News AND Events

With a team of dedicated anesthesiologists, working in close cohesion with the surgeons; this department takes care of surgical patients with anesthesia needs.

के हो एक्टोपिक प्रेग्नेन्सी ,जसले ज्याननै लिन सक्छ ? २०७६ माघ २0

अझै पनि धेरै मानिसलाई थाँहा छैन एक्टोपिक प्रेग्नेन्सी अर्थात पाठेघर बाहिर बच्चा बस्ने समस्याको बारेमा । थोरै मात्र असावधानी अप्नाए ज्याननै जान सक्ने यो समस्या पछिल्ला केही वर्षयता निकै बढेको पाइन्छ । के हो एक्टोपिक प्रेग्नेन्सी ? कसरी यस्तो हुन्छ र अप्नाउनुपर्ने साबधानीको बारेमा अंकुरण खबरका लागि स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. माला श्रेष्ठ यसो भन्छिन् …

एक्टोपिक प्रेग्नेन्सी भनेको के हो ?
एक्टोपिक शब्द भनेकै असामान्य भन्ने हुन्छ । पाठेघरभित्र बच्चा नबसेर बाहिर बस्नुलाई एक्टोपिक प्रेग्नेन्सी भनिन्छ । एक्टोपिक प्रेग्नेन्सीमा ९० प्रतिशतको बच्चा पाठेघरको नली वा ट्युवमा बस्छ । कसैकसैमा पेट भित्र पनि बस्न सक्छ ।

कस्ता महिलामा यस्तो समस्या बढी आउँछ ?

गर्भधारण भैसकेपछि शुक्रकिट पाठेघरको नली हुदै पाठेघर भित्र जान्छ । तर जो महिलामा पाठेघर या यी अंगमा संक्रमण छ भने बाटोमा अबरोध हुन्छ र शुक्रकिट सहजै पाठेघर भित्र छिर्न पाउदैन् । त्यसले गर्दा मुखमा नै बस्छ । विशेषतः
१. पाठेघरको पहिला संक्रमण भएर ट्युबमा क्षति भए ।
२.ट्युब,पेट तथा तल्लो पेटको पहिला शल्यक्रिया भए ।
३. बाँझोपनको उपचारबाट गर्भ रहेकोभए ।
४.पहिले पनि पाठेघर बाहिर गर्भ रहेको भए ।
५. गर्भ निरोधक साधान कपर टीको प्रयोग ।
६.ढिलो विवाह गरेका महिलामा यस्तो समस्या बढी हुन्छ ।

यसका लक्षणहरु के कस्ता देखा पर्छन् :
१.महिनावारी रोकिने ।
२.पेट दुख्ने ।
३.योनीबाट रगत जाने ।
४. वाकवाक लाग्ने ।
५. बेहोस हुने हुन्छ ।

एक्टोपिक प्रेग्नेन्सी भएको कसरी थाँहा पाउँने ? 

यस्तो समस्या छ वा छैन भनेर सबै भन्दा पहिला नियमित महिनावारी रोकिने वित्तिकै वा गर्भ रहेको थाँहा पाउने वित्तिकै विशेषज्ञकोमा परीक्षण गराउनु पर्छ । भिडियो एक्सरे गरेर हेरेपछि मात्र यसको एकीन गर्न सकिन्छ । तर धेरै महिलाले पछिसम्म पनि स्वास्थ परीक्षण गरेको पाइदैन् । यो एकदमै गलत कुरा हो । यसले गर्भवतीको ज्याननै जाने खतरा समेत हुनसक्छ ।

बच्चा रहेको ठाँउ फुट्यो भने के हुन्छ ?
बेहोस हुने ।
कसैलाई चक्कर लाग्ने ।
बान्ता आउने ।
बढी ब्लिडिङ भैरहने ।
प्रेसर कम हुने हुन्छ । यस्तो अवस्थामा समयमै सल्यक्रिया गरिएन भने मृत्यु समेत हुनसक्छ ।

पटक पटक एक्टोपिक भयो भने बच्चा जन्माउन सकिन्छ की सकिदैन् ? 
एक्टोपिक भयो भन्दैमा बच्चा नै पाउन सकिँदैन भन्ने होइन । यदि सल्यक्रिया गर्नुपरे पनि एउटा ट्युव हुन्छ । ट्युव र ओभरी दुईवटा हुने भएकाले ट्युव एउटा निकाले पनि बच्चा बस्छ तर चिकित्सकको निगरानीमा रहनुपर्छ।

यसको उपचार कसरी गर्ने ?

१.गर्भ फुटेको छ भने रगतको व्यवस्था गरी तुरुन्त शल्यक्रिया गर्नुपर्छ । ल्याप्रोस्कोपीको माध्यमबाट पनि गर्न सकिन्छ ।
२. गर्भ फुटेको छैन भने त्यसको आकार, बिरामीको अवस्था र रिपोर्टहरु हेरेर केही समय पर्खिन पनि सकिन्छ र औषधिबाट पनि गर्न सकिन्छ तर यो भने बिरामीको अवस्थामा भर पर्छ ।

recent news


department

के हो एक्टोपिक प्रेग्नेन्सी ,जसले ज्याननै लिन सक्छ ? २०७६ माघ २0

अझै पनि धेरै मानिसलाई थाँहा छैन एक्टोपिक प्रेग्नेन्सी अर्थात पाठेघर बाहिर बच्चा बस्ने समस्याको बारेमा । थोरै मात्र असावधानी अप्नाए ज्याननै जान सक्ने यो समस्या

View More
department

मायोपिया : बालबालिकाको आँखामा हुने समस्या

सूचना प्रविधिको विकाससँगै अचेल मोबाइल, कम्प्युटर र टेलिभिजनको प्रयोग बढेको छ। त्यसैले अहिलेका बालबालिका धेरै समय ‘स्क्रिन’ मा बिताउँछन्। कम्प्युटर मोबाइलले अहिलेका अभिभावकलाई पनि सजिलो

View More
department

‘गुणस्तरीय उपचारका लागि प्याथोलोजीलाई मेरुदण्ड मानिन्छ’ (डा.गिता शाक्य)

प्याथोलोजी भनेको गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिनका लागि अत्यन्त महत्त्वपूर्ण विधा हो, जसमा बिरामीलाई प्रमाणसहितको उपचार प्रदान गरिन्छ। कुनै पनि रोग लाग्यो भनेर मात्र हुँदैन।

View More
department

‘घर फर्किँदै गर्दा बिरामीको ओठमा देखिने हाँसोले पेशाप्रति गर्व लाग्छ’(सुमना ढुङ्गाना)

६ वर्षदेखि नर्सिङ पेशामा रहेकी पाल्पाकी सुमना ढुङ्गाना हाल काठमाडौंको बसुन्धरास्थित ईशान अस्पतालमा कार्यरत छिन्। एनआईसीयूमा सिनियर स्टाफ नर्स उनै सुमनाका कुरा यो पटकको नर्सका

View More
department

आमाकाे दूध शिशुका लागि अमृतसमान

नवजात शिशुको खाना भनेको नै आमाको दूध हो। शिशु जन्मेको कम्तीमा एक घण्टाभित्र स्तनपान गराउनुपर्छ। जन्मेदेखि ६ महिनासम्म उसलाई आमाको दूधबाहेक अरु खानेकुरा आवश्यक पर्दैन।

View More
department

Happy Nursing day

It was very lovely and great day to ours nursing staff. And it's time to thank for them.

View More
Quick Enquiry Get an Appointment