै मापदण्ड पुरा गरेर अझ अन्तराष्ट्रिय स्तरको  बनाउने कोशिष गरेका छौँ ।

उपचार सेवामा कसरी सुधार ल्याउदै हुनुहुन्छ ?

बच्चाको उपचार गर्नु ठूलो मान्छेको भन्दा निकै नै फरक र जटिल कुरा हो । किनकी बच्चाहरु बोल्दैन्, कहाँ दुख्यो भन्दैनन् , किन रोएको भनेर थाहा हुँदैन । त्यसैले यो चुनौतिपूर्ण र गाह्रो काम हो । भर्खरै जन्मेको शिशुलाई हातमा समाउन समेत अफ्टेरो लाग्छ, बेहोस बनाएर शल्यक्रिया गर्नु पर्छ । यो आफैमा चुनौतिपूर्ण र गाह्रो काम हो । तर यहि कामलाई ईशानले बितेका २८ बर्षमा सहजताका साथ पुरा गर्दै आयो ।
अर्को कुरा ईशान अब एउटा ‘सुपरस्पेश्यालिटी सर्भिस’ दिने योजनाका साथ अघि बढीरहेको अस्पताल हो । हुन त ‘सुपरस्पेश्यालिटी सर्भिस’ पहिले देखि नै दिदै आएको हो तर अव नयाँ भवनमा आएपछि त्यसको दायरा थप फैलिएको छ । पहिले साँघुरो ठाँउमा खुम्चिएर काम गर्नु पर्ने बाध्यता थियो तर अब यहाँ आएपछि एकदमै प्रश्ट रुपमा क्षमता र सेवा देखाएका छौँ र देखाउँदै छौँ ।

उपचार पद्धतीमा पहिले र अहिले के फरक छ ?

सर्जरी कै कुरा गरौँ न पहिले पेडियाट्रिक सर्जरी भनेपछि धेरैजसो पेट चिरेर नै गर्नु पर्ने अवस्था थियो । तर चिकित्सा विज्ञानमा आएको परिवर्तन संगसंगै अहिले ती सेवाहरु निकै सहज रुपमा दिन सकिने भएको छ । अहिले त्यस्ता सर्जरी सानो प्वाल पारेर गर्न सकिन्छ । हामीले यहाँ नआउँदे पुरानै भवनबाट यस्तो सेवा दिएका थियौ । बच्चाहरुमा मुत्ररोग सम्वन्धी समस्या बढी हुन्छ । हामीहरुले दुरविनको सहायतमा हेरेर पर्दा काट्ने देखि लिएर अरु विभिन्न सर्जरी गर्दै आएका छौँ । यस्ता धेरै सेवाहरु यहाँबाट अत्याधुनिक उपकरण र विज्ञ चिकित्सकहरुबाट हुँदै आएको छ ।

यहाँ आफै पनि बाल शल्यचिकित्सक ?  कति वर्षसम्मको शिशुहरुको शल्यक्रिया हुन्छ यहाँ ?

हामी न्युन्याटल सर्जरी भन्दछौँ, जन्मदेखी २८ दिनसम्मको शिशु । यी उमेर समूहका बच्चाहरुको सर्जरी सबैभन्दा चुनौतीपूर्ण मानिन्छ । तर हामीले यहाँ गर्दै आएका छौँ । कहिलेकाँही जन्मेको एक दुई घण्टामै शल्यक्रिया गर्नुपर्ने हुन्छ । कोही जन्मजात समस्या हुन्छ । कोहीमा जन्मने वित्तिकै समस्या देखा पर्न थाल्दछ । दुई केजी तीन केजीको बच्चा जो काखमै लिन डर लाग्छ भने त्यस्तो बच्चालाई शल्यक्रिया गर्नु पर्ने हुन्छ । यसैले यो जटिल र चुनौतीपूर्ण हो भनेका हौँ । त्यसैले यो टीमवर्क हो । हामीले सेवा दिन सकेका छौँ । यो सेवा दिनका लागि एनेस्थेसिया देखि नर्सिङ स्टाफको भूमिका निकै नै महत्वपूर्ण छ ।

कतिपय बच्चाहरुको शल्यक्रिया कक्षमा लैजाँदा त्यहाँको तापक्रम नमिलेर पनि शल्यक्रिया गर्दा गर्दै मृत्यु हुन्छ भनिन्छ नि ?

