ईशान बाल अस्पतालले छिट्टै बोनम्यारो ट्रान्सप्लान्ट सेवा शुरु गर्ने
भारतमा बिरामीहरूको ‘म्याच ट्रान्सप्लान्ट’, करिव ४० लाख नेपाली रुपियाँमा र ‘हेप्लो आइडेन्टिकल ट्रान्सप्लान्ट’ करिव ५६ लाख नेपाली रुपियाँ मा हुने गरे पनि मुलुक मै यो प्रत्यारोपण गर्दा १५ देखी २० लाख नेपालीमा हुन सक्ने पेडियाट्रिक हेमाटोअंकोलजिष्ट एवं पेडियाट्रिक वोन म्यारो ट्रान्सप्लान्ट स्पेसलिष्ट डा.सुधिर सापकोटा बताउँछन । मुलुकमा सरदर बर्षेनी एक सय जना बालबालिकालाई वोन म्यारो ट्रान्सप्लान्ट आवश्यक हुने गरेको प्रारम्भिक आकलन छ
काठमाडौं – ईशान बाल तथा महिला अस्पतालले बालबालिकाहरूको लागि बोन म्यारो ट्रान्सप्लान्ट (रक्त मासी प्रत्यारोपण) गर्ने तयारी थालेको छ । नेपालमा हाल सम्म ‘डेडिकेटेड पेडियाट्रिक वोन म्यारो ट्रान्सप्लान्ट सेन्टर’ छैन ।
‘अस्पतालले २–३ महिना भित्रै बालबालिकाको लागि रक्त मासी प्रत्यारोपण सेवा उपलब्ध गराउने छ । हामीले उपकरणको अर्डर गरि सकेका छौं, निकट भविष्य मै बोन म्यारो ट्रान्सप्लान्ट शुरु हुने छ’, अस्पतालको २७ औं वार्षिकोत्सवको अवसरमा निर्देशक प्रा.डा.रामनन्दन प्रसाद चौधरीले नेपालहेल्थप्रेसडटकम सँग भने–‘यो सेवा दिन हामी अस्पतालमा ब्लड बैक, ट्रान्सप्लान्ट युनिट लगायतका विभिन्न पूर्वाधारहरू खडा गरिरहेका छौं ।’
रगत क्यान्सर, थालसेमिया, ए–प्लास्टिक एनिमिया लगायतका स्वास्थ्य समस्या भएका बालबालिकाको लागि दुईतीन महिना भित्रै बोन म्यारो ट्रन्स प्लान्ट सेवा शुरु हुने पेडियाट्रिक हेमाटोअंकोलजिष्ट एवं पेडियाट्रिक वोन म्यारो ट्रान्सप्लान्ट स्पेसलिष्ट डा.सुधिर सापकोटाले बताए ।
हाल सम्म नेपालमा ‘डेडिकेटेड पेडियाट्रिक वोन म्यारो ट्रान्सप्लान्ट सेन्टर’ नरहेको जनाउदै डा.सापकोटा आर्थिक रूपले सबल रहेका वर्षेनी १५ देखी २० जना बालबालिकाका अभिभावक प्रत्यारोपण को लागि भारत जाने गरेको बताउँछन ।
भारतमा भने बिरामीहरूको ‘म्याच ट्रान्सप्लान्ट’, करिव ४० लाख नेपाली रुपियाँमा र ‘हेप्लो आइडेन्टिकल ट्रान्सप्लान्ट’ करिव ५६ लाख नेपाली रुपियाँ मा हुने गरे पनि मुलुक मै यो प्रत्यारोपण गर्दा १५ देखी २० लाख नेपालीमा हुन सक्ने डा.सापकोटा बताउँछन । मुलुकमा सरदर बर्षेनी एक सय जना बालबालिकालाई वोन म्यारो ट्रान्सप्लान्ट आवश्यक हुने गरेको प्रारम्भिक आकलन छ ।
प्रत्यारोपण गर्दा सफलताको दर ‘म्याच ट्रान्सप्लान्टमा ८५ देखि ९० प्रतिशत र ‘हेप्लो आइडेन्टिकल ट्रान्सप्लान्ट’मा ८० देखी ८५ प्रतिशत सम्म देखिने गरिएको छ ।
स्वास्थ्य समस्या भएका बालबालिका लाइ रक्त मासी प्रत्यारोपण गर्ने टिममा विभिन्न विशेषज्ञहरूको सहभागिता रहने बाल क्यान्सर रोग विशेषज्ञ डा.कैलाश प्रसाद साहले बताए ।
नेपालको पहिलो १५ शय्या क्षमताको गैर सरकारी वाल अस्पताल ईशान ले हाल ८८ शय्या सहित आफ्नो भवनमा सेवा दिई रहेको छ । यसलाई एक सय शय्या मा विस्तार गरिने लक्ष्य समेत छ ।
Source:https://www.nepalhealthpress.com/
recent news
ईशान बाल तथा महिला अस्पतालको सञ्चालक समितिमा नौँ जना निर्वाचित
काठमाडौँ, ४ पुस । बसुन्धारास्थित ईशान बाल तथा महिला अस्पताल प्रालिमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । शनिबार सम्पन्न अस्पतालको २७ औँ बार्षिक
View Moreजाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान
जाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान हेल्थ टिप्स प्रा.डा. आरपी चौधरी प्रमुख बाल सर्जन ईशान बाल तथा महिला अस्पताल चिसो बढेसँगै सिजनल फ्लुका बिरामी पनि बढ्न थालेका
View More‘ईशान : सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ’
‘ईशान : सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ’ नयाँ भवनमा सरेपछि उपचारका लागि आउने विरामीको संख्या झण्डै दोब्बरले बढ्यो आज भन्दा २८
View Moreईशान बाल तथा महिला अस्पताल २७ औँ वर्षमा प्रवेश : बोनम्यारो ट्रान्सप्लान्टको सेवा दिने तयारीमा (फोटो फिचरसहित)
https://www.farakpatra.com/2022/09/01/24805/?fbclid=IwAR2ioWco9tExDpY8ytdR9sy_HsFLEB4aaW61z2dVfkOr9cCES4kKA-Fa5VE
View Moreविभिन्न व्यक्तिलाई ‘कर्पोरट अनर अवार्ड’ प्रदान
https://www.souryaonline.com/2022/09/489331.html
View More