आमाकाे दूध शिशुका लागि अमृतसमान
नवजात शिशुको खाना भनेको नै आमाको दूध हो। शिशु जन्मेको कम्तीमा एक घण्टाभित्र स्तनपान गराउनुपर्छ। जन्मेदेखि ६ महिनासम्म उसलाई आमाको दूधबाहेक अरु खानेकुरा आवश्यक पर्दैन। पानी खुवाउनु पर्दैन। खाना र पानी दुवैको काम आमाको दूधले गर्छ। ६ महिनापछि मात्र विस्तारै अन्य खानेकुरा खुवाउन सकिन्छ।
अचेल कामकाजी धेरै महिलाले आफ्नो बच्चालाई पर्याप्त स्तनपान नगराउने गरेको पाइन्छ। सौन्दर्य बिग्रिनेलगायत विभिन्न भ्रमले स्तनपान नगराउने महिलाको संख्या पनि बढेको छ। आमा घरमा नहुँदा बच्चालाई गाईको दूध वा ल्याक्टोजेनजस्ता दूध खुवाउने चलन छ, धेरै महिलामा पहिलो सन्तान हुँदा स्तनपान कसरी गराउने भन्ने ज्ञान हुँदैन। त्यसैले उनीहरुले सही तरीकाले स्तनपान गराउँदैनन्। यी कारणले बच्चाको स्वास्थ्यमा गम्भीर असर पार्छ।
बच्चालाई स्तनपान गराउँदा कुन आमा कस्तो आसनमा बसेकी छिन् भन्ने कुराले पनि अर्थ राख्छ। बच्चाको टाउको र शरीर एउटै लाइनमा भई बच्चालाई आमातर्फ फर्काई शरीरमा टाँसेको हुनुपर्छ। बच्चालाई दूध खुवाउँदा सर्वप्रथम शिशुको मुखमा ध्यान दिनु आवश्यक छ। बच्चाको मुख राम्रोसँग खोलिदिनुपर्छ। बच्चाको तल्लो ओठ बाहिर फर्केको र चिउँडोले आमाको स्तनको भाग छोएको हुनुपर्छ। स्तनपान गर्दा मुण्टो (निपल) पूरा बच्चाको मुख भित्र पसेको हुनुपर्छ। र यसलाई आमा र शिशुबीचको राम्रो सम्पर्क भनिन्छ। आमा र बच्चाबीच सम्पर्क राम्रो हुन आसन पनि सही हुनुपर्छ।
स्तनपानले बच्चाको वृद्धिविकासमा पनि ठूलो भूमिका खेल्छ। बच्चाले आमाको दूधमार्फत कार्बोहाइड्रेट, प्रोटिन र भिटामिन सही तरिकाले पाउँछ। स्तनपानले शिशुको स्वास्थ्य मात्र राम्रो गर्ने नभई सौन्दर्यसमेत वृद्धि गराउँछ। स्तनपान गरेको बच्चाको मानसिक विकास पनि चाँडो हुन्छ। आमाको स्तनपान नगराई बोतलमार्फत खुवाइने अन्य दूध वा खाद्य पदार्थको प्रयोगले बच्चाको राम्रो विकास हुन सक्दैन।
आमाकाे दूध खान नपाउँदा झाडापखालालगायत समस्याले बच्चा मृत्युको मुखमा पनि पुग्न सक्छ स्तनपान गराइएका बच्चामा श्वासप्रश्वाससम्बन्धी रोग र एलर्जी हुने र अन्य किटाणुहरूको संक्रमण हुने सम्भावना कम हुन्छ। त्यसैले बच्चाका लागि आमाको दूध अमृतसमान भनिएकाे हो।
recent news
ईशान बाल तथा महिला अस्पतालको सञ्चालक समितिमा नौँ जना निर्वाचित
काठमाडौँ, ४ पुस । बसुन्धारास्थित ईशान बाल तथा महिला अस्पताल प्रालिमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । शनिबार सम्पन्न अस्पतालको २७ औँ बार्षिक
View Moreजाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान
जाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान हेल्थ टिप्स प्रा.डा. आरपी चौधरी प्रमुख बाल सर्जन ईशान बाल तथा महिला अस्पताल चिसो बढेसँगै सिजनल फ्लुका बिरामी पनि बढ्न थालेका
View More‘ईशान : सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ’
‘ईशान : सहुलियत दरमा गुणस्तरीय उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध छ’ नयाँ भवनमा सरेपछि उपचारका लागि आउने विरामीको संख्या झण्डै दोब्बरले बढ्यो आज भन्दा २८
View Moreईशान बाल तथा महिला अस्पताल २७ औँ वर्षमा प्रवेश : बोनम्यारो ट्रान्सप्लान्टको सेवा दिने तयारीमा (फोटो फिचरसहित)
https://www.farakpatra.com/2022/09/01/24805/?fbclid=IwAR2ioWco9tExDpY8ytdR9sy_HsFLEB4aaW61z2dVfkOr9cCES4kKA-Fa5VE
View Moreविभिन्न व्यक्तिलाई ‘कर्पोरट अनर अवार्ड’ प्रदान
https://www.souryaonline.com/2022/09/489331.html
View More