ठिक भन्नु भयो । बच्चाको शल्यक्रिया गर्नका लागि पहिले अप्रेसन थिएटरको ‘टेम्प्रेचर मेन्टेन’ हुनुपर्दछ । बच्चालाई धेरै चिसो भयो भने पनि चिसोले त्यो बच्चा मर्न सक्छ । गर्मी बढी भयो भने पनि समस्या हुनसक्छ । त्यसैले हामीले मोडुलर थेटर प्रयोगमा ल्याएका छौँ । बालमैत्री तापक्रम र बातानुकुल भएको ओटीबाट हामीले सेवा दिदै आएका छौ । अप्रेसन पछिको पोष्ट अपरेटिभ वार्ड पनि निकै नै महत्वपूर्ण हुन्छ । आईसीयू, एनआईसीयू, पेडियाट्रिक युनिटहरु पनि राम्रो हुनुपर्छ । एक केजीको शिशुलाई आईसीयूमा पनि राख्न सकिदैन । उसलाई इन्कुभेसनमा राख्नु पर्छ, यस्तो सुविधा धेरै ठाँउमा अभाव हुन्छ । हामीले यी कुराहरुलाई बिचार गरेका छौँ ।

फेरी सर्जरीकै कुरा, नेपालमा बच्चाको सर्जरी गर्ने डाक्टर निकै कम छन् भनिन्छ नि हो ?
हो । पहिले पहिले एडल्टको सर्जरी गर्नेले नै पेडियाट्रिक सर्जरी गर्दथे । तर अब त्यो जमाना हराईसक्यो । नेप्लीज एसोसिएसन अफ पेडियाट्रिक सर्जनको म अध्यक्ष पनि हुँ । हाम्रो संस्थामा १९ / २० जना आवद्ध हुनुहुन्छ । उपत्यका बाहिर  ४/५ जना हुनुहुन्छ । तीन करोड चानचुन जनसंख्यामा ४० प्रतिशत बालबालिका तथा किशोरअवस्थामा हुने भन्दो रहेछ । जन्मेदेखि १८ बर्ष उमेर समूहका पेडियाट्रिक र एडोलोसेन्समा आउँदछन् । यो हिसावले २५ जना सर्जन त केही पनि होइन । त्यसमा पनि अर्को बिडम्बना के छ भने २५ जनामा १८/२० जना काठमाडौँमै होलान । काठमाडोँ बाहिर कहाँ कहाँ छन् भनेर औलामा गन्न सकिन्छ । तपाईँलाई भनु अहिले धरान, बीरगञ्ज, पाल्पा र नेपालगञ्जमा मात्रै पेडियाट्रिक सर्जन रहेका छन् ।

बच्चाहरु हुने सर्जरीमा सबैभन्दा बढी कुन समस्यामा हुन्छ ?

पेडियाट्रिक सर्जरीमा आएको मध्ये ४० प्रतिशत समस्या पेडियाट्रिक युरोलोजीको हुन्छ । अर्थात मुत्ररोग सम्वन्धी । मिर्गौलामा पानी जम्नु, पिसाव थैलोमा समस्या हुनु, पिसावको थैलो खुल्ला हुनु, पिसावको प्वाल मुनि वा माथि हुनु, जन्मदा खेरी नै छोरा वा छोरी पहिचान नहुने डीएसटी, पिसावको बाटोमा पर्दा हुनु, पिसावमा इन्फेक्सन हुनु, मिर्गौलाको ट्युमरहरु, सबै पेडियाट्रिक युरोलोजीमा पर्दछन्। यस्तै पेडियाट्रिक मेडिसिनमा पनि हामी सुपर स्पेश्यालिटी सर्भिस पुरा गर्दै आएका छौँ । बच्चाको मुटु सम्वन्धी (पेडियाट्रिक कार्डियोलोजी), आन्द्रा सम्वन्धी (ग्यास्ट्रो इन्टेरोलोजी) बाल क्यान्सर सम्वन्धी (पेडियाट्रिक हेमाटोलोजी अंकोलोजी), नसा सम्वन्धी (पेडियाट्रिक न्युरोलोजी), मिर्गौला सम्वन्धी (पेडियाट्रिक नेफ्रोलोजी), इन्डोक्राइनोलोजीहरुको सेवा पनि उपलव्ध छ । नयाँ भवनमा आएपछि यी सेवाहरुलाई अझ व्यवस्थित ढंगले सञ्चालन गरेका छौँ । पच्चिस बर्ष अघिको कुरा सम्झने हो भने त्यसबेला एमबीबीएस गरेको डाक्टरले टाउको देखि खुट्टासम्मको सबै उपचार गर्ने गर्दथ्यो । अहिले सुपरस्पेशलाइज्ड कन्सेप्टमा गईसकेपछि त्यो फरक फरक हुँदो रहेछ ।

