
इशान बाल तथा महिला अस्पतालको ‘मल्टी डिसिप्लिनरी क्लिनिक’ सञ्चालनमा
-
Event Date
-
Event Time
-
Event location
काठमाडौं, चैत १०, २०८१ – इशान बाल तथा महिला अस्पतालले मानसिक तथा शारीरिक अपांगता भएका बालबालिकाहरूको विशेष उपचारका लागि ‘मल्टी डिसिप्लिनरी क्लिनिक’ सञ्चालनमा ल्याएको छ। शनिबार आयोजित उद्घाटन समारोहमा सम्माननीय महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्री नवल किशोर शाह सुडीज्यूले क्लिनिकको उद्घाटन गर्दै इशान अस्पताललाई आगामी १० वर्षमा देशकै गौरवमय अस्पताल बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो।
इशान बाल तथा महिला अस्पतालले फरक प्रकृतिका स्वास्थ्य समस्याहरूको उपचारमा विशेष ध्यान दिँदै आएको छ। पछिल्ला वर्षहरूमा अपांगता भएका बालबालिकाहरूको उपचार आवश्यकतामा वृद्धि भइरहेको सन्दर्भमा, सरकारी तहमा आवश्यक सुविधा सीमित रहेकाले, हाम्रो अस्पतालले ‘मल्टी डिसिप्लिनरी क्लिनिक’ सञ्चालनमा ल्याएको हो। सम्माननीय मन्त्रीज्यूले यस प्रयासको उच्च मूल्यांकन गर्दै बालबालिकाहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न यस क्लिनिकको स्थापना महत्वपूर्ण भएको बताउनुभयो।
कार्यक्रमका दौरान अस्पतालका सम्माननीय कार्यकारी निर्देशक प्रा. डा. रामानन्द चौधरीज्यूले इशान बाल तथा महिला अस्पतालको सेवालाई विस्तार गर्दै जन्मेदेखि १८ वर्षसम्मका बालबालिकाहरूको सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो। साथै, अस्पतालले महिलाहरूको प्रसूति मात्र नभई सम्पूर्ण स्वास्थ्य समस्याहरूको उपचार सेवा पनि प्रदान गर्दै आइरहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शेरबहादुर बिसीज्यू, निजी अस्पताल संघका सम्माननीय अध्यक्ष डा. पदम बहादुर खडकाज्यू लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
इशान बाल तथा महिला अस्पतालले आगामी दिनहरूमा अझ स्तरीय सेवा विस्तार गर्दै, बालबालिका तथा महिलाहरूको स्वास्थ्य संरक्षणमा निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्दछ।
Google Map
Recent events


20% Off On Physiotherapy Services
Ishan Children & Women's Hospital 20240908

Government Vaccine
Ishan Children & Women's Hospital Pvt. Ltd, every Monday and Thursday from 9am-2pm