अस्पताल सेवा कसरी व्यवस्थित गरिएको छ ?

नेपालको एउटा मात्रै यो अस्पताल होला जो चाहि विहान ७ सात बजे देखि बेलुका आठ बजेसम्म आइतबार देखि शनिबारसम्म नै बरिष्ठ बालरोग विशेषज्ञ तथा बाल शल्य चिकित्सकहरुद्धारा पेडियाट्रिक ओपिडीको सेवा दिईरहका छौँ । अर्को इमरजेन्सीमा पनि दैनिक २४ घण्टा बरिष्ठ बालरोग विशेषज्ञद्धारा नै सेवा दिईएको छ । अरु थुप्रै अस्पताल मैले देखेको छु जहाँ इमरजेन्सी डिपार्टमेन्ट मेडिकल अफिसरहरुले मात्रै सम्हाल्नुपर्ने बाध्यता छ । तर हामीकहाँ इमरजेन्सीमा चौविसै घण्टा विशेषज्ञ खटिएको हुनुहुन्छ ।

बच्चाहरुको लागि खोप पनि महत्वपूर्ण हुन्छ । यहाँ खोपको सुविधा छ ?

खोप सुविधा छ नि । नयाँ भवनमा आईसकेपछि खोपलाई पनि व्यवस्थित र विस्तार गरेका छौँ । हामीकहाँ सातामा सातै दिन खोप सञ्चालन हुन्छ । तर सरकारी खोप सातामा दुई दिन सोमबार र शुक्रबार दिने गरेका छौँ । सरकारी खोप लिनका लागि पैसा तिर्नु पर्दैन । निशुल्क हो ।

पैसा तिरेर लगाउन सकिने थुप्रा खोपहरु छन् । हामीकहाँ पनि पैसा तिरेर लगाउन सकिने निमोनिया, टाइफाइड, इन्फुल्एन्जा, हेपाटाइटिसको बिरुद्धको खोप उपलव्ध छ । अब पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपीभी पनि ल्याउने तयारीमा छौँ । यस्तै विदेश जाने बच्चाहरु र बयस्कहरुका लागि चिकेनपक्स तथा मिजल्सको खोपहरु पनि दिने गरेका छौँ ।

प्याथोलोजी तर्फ के के सुधार भएको छ ?

प्याथोलोजी विभाग पनि कायापलट भएको छ । पहिले पुरानो भवनमा कोठा साँघुरो हुँदा निकै नै अफ्टेरो भएको थियो । बढी जाँचहरु बाहिर पठाउनु पर्दथ्यो तर अहिले यहाँ आएपछि मेसिन र जनशक्ति थप गरेर त्यसलाई यहिबाट उपलव्ध हुने बनाएका छौँ । अहिले ९५ प्रतिशत प्रयोगशाला सेवा आफ्नै ल्यावबाट दिएका छौँ ।
रेडियोलोजी सेवा अन्तरगर्त बच्चाको एक्सरे सेवा पनि सञ्चालनमा छ । धेरै ठाँउमा रातीमा यो सेवा हुँदैन भनेर फर्काउने गरेको म आफैले देखेको छु । तर हामीले बच्चाको सम्वेदनशीलतालाई हेरेर त्यो सेवा चौविसै घण्टा दिईरहेका छौँ । भिडियो एक्सरे सेवा विहान ७ देखि बेलुका ७ बजेसम्म उपलव्ध छ ।
रातीमा इमरजेन्सी परेमा अनकलमार्फत बोलाएर गर्ने गरेका छौँ । म्याटानिटीको सेवा नयाँ भवनमा आएपछि डब्लुएचओ स्टान्डर्डको लेबर रुम बनाएको छौँ । अहिले डेलिभरीको लागि कम्प्लेक्स नै तयार गरेका छौँ । पेन भएर आउँदा अलग्गै रुम छ । सुत्केरी हुँदा अलग्गै रुम छ । सुत्केरी भएपछि अलग्गै रुम छ । प्राय अस्पतालमा अचेल शल्यक्रिया नै गर्ने गरेको सुनेका छौँ । तर हामीले नर्मल डेलिभरीलाई प्राथमिकता दिएका छौँ । हामीकहाँ नर्मल डेलिभरी ८० प्रतिशत र सिएस २० प्रतिशत रहेको छ ।

यहाँ सरेपछि हामीले गाइने सर्जरीमा फोकस गरेका छौँ । पाठेघरको ट्युमर, सेतोपानी बग्ने लगायतको सेवा दिईरहेका छौँ । यस्तै ल्याप्रोस्कोपी सर्जरी सुरु गरेका छौँ । निसन्तानको लागि लागि के कारणले व्लक भएको हो भनेर दुरविनबाट हेर्ने प्रविधि स्टेरोसकोपी पनि ल्याईसकेका छौँ ।
मल्टीस्पेश्यालिटीको कुरा गरौँ । सुत्केरीको अहिले महिलाहरुको लागि पनि एउटा बेड आईसीयू छुट्याएका छौँ ।

पेडियाट्रिक पल्मोनोलोजिष्ट फोक्सो सम्वन्धी उपचार गर्ने चिकित्सक पनि हामीसंग हुनुहुन्छ । अहिले डीएम एमसीएच गरेका डाक्टरहरु पनि हामीकहा हुनुहुन्छ । यसले गर्दा समग्रमा धेरै खर्च गरी सुविधासाथ उपचार गराउन चाहनेका लागि क्याविनहरुको व्यवस्था छ । फाइवस्टार जस्तो छ ।

धेरै जसो निजी अस्पतालहरुमा सेवा महंगो हुँदा न्युन आय भएका बर्गका बिरामीले सेवा लिन सक्दैनन् । ईशानमा पनि त त्यहि होला ?

त्यस्तो पनि होइन । अरु अस्पतालको कुरा गर्न चाहन्न । तर हामीकहाँ न्युन मध्यम आय भएका व्यक्तिले पनि सेवा लिन सक्छन् । न्युन तथा मध्यम आय भएकाहरुका लागि जनरल वार्डहरु पनि उपलव्ध छ । प्रसूतिका लागि पनि जनरल वार्ड छुट्याएका छौँ । अर्को पैसाकै कारणले यहाँबाट उपचार नगरी फर्कनु पर्दैन । हामीले सकेसम्म सहयोग गर्छौ नै । विपन्नहरुलाई दश प्रतिशत शैय्या छुट्याउन पर्छ हामीले त्यो पनि गरेका छौँ । त्यस अन्तरगर्त पनि नसर्ने मान्छेलाई पनि छ । तर न्युन आय भएका व्यक्तिहरु यहाँ छिर्नुहुन्न । हामीले अस्पतालमा पार्किगको पनि व्यवस्था मिलाएका छौँ । निशुल्क पार्किगको सुविधा गरेका छौँ । ट्रमा सर्भिसको लागि हामीले अर्थोपेडिक टिम पनि चौविस घण्टाकै लागि तयारी अवस्था रहेका छ ।

हाम्रो स्लोगन नै छ नि ‘क्वालिटी सर्भिस फर एर्फोटेवल प्राईस’ ।   ईशान सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ । सक्नेसंग लिने र नसक्नेलाई दिने विश्वव्यापी मान्यता हो । हामी पनि त्यसमा प्रप्ट छौँ ।

मलाई यो पनि थाहा छ कि कतिपय अस्पतालले राती ८ बजेपछि अप्रेसन भयो भने ५० प्रतिशत थपेर लिगिदिन्छ । तर हामीले यस्तो गरेका छैनौँ । क्याविनमा बस्नेलाई अप्रेसन चार्ज ५० प्रतिशत महंगो हुन्छ,  हामीले त्यो पनि गरेका छैनौँ । हामी सेवा र नाफासंगै उघ्रेको पैसाले केही किनौला नि । त्यसैले फेरी पनि भन्छु पैसा नभएकै कारण अस्पताल आएको बिरामी उपचार नगरी फर्कनु पर्दैन । नसक्ने विरामी छ र अरु ठाँउबाट सेवाबाट बन्चित भएको अवस्था छ भने ईशान अस्पताल आउनुस हामी सेवा दिन तयार छौँ ।

नयाँ भवनमा सरेपछि बिरामीसंख्या बढेको छ कि उस्तै छ वा घट्यो ?

नयाँ भवनमा सरेपछि भर्ना भएका बिरामीको संख्या ५० प्रतिशतले बढेको छ । ओपिडीमा १०० प्रतिशतले बढेको छ ।

अस्पतालको व्यवस्थापन कसरी अघि बढेको छ ?

स्थापनाकाल देखि नै यो अस्पतालको नेतृत्व बरिष्ठ बालरोग विशेषज्ञ डा नारायणबहादुर थापाले गर्दै आउनु भएको थियो । कोभिडका बेला उहाँका दुखद देहावसान भयो । त्यसपछि सो जिम्मेवारी उहाँकै धर्मपत्नी जन थापाले सम्हाल्दै आउनु भएको छ । अस्पतालमा अध्यक्ष सहित नौँ जनाको बोर्ड छ । तर अस्पताल लगानी गर्ने करीव ७० जना शेयरहोल्डर हुनुहुन्छ । त्यसमा करीब ९५ प्रतिशत चिकित्सा क्षेत्रका व्यक्तित्वहरु हुनुहुन्छ । यसैले पनि ईशानले बिरामीको उपचार र सेवामा बढी सम्वेदनशील छ ।

अस्पतालको व्यवस्थापनमा कसरी अघि बढेको छ ?

स्थापनाकाल देखि नै यो अस्पतालको नेतृत्व बरिष्ठ बालरोग विशेषज्ञ डा नारायणबहादुर थापाले गर्दै आउनु भएको थियो । कोभिडका बेला उहाँका दुखद देहावसान भयो । त्यसपछि सो जिम्मेवारी उहाँकै धर्मपत्नी जन थापाले सम्हाल्दै आउनु भएको छ । अस्पतालमा अध्यक्ष सहित नौँ जनाको बोर्ड छ । तर अस्पताल लगानी गर्ने करीव ७० जना शेयरहोल्डर हुनुहुन्छ । त्यसमा करीब ९५ प्रतिशत चिकित्सा क्षेत्रका व्यक्तित्वहरु हुनुहुन्छ । यसैले पनि ईशानले बिरामीको उपचार र सेवामा बढी सम्वेदनशील छ ।

Source:https://www.nepalihealth.com/2022/11/12/73048/

recent news


department

ईशान बाल तथा महिला अस्पतालको सञ्चालक समितिमा नौँ जना निर्वाचित

  काठमाडौँ, ४ पुस ।  बसुन्धारास्थित ईशान बाल तथा महिला अस्पताल प्रालिमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । शनिबार सम्पन्न अस्पतालको २७ औँ बार्षिक

View More
department

जाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान

जाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान हेल्थ टिप्स  प्रा.डा. आरपी चौधरी प्रमुख बाल सर्जन ईशान बाल तथा महिला अस्पताल चिसो बढेसँगै सिजनल फ्लुका बिरामी पनि बढ्न थालेका

View More
department

‘ईशान : सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ’

‘ईशान : सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ’ नयाँ भवनमा सरेपछि उपचारका लागि आउने विरामीको संख्या झण्डै दोब्बरले बढ्यो आज भन्दा २८

View More
Quick Enquiry Get an Appointment